काठमाडौंः यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। त्यस दिन बिहान १० बजेर ३४ बजे देवी विसर्जन गरी ११ बजेर ५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ। पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। विजयादशमीका दिन दिनभर टीका…
बाजुराः जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ। पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए। जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो। कार्यालयले एक सूचना जारी…
दोधारा चाँदनी : कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफसका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु र स्क्रबटाइफसको परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा निजी अस्पतालमा चर्को शुल्क तिरेर परीक्षण गर्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन्। बुधवार महाकाली अस्पतालमा उपचारका लागि पुगेका सन्तोष पन्तले अस्पतालमा परीक्षण गर्ने किट नहुँदा निजी प्रयोगशालामा महँगो शुल्कमा डेङ्गु र स्क्रबटाइफस परीक्षण…
काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ। बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन्। विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मत रूपमा दुवै विधेयक पारित भएका हुन्। दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेश गरेकी थिइन्। राष्ट्रियसभाको…
कर्णाली : खरिद सम्झौता गरेको १० वर्षसम्म पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले ठेक्का सम्झौता अन्त्य गरेको छ। सडक डिभिजन कार्यालयले सुर्खेतको रानीघाटस्थित भेरी नदीमा पक्की पुल निर्माणको जिम्मा लिएको पप्पु/मल्ल जेभी तथा कर्णाली राजमार्गमा पर्ने दैलेखको जाक्सीखोला पुल निर्माणको जिम्मा लिएको सिरुवा/कबिर/सुनकोसी जेभी काठमाडौंसँग ठेक्का सम्झौता तोडेको हो। सडक डिभिजन सुर्खेतका सूचना अधिकारी इञ्जिनियर तुलाराम शर्माले सम्झौताअनुसार म्याद थप भइसक्दासमेत…
काठमाडौं : झण्डै एक महिना बढी समयदेखि कोभिड-१९ को सङ्क्रमण बढेको भन्दै बन्द रहेका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन्। नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष लि चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात नाका खुलेको बताइएको छ। साथै, कोभिड-१९ को सङ्क्रमण घटेकाले पनि दुवै नाका आजदेखि सञ्चालन गरिएको समेत जनाइएको…
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानका क्रममा नाम लिएका चार पूर्व प्रधानन्यायाधीशले महाभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गरेका छन्। पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्दै बैठकमा नजाने निर्णय गरेको बताएका छन्। ‘हामीले आपसमा बसेर नजाने निर्णय गर्यौँ, हामीले दिनुपर्ने सुझाव पहिला नै दिइसकेको छौँ’,…
बनेपा : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-४ चलालगणेस्थानस्थित ढुङ्गाखानीमा गएको पहिरोले एकाबिहानै एकै परिवारका तीन जनाको ज्यान लियो। घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट झरेको पहिरोले पुरिएर दाजु नीरबहादुर तामाङ र बहिनी सावित्री तामाङको घटनास्थलमा नै मृत्यु भएको र आमा ठूलीमायाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार घरसहित ४४ वर्षीय नीरबहादुर…
बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ। धनगढी-बैतडी-धनगढी साप्ताहिक रुपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो। साताको एक दिन बिहीवार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो। यहाँ हवाई उडान नहुँदा आकस्मिकरुपमा धनगढी जानुपर्ने नागरिक समस्यामा परेका छन्। हवाई उडान नहुँदा आकस्मिक रुपमा…
काठमाडौं : आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक सरेको छ। संसद् बैठक आज अपराह्न १ बजेका लागि बोलाइएको थियो। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। आजका लागि तोकिएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले शुक्रवार बिहान ११ बजेका लागि सारिएको प्रतिनिधिसभाका सचिव…
बनेपा : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्। जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन भएका वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको सनाखत भएको छ। नीरबहादुरकी आमा लादुलुङको बनेपास्थित शिर मेमोरियल…
राझा : जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ। भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्टराईले जानकारी दिए। उनका अनुसार रुपन्देहीको भित्री नाका हुँदै जोखिमपूर्ण रुपमा भारत पुर्याइएका ती बालकलाई १० दिनअघि शान्ति…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बालसाहित्यको जगेर्ना गर्नका लागि बाल प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्ने बताएकी छिन्। राष्ट्रपति भवन शीतल निवासका ५८ औँ राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रममा भण्डारीले बाल साहित्यसम्बन्धी छुट्टै बाल प्रज्ञा–प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिइन्। राष्ट्रपति भण्डारीले बाल प्रज्ञा–प्रतिष्ठान स्थापनका लागि नेपाल बाल सङ्गठनलगायत बालबालिकाका क्षेत्रमा काम गर्नेसँग छलफल भइरहेको उल्लेख गरिन्। आफ्नो कार्यक्षेत्रअनुसार बालबालिकाको क्षमता अभिवृद्धिमा…
भीष्मराज ओझा/रमेश गिरी- भक्तपुर : नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस स्थायी समितिका अध्यक्ष लि चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरे। बिहान ९:२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुगेका अध्यक्ष लिलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला…
काठमाडौं : कुनै समय घरका पिँढी, आँगन, गाउँका चौतारीमा आमनेसामने भएर दोहोरी गाएको हेर्न ठूलो भीड लाग्दथ्यो। कलाकारले माया, प्रेम, मिलन, विछोडका टुक्का निकालेर हाँसो, रोदन तथा ठट्यौली शैलीमा दोहोरी गाउँदा दर्शकहरू गीतमा डुबुल्की मार्दथे। वल्लो पिँढी र पल्लो पिँढी दुई समूह (पुरुष र महिला) बसेर रातभर दोहोरी गाउँदा गाउँ नै घन्किने गरेको अनुभव सुनाउँछन् कलाकार हरि पोखरेल। आजभन्दा करिब…
त्रिशूली : नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ। गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ। गएराति महादेवफाँटस्थित बा२०च ९४४२ नंको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनीट्रकले ठक्कर दिएको जनाइएको छ। ठक्करबाट बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र सोही स्थानका ४८…
जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ-४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबिच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्। प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबिच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ निवासी ३० वर्षीय गणेश बहादुर बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ। खोलामा बन्दुकधारी समूहलाई प्रहरीले रोक्न खोज्दा फायर गरेपछि प्रहरीले गरेको जवाफी…
काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन्। आज भएको भेटमा आपसी हित, नेपाल र चीनबिचको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सोमवार नेपाल भ्रमणमा आएका अध्यक्ष लिले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का…
काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। समितिकै कार्यकाल सकिन लागेको परिस्थितिमा सुनुवाइ कसरी अघि लैजाने भन्ने सन्दर्भमा सदस्यबिच लामो छलफल र बहसपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। न्यायपरिषद्ले यही भदौ २१ गते सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित,…
सप्तरी : चोरी मुद्दामा सप्तरीको राजविराज नगरपालिका-६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर आज पक्राउ परेका छन्। सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। चोरी मुद्दामा अदालतबाट २०७८ चैत १४ गते उनलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना ठहर भएको थियो।…