PahiloPost

Jan 14, 2025 | १ माघ २०८१

  • पश्चिम तराईका थारु अटवारी पर्व मनाउँदै, दिदीबहिनीको सौभाग्यका लागि ब्रत बस्छन् दाजुभाइ

    पश्चिम तराईका थारु अटवारी पर्व मनाउँदै, दिदीबहिनीको सौभाग्यका लागि ब्रत बस्छन् दाजुभाइ

    दोधारा–चाँदनी : पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन्। उक्त पर्व उनीहरुका लागि तीजजस्तै हो। शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ। थारू अगुवा सीता चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल…

    विस्तृतमा पढ्नुस्

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरले पनि गर्‍यो परीक्षण उडान

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरले पनि गर्‍यो परीक्षण उडान

    काठमाडौं : जजिरा एयरले मात्रै उडान गर्दै आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले पनि परीक्षण उडान सुरु गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार हिमालय एयरलाइन्सले पाइलटको ट्रेनिङ फ्लाइटअन्तर्गत उक्त परीक्षण उडान सुरु गरेको हो। नेपाली वायुसेवा कम्पनी हिमालयले बिहीवार अपराह्न १२ बजेदेखि साँझ ५ बजेसम्म पाइलटहरूको ट्रेनिङका लागि परीक्षण उडान गरेको प्राधिकरणका महानिर्देशक तथा इञ्जिनियर प्रदीप अधिकारीले…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङ एकीकृत समाजवादीले सिफारिस गर्‍यो उम्मेदवार

    ताप्लेजुङ एकीकृत समाजवादीले सिफारिस गर्‍यो उम्मेदवार

    फुङलिङ : आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो उम्मेदवार सिफारिस गरेको छ।  एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईको नाम सिफारिस गरिएको छ। यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागार्इंलाई सिफारिस गर्ने निर्णय भएको अध्यक्ष लामाले बताए। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • सालकको खपटासहित तीन जना पक्राउ

    सालकको खपटासहित तीन जना पक्राउ

    प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ का ४९ वर्षीय गोविन्द सेन्चुरी तथा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ का २६ वर्षीय सुरज झेडीमगर र महाभारत गाउँपालिका–७ का २५…

    विस्तृतमा पढ्नुस्

  • नेपालको अधिकांश भागमा औसतभन्दा कम वर्षा

    नेपालको अधिकांश भागमा औसतभन्दा कम वर्षा

    काठमाडौं : नेपालका अधिकांश भूभागमा यस वर्ष औसतभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस वर्ष मनसुन सुरु भएपछि अहिलेसम्म काठमाडौं उपत्यकासहित देशको पूर्वी क्षेत्रमा औसत वर्षा भएपनि मधेश प्रदेश र काठमाडौं उपत्यका पश्चिमतर्फको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भएको छ। यसवर्ष मनसुनी न्यूनचापीय रेखा अधिकांश समय सरदरभन्दा दक्षिण कोलकोता तल रहँदा जलवाष्पयुक्त वायु पर्याप्त मात्रामा…

    विस्तृतमा पढ्नुस्

  • पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला

    पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला

    लमजुङ : मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलवार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता शिक्षक मृत फेला परेका छन्। पोखरा महानगरपालिका-३२ घर भई मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेशा गर्दै आएका ४५ वर्षीय बाबुराम अधिकारी आज बिहान तनहुँको व्यास नगरपालिका-१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए। उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने…

    विस्तृतमा पढ्नुस्

  • गोरखामा तिजको दर खाएका एकै गाउँका एक सय जनाभन्दा बढी बिरामी

    गोरखामा तिजको दर खाएका एकै गाउँका एक सय जनाभन्दा बढी बिरामी

    गोरखा : गोरखामा तिजको दर खाएका एकै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तिजको भोज खाएपछि बिरामी परेका हुन्। वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन्। ‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएका थिए। सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्’, उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

    तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर ९५ हजार तीन सय रुपैयाँ तोकिएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार आठ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँ थियो।…

    विस्तृतमा पढ्नुस्

  • टिप्ताला नाका नखुल्दा फक्ताङलुङ गाउँपालिकाको सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती

    टिप्ताला नाका नखुल्दा फक्ताङलुङ गाउँपालिकाको सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती

    फुङ्लिङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सीमामा अवस्थित टिप्ताला नाका नखुल्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ। कोभिड-१९ का कारण चीनले सीमावर्ती सो नाका बन्द गरेको चार वर्ष पुगिसकेको छ। नाका बन्द भएसँगै ताप्लेजुङको फक्ताङलुङ-७ ओलाङचुङगोला, याङमा र घुन्सा क्षेत्रमा बसोबास गर्ने समुदायले सास्ती खेप्नुपरेको हो। नाका नखुल्दा ती क्षेत्रमा सास्ती भएको जनाउँदै फक्ताङलुङले गत साता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई समन्वय गर्न आग्रह…

    विस्तृतमा पढ्नुस्

  • मिटर ब्याजी साहको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

    मिटर ब्याजी साहको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

    जलेश्वर : महोत्तरी प्रहरीले पक्राउ गरेको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाख बढीको कपाली तमसुक बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार १३ व्यक्तिसँग मिटर ब्याज चलाएर २० लाख ३३ हजार रुपैयाँ ठगी गरेको व्यहोराको उजुरी विगत डेढ वर्षदेखि जिल्ला प्रशासनमार्फत प्राप्त भएपछि फरार रहेको साह शनिवार पक्राउ परेका थिए। उनको ससुराली…

    विस्तृतमा पढ्नुस्

  • ऊर्जामन्त्री भुसालसँग बङ्गलादेशी प्रतिनिधिमण्डलको भेट, विद्युतीय ऊर्जाबारे छलफल

    ऊर्जामन्त्री भुसालसँग बङ्गलादेशी प्रतिनिधिमण्डलको भेट, विद्युतीय ऊर्जाबारे छलफल

    काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। बुधवारदेखि काठमाडौंमा हुने नेपाल-बङ्गलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले आज मन्त्री भुसालसँग मन्त्रालयमा भेटवार्ता गरेको हो। भेटमा मन्त्री भुसालले दुई देशबिच हुने नियमित बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरिन्। उनले नेपालसँग जलविद्युत् पर्याप्त रहेको…

    विस्तृतमा पढ्नुस्

  • चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानको गुनासो

    चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानको गुनासो

    रुकुम : भूमे गाउँपालिका-९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन्। लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन्। अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो ५० देखि ६० रुपैयाँ पर्छ। चुनबाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो ५० रुपैयाँमा लसुन बिक्री गर्दा दुःख नउठ्ने भन्दै प्रतिकिलो एक सय रुपैयाँका दरले…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक वृद्ध मृत फेला, गैँडाले आक्रमण गरेको हुन सक्ने अनुमान

    चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक वृद्ध मृत फेला, गैँडाले आक्रमण गरेको हुन सक्ने अनुमान

    चितवन : माडी नगरपालिका-३ का एक वृद्ध चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्। ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन्। आइतवार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो। शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट उनको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए। वडा नम्बर ३ बोटेसिमाराका उनी…

    विस्तृतमा पढ्नुस्

  • ५० जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै

    ५० जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै

    काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका पाँचदेखि १२ वर्ष मुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ। मन्त्रालयका अनुसार आजदेखि यही भदौ ११ गतेसम्म कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा बालबालिकालाई दिइनेछ। मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले आजदेखि दोस्रो चरणमा ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ दिइन थालिएको जानकारी दिए। बालबालिकालाई विद्यालयमा नै…

    विस्तृतमा पढ्नुस्

  • सांसद गिरिको निधनमा सिरहाको लहान नगरपालिकामा आज शोक बिदा

    सांसद गिरिको निधनमा सिरहाको लहान नगरपालिकामा आज शोक बिदा

    जनकपुरधामः नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनमा सिरहाको लहान नगरपालिकाले शोक बिदा दिएको छ। लहान नगर प्रमुख महेश चौधरीले नेता गिरीका निधनमा नगरपालिकाले आज शोक बिदा दिएको बताए। लहान–१० निवासी गिरीको उपचारका क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे निधन भएको थियो। उनको निधनले लहान नगरपालिकास्थित बस्तीपुरगाउँ शोकमा डुबेको छ। समाजवादी चिन्तक गिरी गत…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुदको तयारीबारे पोखरामा छलफल, ‘निर्वाचनका कारण प्रतियोगिता स्थगित हुँदैन’

    नवौं राष्ट्रिय खेलकुदको तयारीबारे पोखरामा छलफल, ‘निर्वाचनका कारण प्रतियोगिता स्थगित हुँदैन’

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गराउने क्रममा आइपर्ने समस्या र कठिनाइलाई समाधान गर्नका लागि साझा संयन्त्र बनाउनुपर्ने बताएका छन्। आगामी असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगिताको तयारीका बारेमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शनिबार साँझ पोखरामा आयोजना गरेको उच्चस्तरीय छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सो…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय भवनको पुनः निर्माणको लागि घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ

    दमौली : ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा तनहुँको दमौली बजारबाट एक इञ्जिनीयर पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्याङ्जास्थित एक विद्यालय पुनःनिर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई दमौलीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो। “निजलाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • भूमिहीनका लागि आवेदन खुला

    बैतडीः राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ।  भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो। राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समितिका जिल्ला अध्यक्ष धर्मसिंह ऐरका अनुसार जिल्लाका छ पालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई आवेदन दिन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन

    ललितपुर : राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छिन्। आज भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरेकी हुन्। मन्दिरका मूल पुजारी रुपन शर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गरेका थिए। साथै, पुजारी टोलीले उनलाई अन्य बाँकी प्रसादसमेत प्रदान गरेका थिए। राष्ट्रपति भण्डारीले कृष्णको दर्शन…

    विस्तृतमा पढ्नुस्

  • हरितालिका तीज खर्चिलो तथा भड्किलो नबनाउन प्रशासनको आग्रह

    हरितालिका तीज खर्चिलो तथा भड्किलो नबनाउन प्रशासनको आग्रह

    कैलाली : जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलो रूपमा नमनाउन आग्रह गरेको छ। विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्रह गरेको हो। आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा संवर्द्धन गर्नेबाहेक अन्य कुनै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell