PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • चिसोले जुम्लाको जनजीवन प्रभावित, रुघाखोकीका बिरामी बढे

    चिसोले जुम्लाको जनजीवन प्रभावित, रुघाखोकीका बिरामी बढे

    जुम्ला : हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन्। एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ। चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ। अस्पतालमा उपचारका लागि पहिलाभन्दा यस याममा बढी बिरामी आउन थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिसिन विभागका डा राजेन्द्रमणि गिरीले जानकारी दिए। चिसोकै कारण यहाँका स्वास्थ्य…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : यी स्थानहरुमा हल्का वर्षाको सम्भावना

    आजको मौसम : यी स्थानहरुमा हल्का वर्षाको सम्भावना

    काठमाडौं : पश्चिमी वायुको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ। सो प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। साथै, देशको…

    विस्तृतमा पढ्नुस्

  • नयाँ वर्ष २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने छ : अध्यक्ष ओली

    नयाँ वर्ष २०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने छ : अध्यक्ष ओली

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिका दूरगामी यात्रालाई पुनः अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्। ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज शुभकामना सन्देश जारी गर्दै उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका हुन्। उनले सन्देशमा भनेका छन्, ‘एमाले देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल,…

    विस्तृतमा पढ्नुस्

  • ‘प्रचण्ड’ले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्ने

    ‘प्रचण्ड’ले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्ने

    पोखरा : प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउने भएका छन्। आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा आउन लागेका हुन्। प्रधानमन्त्री बिहान ११:०० बजे पोखरा आइपुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि आउने कार्यक्रम छ। प्रमुख गौतमका अनुसार प्रधानमन्त्री प्रचण्डले…

    विस्तृतमा पढ्नुस्

  • राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु

    राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु

    काठमाडौं : सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ। सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न समस्या तथा प्रक्रिया झन्झटिलो हुनेबारेमा आएका गुनासालाई सकेसम्म समाधान गर्ने प्रयास भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए। उनका अनुसार सूचना प्रविधिमा ज्ञान भएका व्यक्तिको टोलीबाट सुझाव लिने काम भइरहेको छ। टोलीको…

    विस्तृतमा पढ्नुस्

  • यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको छु : प्रधानमन्त्री प्रचण्ड

    यो कार्यकालमा भाषण कम र काम धेरै गर्ने प्रतिज्ञा गरेको छु : प्रधानमन्त्री प्रचण्ड

    चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन्। नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताएका हुन्। प्रधानमन्त्री दाहालले भने, ‘मैले बाँकी जीवन विकास र सुशानका निम्ति समर्पित गर्ने भनेर भनेको छु।’ आफू अहिले धेरै भाषण…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड चितवनमा, आजै काठमाडौं फर्कने

    प्रधानमन्त्री प्रचण्ड चितवनमा, आजै काठमाडौं फर्कने

    चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन आएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक उनी गृहजिल्ला चितवन आएका हुन्। प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न यहाँ आएका हुन्। हीरक महोत्सवमा सहभागी भई उनी आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ। विद्यालयका प्राचार्य पूर्ण दवाडीका अनुसार सो विद्यालय गुणस्तर मापन केन्द्रको परीक्षणमा देशकै दोस्रो विद्यालय…

    विस्तृतमा पढ्नुस्

  • भारतबाट आएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जमुनाह नाकामा कडाइ

    भारतबाट आएकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जमुनाह नाकामा कडाइ

    राँझा : कोरोना सङ्क्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा परीक्षणमा कडाइ गरिएको छ। भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए। कोरोना सङ्क्रमण कम भएपछि गत असोज १ गतेदेखि यो नाकामा जाँच रोकिएको थियो। छिमेकी देश भारत र चीनमा कोरोना सङ्क्रमण देखिन थालेपछि नाकामा…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

    आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं : पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। विभागले प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीको करार सेवा थप नभएपछि महाकाली अस्पतालको पीसीआर ल्याब बन्द

    कर्मचारीको करार सेवा थप नभएपछि महाकाली अस्पतालको पीसीआर ल्याब बन्द

    दोधारा चाँदनी : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा जनशक्ति नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ। कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ। अस्तालको पीसीआर ल्याबमा कार्यरत छ कर्मचारीको करार सेवा थप नभएपछि अस्पतालको पीसीआर ल्याब बन्द भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

    आज देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

    काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ-आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ। विसं २०३३ पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाइँ,…

    विस्तृतमा पढ्नुस्

  • तमु ल्होसारलाई यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइनेछ : प्रचण्ड

    तमु ल्होसारलाई यो पटक अहिलेसम्म दिइएको भन्दा बढी रकम दिइनेछ : प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय र पूर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताएका छन्। तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौंले शुक्रवार टुँडिखेलमा आयोजना गरेको ‘तमू ल्होसार, २०७९’ कार्यक्रममा प्रचण्डले तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको बताएका हुन्। 'आफ्नो इमान्दारिता, लगन, निष्ठा र मिहेनत, आफ्नो वीरता र बलिदानको कीर्तिमानका…

    विस्तृतमा पढ्नुस्

  • बुस्टर खोपका लागि सरकारले ‘गाभी’लाई पठायो पत्र

    बुस्टर खोपका लागि सरकारले ‘गाभी’लाई पठायो पत्र

    काठमाडौं : सरकारले छिमेकी देशमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिकरुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ। स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीवार १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको…

    विस्तृतमा पढ्नुस्

  • म्यानमारकी नेतृ सुकीलाई थप सात वर्ष जेल सजाय, यस्तो छ उनको राजनीतिक उथलपुथलको इतिहास

    म्यानमारकी नेतृ सुकीलाई थप सात वर्ष जेल सजाय, यस्तो छ उनको राजनीतिक उथलपुथलको इतिहास

    म्यान्मारको सैनिक सरकारप्रति बफादार अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई थप सात बर्षको जेल सजाय सुनाइएको छ। यससँगै गैरकानुनी रूपमा वाकी–टकी आयात गरेको, कोभिड–१९ को नियम उल्लङ्घन गरेको र आधिकारिक गोपनीयता ऐनको उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गरिएकी सुकीलाई सबै गरी ३३ वर्षको जेल सजाय तोकिएको छ। सन् २०२१ को फेबु्रअरीमा भएको ‘कू’ पछि ७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई…

    विस्तृतमा पढ्नुस्

  • सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

    सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते

    मकवानपुर : धरान-चतरा खडकखण्डअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका-५ मा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना२२प ९९७७ नम्बरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना७ख १३५२ नम्बरको सिमेन्ट लोड गरेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी?

    बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी?

    काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार भएको उक्त भेटवार्तामा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रमुख सत्ता साझेदार दलको बिहीवार बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न एमाले अध्यक्ष ओलीको संयोजत्कवमा एक कार्यदल…

    विस्तृतमा पढ्नुस्

  • साताभरि नै मौसम आंशिकदेखि सामान्य बदली हुने, हिमाली भू-भागमा हिमपातको सम्भावना

    साताभरि नै मौसम आंशिकदेखि सामान्य बदली हुने, हिमाली भू-भागमा हिमपातको सम्भावना

    काठमाडौं : आगामी साताभरि नै देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको साप्ताहिक मौसम पूर्वानुमानका अनुसार देशको धेरै स्थानमा साताभरि नै बदली हुने छ। हिमाली भू-भागमा साताको सुरूमा सामान्यदेखि पूर्ण बदली तथा पहाडी भू-भागमा साताको सुरू र मध्यमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको बताइएको छ। त्यस्तै, हिमाली भू-भागमा साताको सुरू र मध्यमा केही…

    विस्तृतमा पढ्नुस्

  • फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न प्रवासी नेपाली मञ्चको माग

    फोन र ल्यापटप ल्याउँदा भन्सार लाग्ने निर्णय खारेज गर्न प्रवासी नेपाली मञ्चको माग

    काठमाडौं : प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ। नेपाल बाहिर प्रवासमा अवस्थित गैरआवासीय नेपालीले घर फर्किँदा एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नियम प्रवासी नेपाली श्रमिकको हित विपरीतको भएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आग्रह गरेको हो। मञ्चका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ‘ठूलीरात’ मनाइँदै

    सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ‘ठूलीरात’ मनाइँदै

    दोधारा चाँदनी : सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ। यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमुल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ। साहित्यकार जगदीश ओझाका अनुसार यस दिनमा गाउँका सबै एकआपसमा…

    विस्तृतमा पढ्नुस्

  • चिसो छल्न महोत्तरीमा विद्यालय जान छाडे विद्यार्थी

    चिसो छल्न महोत्तरीमा विद्यालय जान छाडे विद्यार्थी

    महोत्तरी : चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै घढेको छ। तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स-साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ। मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ। ‘घाम नदेखिएको तीन दिन भइसक्यो,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell