PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

  • लत्रिएको तारमा मोटरसाइकल छोइँदा करेन्ट लागेर घाइते भएका शिक्षकको मृत्यु

    लत्रिएको तारमा मोटरसाइकल छोइँदा करेन्ट लागेर घाइते भएका शिक्षकको मृत्यु

    दमौली : तनहुँको घिरिङ गाउँपालिका-२ कोलडाँडास्थित भित्री सडकखण्डमा गुडिरहेको मोटरसाइकलमा करेन्ट लाग्दा घाइते भएका शिक्षकको आज मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङको तल्लाकोट गाउँपालिका-२ बस्ने २७ वर्षीय जीवन रोकाया रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए। पार्वती आधारभूत विद्यालयमा भर्खरै नियुक्त भएका शिक्षक रोकाया विद्यालयबाट फर्किदै गर्दा कोलडाँडामा लत्रिएको लाइनको तारमा मोटरसाइकल छोइएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • दोगडाकेदार हत्या प्रकरण : स्थानीय युवक नै संलग्न रहेको आशङ्का

    दोगडाकेदार हत्या प्रकरण : स्थानीय युवक नै संलग्न रहेको आशङ्का

    बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका-८ का ३८ वर्षीय वासुदेव जोशीको हत्यामा सोही गाउँका युवक संलग्न रहेको आशंका प्रहरीले गरेको छ। जोशीको शनिवार राति ८ बजे गाउँ नजिकै धारिलो हतियार प्रहार गरी वीभत्सरुपमा हत्या गरिएको अवस्थानमा शव फेला गरेको थियो। उनको हत्याको खबर पाउनासाथ बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोली घटनास्थलमा खटिएको थियो। घटनास्थलको प्रकृति हेर्दा जोशीमाथि धारिलो हतियार…

    विस्तृतमा पढ्नुस्

  • पिउरी दोभानमा जीप दुर्घटना : चालकको मृत्यु, सात जना घाइते

    पिउरी दोभानमा जीप दुर्घटना : चालकको मृत्यु, सात जना घाइते

    दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा आइतवार साँझ जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सात जना यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। दुलेगौडाबाट पिउरी दोभानतर्फ जाँदै गरेको ग १ ज ७९४२ नम्बरको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु

    नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु

    पाँचथर : नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ। भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो। नेपाल-भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका-१ मेवाखोला नजिकको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। गुरुङ चार साथीसहित चिवाभञ्ज्याङ घुम्न आएका थिए। घटनाबारे अनुसन्धानका…

    विस्तृतमा पढ्नुस्

  • प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

    प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

    काठमाडौं : प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ। बाक्लो तुवाँलोका कारण भिजिबिलिटी कम हुँदा पोखरा, भरतपुर, तुम्लिङटारलगायत गन्तव्यको उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पोखरासहित तीन आन्तरिक गन्तव्यमा पूर्णरूपमा उडान प्रभावित भएको छ। सिमराको उडान भर्खरै खुलेको छ। पोखरा, भरतपुर र तुम्लिङटारको उडान अझै खुल्न सकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • ‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’

    ‘जिउलोमा खेती गर्नुभन्दा पाटनमा यार्सा टिप्न सहज’

    जुम्ला : जुम्लाको पातारासी गाउँपालिका-३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ। विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको पातारासी गाउँपालिका-३ का स्थानीय मुनबहादुर एडीले जानकारी दिए। यहाँका कतिपय किसानले जौँ, गहुँ, मकै, आलु रोप्ने गर्छन्। कतिपयले खेत बाँझै राख्ने गरेका छन्। खेतमा कालीमार्सी धान रोप्दा रोग/कीरा लाग्ने र बाली निकै कम…

    विस्तृतमा पढ्नुस्

  • फोहोरबाट दैनिक दश हजार आम्दानी गर्दै कुश्मा नगरपालिका

    फोहोरबाट दैनिक दश हजार आम्दानी गर्दै कुश्मा नगरपालिका

    पर्वत : सङ्घीयताको कार्यान्वयनसँगै स्थापना भएका नयाँ नगर र गाउँपालिकाका मुकाममा तीव्र सहरीकरणसँगै फोहोर व्यवस्थापनमा चुनौती थपिन थालेको छ। कतिपय पालिकालाई फोहोर व्यवस्थापन गर्न धौधौ परेको छ भने कतिपयले व्यवस्थितरूपमा विसर्जनमात्र होइन, यसबाट आम्दानीसमेत गरिरहेका छन्। यसमध्ये कुश्मा नगरपालिकाले बजार क्षेत्रको फोहोर व्यवस्थापनबाट दैनिक १० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ। बजार क्षेत्रको फोहोर व्यवस्थापनमा लामो समयदेखि समस्या झेल्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • कतारी राजकुमारी थानीले गरिन् अन्नपूर्ण हिमालको सफलतापूर्वक आरोहण

    कतारी राजकुमारी थानीले गरिन् अन्नपूर्ण हिमालको सफलतापूर्वक आरोहण

    म्याग्दी : कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छन्। इलाइट एक्सपिडिसनमार्फत उनले शनिवार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन्। अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा अवस्थित छ। पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गरेको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड…

    विस्तृतमा पढ्नुस्

  • बोर्डले मासिक रुपमा ‘बक्स अफिस’ विवरण सार्वजनिक गर्ने

    बोर्डले मासिक रुपमा ‘बक्स अफिस’ विवरण सार्वजनिक गर्ने

    काठमाडौं : नेपालभर चलचित्र प्रदर्शन भएवापत गरेको व्यापारको तथ्याङ्क नेपाल सरकारसँग बक्स अफिस प्रणाली (ई-टिकेटिङ सिस्टम) मार्फत प्राप्त हुने गर्छ। विसं २०७६ देखि नेपालमा लागू गरिएको यो प्रणाली सुरु नहुँदा निर्माता वितरककै तथ्याङ्कमा भर परिरहेका थिए। चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणालीमार्फत कुन चलचित्र भवनमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क निर्माता तथा वितरकले थाहा पाउँछन्। यो प्रणाली जडान…

    विस्तृतमा पढ्नुस्

  • भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

    भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

    ताप्लेजुङ : तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ। आठराई त्रिवेणी गाउँपालिका-३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए। आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको छ। घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकको ओइरो, तीन दिनदेखि होटल खचाखत

    रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकको ओइरो, तीन दिनदेखि होटल खचाखत

    भक्तपुर : नयाँवर्ष २०८० को आगमनसँगै खुसी मनाउन र सूर्योदय हेर्न विगत तीन दिनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन्। कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीयस्थल खचाखच भएपछि व्यवसायी उत्साहित छन्। नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका-७ गुण्डु र ८ सिपाडोलको सङ्गमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • मुग्लिन-पोखरा सडक विस्तार : आँबुखैरेनीतर्फ सात किलोमिटर कालोपत्रको तयारी

    मुग्लिन-पोखरा सडक विस्तार : आँबुखैरेनीतर्फ सात किलोमिटर कालोपत्रको तयारी

    दमौली : मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर सडक कालोपत्रको तयारी गरिएको छ। मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)ले आँबुखैरेनीतर्फबाट सात किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो। सडक योजनाका पूर्वी खण्ड प्रमुख नरेन्द्र सुवेदीका अनुसार चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडकखण्ड कालोपत्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ। ‘यो खण्डमा विद्युत् पोल स्थानान्तरण नहुँदा काममा…

    विस्तृतमा पढ्नुस्

  • हिमपहिरोमा बेपत्ता भएकाहरुको हेलिकप्टर र स्थलगत मार्गबाट खोजीकार्य जारी

    हिमपहिरोमा बेपत्ता भएकाहरुको हेलिकप्टर र स्थलगत मार्गबाट खोजीकार्य जारी

    काठमाडौं : सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ। विभागका महानिर्देशक होमप्रसाद लुइटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्ररूपमा खोजतलास तथा उद्धार कार्य भइरहेको छ। ‘हिम पहिरोमा पुरिएकाको खोज तथा उद्धार कार्य निकै कठिन हुन्छ, अहिलेसम्म थप विवरण आएको छैन,…

    विस्तृतमा पढ्नुस्

  • बैतडी जीप दुर्घटना : आफन्तको अवरोधका कारण मृतकको शव परीक्षण हुन सकेन

    बैतडी जीप दुर्घटना : आफन्तको अवरोधका कारण मृतकको शव परीक्षण हुन सकेन

    बैतडी : बैतडीमा मंगलवार राति भएको जीप दुर्घटनामा परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुनसकेको छैन। क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन्। शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पुर्‍याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन्। गाडी धनीबाट क्षतिपूर्तिको लिखित सहमति हुनुपर्ने माग गर्दै पीडित…

    विस्तृतमा पढ्नुस्

  • गण्डकी, कोशी र वाग्मती प्रदेशको केही स्थानमा पानी पर्ने सम्भावना

    गण्डकी, कोशी र वाग्मती प्रदेशको केही स्थानमा पानी पर्ने सम्भावना

    काठमाडौं : हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार बिहीवार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै गण्डकी, कोशी र वाग्मती प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ

    बैतडी जिप दुर्घटना : फरार चालक पक्राउ

    बैतडी : बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ। मंगलवार राति खोडपे-बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ झौलेक मोडमा से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट पक्राउ गरेको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। चालक बोहरामाथि सवारी ज्यानसम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • जनशक्ति अभाव हुँदा थन्किए करोडौँ मूल्यका भेन्टिलेटर

    जनशक्ति अभाव हुँदा थन्किए करोडौँ मूल्यका भेन्टिलेटर

    पर्वत : आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन्। अस्पतालमा सातवटा भेन्टिलेटर रहेका छन्। भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने अवस्था छैन। कोभिड-१९ का सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म प्रयोगमा आउन सकेका छैनन्। गण्डकी प्रदेश सरकारले दिएको एक करोड ६९ लाख रुपैयाँको लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो। यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट…

    विस्तृतमा पढ्नुस्

  • भीमदत्तका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    भीमदत्तका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    दोधारा चाँदनी : कञ्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। बिहीवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, इञ्जिनियर हिमालयसिंह ऐर, लेखापाल गोविन्दराज उपाध्याय, अधिकृत सुवास अधिकारी, नायबसुब्बा विष्णुदेव भट्ट, लेखापाल दीपेन्द्र चौधरीलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। नगरपालिकाले आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बिमा

    वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बिमा

    त्रिशूली : नुवाकोटको विदुर नगरपालिका-१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बिमा’ गरेका छन्। उनले आफ्नै खर्चमा एक हजार दुई सय २० विद्यार्थीको बिमा गराएका हुन्। वडा नम्बर १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिए। बिमावापत प्रतिविद्यार्थी दुई सय रुपैयाँका दरले एक वर्षको…

    विस्तृतमा पढ्नुस्

  • चीनसँग वार्ता गरेर किमाथाङ्का नाका खुलाउन सरकारलाई सांसद खड्काको आग्रह

    चीनसँग वार्ता गरेर किमाथाङ्का नाका खुलाउन सरकारलाई सांसद खड्काको आग्रह

    काठमाडौं : नेपाल-चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ। सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘किमाथाङ्का नाका बन्द छ। आवतजावत पनि ठप्प छ। नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु,’ सांसद खड्काले भने। साथै सङ्खुवासभा सदरमुकामबाट भोटखोला गाउँपालिका जोड्ने बाटो वर्षायाममा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell