PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

  • इच्छाकामनामा देखियो दादुरा, खोप अभियान सञ्चालन गर्ने तयारीमा गाउँपालिका

    इच्छाकामनामा देखियो दादुरा, खोप अभियान सञ्चालन गर्ने तयारीमा गाउँपालिका

    चितवन : चितवनको इच्छाकामना गाउँपालिकामा दादुरा रोगविरुद्धको खोप दिन लागिएको छ। गाउँपालिकामा दादुराका बिरामी भेटिएसँगै खोप लगाउने तयारी थालिएको हो। इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा दादुरा देखिएको हो। स्वास्थ्य कार्यालयका अधिकृत जयराम दुबाडीका अनुसार इच्छाकामना गाउँपालिकामा पाँच वर्ष र १२ वर्षका बालबालिकामा यो रोगको सङ्क्रमण देखिएको हो। सङ्क्रमण देखिएसँगै जेठको पहिलो साता खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • एमाले केन्द्रीय कमिटी बैठक : प्रतिवेदनहरुमाथि आज समूहगत छलफल हुने

    एमाले केन्द्रीय कमिटी बैठक : प्रतिवेदनहरुमाथि आज समूहगत छलफल हुने

    काठमाडौं : नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक शुक्रवार पनि बस्दै छ। शुक्रवारको बैठकमा पनि बिहीवार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ। बिहीवार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश कमिटीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बिहीवार पेस गरिएका राजनीतिक र मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ। आठ…

    विस्तृतमा पढ्नुस्

  • बालकृष्ण खाणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    बालकृष्ण खाणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं : नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीवार दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएका पार्टीका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणको बारेमा समेत…

    विस्तृतमा पढ्नुस्

  • खाजा खाएको पैसा तिर्नेबेला भनाभन : होटल सञ्चालकले ग्राहकको छुरा हानेर गरे हत्या

    खाजा खाएको पैसा तिर्नेबेला भनाभन : होटल सञ्चालकले ग्राहकको छुरा हानेर गरे हत्या

    धादिङ : धादिङको गल्छी गाउँपालिका-८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ। बुधवार बेलुका खाजा खान गएका गल्छी-८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन्। आरोपितलाई रातिनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मजित…

    विस्तृतमा पढ्नुस्

  • दैलेख आगलागी : घाइते एक जनाको उपचारको क्रममा मृत्यु

    दैलेख आगलागी : घाइते एक जनाको उपचारको क्रममा मृत्यु

    राँझा : दैलेखको आठविस नगरपालिका-६ स्थित माल्या जङ्गलमा बुधवार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। आगलागीमा परी गम्भीर घाइते दैलेखको आठविस-६ का ५५ वर्षीय भैरव विकको उपचारको क्रममा बाँकेको नेपालगञ्जमा मृत्यु भएको हो। भेरी अस्पतालमा उपचाररत विकको गए राति मृत्यु भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईले जानकारी दिए। उनका अनुसार भेरी अस्पतालमा उपचारका लागि ल्याइएका…

    विस्तृतमा पढ्नुस्

  • जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

    जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन

    काभ्रेपलाञ्चोक : विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-८ निवासी उनको गए राति निधन भएको हो। जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए। घाइते भएको १७ वर्षपछि उनको निधन भएको हो। केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो। सो अस्पतालमै उनको निधन भएको मुकेश फाउण्डेशनका अध्यक्ष हीरा शर्माले…

    विस्तृतमा पढ्नुस्

  • मुगु हिम पहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता भएकाहरुको खोजीमा समस्या

    मुगु हिम पहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता भएकाहरुको खोजीमा समस्या

    मुगु : अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका-१ र २ मा पर्ने च्याँखुलेकमा हिम पहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ। सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन। यही बैशाख २२ गते च्याँखुलेकमा हिम पहिरोमा परी यार्सागुम्बा सङ्कलन गर्न गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की (४०), ३५ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • आरोहणको ७२ वर्षपछि सेनाले अन्नपूर्ण हिमालबाट सङ्कलन गर्‍यो फोहोर

    आरोहणको ७२ वर्षपछि सेनाले अन्नपूर्ण हिमालबाट सङ्कलन गर्‍यो फोहोर

    म्याग्दी : आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहोर सङ्कलन गरिएको छ। नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहोर सङ्कलन गरिएको हो। आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा पर्छ। विसं २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मंगलवार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका…

    विस्तृतमा पढ्नुस्

  • अर्घाखाँची आगलागी अपडेट : जलेर घाइते भएका तीन जनाको मृत्यु

    अर्घाखाँची आगलागी अपडेट : जलेर घाइते भएका तीन जनाको मृत्यु

    अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ। आगलागीमा परी घाइते भएका भुमिकास्थान-२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो। पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणगढ नजिक पुग्दा मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • नक्कली शरणार्थी प्रकरण : थप दुई जना विचौलिया पक्राउ, एमाले सचिव रायमाझीको खोजी जारी

    नक्कली शरणार्थी प्रकरण : थप दुई जना विचौलिया पक्राउ, एमाले सचिव रायमाझीको खोजी जारी

    काठमाडौं : प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौंबाट पक्राउ गरेको छ।  काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार उनीहरू उक्त घटनामा विचौलिएका रूपमा काम गरेको पाइएपछि…

    विस्तृतमा पढ्नुस्

  • पाथीभरा दर्शन गर्न जाने क्रममा शुक्रवारदेखि बेपत्ता पराजुली मृत फेला

    पाथीभरा दर्शन गर्न जाने क्रममा शुक्रवारदेखि बेपत्ता पराजुली मृत फेला

    ताप्लेजुङ : पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रवारदेखि बेपत्ता भएका झापाको अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला परेका छन्। पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। मानसिकरुपमा सामान्य अस्वस्थ रहेका ६० वर्षीय पराजुली मंगलवार बिहान मृत अवस्थामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • कक्षा १२ को वार्षिक परीक्षा सुरु, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि गर्दै

    कक्षा १२ को वार्षिक परीक्षा सुरु, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि गर्दै

    काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा मंगलवारबाट सुरु भएको छ। यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन्। यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ।  बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका…

    विस्तृतमा पढ्नुस्

  • कामु प्रधानन्यायाशीले भने : भरोसायोग्य न्याय प्रणालीको विकास गर्न सुधारका कार्यक्रम अगाडि बढाइएको छ

    कामु प्रधानन्यायाशीले भने : भरोसायोग्य न्याय प्रणालीको विकास गर्न सुधारका कार्यक्रम अगाडि बढाइएको छ

    काठमाडौं : कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताएका छन्। मंगलवार जारी शुभकामना सन्देशमा उनले कानुन दिवस २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदी-बहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन्। ‘सबैलाई न्याय सुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहको प्रत्याभूतिमार्फत भरोसायोग्य न्याय…

    विस्तृतमा पढ्नुस्

  • अन्नपूर्ण गाउँपालिकाले सुरु गर्‍यो अनलाइन राजस्व भुक्तानी सेवा

    अन्नपूर्ण गाउँपालिकाले सुरु गर्‍यो अनलाइन राजस्व भुक्तानी सेवा

    कास्की : कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनलाइनबाटै राजस्व भुक्तानीको सुरूवात गरेको छ। सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत पालिकाले अनलाइन भुक्तानी सेवा थालनी गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पङ्गेनी र अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले संयुक्तरूपमा अनलाइन सेवाको शुभारम्भ गरे। सेवाग्राहीले अब गाउँपालिकाको करदाता ‘पोर्टल’ खोलेर आफ्नो विवरण एवं करको अभिलेख हेर्न र भुक्तानी गर्न सक्ने छन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायालय स्थापना भएको दिनको सम्झनामा आज कानुन दिवस मनाइँदै

    प्रधान न्यायालय स्थापना भएको दिनको सम्झनामा आज कानुन दिवस मनाइँदै

    काठमाडौं : मंगलवार कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ बैशाख २६ गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष बैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ। सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा सरकारले गर्‍यो कडाइ

    स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई विदेश भ्रमणमा सरकारले गर्‍यो कडाइ

    काठमाडौं : सरकारले स्थानीय तहका पदाधिकारी तथा कर्मचारीलाई विदेश भ्रमणमा कडाइ गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै स्थानीय तहका पदाधिकारी एवं कर्मचारीलाई कार्यक्रम स्वीकृत नगराइ जथाभावी विदेश भ्रमणमा नजान आग्रह गरेको हो। यसअघि भएका यस्ता वैदेशिक भ्रमणका कतिपय कार्यक्रमको औचित्य नदेखिएको भन्दै मन्त्रालयको उक्त परिपत्रमा आवश्यताका आधारमा मात्र वैदेशिक भ्रमणमा जान निर्देशन दिइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • रोल्पाका चार स्थानीय तहले भर्ना गरे आफ्नै नगर/गाउँ प्रहरी

    रोल्पाका चार स्थानीय तहले भर्ना गरे आफ्नै नगर/गाउँ प्रहरी

    रोल्पा : रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन्। जिल्लाका रोल्पा नगरपालिकासहित सुनिलस्मृति, रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन्। रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ। नगर प्रहरीमा एक प्रहरी हवल्दार रहेका छन् भने नौ प्रहरी जवान छन्। जिल्ला सदरमुकाममा रहेको रोल्पाले ट्राफिक व्यवस्थापन, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा…

    विस्तृतमा पढ्नुस्

  • चारलेन सडकमै छैन साइकल लेन, साइकलयात्रीलाई जोखिमै जोखिम

    चारलेन सडकमै छैन साइकल लेन, साइकलयात्रीलाई जोखिमै जोखिम

    राँझा : नेपालगन्जको मुख्य चारलेन सडकमा साइकलयात्रा गरिरहेका खजुरा-३ निवासी मुन्सी चमारलाई शनिवार दिउँसो टिपरले ठक्कर दिँदा मृत्यु भयो। नेपालगन्ज उपमहानगरपालिका-१८ मा साइकल चलाइरहेका ६४ वर्षीय उनलाई रा १ ख २६१७ नम्बरको टिपरले ठक्कर दिएको थियो। गम्भीर घाइते चमारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलक बहादुर सुनारले जानकारी दिए। साइकलमै…

    विस्तृतमा पढ्नुस्

  • मुगु हिमपहिरो : यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु

    मुगु हिमपहिरो : यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु

    जुम्ला : मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए। यार्सागुम्बा सङ्कलनका लागि  पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले बताए। अन्य सामान्य घाइते भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • वार्षिक बजेटको तयारीमा सरकार, कस्तो र कतिको?

    वार्षिक बजेटको तयारीमा सरकार, कस्तो र कतिको?

    हेमन्त जोशी- काठमाडौंः आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेको छ। कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ। मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो। सङ्घीयता कार्यान्वयनपछि प्रतिनिधि सभा र प्रदेश सभाका लागि दोस्रोपटक सदस्यमा निर्वाचित भइसकेका छन्। भर्खर निर्वाचित भएर संसद् छिरेका जनप्रतिनिधिले चुनावअघि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell