काठमाडौं : आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन्। बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ। आजको दिन शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा…
झापा : कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन्। शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनीहरूलाई सुतिरहेको अवस्थामा राति १० बजे चन्द्रबहादुरले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ। हत्यापछि खुकुरी लिएर…
गोरखा : गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन्। फूलपातीको डोली बा२झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्षबढाइँका साथ…
जाजरकोट : बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ। नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयवासीलाई दसैँमा समस्या भएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खाट र काउली डिपोमा चामल नहुँदा सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन्। स्थानीय बजारमा पाइने महँगो चामल खरिद गरेर प्रयोग गर्न बाध्य भएको बारेकोट –५ का विवेक सिंहले बताए।…
काठमाडौं : प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको…
भगवती लामा- नुवाकोट : नुवाकोट उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्थे। पण्डितलाई दशैंको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ। रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिलाजस्तो लाग्थ्यो। थातथलो छाडेर सदरमुकाम झरेपछि त्यस्ता दृश्य हेर्ने रहरमा मात्रै सीमित बनेको छ। 'विशेष गरी विनाशकारी भूकम्प २०७२ ले…
रमेश लम्साल- काठमाडौं : सरकारले विद्युत् व्यापारलाई थप मार्ग प्रशस्त गर्ने लक्ष्यका साथ विद्युत् ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने तयारी गरेको छ। विद्युत् ऐन, २०४९ मा विद्युत् व्यापारसम्बन्धी प्रावधान थिएन। सोही प्रावधान नभएका कारणले गर्दा सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सकेको थिएन। निजी क्षेत्रसमेतलाई विद्युत् व्यापारमा सहभागी गराउने लक्ष्यका साथ सरकारले सो ऐनलाई संशोधन…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको बताएकी छन्। ३२ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिँदै भण्डारीले ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण गराएकी हुन्। ज्येष्ठ नागरिक आफ्नो जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवका खानी रहेको जनाउँदै उनले ज्येष्ठ नागरिकको…
त्रिशुली : ‘गल्छी–रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिराले सडक अवरुद्ध भएको छ। नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए। चारपाङ्ग्रे सवारीसाधन आउजाउ गराउन वैकल्पिक सडक नहुँदा काठमाडौं पुगेर टोखा छहरेको सडक हुँदै आउन…
खोटाङ : भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ। गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो। घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ। वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ। सोही ठाउँका नारायण राईको घरमा भलपानी पस्दा बस्न नमिल्ने…
काठमाडौं : नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छ। कुनै समय शिव र पार्वती ऋषिहरूका सभामा जाँदा सबैले उठेर स्वागत गरे। ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन्। यो…
दैलेख : दशैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ। आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्। दशैँका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, चालक, सहचालक र यात्रुलाई समेत प्रहरी टोलीले सतर्क गराएको छ। प्रहरी प्रमुखसहित…
पोखरा : फेवातालको किनार ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको कार्यालय परिसरभित्र लस्करै कला सजाएर राखिएका छन्। पोखराको पर्यटनको मुख्य याम शुरु भइसकेका कारण त्यहाँ रहेको बोर्डको कार्यालय तथा अध्यागमन कार्यालयमा यतिखेर चहलपहल बढिरहेको छ। विभिन्न कामसहित त्यहाँ कार्यालयमा पुग्ने अधिकांशतः विदेशी पर्यटकको ध्यान त्यहाँ प्रदर्शनमा राखिएका कलाले आकर्षित गरेको छ। कलाका क्षेत्रमा पानी रङ्गको शहरका रुपमा पहिचान बनाएको पोखरामा विश्व पर्यटन…
रामपुर : गाउँमा बाजा बज्न थालेपछि दशैँ लाग्यो भन्ने आभाष हुन्थ्यो। यो परम्परा सुन्दा नयाँ पुस्तालाई अहिले अनौठो लाग्न पनि सक्छ। यो संस्कृति हिजोआज गाउँघरमा भने देख्न पाइदैन। बुढापाकाका अनुसार गाउँमा मादल, सहनाई, ट्याङ्को, झुर्मा र ढोलक बज्न थालेपछि दशैँ शुरु भयो भन्ने जनमानसमा सङ्केत गर्दथ्यो। बाद्यबादकसहित नौमती, पञ्चेबाजको तालमा गाउँभरी सरसफाइ गरेर दशैँलाई स्वागत गर्ने परम्परा अहिले कतै देख्न…
काठमाडौं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको महत्व रहेको बताएका छन्। अमेरिकामा जारी ‘ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम’ २०२२ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण विभिन्न खालका घटना बढ्दै गइरहेकामा चिन्ता व्यक्त गरे। उनले भने, ‘जलवायु परिर्वतनले विभिन्न समस्या उत्पन्न गराइरहेको छ, जलवायु परिवर्तनसँग जुध्न न्यूनीकरणको आवश्यकता छ।’ मन्त्री यादवले कार्यक्रममा सहभागी हुन पाउनु…
मोरङ : विश्व मुटु दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी एवं सचेतना कार्यक्रमको आयोजना गरी मनाइयो। कोसी अस्पताल विराटनगरद्वारा आयोजित उक्त प्रभातफेरी गौश्वारा, शनिहाट, तीनपैनी, गोल्छा, सत्यनारायण मन्दिर, जैन भवन, जलजला, हस्पिटल र देवकोटा चोक हुँदै पुनः अस्पतालको प्राङ्गणमा पुगेको थियो। प्रभातफेरीमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादव, चिकित्सक, विभिन्न औषधि बिक्री प्रतिनिधि, सर्वसाधारण र सञ्चारकर्मीको सहभागिता रहेको थियो। सो अवसरमा मेडिकल…
कर्णाली : सुर्खेत-जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ। सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ। यो राजमार्गलाई कर्णाली लोकमार्गका नामले पनि चिन्ने गरिन्छ। विसं २०६३ चैत ३१ गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो। राजमार्ग जोडिएपश्चात् कर्णालीका नागरिकको जीवनस्तरमा धेरै फेरबदल ल्याएको छ। यहाँका नागरिकलाई स्थानीय बजारमा मात्र सीमित…
रुपन्देही : लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन्। दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो। लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरे। पाँचवटा विद्युतीय बस लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीबाट तिलौराकोट साइट…
बाजुरा : लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन। राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो। अम्कोटमा दसैंअघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ। चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ। सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका…
चितवन : चितवनमा डेङ्गी संक्रमित एक महिलाको मृत्यु भएको छ। राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गीका कारण मृत्यु भएको हो। स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गी पुष्टि भएको थियो। उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए। यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय…