PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • तुलसीपुर उपमहानगरकै जग्गा अतिक्रमणमा, घरटहराको लगत सङ्कलन हुँदै

    तुलसीपुर उपमहानगरकै जग्गा अतिक्रमणमा, घरटहराको लगत सङ्कलन हुँदै

    तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिकाको नाममा १० बिघाभन्दा बढी जग्गा छ। तर, उपमहानगरपालिकाले भोगचलन भने सीमित जग्गामात्रै गर्दै आएको छ। अन्य जग्गा अतिक्रमणमा परेको छ। उपमहानगरपालिका कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गामात्रै प्रयोग गरेको छ। उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर-पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ। जहाँ तीन ठूला पक्की घर निर्माण गरिएको छ। उपमहानगरपालिका कार्यालयको कित्ता…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरलाई डुबान मुक्त बनाउन एडीबीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु

    विराटनगरलाई डुबान मुक्त बनाउन एडीबीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु

    विराटनगर : विराटनगरलाई डुबानबाट मुक्त गराउन विराटनगर महानगरपालिकाले सम्भाव्यता अध्ययन सुरु गरेको छ। डुबान समस्याको दीर्घकालीन समाधान खोज्न महानगरले एसियाली विकास बैंक (एडीबी)को सहयोगमा वर्षातको पानीले हुने डुबान व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको हो। वर्षाको पानी सहज निकास नहुँदा हरेक वर्षायाममा विराटनगर डुबानमा पर्ने गरेको छ। महानगरलाई वैज्ञानिकरूपमै डुबानबाट मुक्त गर्न एडीबीको सहयोगमा सम्भाव्यता अध्ययन सुरु गरेको विराटनगर महानगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • एक वर्ष म्याद थपिएपछि नारायणगढ-बुटवल सडक निर्माणले गति लिँदै

    एक वर्ष म्याद थपिएपछि नारायणगढ-बुटवल सडक निर्माणले गति लिँदै

    कावासोती : एक वर्ष म्याद थपिएपछि निर्माण कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेशनले नारायणगढ-बुटवल सडक निमार्णलाई तीव्रता दिएको छ। गैँडाकोटमा रहेको आयोजनाको पूर्वी खण्ड हेर्न पुगेका इञ्जिनियर धिरज ढकालका अनुसार अहिलेसम्म २०.३३ प्रतिशत काम सम्पन्न भएको छ। गत साउन २२ गते म्याद सकिँदा आयोजनाको प्रगति १८ प्रतिशतमात्र रहेकामा म्याद थप गरिएपछि भने निर्माण कम्पनीले कामलाई तीव्रता दिएको उनले बताए। उनका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • जीप दुर्घटना अपडेट : एकै वडाका आठ जनासहित १२ जनाको मृत्यु

    जीप दुर्घटना अपडेट : एकै वडाका आठ जनासहित १२ जनाको मृत्यु

    जाजरकोट : यहाँको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नम्बर ३ का वीरेन्द्र केसी र  अम्मर खड्का रहेका छन्। त्यसैगरी, जारजरकोट छेडागाड नगरपालिका-५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोट जीप दुर्घटनामा एकै वडाका सातसहित ११ जनाको मृत्यु

    जाजरकोट जीप दुर्घटनामा एकै वडाका सातसहित ११ जनाको मृत्यु

    जाजरकोट : यहाँको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ नगरपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही नगरपालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन्। त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटमा जीप दुर्घटना, नौ जनाको मृत्यु

    जाजरकोटमा जीप दुर्घटना, नौ जनाको मृत्यु

    जाजरकोट : जाजरकोटमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ। सोमवार कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको बीचमा पर्ने भिरपाटी सडकबाट खस्दा नौ जनाको मृत्यु भएको स्थानीय रेशम खड्काले जानकारी दिए।   उनका अनुसार दुर्घटनामा परी तीन जना घाइते भएका छन्। मध्यपहाडी लोकमार्गमा भएको…

    विस्तृतमा पढ्नुस्

  • नाली खन्दा खानेपानीका पाइप काटिन थालेपछि उब्जियो अनियमितताको प्रश्न

    नाली खन्दा खानेपानीका पाइप काटिन थालेपछि उब्जियो अनियमितताको प्रश्न

    टीकापुर : कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन्। खानेपानीको पाइप काटिँदा पानी अवरुद्ध हुने गरेको छ भने दिनहुँजसो पाइप काटिन थालेपछि पानी वितरण अनियमित हुने गरेको छ। नाली र सडक निर्माणका कारण खानेपानीको पाइप काटिने गरेका छन्। बजार क्षेत्रभित्र बन्दै गरेका नालीकै कारण दिनहुँ पाइप काटिने गरेका जनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमै टायल उत्पादन सुरु

    नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमै टायल उत्पादन सुरु

    चितवन : नेपाली कच्चा पदार्थको प्रयोग गरेर स्वदेशमा नै टायल उत्पादनको सुरुआत गरिएको छ। यसका लागि बाराको जितपुर सिमरा उपमहानगरपालिका-८ मा उद्योग स्थापना गरिएको छ। लामो समयदेखि विदेशी टायल र हाडवेयर सामग्री नेपाल ल्याएर देशभर बिक्री गर्दै आएका दुई व्यवसायीले संयुक्तरुपमा उद्योग सञ्चालनमा ल्याएका हुन्। भारतीय उद्योगमा गहिरो अध्ययन गरेपछि नेपाली भूमिमा उद्योग सञ्चालनमा ल्याइएको हो। यसै वर्षबाट उत्पादन बजारमा…

    विस्तृतमा पढ्नुस्

  • दाङको टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

    दाङको टरिगाउँ विमानस्थलबाट जहाजमा इन्धन ‘रिफ्युल’ सुरु

    तुलसीपुर : दाङको तुलसीपुर-१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’सुरुआत भएको छ। नेपाल वायुसेवा निगमको जहाजमा आइतवार चारसय ६० लिटर इन्धन रिफ्युल गरिएको नेपाल आयल निगमका प्रदेश प्रमुख जगदिशचन्द्र यादवले बताए। ‘हामीले पहिलोपटक  विमानमा इन्धन रिफ्युल गर्‍यौँ’, उनले भने, ‘अब नियमित रिफ्युलको कार्य हुनेछ।’ शनिवारदेखि इन्धन राख्न सुरु गर्ने भनिए पनि जहाज नआएपछि आइतवार रिफ्युल भएको हो। डिपो निर्माण नहुँदा यसअघि…

    विस्तृतमा पढ्नुस्

  • प्रशिक्षणमा रहेका प्रहरीका लागि शिक्षालयमा योग विज्ञान शिविर

    प्रशिक्षणमा रहेका प्रहरीका लागि शिक्षालयमा योग विज्ञान शिविर

    भरतपुर : चितवनमा प्रशिक्षणमा रहेका प्रहरीका लागि एकदिने योग विज्ञान शिविर गरिएको छ। आइतवार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो। पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि नायब प्रहरी महानिरीक्षक उपस्थिति रहेको थियो। कार्यक्रममा पतञ्जली योग समिति केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण गराएका थिए। योगले मानिसलाई तन्दरुस्त बनाउनका साथै सकारात्मक सोँच दिने…

    विस्तृतमा पढ्नुस्

  • ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा अलपत्र बन्यो मध्यपहाडी लोकमार्गको काम

    ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा अलपत्र बन्यो मध्यपहाडी लोकमार्गको काम

    ढोरपाटन : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते-घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ। निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो। आर्थिक वर्ष २०७२/०७३ मा यस सडक कालोपत्रेका लागि सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो। तर, पछि…

    विस्तृतमा पढ्नुस्

  • प्रज्ञा प्रतिष्ठानमा भाँडभैलो : नियम मिचेर प्राज्ञसभा बोलाइएको भन्दै लेखक सङ्घको आपत्ति

    प्रज्ञा प्रतिष्ठानमा भाँडभैलो : नियम मिचेर प्राज्ञसभा बोलाइएको भन्दै लेखक सङ्घको आपत्ति

    काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले गत साउनमा गरेको प्राज्ञसभाको चार महिना नबित्दै केही व्यक्तिलाई नियम मिचेर आजीवन सदस्य बनाउन अर्को प्राज्ञसभा राखेको भन्दै विरोध भएको छ। मूल नेतृत्वको कार्यकाल सकिएर निमित्तद्वारा प्रतिष्ठान संचालन भइरहेको बेलामा कामचलाउ परिषद्ले राज्यकोषबाट कसैलाई आजीवन तलब सुविधा उपलब्ध गराउने निर्णय गरि अनुमोदनका लागि सभा बोलाउनु खेदजनक भएको नेपाली लेखक सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 'आफू…

    विस्तृतमा पढ्नुस्

  • यःमरिको स्वाद चाख्दै रमाए विदेशी पर्यटक

    यःमरिको स्वाद चाख्दै रमाए विदेशी पर्यटक

    भक्तपुर : अष्ट्रेलियाबाट नेपाल भ्रमणमा आएकी कार्टलक्स र उनका पति ओमरान जोन भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दत्तात्रय मन्दिरको डबलीमा बसेर महामाली नाच हेर्दा निकै मख्ख देखिन्थे। दत्तात्रय मन्दिर आसपासमा शनिवार साँझ विद्युतीय बत्तीले झिलीमिली बन्दा देखिएको आकर्षक दृश्यमा भक्तपुर नगरपालिकाले प्रदर्शन गरेको सांस्कृतिक कार्यक्रमअन्तर्गत विदेशी पर्यटक महामाली नाच निकै चाख लिएर हेरिरहेका थिए भने नाचको तस्बिर लिन व्यस्त देखिन्थे। दत्तात्रय…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेमा रेबिज : थप पशुचौपायाको मृत्यु, नियन्त्रणका लागि खोप अभियान जारी

    काभ्रेमा रेबिज : थप पशुचौपायाको मृत्यु, नियन्त्रणका लागि खोप अभियान जारी

    काभ्रेपलाञ्चोक : काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ। कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी-बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नम्बर वडाको गोकुले र ८ नम्बर वडास्थित घर्तीछापका ७० स्थानीयवासीलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • तुलसीपुरका किसानलाई कृषि सामग्री किन्न ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड वितरण

    तुलसीपुरका किसानलाई कृषि सामग्री किन्न ‘डेबिट’ र ‘क्रेडिट’ कार्ड वितरण

    तुलसीपुर : दाङको तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ। पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका-१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो। वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो। सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा मेगा बैंकले उक्त डेबिट र क्रेडिट कार्ड वितरण गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • कनकाई नगरपालिकाले २० सुकुम्बासीलाई दियो जग्गा धनीपुर्जा

    कनकाई नगरपालिकाले २० सुकुम्बासीलाई दियो जग्गा धनीपुर्जा

    बनियानी : झापाको कनकाई नगरपालिकाले यहाँका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ। विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई-८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो। सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताए। कनकाई वडा नम्बर ८ थप ३० वटा र वडा नम्बर ५ को ९० वटा धनीपुर्जा…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा खिचरा महोत्सव हुने, जनजातिको मौलिक वेशभूषामा आउनेलाई प्रवेश निःशुल्क

    चितवनमा खिचरा महोत्सव हुने, जनजातिको मौलिक वेशभूषामा आउनेलाई प्रवेश निःशुल्क

    भरतपुर : चितवनमा यस वर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ। आगामी पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका-५ जबकौलीस्थित गौचरनमा आठौँ संस्करणको खिचरा महोत्सव हुन लागेको हो। आयोजक थारू कल्याणकारिणीसभा चितवन क्षेत्र नम्बर ७ ले शनिवार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ। महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले खिचरा महोत्सव सबै…

    विस्तृतमा पढ्नुस्

  • कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना बेपत्ता

    कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना बेपत्ता

    मान्म : कालीकोटमा डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा परी तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ। कालीकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–१ अँधेरीखोला भिरमा डोजर दुर्घटना भएको हो। फुकोट कर्णाली जलविद्युत् आयोजनाको निर्माणाधीन सुरुङभित्रको पानीको अवस्था जाँच गरी फर्कने क्रममा डोजर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज म्याराथनको उपाधि आर्मीका खड्का र वाग्मती प्रदेशकी श्रेष्ठलाई

    नेपालगञ्ज म्याराथनको उपाधि आर्मीका खड्का र वाग्मती प्रदेशकी श्रेष्ठलाई

    राँझा : आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले जितेका छन्। नेपालगञ्जमा आज भएको म्याराथनमा खड्काले निर्धारित दूरी दुई घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्। म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमशः नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए। रावतले निर्धारित दूरी दुई घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले दुई…

    विस्तृतमा पढ्नुस्

  • ‘लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरु झन् समस्यामा’

    ‘लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरु झन् समस्यामा’

    बेलहिया : लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरु झन् समस्यामा बल्झिरहेका छन्। लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको संयुक्त आयोजनामा भएको ‘लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण भन्दा पनि पीडितलाई न्याय नै महत्वपूर्ण हुनेमा जोड दिएका छन्। लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाका मुद्दामाको तथ्याङ्क हेर्दा बाँके जिल्लामा सबैभन्दा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell