अमलेखगञ्ज : नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ। विसं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन सुरु गरेको निगमले पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह निर्माण गर्ने तयारी थालेको हो। पाइपलाइन विस्तार भएको ६९ किलोमिटर क्षेत्रमध्ये भारतमा ३३…
बेदकोट : चिसो सुरु भएसँगै कञ्चनपुरमा डेङ्गीको सङ्क्रमण घट्दै गएको छ। केही महिनाअघिसम्म तीव्ररुपमा फैलिएको डेङ्गीको सङ्क्रमण कम हुँदै गएको हो। एक महिनाअघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानुकारी दिए। ‘पछिल्लो केही महिनायता डेङ्गी सङ्क्रमणमा कमी आएको छ, कहिलेकाहीँ फाट्टफुट्ट मात्रै बिरामी आइरहेका छन्,’ उनले भने। चिसोमा डेङ्गी सार्ने लामखुट्टेको उत्पादन र वृद्धि विकास…
धनुषा : जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब २० लाखको क्षति भएको छ। स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गरेको सो पसलमा शुक्रवार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेड सामानसहित करिब २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक चौधरीले बताए। प्रहरी र स्थानीयको…
भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा चितवनको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले ११ लाख ८१ हजार चार सय ७२ रुपैयाँको खर्च विवरण शुक्रवार बुझाएका हुन्। मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको निर्क्योल शनिवार गर्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रवार बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ। संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत…
काठमाडौं : परराष्ट्रमन्त्री डा नारायण खड्का र टर्कीएका विदेशमन्त्री मेभलुत काभुसोग्लुबिच आज दिउँसो टेलिफोन वार्ता भएको छ। उनीहरूबिच भएको वार्तामा निकट भविष्यमा काठमाडौंमा टर्कीएको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा उनीहरूबिच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।
काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला छ सय रुपैयाँले बढेर एक लाख तीन सय रुपैयाँ पुगेको छ। बिहीवार प्रतितोला ९९ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९…
बैतडी : बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँद रहेका छन्। डडेल्धुराको अनारखोलीबाट घर फर्कने क्रममा साउँदले चलाएको से१ज ८१६ नम्बरको जिप पाटन नगरपालिका-१० डंसेलीमा गएराति दुर्घटनामा परेको हो। चालकमात्रै रहेको उक्त जिप सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले…
बागलुङ : सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनः सञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव २०७९’ सुरु गरिएको छ। काठेखोला गाउँपालिका-५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीवार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे। रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले २०३१ सालमा स्थापना गरेको उक्त गुरुकुल २०५६ सालमा…
काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङमार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ। गोकर्णेश्वर नगरपालिका-१ स्थित सुरुङको अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो। गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहोर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र…
मकवानपुर : वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ। धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि-पक्षीय सम्झौता भएको हो। हेटौंडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विश्वराज जोशी, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामचन्द्र सापकोटा र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी…
चीनमा सन् २०२२ को नोभेम्बरको अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारी साधन र ५० करोडभन्दा बढी सवारी चालक सूचीकृत भएका छन्। सवारी साधन र चालक दुवैको सङ्ख्या विश्वैमा पहिलो स्थानमा रहेको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। पछिल्ला वर्षहरूमा चीनको अटोमोबाइल स्वामित्व वार्षिक रूपमा दुई करोडभन्दा बढीले बढेर नोभेम्बरको अन्त्यमा कुल सङ्ख्या ३.१८ करोड पुगेको एमपीएसले…
काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा १३ पूर्वउपप्रधानमन्त्री उम्मेदवार रहेकामा ७* जना पराजित भएका छन्। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पूर्वउपप्रधानमन्त्रीहरू कांग्रेसका कृष्णप्रसाद सिटौला झापा ३, सुजाता कोइराला मोरङ २ र विजयकुमार गच्छदार सुनसरी ३ बाट पराजित भए। एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ ५ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा मकवानपुर १ बाट पराजित भए। यस्तै जनता समाजवादी पार्टीका…
काठमाडौं : त्रिभुवन विश्वविद्यालय आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ। विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए। 'सबै निर्वाचन सकिए। अब हामी पनि…
काठमाडौं : वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ। विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरेर मात्र सवारी साधन चलाउन आग्रह गरेको हो। अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउनेसमेत विभागले…
जलेश्वर : विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ। जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताए। उनका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा…
भरतपुर : कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका-१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो। घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन्। ‘फोन सम्पर्क नहुँदा मन आत्तिन्छ’, उनले भनिन्, ‘यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ।’ भाराङ आसपासका एक दर्जन गाउँमा…
पथरी : लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ। उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ। चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो। लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को…
त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो। बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष…
चितवन : राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन्। गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन्। आयोगले साउन पहिलो साता निकालेको सूचनाका आधारमा तीन सय २७ जनाको निवेदन परेको भएपनि दोस्रोपटक निकालेको सूचनामा चार हजार ६७ जनाले निवेदन बुझाएका हुन्। आयोगको…