काठमाडौं : काठमाडौंको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल कार्गो गेट अगाडि बा ५ ख ५६२२ नं को बसको ठक्करबाट काभ्रे घर भई सिनामङ्गल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको आइतवार बिहान मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद…
चितवन : चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन्। गत साउनयता ती वन्यजन्तु मरेका हुन्। तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार जुधेर, सडक दुर्घटनामा परेर, विद्युत् करेन्ट लागेर, दलदलमा परेर, अन्य कारणले दुई जनावर मरेका छन्। मर्नेमा सबैभन्दा धेरै चित्तल रहेका छन्। पाँच महिनाको अवधिमा…
सर्लाही : सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ। यस क्षेत्रमा अचानक बिहीवारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो। दुई दिनअघिसम्म बिहान-बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो। तर, बुधबारदेखि बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि मधेश प्रदेशको जनजीवन प्रभावित हुन थालेको छ।…
बेदकोट : बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ। आज बिहान पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नम्बरको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट बेदकोट नगरपालिका-६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। उनका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो। बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको…
सिन्धुपाल्चोक : पर्यटकीयस्थल पाँचपोखरीको सरसफाइ अभियानबाट पाँच सय किलो फोहर सङ्कलन गरिएको छ। कुहिने र नकुहिने गरी पाँच सय किलो फोहर सङ्कलन गरी भरियामार्फत भोताङको फोहोर सङ्कलन केन्द्रमा ल्याइएको सहयोगी संस्था आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताए। ‘पर्यटन प्रवर्द्धनमा हाम्रो दृष्टि, सफा राखौँ आफ्नो सृष्टि’ भन्ने नाराका साथ गत मंगलवारदेखि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भोताङबाट सरसफाइ अभियान सुरु गरिएको संस्कृति…
म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएको छ। गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो। भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको…
काठमाडौं : वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपैयाँ जारिबाना गर्ने भएको छ। विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहोर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह…
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतका सबै कानुनलाई एकीकृतरूपमा समयसापेक्ष संशोधन गरी सङ्घीय संसद्मा पेश गर्न समिति गठन गरिएको छ। मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका संविधानविद् काशीराज दाहालको अध्यक्षतामा भूमिसम्बन्धी एकीकृत ऐन कानुन तर्जुमा समिति गठन गरिएको हो। मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले पाँच सदस्यीय समिति गठन गरेकी…
भजनी : कैलालीको जानकी गाउँपालिका-३ सुवर्णपुरका गर्भु चौधरी मंगलवार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुगेका थिए। सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गर्दा १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुगेका हुन्। धान बिक्रीका लागि आएका उनी रातभर त्यहीँ बसे। लाइनमा बसेका गर्भुको बुधवार पनि पालो आएन। ‘दुईवटा…
काठमाडौं : सात प्रदेशमा दलित समुदायबाट समानुपातिकतर्फ २८ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन आयोगले बुधवार सार्वजनिक गरेको प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यको सूचिअनुसार प्रदेश नम्बर १ मा नेकपा (एमाले)बाट कमला दर्नाल (तेह्रथुम), नेपाली कांग्रेसबाट सुनिताकुमारी गुरुङ (सुनसरी), नेकपा (माओवादी केन्द्र) बाट सपना दर्जी (सुनसरी) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोपाल बहादुर विश्वकर्मा (झापा) प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।…
बैतडी : बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ। बुधवार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३-१ ले पराजित गरेको हो। पहिलो सेट दशरथचन्दले २५-२३ अङ्कले जितेको थियो। त्यसपछि मेलौलीले २५-२१, २५-१९ र २५-१६ अङ्कले लगातार खेल जित्दै उपाधि रक्षा गरेको हो। उपाधिसँगै मेलौलीले एक लाख २५ हजार र ट्रफी प्राप्त गरेको छ। उपविजेता दशरथचन्दले…
म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने प्रसिद्ध पर्यटकीय बस्ती घोडेपानीमा बस पुगेको छ। अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी जोड्ने सडक स्तरोन्नति भएपछि बस सञ्चालन हुन थालेको हो। यसअघि जिप र मोटरसाइकल मात्र सञ्चालन हुने गरेको थियो। केही दिनअघि पोखरा यातायात प्रालिको यात्रुवाहक मिनीबस आन्तरिक पर्यटक लिएर घोडेपानी आएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजा पुनले जानकारी दिए। ‘सडक…
भोजपुर : राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार भोजपोरस्थित आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ आमबोटेमा पुगेकी छिन्। राष्ट्रपति भण्डारी आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय’ उद्घाटन गर्न पुगेकी हुन्। शिक्षालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शिक्षालयको स्थापनाले स्थानीयवासीलाई प्राविधिक शिक्षा लिन सहज हुने विश्वास व्यक्त गरिन्। भण्डारीले पिता रामबहादुर पाण्डे र माता मिथिला पाण्डेको सम्झनामा शिक्षालय स्थापना गर्न पहल…
काठमाडौं : नारायणगढ-मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ। पाँच पुल सञ्चालनमा आएका छन्। आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। यही पुस ९ गते…
उदयपुर : उदयपुरको पूर्वी क्षेत्रको बेलका तथा चौदण्डी गढीको पहाडी क्षेत्रको भीरपाखामा पाइने दुर्लभ पन्छी हुचिल लोप हुँदै गएको छ। वासस्थानको समस्या तथा सिकार गर्ने गरेका कारण हुचिल हिजो आज यस क्षेत्रबाट लोप हुँदै गएको छ। बेलका नगरपालिकाको मैनामैनीको सुघाचरी भिर पाखा, बोपताङ डाँडाको भिरपाखा, चम्पाकोट पाखा तथा चौदण्डी गढीको सिद्धीपुर र बेलकाको कटुन्जेबबलाको पाखा पहरातिर केही वर्ष अघिसम्म व्यापकरुपमा…
सुशीला रेग्मी- रामपुर : शान्ता उचै मगरलाई यतिबेला ढाकाका विभिन्न कपडा बुन्न भ्याइनभ्याइ छ। फुर्सदको समय तानमा बसेर ढाकाका सारी, चोलो, ब्लाउज, पछ्यौरा, कुर्तालगायतका विभिन्न ढाका कपडा बुनेर बिताउँछिन्। ढाका कपडा बुन्न थालेदेखि आफू स्वरोजगार बन्दै गएको उनले बताइन्। ‘बिहान साँझको घरको कामधन्दा सकाएर फुर्सदको समयमा ढाका बुन्ने गरिरहेको छु, यस क्षेत्रमा लागेपछि समयको सदुपयोग र…
गौरादह : नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ। दमक नगरपालिका र रेडक्रसबिच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो। रेडक्रसले ल्याब परीक्षण गरेबापत सेवा शुल्क नौ सय ५० रुपैयाँ लिने गरेको थियो। नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमित रगत चढाउनुपर्ने र पाँच…
काभ्रे : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मंगलवार साँझ ६ बजे बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ। बा ३ ख ४३८५ बस दुर्घटना हुँदा २१ घाइते भएका छन्। बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीका अनुसार हालसम्म मृतकको सङ्ख्या १८ पुगेको छ। बसमा ३९ सवार थिए। मृतकमध्ये १३ जनाको दुर्घटनास्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।…
काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ। विसं २०७५ पुस १८ गते जबराले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए। प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको शुद्धीकरण’ को अभियान सुरु गरेका जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो। महाअभियोग निष्कर्षमा पुर्याउन समय लगाएर आफूलाई अन्याय गरेको दाबीसहित यही मङ्सिर…
काठमाडौं : नेपाली सुनचाँदी बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई सयमा कारोबार भएको यो सुन आज प्रतितोला दुई सयले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आइतवार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय छ। यसको मूल्य अघिल्लो दिन ९९ हजार सात सय थियो। त्यस्तै चाँदीको मूल्य अघिल्लो…