मलेखु : जिल्ला अस्पताल धादिङमा दैनिक डेङ्गुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन्। एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेङ्गुका बिरामी उपचार गर्न आउने गरेका छन्। लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेङ्गु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। ‘दैनिक १०-१२ जनामा डेङ्गु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल…
धनुषा : प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन्। बुधवार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार रुपैयाँ धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीवार उच्च अदालत पुगेका हुन्। उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डीएनए परीक्षणको आदेश दिएको थियो। निहारिकाको मागबमोजिम अदालतले दुवैको डीएनए परीक्षण गराउने आदेश दिएको थियो। निहारिकाले श्रेष्ठले आफूमाथि जबर्जस्ती करणी…
बागलुङ : बागलुङ नगरपालिका-९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा छ। भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिरोको जोखिममा परेको हो। विसं २०७६ मा निर्माण भएको उक्त भवन नजिकै पहिरो जाने क्रम रोकिएको छैन। भवन माथिदेखि झरेको पहिरोले पछाडितिरका झ्यालमा क्षति पुर्याएको छ। भवनमाथिदेखि तथा तलपट्टिबाट पहिरो गएको छ। माथिदेखि झरेको…
नेपालगञ्जः बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ। अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये आठ जना जिल्ला भित्रका छन्। बुधबारमात्रै डेङ्गुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ। सङ्क्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका…
पर्सा : जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको कुनै औचित्य नरहने बताएका छन्। मधेश प्रदेश सरकारले स्थापना गरेको मधेश विश्वविद्यालयको आज वीरगञ्जमा कार्यालय उद्घाटन गर्दै अध्यक्ष यादवले सबैको भावनालाई सम्मान गर्दै न्यायोचित सिट बाँडफाँट नभए दलहरुबिच गठबन्धनको कुनै औचित्व नरहने बताए। उनले आफूहरूले प्रतिनिधिसभाका लागि ३२ सिट कांग्रेस नेतृत्वसँग…
काभ्रेपलाञ्चोक : जिल्लामा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोगको संक्रमण बढ्दै गएको छ। चार दिनअघि ४२ संक्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ। गत असार दोस्रो साता पाँचखाल नगरपालिकामा पहिलो पटक देखिएको डेंगीको संक्रमण हाल ११ स्थानीय तहका ४० जनामा पुष्टि भइसकेको हो। ‘चार दिनको अवधिमा शतप्रतिशत संक्रमित बढेका छन्, यो गति केही…
काठमाडौं : पूर्व राष्ट्रपति डा रामवरण यादवले नेपाली कांग्रेसले जनताको बिचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गरेका छन्। बिहीवार काठमाडौंमा भएको वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता प्रकट गरेका हुन्। उनले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु नरहेको उल्लेख गरे। उनले वीपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने…
काठमाडौंः बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाउँदा गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई दण्डित गर्ने प्रावधान अनिवार्य रुपमा समेट्न सुझाव दिइएको छ। कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबारको बैठकमा विधेयकमाथिका संशोधनकर्ताले विधेयक अघि बढाउने सिलसिलामा अपराधीलाई दण्डित गर्ने प्रावधान राखेर मात्र अघि बढाउन सुझाव दिए। समिति सदस्य शान्तिमाया पाख्रिनले सुतिरहेको,…
काठमाडौंः सरकारले आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले आगामी असोज १ गते शनिबारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो। बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई…
महेन्द्रनगर : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन्। बुधवार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताए। नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँट भइसकेपछि प्रदेशसभाको सिट बाँडफाँटमा कुराकानी हुने…
दमौली : १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ। यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी स्थगित भएको थियो। तनहुँ अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेशी तोकिएको जानकारी दिए। नायक शाहविरुद्ध नवलपुर अदालतले मंगलवार साढे दुई वर्ष…
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ घोषणापत्र तयारी समितिको संयोजकमा विश्वप्रकाश शर्मालाई मनोनयन गरेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन-२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा आज पार्टीका महामन्त्री शर्मालाई मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसले यसअघि स्थानीय तह निर्वाचनको…
वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ। लोसपा बाराका जिल्ला अध्यक्ष नवलकिसोर सिंहका अनुसार आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बन्न पार्टीले अध्यक्ष ठाकुरलाई सिफारिस गरेको हो।
राजविराज : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रुपले सिफारिस भएको छ। जसपा नेपाल सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को सम्पन्न बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष यादवलाई सर्वसम्मत रुपले सिफारिस गरिएको जसपाका कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख वृजमान तामाङले जानकारी दिए। जसपा अध्यक्ष यादव २०७४…
दमौली : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) तनहुँले उम्मेदवार सिफारिस गरेको छ। दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रका लागि एमाले तनहुँले उम्मेदवार सिफारिस गरेको हो। एमाले जिल्ला कमिटीको बैठकले दुई प्रतिनिधिसभा, चार प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए। तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका…
कञ्चनपुर : विषालु सर्पको टोकाइबाट बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा सोमवार मृत्यु भएको बताइएको छ। शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ। मृतककी आमा अन्दाजी ४८ वर्षीया मञ्जु देवी…
राँझा : बाँकेमा मानव बेचविखनविरुद्ध काम गर्ने संस्था बर्सेनि थपिँदै गए पनि समस्या न्यूनीकरण हुन सकेको छैन। करिब एकदर्जन गैरसरकारी संस्था बाँकेमा कार्यरत छन् तर मानव बेचविखनका घटना भने बर्सेनि बढ्दो रहेको छ। नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाल, शान्ति पुनःस्थापना गृह, साथी संस्था, सेलर्ड, शक्ति समूह, साना हातलगायतका संस्थाले निगरानी गर्दै आएका छन्। मानव बेचविखनविरुद्ध काम गर्ने…
इनरुवा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्। सोही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद कार्की सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्तासमेत हुन्। केन्द्रीय सदस्य कार्कीलाई प्रतिनिधिसभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फको निर्वाचनमा एकल नाम सिफारिस भएको कांग्रेसका क्षेत्रीय सचिव रोशनकुमार खड्काले जानकारी दिए। सोही क्षेत्रबाट…
काभ्रे : आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जिल्लास्थित नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस टुङ्ग्याएको छ। नेकपा (माओवादी केन्द्र)ले भने उम्मेदवार सिफारिस छनोटका लागि छलफलमा जुटिरहेको जनाएको छ। काभ्रेमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन्। जिल्लास्थित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले संविधानसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारको नाम…
वालिङ : स्याङ्जाको वालिङ-जगत सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। वालिङ नगरपालिका-६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ-५ लसुनेमा पहिरो खसेको थियो। सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ-५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिए। अविरल वर्षासँगै ठूलो पहिरो झरेकाले सिद्धार्थ राजमार्गदेखि दुई/तीन पालिकाको केन्द्र जोड्ने सडक…