PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • रास्वपा संसदीय दलको नेतामा लामिछाने, अर्थनीति विभागको प्रमुखमा स्वर्णिम

    रास्वपा संसदीय दलको नेतामा लामिछाने, अर्थनीति विभागको प्रमुखमा स्वर्णिम

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेताका रुपमा पुनः चयन गरेको हो। यस अघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो। पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सरकारलाई पार्टीको समर्थन यथावत् रहेको र बाँकी निर्णय शुक्रबारको संयुक्त बैठकले गर्ने बताए।  'पार्टी सभापति लामिछाने संसदीय…

    विस्तृतमा पढ्नुस्

  • भिरबाट लडेर बाजगरामा एक वृद्धको मृत्यु

    भिरबाट लडेर बाजगरामा एक वृद्धको मृत्यु

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका-७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ। घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु भएका उनी आइतवार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किएको परिवारले जनाएका छन्। भिरको रुखमा अड्किएको अवस्थामा शव फेला परेको भन्ने जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकको टोली…

    विस्तृतमा पढ्नुस्

  • सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

    सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ। सरकारलाई दिएको समर्थन, समसामयिक राजनीति र संसदीय दलको नेता चयनका विषयमा ती बैठकमा छलफल हुने जनाइएको छ। पार्टीका उपसभापति डोलप्रसाद अर्यालका अनुसार सोमवार पार्टी कार्यालय बसुन्धरामा बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ। उनका अनुसार केन्द्रीय समितिको बैठकमा सरकारलाई…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना कम्बोडिया प्रस्थान

    राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना कम्बोडिया प्रस्थान

    काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गए राति कम्बोडिया प्रस्थान गरेका छन्। कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन्। अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नेछन्। उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वर्ल्ड बुद्धिष्ट फाउन्डेसनको पेट्रोन…

    विस्तृतमा पढ्नुस्

  • श्रमिक दिवसमा प्रधानमन्त्रीको शुभकामना : ‘सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागू गर्न पहल गर्छु’

    श्रमिक दिवसमा प्रधानमन्त्रीको शुभकामना : ‘सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागू गर्न पहल गर्छु’

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन्। प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा सोमवार जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ। ‘राष्ट्रका उच्च…

    विस्तृतमा पढ्नुस्

  • मर्यादित श्रमको वातावरण निर्माण गर्न राष्ट्रपति पौडेलको जोड

    मर्यादित श्रमको वातावरण निर्माण गर्न राष्ट्रपति पौडेलको जोड

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। दिवसका अवसरमा सोमवार शुभकामना दिँदै उनले श्रम अधिकार सुनिश्चितताको कामनासमेत गरेका छन्। श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्योपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

    स्वास्थ्योपचारपछि राष्ट्रपति पौडेल स्वदेश फिर्ता

    काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्किएका छन्। उनी आइतवार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। उनको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यही बैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि थुनियो अरुण नदी

    ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि थुनियो अरुण नदी

    किमाथाङ्का : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ। मकालु गाउँपालिका-३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो। अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए। अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ। टनेलबाट पानी २५ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • प्रतिकूल मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

    प्रतिकूल मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

    काठमाडौं : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ। भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन्। कोलम्बोबाट काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुलीमा कार दुर्घटना हूँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

    सिन्धुलीमा कार दुर्घटना हूँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

    कमलामाईः सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै एक जना घाइते भएका छन्। कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो। काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र साविक सिन्धुलीको कपिलाकोट घर भई हाल काठमाडौँ महानगरपालिका गौरीघाट बस्ने…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमी वायूसँगै प्रि-मनसुन सक्रिय, अझै तीन दिन पानी पर्ने

    पश्चिमी वायूसँगै प्रि-मनसुन सक्रिय, अझै तीन दिन पानी पर्ने

    काठमाडौंः काठमाडौं उपत्यकामा शनिबार अपराह्नपछि मध्यम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा ३१ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ। आज पोखरामा २३ दशमलव दुई मिलिमिटर, ताप्लेजुङमा २२ र लुम्लेमा १९ मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार ५० मिलिमिटर मध्यम र ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ। देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको…

    विस्तृतमा पढ्नुस्

  • एप्रोच नमिल्दा एयर इन्डियाको जहाज ‘ओभरसुट’

    एप्रोच नमिल्दा एयर इन्डियाको जहाज ‘ओभरसुट’

    काठमाडौं : भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजले ‘ओभरसुट’ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि जहाजले ओभरसुट गरेको हो। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो। 'जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ,' उनले भने। यसरी…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर ताप्लेजुङमा एक वृद्धको मृत्यु

    चट्याङ लागेर ताप्लेजुङमा एक वृद्धको मृत्यु

    ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। सिदिङ्वा गाउँपालिका-६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो। इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ। शव परीक्षणका लागि शनिवार जिल्ला अस्पताल ल्याइने कार्कीले बताए। केही दिनअघि…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीका १८ एसपी एएसएसपीमा बढुवा सिफारिस

    प्रहरीका १८ एसपी एएसएसपीमा बढुवा सिफारिस

    काठमाडौंः नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १८ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेमा विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिपशम्शेर जवरा रहेका…

    विस्तृतमा पढ्नुस्

  • निरा पाण्डे हत्या प्रकरणः छानबिनका लागि एआइजीको नेतृत्वमा समिति गठन

    निरा पाण्डे हत्या प्रकरणः छानबिनका लागि एआइजीको नेतृत्वमा समिति गठन

    काठमाडौंः काठमाडौँको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याको छानविन तथा अनुसन्धान गर्न प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा समिति गठन भएको छ। प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोका एआइजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखसमेत…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

    मुख्यमन्त्री चौधरीले सोमबार विश्वासको मत लिने

    लुम्बिनीः लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आउँदो सोमबार विश्वासको मत लिने भएका छन्। सरकारलाई छिटो पूर्णता दिने गरी मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन्। बिहीबार नियुक्त भएका चौधरीले आज बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथपश्चात पदभार ग्रहण गरेका थिए। लगत्तै बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो सोमबार विश्वासको मत लिने निर्णय गरेको विना विभागीय मन्त्री सन्तोषकुमार पाण्डेले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

    कर्णालीः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्। कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको चौधौँ बैठकमा सभामुख नन्दा गुरुङ्ले मुख्यमन्त्री शर्मालाई समय दिएसँगै उनले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वास आफूलाई विश्वास प्राप्त छ भनी सभामा प्रस्ताव पेश गरेका थिए। जसअनुरुप उनले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरी मुख्यमन्त्री बन्न…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टरमा लोड गरेको फलामको रडले घोच्दा सेनाका जवानको मृत्यु

    ट्र्याक्टरमा लोड गरेको फलामको रडले घोच्दा सेनाका जवानको मृत्यु

    कलैया : बाराको सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिए। बा ८० प  ८२८० नम्बरको मोटरसाइलमा सवार मृतक वीरगंजबाट कलैया जाने क्रममा कलैया उपमहानगरपालिका-२४ सिसहनियामा ना ५ त ४०२१ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • गएरातिको भूकम्पले बाजुरामा २३ घर पूर्णरुपमा क्षति

    गएरातिको भूकम्पले बाजुरामा २३ घर पूर्णरुपमा क्षति

    बाजुरा : गएरातिको भूकम्पका कारण हिमाली गाउँपालिका-२ विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ। गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार उक्त वडाका धञ्जित बुढा, दन्तिर बुढा, जोवलाल बुढा, नौउले बुढा, दिलबहादुर…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा बैठक सर्‍यो, भोलि अपराह्न बस्ने

    राष्ट्रियसभा बैठक सर्‍यो, भोलि अपराह्न बस्ने

    काठमाडौं : राष्ट्रियसभाको बैठक सरेको छ। बिहीवार आपरह्न १:०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही बैशाख १५ गते शुक्रवार अपराह्न ४:०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ। बिहीवार बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell