PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

  • राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्छ : गगन थापा

    राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्छ : गगन थापा

    मलेखु : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन्। विशेषगरी स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने थापाले बताए। नेपाल वितरक संघको ११औँ वार्षिक साधारणसभालाई शनिवार धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापा भने, 'म यो वर्ष कुनै पनि ठाउँमा…

    विस्तृतमा पढ्नुस्

  • वनमा दाउरा खोज्न हिँडेका डगौराको टाउकोमा हाँगा खसेर लाग्यो, अस्पताल लाँदालाँदै बाटैमा मृत्यु  

    वनमा दाउरा खोज्न हिँडेका डगौराको टाउकोमा हाँगा खसेर लाग्यो, अस्पताल लाँदालाँदै बाटैमा मृत्यु  

    महेन्द्रनगर : रुखको हाँगा खसेर कञ्चनपुरका आज एक जनाको मृत्यु भएको छ।  सामुदायिक वनमा दाउरा खोज्न हिँडेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ का ४५ वर्षीय अनिल डगौराको मृत्यु भएको हो। गाउँलेसित स्थानीय बैजनाथ सामुदायिक वनमा दाउरा खोज्न हिँडेका डगौरालाई रूखको हाँगा खसेर टाउकोमा चोट लागेको थियो। उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा उनलाई मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • रुप्से झरनामा चिप्लिएर खस्दा काठमाडौंका एक जनाको मृत्यु

    रुप्से झरनामा चिप्लिएर खस्दा काठमाडौंका एक जनाको मृत्यु

    म्याग्दी : अन्नपूर्ण गाउँपालिका-३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिवार एक जनाको मृत्यु भएको छ।   काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१ चपली बस्ने ५६ वर्षीय वसन्त भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार ढुंगाबाट चिप्लिएर ३० मिटर तल खस्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीलाई बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा…

    विस्तृतमा पढ्नुस्

  • ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षकमाथि कञ्चनपुरमा खुकुरी प्रहार

    ड्युटीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षकमाथि कञ्चनपुरमा खुकुरी प्रहार

    महेन्द्रनगर : कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रवार राति खुकुरी प्रहार भएको छ। दोधारा चादँनी नगरपालिका-७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बीओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार/पाँच जनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ। सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने…

    विस्तृतमा पढ्नुस्

  • मनाङको विकट स्थानका विद्यालयमा पुस्तक पुर्‍याउनै सकस

    मनाङको विकट स्थानका विद्यालयमा पुस्तक पुर्‍याउनै सकस

    मनाङ : हिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ। विस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक पुग्नै समय लाग्छ। विद्यालयमा पुस्तक पुर्‍याउन पुस्तक पसलमार्फत टेण्डरमा ल्याउनुपर्ने भएकाले अझ पुस्तक ढिला गरी आउन थालेको छ। विद्यालयले ल्याउने गरेको अवस्थामा केही छिटो पुस्तक विद्यालय र विद्यार्थीको हातमा पुग्ने गरे पनि टेण्डरका कारण ढिला हुने…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा सात वर्षमा मरे ३० बाघ

    चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा सात वर्षमा मरे ३० बाघ

    चितवन : विगत सात वर्षमा ३० वटा बाघ मरेका छन्। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ती बाघ मरेका हुन्। आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्ममा ती बाघ मरेका हुन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार मृत भेटिएका बाघमध्ये १४ भाले र आठ पोथी छन्। आठ वटाको पहिचान नखुलेको उनको भनाइ छ। उनका अनुसार मृत भेटिएका बाघमा…

    विस्तृतमा पढ्नुस्

  • चितुवालाई नियन्त्रणमा लिन बनाएको पासो बन्यो प्रभावकारी

    चितुवालाई नियन्त्रणमा लिन बनाएको पासो बन्यो प्रभावकारी

    तनहुँ : डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि नियन्त्रणको लागि बनाएको पासो (खोर) प्रभावकारी बन्दै गएको छ। फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो। चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए। चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिमण्डल विस्तारमा कांग्रेसभित्र असन्तुष्टि देखियो : शंशाक कोइराला

    मन्त्रिमण्डल विस्तारमा कांग्रेसभित्र असन्तुष्टि देखियो : शंशाक कोइराला

    चितवन : नेपाली कांग्रेसका नेता  प्राडा शशांक कोइरालाले उपनिर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुन जरुरी रहेको बताएका छन्। शुक्रवार पत्रकारसँगको कुराकानीमा कोइरालाले उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताए।  'हाम्रो लोकप्रियता खस्किँदै गएको हो कि भन्ने विषयमा गम्भीर समीक्षा जरुरी  छ,' कोइरालाले भने। पुराना पार्टीको लोकप्रियता खस्कँदै जाँदा नयाँ शक्तिहरुको उदयमान हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ।  उनले थपे, अब…

    विस्तृतमा पढ्नुस्

  • आज राति विरल छायाँजनित चन्द्रग्रहण लाग्ने

    आज राति विरल छायाँजनित चन्द्रग्रहण लाग्ने

    काठमाडौं : वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८:५९ बजे सुरु भई ११:०७ बजे मध्य हुन्छ। राति १:१६ बजे ग्रहण सकिने जनाइएको छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण भएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। वैज्ञानिक मान्यतामा…

    विस्तृतमा पढ्नुस्

  • पाँच दिनअघि गिट्टीको थुप्रोमा भेटिएको टाउकोको अझै खुल्न सकेन पहिचान

    पाँच दिनअघि गिट्टीको थुप्रोमा भेटिएको टाउकोको अझै खुल्न सकेन पहिचान

    बैतडी : पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेटिए पनि उनको पहिचान भने खुल्न सकेको छैन। गत आइतवार सडक निर्माणका लागि पाटन नगरपालिका-६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेटिएको थियो। टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ। तर अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

    गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

    काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। गण्डकी प्रदेशसभाको आजको बैठकमा उनले मागेको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो। उनलाई नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र नेकपा (एकीकृत समाजवादी)को एक गरी ३५ मत प्राप्त भएको छ। प्रस्तावका विपक्षमा नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यको मत परेको छ भने राष्ट्रिय प्रजातन्त्र…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

    गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

    पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीवार विश्वासको मत लिँदै छन्। अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिए। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमवार प्रदेशसभा अधिवेशन आह्वान गरेका थिए। यही बैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका…

    विस्तृतमा पढ्नुस्

  • पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा रुङ्टा र रावल विरुद्द उजुरी, दुई जनालाई खोज्दै प्रहरी

    पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा रुङ्टा र रावल विरुद्द उजुरी, दुई जनालाई खोज्दै प्रहरी

    चितवनः पोल्ट्री व्यवसायी शंकर कँडेल मृत्यु प्रकरणमा दुईजना विरुद्ध किटानी जाहेरी परेको छ। कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृतावस्थामा भेटिएका थिए। परिवारका तर्फबाट राति आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले राति समाजिक सञ्जाल ह्वाटसबमार्फत…

    विस्तृतमा पढ्नुस्

  • बढ्यो नेपालीको प्रतिव्यक्ति आय, औसत १४ सय अमेरिकी डलर

    बढ्यो नेपालीको प्रतिव्यक्ति आय, औसत १४ सय अमेरिकी डलर

    काठमाडौं : नेपालको प्रतिव्यक्ति आय अमेरिकी डलर एक हजार तीन सय ९९ अर्थात् रू एक लाख ८२ हजार छ सय ८३ बराबर पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कसम्बन्धी विवरणानुसार प्रतिव्यक्ति कूल गार्हस्थ उत्पादन अमेरिकी डलर एक हजार तीन सय ९९ र प्रतिव्यक्ति कूल राष्ट्रिय उत्पादन अमेरिकी डलर एक हजार चार…

    विस्तृतमा पढ्नुस्

  • धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, पृथ्वी राजमार्ग अवरुद्ध

    धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, पृथ्वी राजमार्ग अवरुद्ध

    मलेखु : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ। बन्द भएको १८ घण्टापछि मंगलवार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो। धुनिबेशी नगरपालिका–६ र थाँक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले…

    विस्तृतमा पढ्नुस्

  • दार्चुला हिमपहिरोमा परी बेपत्ता तीन जनाको शव भेटियो

    दार्चुला हिमपहिरोमा परी बेपत्ता तीन जनाको शव भेटियो

    महेन्द्रनगर : दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्र्पकबिहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ।  मंगलबारदेखि हिमपहिरोमा परी सम्पर्कबिहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कबिहीन थिए। बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर रहेका थिए। दुवैजना आमाछोरा हुन्। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको बधाई

    एसीसी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको बधाई

    काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत फाइनल खेलमा युनाइेटड अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गरेकामा नेपाली खेलाडीलाई बधाई दिएका हुन्। उनले नेपाली क्रिकेट टोलीसहित सम्पूर्ण नेपालीलाई बधाई ज्ञापन गरेका छन्। आजको जितसँगै नेपाल आगामी सेप्टेम्बरमा हुने एसिया…

    विस्तृतमा पढ्नुस्

  • बिपी भञ्ज्याङका राममाया विक र उनका चार वर्षीय छोरा १७ दिनदेखि बेपत्ता

    बिपी भञ्ज्याङका राममाया विक र उनका चार वर्षीय छोरा १७ दिनदेखि बेपत्ता

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उनका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन्। दुवैजना यही बैशाख ३ गतेदेखि बेपत्ता भएका हुन्। माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले बताए। ‘आमाछोराको खोजीका लागि प्रहरी कार्यलयमा जाहेरी दिएको छु, तर कुनै खबर नपाउँदा चिन्ता थपिएको छ,’…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीसँग जोडिएको नेपाल-भारत सीमा आजदेखि बन्द हुने

    रुपन्देहीसँग जोडिएको नेपाल-भारत सीमा आजदेखि बन्द हुने

    रुपन्देही : नेपाल-भारत सीमा नाका मंगलवारदेखि बन्द हुने भएको छ। रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल-भारत बेलहिया सहितका सीमा नाका मंगलवार बेलुकादेखि बन्द हुने भएका छन्। भारतको उत्तर प्रदेश महरागञ्जमा २१ गते बिहीवार हुने निर्वाचनलाई लक्षित गरी नेपाल-भारत सीमानाका ४८ घन्टा अगाडिदेखि बन्द गर्न लागिएको हो। महराजगञ्ज जिल्लाको नगर निकाय निर्वाचन (स्थानीय निर्वाचन)लाई दृष्टिगत गर्दै रुपन्देहीको बेलहियासहितको नाका मंगलवार साँझ ६…

    विस्तृतमा पढ्नुस्

  • बनेपामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयको प्रदर्शनका कारण अरनिको राजमार्ग ठप्प

    बनेपामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयको प्रदर्शनका कारण अरनिको राजमार्ग ठप्प

    काठमाडौं : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १३ स्थित भैँसेपाटीमा गएराति काठमाडौँतर्फ जाँदै गरेको बा६३प २७२ नंको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६० वर्षीय बालकृष्ण बुढाथोकीको निधन भएको छ। बुढाथोकीको उपचारका क्रममा धुलिखेल अस्पतालमा निधन भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए। दुर्घटनालाई लिएर अरनिको राजमार्गअन्तर्गत भैँसेपाटी क्षेत्रमा स्थानीय बासिन्दाले प्रदर्शन गर्दा सो क्षेत्रमा आवत जावत ठप्प…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell