PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

  • बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा केसी

    बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा केसी

    ढोरपाटन : डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन्। मंगलवार निसीखोला आएका डा केसीले वडा नम्बर ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन्। डा केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए। केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुगेका हुन्। शाही भन्छन्, ‘उहाँ आउने कुनै जानकारी थिएन, स्वास्थ्यचौकीमा हामी बिरामी हेर्दै थियौँ,…

    विस्तृतमा पढ्नुस्

  • बारपाकमा दुई सातादेखि टेलिकमको नेटवर्कमा आयो समस्या

    बारपाकमा दुई सातादेखि टेलिकमको नेटवर्कमा आयो समस्या

    गोरखा : गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो। स्थानीय सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ। स्थानीयले सञ्चार सम्पर्कका लागि हैरानी खेप्नुपरेको छ। उनले भने, ‘फोन लाग्दैन, टावर पनि देखाउँदैन, इन्टरनेट चलाउन…

    विस्तृतमा पढ्नुस्

  • ठेक्का अलपत्र बनाउने १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता परे कालोसूचीमा

    ठेक्का अलपत्र बनाउने १५ निर्माण व्यवसायी र आपूर्तिकर्ता परे कालोसूचीमा

    काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले सूचना जारी गरी कालोसूचीमा राखिएका निर्माण व्यवसायी र आपूर्तिकर्ताले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ। कार्यालयका अनुसार मुख्य व्यक्ति सैलेन्द्र कुमार कुरुम्वाङ रहेको विराटनगरस्थित एसएएस कन्स्ट्रक्सन प्रालिलाई तीन वर्ष कालोसूचीमा राखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • करिब पाँच किलो सुनका गरगहनासहित नेपालगञ्जबाट दुई जना पक्राउ

    करिब पाँच किलो सुनका गरगहनासहित नेपालगञ्जबाट दुई जना पक्राउ

    नेपालगञ्ज (बाँके) : नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो। यस विषयमा…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचनको मौन अवधि : आज राति १२ बजेदेखि प्रचारप्रसारमा निषेध

    उपनिर्वाचनको मौन अवधि : आज राति १२ बजेदेखि प्रचारप्रसारमा निषेध

    काठमाडौं : यही बैशाख १० गते आइतवार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि बिहीवार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ। प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नम्बर २, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो। उपनिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३…

    विस्तृतमा पढ्नुस्

  • भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जनाले प्रहरीमा दिए किटानी जाहेरी

    भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जनाले प्रहरीमा दिए किटानी जाहेरी

    काठमाडौं : भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख रुपैयाँ ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन्। नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले पाँच करोड १९ लाख ९७ हजार रुपैयाँभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन्। कार्यालयमा परेका जाहेरी…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शनिवार विश्वासको मत लिने

    गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शनिवार विश्वासको मत लिने

    पोखरा : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिवार विश्वासको मत लिने भएका छन्। शनिवार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मत लिने विषयलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि मुख्यमन्त्रीले पत्रमार्फत सूचना दिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए। सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले गत चैत १० गते…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण देखिने क्रम बढ्दो

    भारतबाट फर्किनेहरुमा कोरोना सङ्क्रमण देखिने क्रम बढ्दो

    महेन्द्रनगर : पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल-भारत सीमा नाकामा पाँच वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले सीमानाकामा कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि हुने क्रम दुई सातायता बढ्दै गइरहेको…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा अनुमति लिएर राखिएका ३२ मध्ये दुई हतियार मात्रै बुझाइयो प्रहरीलाई

    चितवनमा अनुमति लिएर राखिएका ३२ मध्ये दुई हतियार मात्रै बुझाइयो प्रहरीलाई

    चितवन : निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका हतियारमध्ये चितवनमा दुई थान हतियारमात्र बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता लगिएका दुई हतियार बुझाइएको हो। जिल्लामा अनुमति लिएर राखिएका ३२ थान हतियार छन्। जिल्ला प्रशासन कार्यालयले गत चैत २४ गते सूचना जारी गर्दै चैत मसान्तभित्र हतियार बुझाउन गरेको आह्वानका…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    काठमाडौं : सरकारले बुधवारदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार र बिहीवार दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लालले जानकारी दिए। बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्यकर्मीले चार महिनादेखि पाएनन् पारिश्रमिक, नगर प्रमुख भन्छन् : सङ्घीय सरकारले बेहोर्नुपर्छ

    स्वास्थ्यकर्मीले चार महिनादेखि पाएनन् पारिश्रमिक, नगर प्रमुख भन्छन् : सङ्घीय सरकारले बेहोर्नुपर्छ

    भजनी : कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्। सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन नपाएका हुन्। नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउँछन्। नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई भने पारिश्रमिक उपलब्ध गराएको उनको भनाइ छ। चौधरी भन्छन्, ‘चार महिनादेखि बिनातलब काम…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

    मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

    गलेश्वर : म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ। बेनी नगरपालिका-१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा ८ प ४०७२ नम्बरको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो। सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले जानकारी दिए। चितुवाको टाउको ठोक्किएको थियो। करिब ४० किलोको चितुवाको उमेर दुई…

    विस्तृतमा पढ्नुस्

  • पछि मेट्रो र मोनो रेल बनाउन मिल्ने गरी चक्रपथको दोस्रो खण्ड निर्माण गरिँदै

    पछि मेट्रो र मोनो रेल बनाउन मिल्ने गरी चक्रपथको दोस्रो खण्ड निर्माण गरिँदै

    काठमाडौं : चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ। आगामी दिनमा सरकारले चाहँदा चक्रपथमा मेट्रो रेल, मोनो रेल वा अरु कुनै संरचना बनाउन सकिने गरी केन्द्रमा कम्तीमा तीन मिटरको खाली ठाउँ राखिने गरी छलफल भइरहेको सडक विभागले जनाएको छ। त्यो क्षेत्रमा भोलि ‘डेडिकेटेड’ बस…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचन : तनहुँका १५२ मध्ये १६ मतदान केन्द्र महिलाको जिम्मामा

    उपनिर्वाचन : तनहुँका १५२ मध्ये १६ मतदान केन्द्र महिलाको जिम्मामा

    दमौली : तनहुँ-१ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत तोकिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही बैशाख १० मा हुन लागेको उपनिर्वाचनका लागि एक सय ५२ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत नियुक्त गरेको छ। नियुक्त भएका मतदान र सहायक मतदान अधिकृतका लागि आज बैशाख ५ र ६ गते अभिमुखीकरण प्रदान गरिने…

    विस्तृतमा पढ्नुस्

  • अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु : एक जनाको उद्धार, एक जना अझै बेपत्ता

    अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु : एक जनाको उद्धार, एक जना अझै बेपत्ता

    म्याग्दी : म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार एकजना बेपत्ता छन् भने अर्का एकजनाको जीवितै उद्धार गरिएको छ। काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा गएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरिएको उद्धारमा खटिएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले जानकारी दिए। उनका अनुसार ‘सेभेन समिट…

    विस्तृतमा पढ्नुस्

  • स्थगित भयो आजको राष्ट्रियसभाको बैठक

    स्थगित भयो आजको राष्ट्रियसभाको बैठक

    काठमाडौं : राष्ट्रियसभाको मंगलवारका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार मंगलवार हपराह्न २:३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष कारणवश स्थगित गरिएको हो। बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी राष्ट्रियसभाका अध्यक्षले निर्धारण गर्ने संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ।

    विस्तृतमा पढ्नुस्

  • दोगडाकेदार हत्या प्रकरण : हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

    दोगडाकेदार हत्या प्रकरण : हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

    बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। मृतक जोशीका दाई पुष्पराज जोशीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा विष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरूलाई पकाउ…

    विस्तृतमा पढ्नुस्

  • बेनी-जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द  

    बेनी-जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द  

    म्याग्दी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक सोमवारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको हो। प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० बैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १…

    विस्तृतमा पढ्नुस्

  • रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दल सहमत

    रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दल सहमत

    काठमाडौं : प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्षनेताहरूबिच सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएको छ। लामो समेदेखि उक्त पद रिक्त रहेको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति एवं…

    विस्तृतमा पढ्नुस्

  • तिला नदीमा बेपत्ता जिसस सदस्य विश्वकर्माको खोजी जारी

    तिला नदीमा बेपत्ता जिसस सदस्य विश्वकर्माको खोजी जारी

    मान्म : कालीकोटको तिला नदीमा बेपत्ता भएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझै फेला परेका छैनन्। तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका-१ भिग्मबाट विश्वकर्मा बेपत्ता भएका थिए। शनिवार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न गएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। गत जेठमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell