काठमाडौं : देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। बिहानीपख तराईका धेरै भू-भागहरूमा हुस्सु-कुहिरो लाग्ने सम्भावना छ। राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया…
दाङ : थारुहरुको पर्व माघी नजिकिँदै गर्दा जिल्लामा माघीको चहलपहल बढेको छ। विशेषगरी यहाँका थारु बस्तीमा यतिखेर माघीको रौनकता बढेको हो। थारु बस्तीमा माघीको तयारीमा सो समुदायका महिला व्यस्त देखिन्छन्। अहिले जिल्लाका गाउँदेखि सहर बजारमा माघी महोत्सव तथा माघी विशेष कार्यक्रम सञ्चालन भइरहेका छन्। थारु संस्कृति झल्कने नृत्य तथा उनीहरुले खाने परिकार राखी माघी महोत्सवको आयोजना भइरहेका छन्। यसैबिच, सदरमुकाम…
भरतपुर : नेपालमा आजदेखि चरा गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो। गणनामा तीन सय ५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा हेमसागर बरालले जानकारी दिए। उनका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ। गणनाको क्षेत्र विस्तार हुँदै…
रुकुम (पूर्व) : रुकुम (पूर्व)मा यस वर्ष सुन्तला उत्पादन बढेको छ। विगतका केही वर्षमा क्रमिकरुपले घट्दै गएको सुन्तला उत्पादन यस वर्ष भने बढेको हो। गत वर्षको तुलना गर्ने हो भने जिल्लाभर यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादन बढेको छ। एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम(पूर्व) का अनुसार गत वर्ष ६३३ दशमलव ७५ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष…
नारायण अधिकारी- चितवन : चितवनमा रहेका दुग्ध उत्पादक किसानले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन्। पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य नबढ्नुले लागतअनुसारको मूल्य पाउन नसकेको उनीहरुको गुनासो छ। भरतपुर महानगरपालिका-५ का इन्द्रमणि गैरे पशु आहारको मूल्य बढ्नु र दूधको मूल्य यथावत रहनुले समस्यामा परेको बताउँछन्। उनले भने, ‘पशु आहारको मूल्यवृद्धि भएअनुसार उत्पादित दूधको मूल्यसमेत बढाउन आवश्यक छ।’…
दमौली : तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ। हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी गाउँपालिकाले निस्सा वितरण गरेको हो। अव्यवस्थितरुपमा बसोबास गर्दै आएका सुकुम्बासी परिवारहरु निस्सा पाएपछि लालपुर्जा पाउने आशमा खुसी देखिएका छन्। म्याग्दे गाउँपालिका-४ निवासी कल्पना नेपालीले भूमिहीन दलितको निस्सा पाएपछि अब जग्गा पाउने…
गलकोट : भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठे अस्थायी टहरा। टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन। अन्य तीन कक्षा खुला आकाशमुनि। विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो। जैमिनी नगरपालिका-१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले घाम ताप्नका लागि प्राङ्गणमा पठनपाठन गराइएको भने हैन। कक्षाकोठा अभावका कारण जनता प्राथमिक विद्यालयका…
काठमाडौं : उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनसँग शिष्टाचार भेटवार्ता गरेका छन्। राजदूत थम्पसन आज सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री श्रेष्ठलाई बधाई दिन पुगेका हुन्। राजदूत थम्पसनले नेपाल र अमेरिकाबीच पुरानो र मजबुत सम्बन्ध रहेको र आगामी दिनमा सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सुनुवाइ आज संवैधानिक इजलासमा सुरु भएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा पहिलो नम्बरमै उक्त मुद्दाको पेसी तोकिएको छ। संवैधानिक इजलासले यही पुस ६ गते सुनुवाइ गर्दै अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षको छलफल आजका लागि राख्ने…
गोरखा : गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आजदेखि पुनः सञ्चालनमा आएको छ। विद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको हो। केबलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमेयर कम्पनीबाट प्राविधिकसहित सामान झिकाएर केबलकार मर्मत गरी सञ्चालनमा ल्याइएको सञ्चालक राजेशबाबु श्रेष्ठले जानकारी दिए। गए राति मर्मतको काम सम्पन्न भएकाले आज बिहानैदेखि केबलकार…
बेनी : म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ। ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो। प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ। राहुघाट जलविद्युतमा कुल छ हजार…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाल्पा बस दुर्घटनाप्रति दुःख प्रकट गरेका छन्। बस दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति उनले श्रद्धाञ्जलि व्यक्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आज ट्वीट गर्दै दुर्घटनामा मृत्यु भएका नागरिकका आफन्तजनमा समवेदना प्रकट गरेका छन्। पाल्पाको रैनादेवीछहरा गाउँपालिका-८ टाडीस्थित सालझण्डी-ढोरपाटन सडकखण्डमा गए राति बस दुर्घटना हुँदा छ जनाको ज्यान गएको थियो। दुर्घटनामा परी १८ जना घाइते भएका छन्।…
काठमाडौं : देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागमा हुस्सु/कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ। विभागले तराईका धेरै भू-भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ। हाल…
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची-९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन भएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ। मेलम्ची नगरपालिका-९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ। यहाँबाट विभिन्न हिमशृृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको…
चितवन : कोभिड-१९ महामारीपछि आयुर्वेदिकतर्फको उपचारको आकर्षण बढेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर र त्यस मातहतको कार्यालयमार्फत गत आर्थिक वर्ष २०७७/७८ मा ५६ हजार एक सय २३ जनाले सेवा लिएका छन्। सेवा लिनेमध्ये बहिरङ्ग सेवा नौ हजार दुई सय ९९, योग सेवा दुई हजार आठ सय ४३, पूर्वकर्म/पञ्चकर्म सेवा दुई हजार सात सय ९४, ज्येष्ठ नागरिक सेवा एक हजार,…
जुम्ला : जुम्लाको तिला गाउँपालिका–३ त्रिवेणीमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। उक्त पालिकाको रारालिहीबाट जुम्ला सदरमुकाम खलङ्गा बजार आउँदै गरेको क १ स ११ नम्बरको अटोरिक्सा दिउँसो २ बजेतिर तिला नदीमा खस्दा जिल्लाको तातोपानी गाउँपालिका–१ बाइराँकाका २९ वर्षीया पुरन सार्की र तिला–३ का २१ वर्षीया आकाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र…
काठमाडौं : काठमाडौंदेखि १२४ किलोमिटर दूरीमा रहेको तातोपानी नाका कुनै समय गुलजार थियो। चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो। तर, २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ। अहिले त्यहाँ भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बोहक अरु केही छैन। कुनै समय रेष्टुराँ र…
चन्द्रकला भण्डारी- झापा : नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रङ्गशालामा बिताएका छन्। फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रङ्गशाला पछिल्लो समय आफूचाहिँ बेवारिसेजस्तै बन्न पुगेको थियो। पञ्चायतकालमै निर्मित वरिपरिको पर्खाल हावाहुरी र भुइँचालोले भत्किएपछि मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सकिएको थिएन। दर्शक बस्न बनाइएका प्यारापिट उप्किएर र…
दोधारा चाँदनी : कञ्चनपुरमा चिसो बढेपछि शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै विद्यालय बन्द गरेको छ। एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि पठनपाठनमा कठिनाइ भएसँगै नगरपालिकाको शिक्षा समिति र विद्यालयका प्रधानाध्यापकको बैठकले दुई दिन बिदा दिने निर्णय गरेको शुक्लफाँटा नगरपालिकाका शिक्षा शाखा अधिकृत सुरेन्द्र प्रसाद भट्टले जानकारी दिए। उनका अनुसार मौसम प्रतिकूल रहेमा थप बिदा दिने निर्णय भएको छ। यसअघि यहाँको वेदकोट…
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन्। पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला कमिटीले बुधवार आयोजना गरेको कार्यक्रममा नेपालले अहिले राजनीतिक ‘पिक्चर’ नै ‘क्लिएर’ नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सरकारमा जाने÷नजानेबारे निर्णय नलिएको बताए। ‘वर्तमान राजनीतिक दृश्य प्रष्ट त हुनुपर्यो नि? अहिलेसम्म हामीले यो…