चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिराका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। अवरुद्ध सडक खुलाउन पहल भइरहेको अधिकारीले बताए। निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ। पहिराका कारण सो सडक भएर…
काठमाडौंः इन्टरपोलबाट रेड नोटिस जारी भएको मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङ दोर्दी गाउँपालिका १ का ३८ वर्षीय नारायणप्रसाद अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। मानव बेचविखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भई खोजी गर्ने क्रममा इन्टरपोल मकाउको समन्वयमा नेपाल ल्याइएको हो। नेपाल भिकाइएका…
सुरुङ्गाः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर १ बाहेक अन्य कुनै पनि क्षेत्रबाट चुनाव नलड्ने बताएका छन्। काठमाडौं ५ कि झापा १ भन्ने चर्चा भइरहेका बेला बिर्तामोडमा आयोजित एक कार्यक्रममा शर्माले यस्तो घोषणा गरेका हुन्। शर्माले यसपटक चुनाव जित्नेसमेत दाबी गरे। उनले भने, 'यो तेस्रो पटकको ट्रायल हो यसपटक अवश्य पास हुन्छु।' शर्माले आफू…
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले गत जेठमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा प्रकाशनको तयारी गरेको छ। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सैद्धान्तिक र प्रयोगात्मकतर्फको अलग-अलग स्तरीकृत अङ्क (ग्रेड) उल्लेख गर्नुपर्ने हुँदा सोको रुजुलगायत प्राविधिक कार्य भइरहेकाले केही दिनभित्र परीक्षाफल प्रकाशनमा हुने बताए। हालको निर्देशिकामा विद्यार्थीले सैद्धान्तिक र प्रयोगात्मक दुवैमा उत्तीर्ण हुनुपर्ने व्यवस्था छ। बोर्डले यसअघि भदौ १५ गतेभित्र…
राधिका बुढाथोकी- सिन्धुली : जिल्लामा जङ्गली हात्तीको त्रास बढेको छ। रातको समयमा गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि त्रास बढेको हो। तीन वटा हात्तीले दुधौली नगरपालिकामा मात्रै वर्षको चार पटकसम्म दुःख दिने गरेको स्थानीयवासी बताउँछन्। ‘हात्तीले कहिले, कुन ठाउँमा पुगेर आतङ्क मच्चाउँछन् भन्ने कसैलाई थाहा हुँदैन, जहिल्यै त्रासमा बस्नु परेको छ,’ दुधौली नगरपालिका-३ खट्टेपानीकी आइतीमाया सार्कीले सुनाइन्। एक हप्तादेखि कमलामाई नगरपालिकाको…
रौतहट : रौतहटको गरुडा नगरपालिका-३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ। खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेको हो। मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेश कुमार सिंहले जानकारी दिए। सुदनिया र जगिया…
सप्तरी : सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार रुपैयाँ बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा-२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका-५ र शम्भुनाथ नगरपालिका-१२ बाट पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ। भन्सार छली अवैध रूपमा किराना…
काठमाडौं : गत साउन २७ गते गएको पहिराको कारण हेलम्बु गाउँपालिका-५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन्। तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे पनि पहिराले आकार बढाएपछि थप १० घरसहित अहिले २१ घर उच्च जोखिममा रहेको उर्लेनीका पहिरो प्रभावित कान्छामान तामाङले जानकारी दिए। अहिले गाउँपालिकाले उपलब्ध गराएको टेण्टमा बसेका प्रभावितले कष्टपूर्ण दैनिकी बिताइरहनुपरेको छ। पहिरो गएलगत्तै वडा कार्यालय र गाउँपालिकाले…
बझाङ : जयपृथ्वी राजमार्गअन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सोमबार आएको अविरल वर्षाका कारण छविसपाथिभेरा गाउँपालिका–१ जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो। जालेबगर, मालुमेला र बगडगाउँमा आएको पहिरोले यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। उनका अनुसार जालेबगरमा माथिबाट आएको लेदोले सडक पूर्णरुपमा अवरुद्ध भएको छ। अन्य ठाउँमा भने…
काठमाडौं : शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। भाद्र शुक्ल तृतीयाका दिनमा…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रुपान्तरण गर्ने प्रयासमा निरन्तर क्रियाशील रहेको बताएका छन्। साथै प्रधानमन्त्री देउवाले नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धनका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। हिन्दू धर्मावलम्वी नेपाली महिलाको महान पर्व हरितालिका तीज पर्वको अवसरमा एक शुभकामना सन्देशमार्फत देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण…
काठमाडौं : पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा हात्ती संरक्षण र समग्र प्रकृति संरक्षणमा चासो राख्नेहरुका लागि खुशीको खबर आएको छ। आइतवार एकै दिन दुई वटा हात्तीले एक/एक बच्चा जन्माएका छन्। कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली नाम गरेको हात्तीले भाले र चितवन राष्ट्रिय निकुञ्जमा रहेको लोकतन्त्र कली नामक हात्तीले पोथी बच्चालाई जन्म दिएका हुन्। हात्तीको गर्भावस्था…
तुलसीपुर : राप्ती लोकमार्गअन्तर्गत तुलसीपुर-कपुरकोट सडकखण्डमा पहिरो जाँदा आवतजावत ठप्प भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका-३ स्थित साततलेमा पहिरो खस्दा आज बिहानैदेखि आवतजावत ठप्प भएको छ। ‘त्यस ठाउँमा विभिन्न तीन/चार ठाउँमा पहिरो गएको छ, हटाउने काम भइरहेको छ’, उनले भने, ‘पहिरो खसिरहेको अवस्था रहेकाले हटाउने समस्या भएको छ, त्यसमा पनि एउटा डोजर…
हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। दर नीराहार व्रतका लागि तीजको व्रत सक्नेले…
सिन्धुली : मरिण गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई पोषण भत्ता दिन सुरु गरेको छ। आमा तथा शिशुको पोषण खर्चबापत गाउँपालिकाले पाँच हजार रुपैयाँ दिन सुरु गरेको हो। गत शुक्रवार मरिण-२ की मानकुमारी आलेले प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा छोरी जन्माइन्। उनलाई पोषण खर्चबापतको नगद प्रदान गर्न गाउँपालिका अध्यक्ष विर्मश मोक्तान स्वास्थ्य केन्द्रको शय्यामै पुगेका थिए। त्यही दिनदेखि जिल्लामै पहिलो पटक…
गोदावरी : कैलालीको गोदावरी नगरपालिका-३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ। नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो। दक्षिण कटान टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका सो टोलका बासिन्दा खुसी भएका छन्। खल्लाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन्। बीस वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य हुँदै आएकामा…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग सुरक्षाको माग गरेको छ। त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दैनिकजसो पदाधिकारीलाई धम्क्याउने, तालाबन्दी गर्ने र तोडफोडजस्ता क्रियाकलाप हुने गरेको भन्दै सरकारसँग शान्ति सुरक्षाको माग गरेको हो। विज्ञप्तिमा नेपाल विद्यार्थी संघ कीर्तिपुरका विद्यार्थीको समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, त्रिविको दैनिक कामकारबाही गर्दा बारम्बार कार्यालयमा जबर्जस्ती प्रवेश गरी अवरोध…
चितवन : चितुवाको आक्रमणबाट गम्भीर घाइते भएका बालक सुलभ परियारको स्वास्थ्य स्थितिमा सुधार आएको छ। तनहुँको बन्दीपुर गाउँपालिका-१ निवासी तीन वर्षीय सुलभलाई यही भदौ ८ गते चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो। चितुवाले च्यापेर उनलाई लग्दै गरेको अवस्थामा उनकी आमा लक्ष्मी परियारले बचाएका थिए। गम्भीर घाइते सुलभलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज ल्याइएको थियो। बालकको थप…
बनियानीः झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी भएको छ। गौरादह–१ का मुनिलाल शर्माले गौराहद–२ स्थित गौरादह बजारमा सञ्चालन गरेको गौरादह पायल फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। उनका अनुसार आज बिहान अचानक विद्युत् सर्ट भई आगलागी भएको थियो।…
मेलम्ची : गए रातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची–११ मा सडक अवरुद्ध भएको छ। सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ। सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन्। पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी…