काठमाडौं : नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ। नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण…
धनुषा : धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय नाबालक भतिजोको हत्या गरेका छन्। क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने किशन पासवानका छोरा चार वर्षीय अनुश पासवानलाई उनका काका २८ वर्षीय रवि पासवानले हत्या गरेको जानकारी धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। रविले नाबालक अनुशलाई बुधवार साँझ फलामे रड प्रहार गरी हत्या गरेको प्रहरीले…
काठमाडौं : काठमाडौं उपत्यकाबाट दशैँका लागि आ-आफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना व्यक्ति पक्राउ परेका छन्। यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ। यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिमाथि निगरानी राख्नका लागि सादा पोसाकमा…
काठमाडौं : सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यही असोज ११ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे आज जानकारी दिँदै केचना कञ्चनजङ्घा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउने निर्णय गरिएको बताए। मन्त्रिपरिषद्ले ऋण असुली न्यायाधीकरणको रिक्त कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ। विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउँदा विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भएको हुँदा यस किसिमको गतिविधि एवं…
गुल्मी : विश्वमै दुर्लभ चराहरुमध्ये छ प्रजातिका चराहरु गुल्मीमा भेटिएका छन्। गुल्मीको रेसुङ्गा वन संरक्षण क्षेत्र र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ चराहरु फेला परेको नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए। दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्ध, सोतो गिद्ध, सुन गिद्ध र गोमायो महाचिल रहेका छन्। रेसुङ्गा र मदाने…
सिमकोट : हुम्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकामा एक महिनादेखि मोबाइल सेवा अवरुद्ध हुँदै आएको छ। मेल्छाम गाउँमा स्थापना गरिएको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध भएको हो। टेलिफोन सेवा अवरुद्ध हुँदा यहाँका नागरिक सञ्चारको पहुँचमा जोडिन नसकेको भन्दै गुनासो गर्न थालेका छन्। एक महिनादेखि गाउँपालिकाका पाँच वटा वडाका ३० भन्दाबढी सेवाग्राहीले यो सेवा पाउन नसकेको बताइएको छ। सञ्चार…
बलेवा : दशैँका बेला मदिरा पिएर सवारी साधन चलाइरहनुभएको छ भने बेलैमा होस् गर्नुहोला, ठाउँ-ठाउँमा प्रहरीले जाँच गरिरहेको छ। समय समयमा सवारी साधनमा हुने भीडभाड, सडकमा हुने भीडभाड र असावधानीका कारण हुने दुर्घटना कम गर्न जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ। अहिले जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरेर प्रहरी थप सक्रिय भएको हो। सदरमुकाम बागलुङ बजार, गलकोट, कुश्मीशेरा,…
भजनी : दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ। ५१ शय्याको अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। मौसमको परिवर्तनसँगै अस्पतालमा सेवा विस्तार भएपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको हो। ‘हामीसँग अस्पतालमा ५१ शय्या मात्रै छन्। बिरामीको चापलाई अहिलेको शय्या सङ्ख्याले थेग्न सक्ने अवस्था छैन’, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष…
गलकोट : बागलुङ बजारमा सञ्चालनमा ल्याइएका ठेलालगायतका व्यवसाय गर्नेलाई नगरपालिकाले हटाउने भएको छ। अनुमति बिना बागलुङ बजारको चोक चोकमा राखिएका ठेला तथा पोके व्यवसायका कारण नगरको ट्राफिक व्यवस्थापनमा समस्या भएकाले हटाउन थालिएको बागलुङ नगरपालिकाले जनाएको छ। घरभाडा तिरेर व्यवसाय गर्ने व्यवसायीलाई समस्या भएको भन्दै हटाउने निर्णयमा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए। नगरपालिकाले एक महिनाभित्र बागलुङ…
दोधारा चाँदनी : दशैँ शुरु भएपनि सुदूरपश्चिममा सुपथ मूल्य पसल सञ्चालनमा आएका छैनन्। सरकारले दशैँ तिहारलाई लक्षित गर्दै हरेक वर्ष दशैँ शुरु हुनुभन्दा एकसाता अघि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको भएपनि यस वर्ष कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा समेत सुपथ मूल्य पसल सञ्चालन आउन सकेन। साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी प्रदेश कार्यालयका निमित्त प्रमुख तेजबहादुर कुँवरले यस वर्ष साल्ट ट्रेडिङसँग नुनबाहेक…
भूमिराज पिठातोली- बझाङ : ‘भर्खरै गौण्या भेट भयो, बौला झल्का रेल कोइ पनि बिरानु छैन, हाम्रा टुँडिखेल’ बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन्। बझाङ र बाजुराका देउडियाबिच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने गरिन्थ्यो। देउडा शुरू भएपछि वरिपरि झुम्मिनेहरू पनि हजारौँको सङ्ख्यामा हुन्थे। पाटादेवलको चौरदेखि खापरमाडौँसम्मै दर्जनौँ ठाउँमा यसरी नै…
काठमाडौं : नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय स्थापित गरे। ६ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिश्रृंखलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन। विसं २०५३ मा सुरु हुँदा टेलिश्रृंखलाको नाम ‘आज भोलिका कुरा’ रखिएको थियो। तत्कालीन नेपाल टेलिभिजनका महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिश्रृंखला १७ भागपश्चात्…
काठमाडौं : निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरुले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ। उक्त खर्चको हद तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तोकिएको खर्चको हद बढाउनुपर्ने,…
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रमको (सीपीएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गरेका छन्। अष्ट्रियामा जारी उक्त कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपीएफ)मा हस्तारक्षर गरेका हुन्। हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए)मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ। साथै, पोषण, खानेपानी तथा…
काठमाडौं : बडा दशैँको दोस्रो दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ। सामान्य अवस्थामा पनि बुधवार, बिहीवार, शुक्रवार र शनिवार देवी मन्दिरमा भीड लाग्ने गरेकामा आज दशैँको दोस्रो दिन भएकाले भक्तजनको लर्को लागेको हो। राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, भद्रकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत…
दमौली : तनहुँको म्याग्दे गाउँपालिका-७ मा पसाउने बेला धानमा रोग लागेपछि किसान चिन्तित भएका छन्। धान पसाउने समयमा रोग लागेर धान मर्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन्। ‘अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि धान उत्पादन नहुने भयो’, तनहुँको म्याग्दे गाउँपालिका-७ निवासी कोपिला नेपालीले भनिन्, ‘वर्षभरि खाने अन्न उत्पादन नहुँदा अब के गर्ने भन्ने…
काठमाडौं : आज सेप्टेम्बर २७ अर्थात् ४३औँ विश्व पर्यटन दिवस। नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरि यो दिवस मनाइँदैछ। कोभिड-१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन प्रवर्द्धन रगर्न विभिन्न कार्यक्रमसहित दिवस मनाउन लागिएको हो। ‘रिथिङ्किङ टुरिज्म’ भन्ने नाराका साथ कोरोना महामारीपछिको पर्यटन पुनरुत्थानलाई प्रभावकारी बनाउने उद्देश्यले नेपालमा दिवस मनाउन लागिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।…
काठमाडौं : बडा दशैँमा काठमाडौं उपत्यकाबाट आ-आफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ। अहिले दैनिक रुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ। यस पटक दशैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले बताए। अघिल्लो दुई आर्थिक वर्षमा कोरोनालगायत कारणले दशैँका…
गोरखा : गोरखाको कालिका मन्दिरमा रहेको दशैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैँ घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। परम्पराअनुसार बिहान सबेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको उनले बताए। मूल…