PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • आजको मौसम : यी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

    आजको मौसम : यी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना

    काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश १, मधेश प्रदेशलगायत वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश प्रदेशलगायत वाग्मती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। विभागले देशभर पहाडी तथा हिमाली धेरै भू-भागमा र तराईका केही भू-भागमा बादल लागेर तथा तराईका थोरै भू-भागमा बिहानीपख…

    विस्तृतमा पढ्नुस्

  • माघे सङ्क्रान्तिको शुभकामना दिँदै प्रधानमन्त्री दाहालले भने : सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य

    माघे सङ्क्रान्तिको शुभकामना दिँदै प्रधानमन्त्री दाहालले भने : सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएको बताएका छन्। माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) को अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको सरकार जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने सङ्कल्पका साथ अवस्था बदल्न दृढ संकल्पित रहेको बताए। प्रधानमन्त्रीले यस पर्वका अवसरमा सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा…

    विस्तृतमा पढ्नुस्

  • पर्वहरुले नेपाली पहिचान निर्माण गर्न योगदान पुर्‍याएको छ : राष्ट्रपति

    पर्वहरुले नेपाली पहिचान निर्माण गर्न योगदान पुर्‍याएको छ : राष्ट्रपति

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरेकी छन्। माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक  समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्। ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त…

    विस्तृतमा पढ्नुस्

  • आज मकर सङ्क्रान्ति मनाइँदै, घ्यू र चाकु नखाए जीवनभर रोगी हुने विश्वास

    आज मकर सङ्क्रान्ति मनाइँदै, घ्यू र चाकु नखाए जीवनभर रोगी हुने विश्वास

    काठमाडौं : सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ। यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ।…

    विस्तृतमा पढ्नुस्

  • ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि १५ लाख कार्ड खरिद गर्दै विभाग

    ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि १५ लाख कार्ड खरिद गर्दै विभाग

    काठमाडौं : यातायात व्यवस्था विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड खरिदको प्रक्रिया अघि बढाएको छ। कार्ड खरिदका लागि सूचना निकालिएको र अबका केही महिनामा आइपुग्ने विभागले जनाएको छ। सबै प्रक्रिया पूरा गरेर ल्याउन चार/पाँच महिना लाग्नसक्ने विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए। उनका अनुसार नयाँ कार्ड खरिद भएर आउँदासम्मका लागि आवश्यकपर्ने सङ्ख्यामा भने विभागसँग कार्ड बाँकी रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • देवघाट माघे सङ्क्रान्ति मेला : पाँच लाख भक्तजनको व्यवस्थापन गर्ने गरी तयारी पूरा

    देवघाट माघे सङ्क्रान्ति मेला : पाँच लाख भक्तजनको व्यवस्थापन गर्ने गरी तयारी पूरा

    नवलपुर : माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ। पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ। नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत तीर्थालु आउने भएकाले सोहीअनुसारको व्यवस्था गरिएको हो। ‘देवघाटधाम हिन्दूको पवित्र…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै

    मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै

    धनुषा : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। बुधवार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको छ। जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये सात दल र दुई स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने

    प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने

    मोरङ : प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज विश्वासको मत लिनेछन्। उनले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने र आजै निर्णयार्थ प्रस्तुत हुने प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए। कार्की नेकपा (एमाले)का ४०, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ र जसपाका…

    विस्तृतमा पढ्नुस्

  • व्यापार घटेपछि सङ्कटमा परम्परागत ढुङ्गाखानी, विस्थापित हुन थाले मजदुर

    व्यापार घटेपछि सङ्कटमा परम्परागत ढुङ्गाखानी, विस्थापित हुन थाले मजदुर

    गलकोट : जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो। पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आएका उनले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आएका छन्। जैमिनी नगरपालिका-७ जैदीस्थित हर्दिया ढुङ्गाखानी स्थानीय सरस्वती निम्न माध्यामिक विद्यालयको जग्गामा छ। परम्परागतरूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गाको पछिल्लो समय व्यापार घटेपछि ढुङ्गाखानीमा काम गर्दै आएका गम्भीरसहित नौ जनाको पेसा सङ्कटमा…

    विस्तृतमा पढ्नुस्

  • गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

    काठमाडौं : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएा थिए। अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ। अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

    मकवानपुरमा स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु

    मकवानपुर : मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मनहरि गाउँपालिका-८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ लावतीका ३२ वर्षीय रुपेश तामाङ रहेका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मनहरि गाउँपालिका-९ ज्यामिरे भलादमीचोकमा ना३९प १४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको आँखा छल्न जुवाडेको नयाँ जुक्ति : टिकटकमार्फत जुवा, चार जना पक्राउ

    प्रहरीको आँखा छल्न जुवाडेको नयाँ जुक्ति : टिकटकमार्फत जुवा, चार जना पक्राउ

    काठमाडौं : काठमाडौं उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन्। यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ। टिकटक भनेको मानिसले सामान्य आफ्नो रमाइलोका लागि साना-साना भिडियो तयार पारी हाल्ने एक प्रकारको सामाजिक सञ्जाल हो। रमाइलोका लागि त्यस्ता भिडियो राखिन्छ तर त्यही सामाजिक सञ्जालको दुरुपयोग गरी…

    विस्तृतमा पढ्नुस्

  • गर्भवती र विपन्नलाई मोदी गाउँपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

    गर्भवती र विपन्नलाई मोदी गाउँपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

    पर्वत : पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पुर्‍याउन कठिनाइ हुँदै आएको थियो। गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाअन्तर्गत एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए। सुत्केरी, विपन्न, अपाङ्गता भएका बिरामीलगायतलाई अस्पताल पुर्‍याउन निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको उनको भनाइ छ। १४…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशमा सभामुख र उपसभामुखको मनोनयन दर्ता आज

    वाग्मती प्रदेशमा सभामुख र उपसभामुखको मनोनयन दर्ता आज

    मकवानपुर : वाग्मती प्रदेशसभाको सभामुख र उपसभामुख चयनका लागि बिहीवार मनोनयन दर्ता हुँदैछ। प्रदेशसभा सचिवालयमा आज बिहान १०:३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार, निर्वाचनका लागि आज दिउँसो २:३० देखि ३:३० बजेसम्म मनोनयन फिर्ताको समय र अपराह्न ४ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यसूची रहेको छ। वाग्मती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तारलाई टुङ्गोमा पुर्‍याउन आज सत्ता साझेदार दलको बैठक बस्दै

    मन्त्रिपरिषद् विस्तारलाई टुङ्गोमा पुर्‍याउन आज सत्ता साझेदार दलको बैठक बस्दै

    काठमाडौं : मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्‍याउन सत्ता साझेदार दलको बैठक बस्दैछ। बिहीवार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ। बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ। बुधवार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • ७४ वर्षीय मोतिलालको जोस : तरकारी खेतीबाट मनग्य आम्दानी

    ७४ वर्षीय मोतिलालको जोस : तरकारी खेतीबाट मनग्य आम्दानी

    ढोरपाटन : बागलुङ नगरपालिका-३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुगे। उमेरले बुढ्यौली लागे पनि उनीमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन। सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ३१ वर्ष भयो। उनको तरकारी खेतीप्रतिको लगाव उत्साहप्रद छ। तरकारी खेतीबाट सापकोटाले लाखौँ रुपैयाँको सम्पत्ति जोडिसकेका छन्। उनले छ भाइबहिनी, छोराछोरी हुर्काउने, पढाउने र विवाहसमेत तरकारी खेतीकै आम्दानीले…

    विस्तृतमा पढ्नुस्

  • शीतलहरबाट महोत्तरीको जनजीवन प्रभावित, आगो ताप्न पालिकाले गरे दाउराको व्यवस्था

    शीतलहरबाट महोत्तरीको जनजीवन प्रभावित, आगो ताप्न पालिकाले गरे दाउराको व्यवस्था

    जलेश्वर : दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ। सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन्। दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका छैनन्। बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन्। बारी र खेतमा लगाइएको हिउँदे बाली, दलहन, तेलहन र तरकारी खेती चिसोका कारण कुहिन थालेको…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : यी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

    आजको मौसम : यी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना

    काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको छ। उक्त प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। बाँकी भू-भागमा आंशिक…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

    कर्णालीका मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त

    कर्णाली : कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका छन्। कर्णाली प्रदेश सरकारको नेतृत्व गर्न सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा शर्माले आज बेलुका ५ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए। शर्माले मुख्यमन्त्रीमा दाबी पेश गरेसँगै प्रदेश प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता, ‘वर्षभरि खेती गर्‍यो, आम्दानी सापोनापो उहीँ’

    व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता, ‘वर्षभरि खेती गर्‍यो, आम्दानी सापोनापो उहीँ’

    कपिलवस्तु : कपिलवस्तु नगरपालिका-९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ। मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ। साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ। बैशाख, जेठलाई लक्षित गरी उनले तरकारी लगाउन थालेका हुन्। बरई आफूले गरेको मेहेनत देखेर जसरी खुसी देखिन्छन् उत्तिकै बढी चिन्ता बजार मूल्यको छ। ‘अहिलेसम्म…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell