PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • चितवनको इच्छाकामना मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

    चितवनको इच्छाकामना मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा

    भरतपुर : चितवनको इच्छाकामना गाउँपालिका-५ मा रहेको इच्छाकामना मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण गरिएको हो। विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको ९५ प्रतिशत काम सकिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए। उनले अब मन्दिरमा बत्ती जडान, ढुङ्गा बिच्छाउने र पर्खाल…

    विस्तृतमा पढ्नुस्

  • गुल्मीमा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

    गुल्मीमा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

    गुल्मी : गुल्मीको मालिका गाउँपालिका-२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु १ च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड-९ का १८  वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। दुर्घटनामा परी जीप…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई जना घाइते

    ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु, दुई जना घाइते

    फुङ्लिङ : ताप्लेजुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका-४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको हो। चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाइते भएका छन्। घाइते दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • मिटरब्याज पीडितसँगको सहमति अनुसार विधेयक आउँछः मन्त्री श्रेष्ठ

    मिटरब्याज पीडितसँगको सहमति अनुसार विधेयक आउँछः मन्त्री श्रेष्ठ

    काठमाडौंः उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति सुरक्षाको प्रत्याभूति गर्न पूर्णरुपमा प्रतिबद्ध रहेको र त्यसमा कुनै पनि कमी हुन नदिने दृढता व्यक्त गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सभामुखसँग समय लिएर उपप्रधानमन्त्री श्रेष्ठले शान्ति सुरक्षा खलबल्याउने काममा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउने बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा केही व्यक्तिले अनाधिकृत गतिविधि गरेको भन्दै एमालेका सांसद पदम गिरीले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट एक जनाको मृत्यु

    कोरोना संक्रमणबाट एक जनाको मृत्यु

    काठमाडौंः कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार एक जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक सङ्क्रमितको उपचारको क्रममा निधन भएको हो। यसैगरी बुधबार एक हजार ६३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा सङ्क्रमण देखिएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ६१ पुगेको छ। उपचारपछि आज ६५ जना घर फर्किएका छन्। यस्तै काठमाडौँमा उपत्यकामा २९ जना आइसोलेसन, पाँच जना सघन उपचार कक्ष…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज

    गाउँपालिकाबाटै श्रम स्वीकृति पाएपछि सेवाग्राहीलाई सहज

    उर्लाबारी : सरकारले २०७९ चैत १६ गते गरेको निर्णयबमोजिम स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्थालाई मोरङको मिक्लाजुङ गाउँपालिकाले कार्यान्वयनमा ल्याएको छ। वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन स्थानीय तहको रोजगार सेवा केन्द्रबाट पाउने व्यवस्था गरिएको छ। यसका लागि अब विराटनगर र काठमाडौं धाउनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • आज बैशाख १२ गते : गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

    आज बैशाख १२ गते : गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

    काठमाडौं : विसं २०७२ बैशाख १२ गते शनिवार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो। उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो। मंगलवार त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ। काठमाडौंलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन्। बारपाक सुलीकोट गाउँपालिकाको…

    विस्तृतमा पढ्नुस्

  • विश्व औलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

    विश्व औलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

    काठमाडौं : ‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित मंगलवार विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन्। नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अतिमहत्वकाङ्क्षी लक्ष्य लिएको छ। सो…

    विस्तृतमा पढ्नुस्

  • कालिदमारमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

    कालिदमारमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

    हेटौंडा : मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मकवानपुरको मनहरि-३ स्थित कालिदमार भन्ने स्थानमा गए राति  मधेश प्रदेश०३–००१त ७१८८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। दुर्घटनामा मनहरि-३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ : सभापति देउवा

    लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ : सभापति देउवा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन्। सत्रौँ लोकतन्त्र दिवसको अवसरमा सोमवार एक विज्ञप्ति जारी गरी उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना सजग र सचेत रहनुपर्ने बताए। ‘विसं २००७ अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरङ्कुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा…

    विस्तृतमा पढ्नुस्

  • रास्वपाले माफी मागेपछि मतदान सुरु

    रास्वपाले माफी मागेपछि मतदान सुरु

    चितवन : चितवन क्षेत्र नं २ मा उपनिर्वाचनका क्रममा भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा रोकिएको मतदान पुनः सुरु भएको छ। सर्वदलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लङ्घन गरेको विषयमा माफी माग्नेलगायत चार वटा बुँदामा सहमति भएपछि बिहान ११:३० बाट रोकिएको मतदान दिनको ३ बजेदेखि सञ्चालन भएको हो। मतदान अधिकृत कमला न्यौपानेका अनुसार आचारसंहिता मिचेको विषयमा माफी माग्ने, मतदान केन्द्रको तीन सय…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट सामान लिएर आउँदै गरेकी आमा लिन जाँदै थिए सिङ्दलसिंह, तुइनबाट खस्दा गयो ज्यान

    भारतबाट सामान लिएर आउँदै गरेकी आमा लिन जाँदै थिए सिङ्दलसिंह, तुइनबाट खस्दा गयो ज्यान

    दार्चुलामा तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका सिङ्दलसिंह भण्डारीको शव भेटिएको छ। शनिवार दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो।  महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा भण्डारीलाई लिन सिङ्दलसिंह तुइन चढेर भारततर्फ जाँदै थिए। उनकी आमा सामान लिएर भारतीय सडक प्रयोग गर्दै घर फर्किदै थिइन्। उनी सामान किनमेल गरी दार्चुला सदरमुकाम खलङगाबाट भारतीय…

    विस्तृतमा पढ्नुस्

  • महाकालीमा तुइनबाट खसेर एक जना बेपत्ता

    महाकालीमा तुइनबाट खसेर एक जना बेपत्ता

    दार्चुलामा तुइनबाट खसेर एक पुरुष महाकाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिका–२ दुम्लिङका ४५ वर्षीय सिङ्दलसिंह भण्डारी शनिवार दिउँसो तुइनबाट खसेर तल्लो दुम्लिङस्थित महाकाली नदीमा बेपत्ता भएको ब्याँस गाउँपालिका–२ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले जानकारी दिए। दिउँसो साढे एक बजेतिर भण्डारी घरबाट भारत जाने क्रममा तुइनको सहारामा महाकाली नदी पार गर्न खोज्दा उक्त घटना भएको वडाध्यक्ष बुढाथोकीले…

    विस्तृतमा पढ्नुस्

  • बाघको आक्रमणबाट बेपत्ता महिला २२ घण्टापछि मृत फेला

    बाघको आक्रमणबाट बेपत्ता महिला २२ घण्टापछि मृत फेला

    दोधारा चाँदनी : बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुइँकी गङ्गा चन्दको शव शनिवा बिहान फेला परेको हो। महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई पनि राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्राविधिक टोली करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। बाघ नियन्त्रणमा लिएकै स्थानमा महिलाको शव पनि…

    विस्तृतमा पढ्नुस्

  • जङ्गली हात्तीले कुल्चेर झापामा एक वृद्धको मृत्यु

    जङ्गली हात्तीले कुल्चेर झापामा एक वृद्धको मृत्यु

    झापा : जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका-५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेको हो। बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिए। डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उनले थप…

    विस्तृतमा पढ्नुस्

  • इदको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले भने : समृद्धिको लक्ष्य हासिल गर्न सरकार दृढ सङ्कल्पित छ

    इदको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले भने : समृद्धिको लक्ष्य हासिल गर्न सरकार दृढ सङ्कल्पित छ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधानप्रदत्त अधिकारको व्यवस्थित कार्यान्वयनमार्फत सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न दृढ सङ्कल्पित रहेको बताएका छन्। इस्लाम धर्मावलम्बीको पर्व इद (इदुल फित्र)को अवसरमा शनिवार शुभकामना दिँदै उनले संविधानमा व्यवस्था भएबमोजिमका अधिकारको दृढतापूर्वक कार्यान्वयन गरी बलियो राष्ट्रिय एकतामार्फत राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सुदृढ गर्नु राष्ट्रिय कार्यभार हुन आएको बताए। उनले नेपाली जनताको…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा ‘रेबिज’को जोखिम बढ्दै : सुई लगाउन दैनिक तीनदेखि पाँच जना अस्पतालमा

    कञ्चनपुरमा ‘रेबिज’को जोखिम बढ्दै : सुई लगाउन दैनिक तीनदेखि पाँच जना अस्पतालमा

    कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीका बासिन्दाले पालेका घरपालुवा जनावरमा रेबिजको सङ्क्रमण बढ्न थालेको छ। निकुञ्ज हुँदै आहाराको खोजीमा बस्ती छिर्ने स्याललगायतका जनवारले रेबिजको सङ्क्रमण सार्न थालेका हुन्। स्यालले घरपालुवा कुकुरलाई टोक्ने र स्यालले टोकेको कुकुर बहुलाएर स्थानीय बासिन्दासँगै घरपालुवा जनावरलाई टोक्दा रेबिज सर्ने गरेको जनाइएको छ। दैनिक कुकुरको टोकाइबाट रेबिजविरुद्धको सुई लगाउन अस्पताल जाने स्थानीय बासिन्दाको सङ्ख्या…

    विस्तृतमा पढ्नुस्

  • १४ करोड रुपैयाँ कुम्ल्याएर अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित!

    १४ करोड रुपैयाँ कुम्ल्याएर अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित!

    काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन्। दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे-७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट १४ करोड रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • उपनिर्वाचन : आइतवार राति १२ बजेसम्म भारतीय सीमानाका बन्द हुने

    उपनिर्वाचन : आइतवार राति १२ बजेसम्म भारतीय सीमानाका बन्द हुने

    बारा : यही बैशाख १० गते बारा क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखी शुक्रवारदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतवार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ। उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • एसईई दिएर बसेका विद्यार्थीलाई टोखा नगरपालिकाले निःशुल्क कम्युटर तालिम दिँदै

    एसईई दिएर बसेका विद्यार्थीलाई टोखा नगरपालिकाले निःशुल्क कम्युटर तालिम दिँदै

    काठमाडौं : टोखा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम प्रदान गर्ने भएको छ। टोखा नगरपालिकाले स्काई भिजन फाउन्डेसन प्रालिको सहकार्यमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई निःशुल्क कम्युटर तालिम प्रदान गर्न लागेको हो। टोखा नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले टोखाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र समयानुकूल सीपमूलक कम्युटर ज्ञान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell