PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

  • हिमचितुवा घिमिरे ‘के वान वर्ल्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै

    हिमचितुवा घिमिरे ‘के वान वर्ल्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा भिड्दै

    काठमाडौं : ‘के वान वर्ल्ड जिपी २०२२’ प्रतियोगिताको सेमिफाइनलमा नेपाली युवा बक्सर अविरल घिमिरे र थाइल्याण्डका बक्सर जोमथोङ चुवात्नाबिच भिडन्त हुने भएको छ। जापानको योकोहामा शहरस्थित एरिना सेन्टरमा यही भदौ २६ गते आयोजना हुने ७० केजी तौल समूहको उक्त सेमिफाइनलमा ‘हिमचितुवा’ नामले प्रसिद्ध घिमिरेले जोमथोङलाई रिङमा पराजित गरेमा उनी ‘के वान वर्ल्ड च्याम्पियन’ उपाधिका लागि फाइनलमा पुग्नेछन्। यसो भए उनले…

    विस्तृतमा पढ्नुस्

  • खोटाङमा तात्यो चुनावी माहोल : कुन दलबाट को सिफारिस?

    खोटाङमा तात्यो चुनावी माहोल : कुन दलबाट को सिफारिस?

    खोटाङ : आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै यहाँ चुनावी माहोल तातिएको छ। प्रतिनिधिसभाका लागि एक र प्रदेशभाका लागि दुई सदस्य निर्वाचित हुने जिल्लामा अहिले साना–ठूला सबै राजनीतिक दलबाट उम्मेदवारको नाम छनोट गरेर प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने काम धमाधम भइरहेको छ। सत्तारुढ दल नेपाली कांग्रेसबाट  निर्वाचन लागि ४२ नेताहरूको नाम सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • कागे अष्टमी पर्व मनाइँदै

    कागे अष्टमी पर्व मनाइँदै

    काठमाडौं : प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ। यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ। यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन्। यसै अवसरमा कागेश्वरीमा हरियो…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम र मध्यपश्चिममा उज्याली गौरा, दुर्वाष्टमी पर्व मनाइँदै

    सुदूरपश्चिम र मध्यपश्चिममा उज्याली गौरा, दुर्वाष्टमी पर्व मनाइँदै

    काठमाडौं : उमा महेश्वरसहित दुबोको पूजा गरेर  सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउँछन्। यस वर्ष भाद्र शुक्ल अष्टमीपछि अगस्त्य उदय हुने छ।  भाद्र शुक्ल अष्टमीमा मनाइने…

    विस्तृतमा पढ्नुस्

  • पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड आयो सञ्चालन

    पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड आयो सञ्चालन

    चितवन : पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेर अवरुद्ध भएको सडक बिहान ११:४५ बजेपछि सञ्चालनमा ल्याइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको थियो। पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो। पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षयता बागलुङमा बर्सेनि देखिँदै छ डेंगी,  सचेत रहन आग्रह

    तीन वर्षयता बागलुङमा बर्सेनि देखिँदै छ डेंगी,  सचेत रहन आग्रह

    बलेवा : तीन वर्षदेखि लगातार बागलुङमा डेंगीका बिरामी भेटिन थालेका छन्। विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ। धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलका अनुसार अस्पतालमा उपचार गर्न आएका बिरामीमा पनि छिटफुट रुपमा…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

    सुदूरपश्चिममा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

    कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारले गौरापर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशभरिका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जानकारी दिए। प्रदेश सरकारले गौरापर्वका अवसरमा दिइँदै आएको बिदा कटौती गरेको भन्दै विभिन्न सङ्घसंस्था र राजनीतिक दलहरूले विज्ञप्ति जारी गरी आलोचना गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ - मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

    नारायणगढ - मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। आज बिहान ८ बजे सडकखण्डको केराबारी र १८ किलोमा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ। निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन। पहिरो पन्छाउनका लागि समन्वय भइरहेको पण्डितले बताए। पहिराका कारण सो सडकखण्ड भएर चल्ने सवारीसाधन…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा पनि बढ्दैछ डेंगीका बिरामी, एक जनाको जिल्ला अस्पतालमै मृत्यु

    धादिङमा पनि बढ्दैछ डेंगीका बिरामी, एक जनाको जिल्ला अस्पतालमै मृत्यु

    धादिङ : यहाँ डेंगीका बिरामीको संख्या बढ्न थालेको छ। मंगलवार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेंगी परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए। अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढिरहेको समयमा डेंगीका बिरामी पनि बढ्न थालेको हो। साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनामा डेंगी पुष्टि भएको छ। पछिल्लो दिन पुष्टि भएकाबाहेकको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ह्वात्तै बढे डेंगी र स्क्रब टाइफसका बिरामी

    वीरगंजमा ह्वात्तै बढे डेंगी र स्क्रब टाइफसका बिरामी

    पोखरीया : पर्साको वीरगंजमा डेंगी र स्क्रब टाइफसका बिरामीको संख्या ह्वात्तै बढेको छ। वीरगंजको नारायणी अस्पताल तथा निजी क्लिनिकमा दिनहुँ डेंगी र स्क्रब टाइफसका बिरामी उपचारका लागि आउन थालेका छन्। नारायणी अस्पतालका वरिष्ठ चिकित्सक डा उदयनारायण सिंहका अनुसार सातायता दैनिक जसो बिरामी फेला पर्न थालेका छन्। खासगरी वीरगंज बाहिरबाट आएका नागरिकमा बढीजसो डेंगी र स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए।…

    विस्तृतमा पढ्नुस्

  • दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

    दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

    लमजुङ : दुई थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। क्व्होलासोथार गाउँपालिका-८ घाम्राङ घर भई हाल वडा नम्बर ९ साल्मे बस्ने २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए। उनले भने, ‘अवैध रूपमा लुकाइछिपाइ राखेको तथा स्थानीयवासिन्दालाई धाकधम्की दिने गरेको भन्ने विषेश सूचनाका आधारमा उनलाई मङ्गलबार एक थान लोड…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा छोटो दूरीको सवारीको भाडा निर्धारण, टिकट अनिवार्य दिनुपर्ने

    बैतडीमा छोटो दूरीको सवारीको भाडा निर्धारण, टिकट अनिवार्य दिनुपर्ने

    बैतडी : बैतडीमा छोटो दूरीका सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण गरिएको छ। यात्रुबाट मनोमानी भाडा लिएको भन्ने गुनासो बढ्दै गएपछि छोटो दूरीका सार्वजनिक यातायात जीपको नयाँ भाडादर निर्धारण गरिएको हो। जिल्ला प्रशासन कार्यालयमा बसेको यातायात व्यवसायी र सरोकारवालाको सर्वपक्षीय बैठकले नयाँ भाडादर कायम गरेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। नयाँ भाडादर अनुसार गोठलापानीदेखि देहिमाडौँसम्मको प्रतियात्रु ७०…

    विस्तृतमा पढ्नुस्

  • साउनदेखि यता चितवनमा ७६ जनामा डेंगीको संक्रमण पुष्टि, खैरहनी र रत्ननगरमा बढी

    साउनदेखि यता चितवनमा ७६ जनामा डेंगीको संक्रमण पुष्टि, खैरहनी र रत्ननगरमा बढी

    चितवन : चालु आर्थिक वर्षको साउन महिनामा ७६ जनामा डेंगीको संक्रमण पुष्टि भएको छ। ९८९ जनाको परीक्षणका क्रममा सो संख्यामा डेंगीको संक्रमण पुष्टि भएको हो। गत वर्षको साउनमा ६ जनामा मात्रै संक्रमण देखिएको थियो। स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन महिनामा संक्रमण देखिनेमा खैरहनी र रत्ननगर नगरपालिकामा बढी रहेको छ। कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाको भरतपुर अस्पताल, राप्ती, खैरहनी,…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको पचास लाख रकमसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

    स्रोत नखुलेको पचास लाख रकमसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

    काठमाडौं : स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जनालाई जेल चलान गरिएको छ। प्रहरीले गत साउन १८ गते काठमाडौं महानगरपालिका-६ भृकुटीचोकमा स्रोत नखुलेको ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घ्याल्चेनलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार ‘नेपाल राष्ट्र बैंक…

    विस्तृतमा पढ्नुस्

  • विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित, एमाले सांसदको फरक मत

    विधायन समितिबाट नागरिकता विधेयक बहुमतले पारित, एमाले सांसदको फरक मत

    काठमाडौं : राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतले पारित गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत सो विधेयक बिना संशोधन बहुमतबाट पारित गरेको हो। सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकामा राष्ट्रपतिबाट साउन २९ गते ८ बुँदे सन्देशसहित प्रतिनिधिसभामा फिर्ता भएको थियो। उक्त विधेयक…

    विस्तृतमा पढ्नुस्

  • अविरल वर्षापछि सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध

    अविरल वर्षापछि सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध

    चौतारा : केही दिन यता परेको वर्षाले सिन्धुपाल्चोकका अधिकांश ग्रामीण सडक अवरुद्ध बनेका छन्। जिल्लाको प्रमुख व्यापारिक केन्द्रसँग जोडिएका ग्रामीण सडक अवरुद्ध बनेका हुन्। मेलम्ची, तिपेनी, भोताङ मोटरबाटोको ठाउँ-ठाउँमा पहिरो जाँदा पाँच पोखरी गाउँपालिकाका स्थानीयवासीले सास्ती व्यहोर्नु परेको गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले जानकारी दिए। गाउँपालिकाले पहिरो पन्छ्याउने कार्य गरिरहे पनि यातायात सञ्चालन भने हुन सकेको छैन। अरनिको राजमार्ग बाह्रबिसे-कोदारी…

    विस्तृतमा पढ्नुस्

  • चार दशकपछि पोखरामा राष्ट्रिय खेलकुद: साठी करोड खर्चको अनुमान, यस्तो छ इतिहास

    चार दशकपछि पोखरामा राष्ट्रिय खेलकुद: साठी करोड खर्चको अनुमान, यस्तो छ इतिहास

    काठमाडौँ: आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ। प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। नेपालको खेलकुदको इतिहासमा पोखरामा चार दशकपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो। यसअघि २०४० चैत १२ देखि २० गतेसम्म पोखरामा ‘दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना…

    विस्तृतमा पढ्नुस्

  • तीजमा नाचगान चल्दाचल्दै चट्याङ लाग्दा दुई जनाको मृत्यु, १२ जना घाइते

    तीजमा नाचगान चल्दाचल्दै चट्याङ लाग्दा दुई जनाको मृत्यु, १२ जना घाइते

    देउखुरी : दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ। गए राति तीजको अवसरमा नाचगान भइरहेको समयमा घोराही उपमहानगरपालिका–१२ गुरौमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार चट्याङ लागेर १२ महिला घाइते भएका छन्। उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर छ। घटनास्थल टेलिफोनको समस्या भएकाले थप जानकारी प्राप्त हुन नसकेको…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले पोखरा - बागलुङ सडक अवरुद्ध

    पहिरोले पोखरा - बागलुङ सडक अवरुद्ध

    पर्वत : मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ। पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा पहिराका कारण गए रातिदेखि नै सडक अवरुद्ध भएको हो। ठूला–ठूला ढुङ्गा सडकमा झरेका कारण तत्काल खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन न्यूरेले जानकारी दिए। वर्षा नरोकिएकाले सडक खुलाउन समस्या भएको हो। त्यस्तै सोही स्थानभन्दा केही अगाडि मोदीखेतमा पनि…

    विस्तृतमा पढ्नुस्

  • आज गणेशको आराधना गरी गणेश चतुर्थी मनाइँदै

    आज गणेशको आराधना गरी गणेश चतुर्थी मनाइँदै

    काठमाडौं : प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।  शिवपार्वतीका पुत्र गणेशलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell