काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज शिष्टाचार भेटवार्ता गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उनीहरुबिच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यस्तै, आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भान क्याप्लरले पनि शिष्टाचार भेट गरेकी छन्। सो क्रममा उनीहरुबिच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो।
काठमाडौं : कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ। भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स (गाभी)ले १५ लाख मात्रा खोप दिने भएको हो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिए। यही पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि…
जुम्ला : जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। तिला गाउँपालिका-६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए। मंगलवार दिउँसो घरबाट दाउरा सङ्कलन गर्न जङ्गल जाँदा भिरबाट लडेर घाइते भएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले…
उदयपुर : त्रियुगा नगरपालिकाको वडा नम्बर १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले स्थानीय त्रसित भएका छन्। खैजनपुर र जोगिदह क्षेत्रमा दैनिक रातको समयमा छभन्दा बढी हात्तीको बथान गाउँमा प्रवेश गरेर खेतीबाली नोक्सान गर्ने गरेका कारण आफूहरु त्रसित भएर रात काट्न बाध्य हुनु परेको खैनजुरका उदय चौधरीले बताए। एक हप्तादेखि रातको…
काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो…
पर्वत : कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै ३०/३० हजार वितरण गरेको छ। आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो। नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार विसं २०७८ को एसईई परीक्षामा सामुदायिक विद्यालयबाट तीन दशमलव ६५ वा सोभन्दा माथिको जीपीए प्राप्त गरेका विद्यार्थीलाई…
आकांक्षी बढी भएपछि सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको नेता छनोट गर्न सकस देखिएको छ। संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवराज भट्ट, प्रकाशबहादुर देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी हुनुहुन्छ। कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी र प्रदेशसभाका सदस्यको उपस्थितिमा आज धनगढीमा बसेको अनौपचारिक बैठकमा संसदीय दलको नेता छनोटका लागि छलफल भएको थियो। कांग्रेस…
काठमाडौं : सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ। उनीमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमिता भएको भन्ने उजुरीका आधारमा जङ्गी अड्डाले छानबिन गरिरहेको छ। प्रवक्ता भण्डारीले भने, 'विगतदेखि नै आर्थिक…
सप्तरीः सत्र वर्षीया बालिकालाई आत्महत्या गर्न दुरुत्साहन गर्ने दुईजनालाई सोमबार कैद र जरिवानाको फैसला भएको छ। पहिलोपटक सप्तरी जिल्ला अदालतबाट गम्भीर अपराधको घटना मिलाउन दबाब दिनेलाई डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुर ललितपुरका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद सजायको फैसला भएको हो। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले सो फैसाला र गरेको हो। साथै आरोपितहरूको नजिकका नातेदार…
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली तथा केही स्थानमा हल्का हिमपात हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रही प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल देशको प्रदेश १…
काठमाडौं : रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरण कुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमवार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन्। उनी रौटहट-२ बाट ३२ हजार आठ सय ४२ मत प्राप्त गरी निर्वाचित भएका थिए। सो अवसरमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायतको सहभागिता रहेको थियो। अब एमालेको प्रतिनिधिसभामा सिट सङ्ख्या…
कावासोती : पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ। बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ। दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ। कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घर बाहिर निस्कन समस्यामा परेका छन्। बजारमा चलहपहल कम भएको छ। वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन्। सधैँजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही…
भजनी : कैलालीको भजनी नगरपालिका-३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्ममा पनि सञ्चालनमा आउन सकेको छैन। हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो। निर्माण भएको भवन वर्षायाममा डुबानमा पर्छ। हुलाकी सडकको उचाइभन्दा कम उचाइमा निर्माण भएको भवन बाढी र डुबानको जोखिममा रहँदै आएको जनाइएको…
गलकोट : बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबार मुद्दामा सोमवार तीन वर्ष छ महिना कैद फैसला भएको छ। बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित ५० हजार रुपैयाँ जरिबाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए। निसीखोला-६…
महोत्तरी : सोमवार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन्। जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन्। जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना गरेका छन्। त्यसैगरी, मटिहानी, भङ्गाहा, लोहारपट्टी, औरही र बलवा नगरपालिका…
कास्की : कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरज कुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ। आगलागीका कारण निवर्तमान वडाध्यक्ष गुरुङको मृत्यु भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए। उनका अनुसार आइतवार राति १०:३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो। सुरज कुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।…
नवलपुर : नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा पछिल्ला वर्षहरुमा मानवीय कारणले सिमसार नासिदा पानीचरा हराउँदै गएका छन्। यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा भुँडीफोर (गरुड), किङफिसर, टुमटुमेलगायतका चरा लोपोन्मुख अवस्थामा पुगेका हुन्। जिल्लाको मध्यविन्दु-३ का हुमनाथ उपाध्यायले गाउँको सिमसार क्षेत्र नासिएपछि थुप्रै चरा देख्न छोडेको बताए। ‘हाम्रो गाउँमा १० वर्ष अगाडिसम्म धेरै प्रजातिका चरा देखिन्थ्यो’, उनले भने, ‘पानीको मुहान नै थुनेर केही वर्ष…
बझाङ : खप्तडछान्ना गाउँपालिका-५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ। कालुखेतीबाट नजिकको बजार तमैल नै हो। कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ। त्यो दूरीमा जीप व्यवसायीले भने तीन सय ५० रुपैयाँ असुल गर्दै आएका छन्। ‘सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ’, उनले भने, ‘तमैल पुग्न…
नारायण न्यौपाने- काठमाडौं : अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भएपनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ। नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मेट्रिक टन रहेकामा ३५ लाख २० हजार मेट्रिक टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ। पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात…
काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले खेल क्षेत्रलाई प्राथमिताका दिनुपर्ने बताएका छन्। मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औँ स्थापना दिवसका अवसरमा आइतवार आयोजना गरेको कार्यक्रममा ओलीले खेल क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताएका हुन्। ‘सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनुपर्छ, खेल क्षेत्रलाई सरकारले विशेष रुपमा हेर्नुपर्छ, अहिले खेलकुदमन्त्री हुनुहुन्न, म खेलकुदमन्त्री बनेपछि यस विषयमा कुरा गर्नेछु,’ पूर्वप्रधानमन्त्री ओलीले…