बागलुङ : बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन्। विद्यालयका शिक्षक तथा विद्यार्थी नै भाइरल ज्वरोले ग्रसित भएपछि विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। गलकोट–११ मा रहेको छिचिम्रा पोखरी आधारभूत विद्यालय तीन दिनका लागि बन्द गरिएको प्रध्यानाध्यापक हर्कबहादुर विकले बताए। गत हप्ता केही विद्यार्थी र शिक्षकमात्रै बिरामी रहेको र आइतबार २४ विद्यार्थी अनुपस्थित भएपछि…
भरतपुर : चितवनको एक सामुदायिक विद्यालयले मोबाइल म्यासेजमार्फत विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानाकारी दिने प्रविधि प्रयोगमा ल्याएको छ। भरतपुर महानगरपालिका-१० स्थित नारायणी नमूना माविले विद्यार्थीलाई समयमै विद्यालय आउने र घर जाने वातावरण बनाउन अभिभावकको मोबाइलमा म्यासेज पठाउन थालेको हो। यो प्रविधि जडान भएपछि विद्यार्थी विद्यालय पुग्नासाथ र विद्यालयबाट घरका लागि हिँड्नासाथ म्यासेज अभिभावकको मोबाइलमा पुग्छ। विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले…
डम्मर बुढामगर- बागलुङ : दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन। जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ। धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आएपनि बागलुङ बजारसम्म आउँदैनथे। अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको छ। पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको…
चितवन : कलेज अफ मेडिकल साइन्सेजले निःशुल्क मिर्गौला डायलासिस नगर्ने जनाएपछि बिरामी र तिनका आफन्तले सरोकारवाला निकायमा ध्यानाकर्षण गराएका छन्। सरकारले दिनुपर्ने रकम भुक्तानी नगरेको जनाउँदै कलेजले यही असोज १ गतेबाट निःशुल्क डायलासिस रोक्ने भन्दै सूचना जारी गरेको छ। मिर्गौलापीडित सरोकार समाज चितवनले जिल्ला प्रशासन कार्यालय चितवन, कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुर महानगरपालिका र स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य…
काठमाडौं : ज्यान मार्ने उद्योगमा फरार एक जनालाई नेपाल प्रहरीले १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो। साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३…
वासुदेव पौडेल/सुशीलबाबु थकाली- पोखरा : हिमालपारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धारको कामना गर्दै दर्शनार्थी पुग्न थालेपछि यहाँको चहलपहल बढेको छ। विशेषतः प्रत्येक वर्ष सोह्र श्राद्धका समयमा देशका विभिन्न स्थानका साथै भारतबाट समेत पितृ उद्धार हुने विश्वासका साथ यहाँ दर्शनार्थी आउने गर्दछन्। मुस्ताङ पुगेका दर्शनार्थी कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि…
काठमाडौं : आज अपराह्न १ बजेका लागि तय भएको राष्ट्रियसभाको बैठक विशेष कारणवश बुधवार बस्ने गरी स्थगित भएको छ। राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालका अनुसार अर्को बैठक यही भदौ २९ गते बुधवार बिहान ११ बजे बस्ने गरी समय परिवर्तन भएको छ। राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिव फुँयालले जानकारी दिए।
चितवन : माडीमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण गरेको हो। शनिबारदेखि हराउनुभएका अधिकारीको आज बिहान ८:३० बजे मृत भेटिएको हो। शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण…
काठमाडौं : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ। आरम्भकै दिन आज प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान २:१९ बजेसम्म गरिसक्नुपर्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा…
काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतले माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा माल्दिभ्सलाई ९-० गोलअन्तरले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो। समूह ‘ए’ मा रहेको भारतको यो लगातार दोस्रो जीत हो। भारतले यसअघि भएको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। सोही समूहबाट बङ्गलादेश पनि सेमिफाइनलमा पुगेको छ। यस समूहबाट माल्दिभ्स र…
महेन्द्रनगर : बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ। जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी-३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ। वादीलाई दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको हो। उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनााएको छ।
राँझा : बाँके जिल्ला डेङ्गु रोगको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन्। भारतसँग सीमा जोडिएको नेपालगञ्जमा पछिल्लो समय डेङ्गुका रोगी भेटिने क्रम बढ्दै गएको पाइएको छ। बाँकेमा अहिलेसम्म ११ जनामा सो रोगको सङ्क्रमण देखिएको छ। तीमध्ये पाँच जना नेपालगञ्ज उपमहानगरपालिका, चार जना कोहलपुर र एक जना बैंजनाथ गाउँपालिकाका रहेका छन्। भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले पछिल्लो…
मलङ्गवा : सर्लाहीमा जङ्गली हात्तीले दुईवटा घर भत्काएको छ। जङ्गली हात्तीले गएराति हरिवन नगरपालिका-५ महतो टोलमा शङ्कर महतो र प्रकाश महतोको घर भत्काएको हो। हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिए। हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खाएर क्षति पुर्याएको छ। बस्तीमै हात्ती आएर क्षति पुर्याउन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन्। हात्तीका…
दार्चुला : दार्चुलामा बाढी र पहिरोमा नौगाडमा पहिरोले १२ घर पूर्णरुपमा क्षति पुगेको छ। लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरु दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख गाहामगरले जानकारी दिए। उनीहरुको खोजी भइरहेको छ। डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलकम पूरै क्षति गरेको छ। पावर हाउस बगाएको छ भने निर्माणाधीन खार खलङ्गा सडकमा…
बेलबारी : भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको छ। चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्। सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ। देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच…
काठमाडौंः देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ। देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए। “आगामी सोमबारदेखि मनसुन थप सक्रिय हुने देखिएको छ”, उनले भने। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ। हाल देशभर आंशिकदेखि सामान्य…
अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। नेकपा (माओवादी केन्द्र)ले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो। पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ। खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तीमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरिएको हो। त्यस्तै, प्रदेशसभा ‘क’ र ‘ख’ दुवै क्षेत्रका…
काठमाडौं : नेपाल वायुसेवा निगमले ग्राउण्डेड अवस्थामा रहेको न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरेको छ। करिब डेढ महिनापछि न्यारोबडी जहाजको इन्जिन मर्मतका लागि ठेक्का आह्वान गरिएको हो। निगमले केही दिनअघि मात्र ओरिजिनल इक्विपमेन्ट म्यानिफ्याक्चर (ओइएम)/मेन्टिनेन्स रिपेयर अर्गनाइजेशनका लागि अन्तर्राष्ट्रिय कम्पनीको माग गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। जहाजको भी-१७५८५ सिरियल नम्बरको दायाँपट्टिको इन्जिनमा समस्या आएपछि जहाज ग्राउन्डेड…
गोदावरी : कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका-१३ की १६ वर्षीया आस्था शर्माको आज बिहान मोहना नदीमा शव फेला परेको हो। घरबाट स्कुल जान्छु भनेर हिँडेकी शर्मा गत सोमवारबाट बेपत्ता भएकी थिइन्। बेपत्ता शर्माको खोजीका लागि आफन्तले प्रहरीलाई जानकारी गराएपछि उनको खोजीका लागि प्रहरी टोली खटिएको थियो। खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना…
चौतारा : पाँचपोखरी थाङपाल गाउँपालिकालाई पर्यटकीय आकर्षकस्थल (हब) बनाउने अभियानका साथ विकास निर्माणमा अगाडि बढाइएको छ। समुद्री सतहबाट करिब चार हजार एक सय ५१ मिटर उचाइमा अवस्थित पाँचपोखरी एक प्रमुख पर्यटकीय आकर्षक गन्तव्य हो। यसबाहेक पालिकाभित्र रहेका आमायाङ्ग्री डाँडा, ऐतिहासिकस्थल मेन्जुम, ड्रागन गुफा, हवेली, पाँचपोखरीभन्दा माथि रहेको ऐतिहासिक मानव, जुगल हिमश्रृखला, नागी थामडाँडा, च्योचो डाँडा, नौलिङेश्वर महादेव जस्ता प्राकृतिक मनोरम…