धनकुटा : धनकुटाबाट वार्षिक ५० करोड बढीको गोलीया काठ (लकडी) तराईका उद्योगका लागि निर्यात हुने गरेको छ। सुनसरी, मोरङ, झापालगायतका जिल्लामा सञ्चालित प्लाई तथा काठ उद्योगका लागि यहाँबाट उत्तिस, खोटे सल्ला, चिलाउनेलगायत काठ निकासी हुने गरेको छ। जिल्ला डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वार्षिक २८ देखि ५७ करोडसम्मको काठ जिल्ला बाहिर निकासी हुने गरेको छ। कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष जिल्लाबाट २८…
तुलसीपुर : दाङको तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि पुग्छन् बसपार्क। उनी प्रत्येक शनिवार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्। उनी बसपार्क सफा गर्ने कर्मचारी भने होइनन्। तर, सामाजिक उत्तरदायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्छन्। उनले यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो। तुलसीपुर बसपार्क फोहोर थियो। अव्यवस्थित रुपमा फोहर फालिएको थियो। तर,…
भालुवाङ : लमहीको जैविक विविधता पार्क अवलोकनका लागि सर्वसाधारणको भीड बढ्दै गएको छ। देउखुरी क्षेत्रका तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरेको बेला लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्क अर्को पर्यटकीय गन्तव्य बन्दै गएको छ। लमही नगरपालिका-५ अन्तर्गत पर्ने यो पार्क पूर्व-पश्चिम महेन्द्र राजमार्गदेखि उत्तरतर्फ अवस्थित छ। पार्कभित्र पस्नासाथ विभिन्न प्रजातिका चराचुरुङ्गीको चिरविर आवाजले मनै फुरुङ्ग पारिदिन्छ।…
काठमाडौंः निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको समयमा खर्चको विवरण पेश नगर्ने विजयी र पराजित दुवै उम्मेदवार तथा राजनीतिक दललाई कानुनबमोजिम कारबाही र जरिवाना हुने बताए। आयोगले तोकिएको निर्वाचन…
पोखरा : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताएका छन्। पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीतिबाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग सम्वाद गर्दै ओलीले भने, ‘गोलघरमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिएझैँ लाग्थ्यो।‘ अर्कैले फ्याँकेको चुरोटको खोल र खिइएर सकिन लागेको सिसाकलमको सहारामा कविता लेखेर जेलभित्रै सुनाउने गरेको ओलीले स्मरण गरे। अन्यायमा परेका…
काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्रराय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा शुक्रवार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदद्वयलाई शपथ गराएका हुन्। शपथ समारोहमा सचिवालयका महासचिव डा भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो। प्रतिनिधिसभाका दुई सय ७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए। यादव र…
काठमाडौं : अङ्ग्रेजी नयाँवर्ष र क्रिसमस पर्व आउन केही दिन बाँकी रहँदा राजधानीको मुख्य पर्यटकीयस्थल ठमेलमा विदेशी पर्यटकको चहलपहल बढेको छ। कोरोना महामारीले थलिएको नेपालको पर्यटनलाई यो चहलपहलले व्यवसायीलाई केही राहत मिले पनि पूर्णरूपमा पर्यटक भरीभराउ हुन अझै समय लाग्ने व्यवसायी बताउँछन्। 'मुख्यगरि भारतीय र फाट्टफुट्ट युरोप तथा अमेरिकाका पर्यटक देखिन थालेका छन्', ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले…
काठमाडौं : प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रवार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन्। उमेरसम्बन्धी प्राविधिक कारणबाट शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ। यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन्। सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीवार शपथ गराउने कार्यक्रम राखेको थियो। नयाँबानेश्वरस्थित सङ्घीय…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ। पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो। प्रतिनिधिसभामा १० सदस्य निर्वाचित पार्टीका नेता चयनका लागि आज दिउँसो बैठक बस्ने र त्यसका लागि सबै प्रक्रिया सुरु भइसकेको छ। संसदीय दलको नेतृत्व छनोट गर्न बैठक बस्न लागेको पार्टी कार्यलय सचिव तथा उपमहासचिव…
जलेश्वरः प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला अवस्थित मेगा बैंक शाखाबाट ७० लाख रुपैयाँ कीर्ते गरी झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट आज बिहान पक्राउ गरिएको हो। महन्थ वैष्णवको नाममा रुपन्देहीस्थित मेगा बैंकको खातामा रहेको ७० लाख रुपैयाँ मौज्दात भएको खाता सरकारले…
महोत्तरी : यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ। महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो। विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर चौथो साता सुरु भएसँगै बढेको हो। पछिल्ला १० दिनयता एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो सिरेटो चल्ने क्रम नरोकिँदा गरिब बस्तीमा लाग्दो पुसमै बिचल्ली देखिँदो छ।…
काठमाडौं : न्यून चापीय प्रणालीको प्रभावले आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नम्बर १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षा प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक/दुई…
भरतपुर : चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका-२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदीको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिवार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो। आक्रमणबाट घाइते भएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो। साउनयता निकुञ्ज र आसपासको क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि…
मध्यविन्दु : चिसो तथा शीतलहरबाट हुनसक्ने सम्भावित विपद्बाट जोगाउन नवलपरासी (बर्दघाट सुस्तापश्चिम)मा पूर्वतयारी थालिएको छ। चिसो मौसम सुरु भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक पूर्वतयारीमा जुट्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलसहित जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी बैठकले शीतलहर आपत्कालीन कार्ययोजना २०७९ पारित गरी लागू गर्ने निर्णय गरेको छ। नवलपरासीसहित तराईका…
रेसुङ्गा : गुल्मीको मुसिकोट नगरपालिका-२ की विपना महत २० वर्ष पुगिन्। यो उमेरमा कैयौँलाई आफ्ना रहर पूरा गर्न पनि आमाबुवासँग पैसा माग्नुपर्ने बाध्यता हुन्छ। यहीँ उमेरका युवायुवती भर्खरै सहर छिरेर रोजगार खोज्दै भौँतारिरहेका छन्। उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी छन्। बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले दैनिक…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका तर्फबाट प्रतिनिधिसभामा नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन्। कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिन शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। मन्त्री कार्कीले भने, 'सम्माननीय प्रधानमन्त्रीज्यूले प्रतिनिधिसभाका सबै…
चितवन : चितवनमा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन्। चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो। उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म नौ दिन हुनेछ। यस्तै, थारु समुदायको कला संस्कृति जगेर्ना गर्न प्रत्येक वर्ष…
काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना पार्टीका नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे पार्टीका सबै सांसदलाई निम्तो दिइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए। बधाई तथा शुभकामना आदानप्रदानका लागि देउवाले पार्टीका सांसदहरुलाई बालुवाटार डाकेका हुन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र…
मान्म : कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गरेका छन्। अन्तर प्रदेश सडक निर्माणका विषयमा अछामका नवनिर्वाचित प्रतिनिधिसभा सांसद पुष्पबहादुर शाह, कालीकोट जिल्ला प्रदेशसभा सदस्य हिक्मत बहादुर विष्ट, अछाम तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्प शर्मा, अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने र कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टबिच भएको छलफलमा अन्तर प्रदेश जोड्ने…
काठमाडौं : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशकै पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा तथा सोही प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावनासमेत छ। बाँकी…