PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • कालिका नगरपालिकाले जफत गर्‍यो तीन सय टिपर अवैध नदीजन्य पदार्थ

    कालिका नगरपालिकाले जफत गर्‍यो तीन सय टिपर अवैध नदीजन्य पदार्थ

    चितवन : कालिका नगरपालिकाले अवैध रुपमा भण्डारण गरेर राखिएका नदीजन्य पदार्थ जफत सुरु गरेको छ। नगरपालिकाले आजसम्म तीन सय टिपर नदीजन्य पदार्थ जफत गरेको हो। नगरप्रमुख विनोद रेग्मीका अनुसार गत पुस ३० गतेबाट नगरभित्रका विभिन्न ठाउँमा अवैध रुपमा भण्डारण गरिएका ढुङ्गा, गिटी, बालुवा उठाएर वडा नम्बर ७ को कार्यालय परिसरमा जम्मा गरिएको छ। दैनिक रुपमा टिपर र जेसीबी प्रयोग गरेर…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको मनोनयन आज, यस्तो छ निर्वाचन तालिका

    सभामुखको मनोनयन आज, यस्तो छ निर्वाचन तालिका

    काठमाडौं : प्रतिनिधिसभाका सभामुख पदको निर्वाचनका लागि बुधवार मनोनयन हुँदैछ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्सेहलमा मनोनयन दर्ताको व्यवस्था गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। अपराह्न १ देखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ। निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ताअनुसारको सूची आजै अपराह्न ४.१५ बजे प्रकाशित गरिने…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटना : २२ शव आफन्तले बुझे, काठमाडौं ल्याइएका ४८ शवको परीक्षण सुरु

    विमान दुर्घटना : २२ शव आफन्तले बुझे, काठमाडौं ल्याइएका ४८ शवको परीक्षण सुरु

    पोखरा : पोखरामा भएको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ। पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले जानकारी दिए। उनका अनुसार मंगलवार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ। दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ। यसअघि मंगलवार नै ४८…

    विस्तृतमा पढ्नुस्

  • विमान दुर्घटनामा मृत्यु भएका पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने

    विमान दुर्घटनामा मृत्यु भएका पाइलट केसीको शालिकसहित उद्यान निर्माण गरिने

    कास्की : पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटीआर-७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ। कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो। केसी रुपा गाउँपालिका-३ पोल्याङ निवासी थिए। गाउँपालिकाले उनलाई २०७८ सालमा रुपारत्न सम्मानबाट…

    विस्तृतमा पढ्नुस्

  • रास्कोट नगरपालिकाको घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा, १० हजार नागरिक लाभान्वित

    रास्कोट नगरपालिकाको घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा, १० हजार नागरिक लाभान्वित

    मान्म : कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ। ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो।   नागरिकको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवालगायत सेवा प्रदान गर्ने गरिएको छ। नगरपालिकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत पालिकाभित्रका गर्भवतीको निःशुल्क स्वाथ्य जाँच, गाउँघरमै पुगेर वृद्धाभत्ता, निःशुल्क स्वास्थ्य सेवा…

    विस्तृतमा पढ्नुस्

  • साउदीबाट फर्केर मकर बहादुरले गाउँमै फलाए तरकारी, आफैँ बनाउँछन् जैविक विषादी

    साउदीबाट फर्केर मकर बहादुरले गाउँमै फलाए तरकारी, आफैँ बनाउँछन् जैविक विषादी

    चौतारा : ‘धन कमाउन विदेश जानुपर्दैन’ भन्ने भनाइको उदाहरण बनेका छन् सिन्धुपाल्चोकको लिसँखुपाखर गाउँपालिका-५ जेठलका मकर बहादुर तामाङ। चार वर्ष साउदी अरबमा बसेका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गरेका हुन्। छ महिना खान नपुग्ने उनको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक पाँच लाख रुपैयाँ आम्दानी लिन थालेको छ। यसका साथै तामाङले ३० जनालाई रोजगारीसमेत…

    विस्तृतमा पढ्नुस्

  • परम्परागत सामाग्री बेचेर आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला

    परम्परागत सामाग्री बेचेर आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला

    रेसुङ्गा : विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ। घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन्। तर, गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको माघी मेलामा फरक दृश्य देखिएको छ। यहाँ ग्रामीण भेगका महिला आफैँ आत्मनिर्भर बन्ने अठोटका साथ…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने, सभामुखको निर्वाचन पनि आजै

    मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने, सभामुखको निर्वाचन पनि आजै

    जनकपुरधाम : मधेश प्रदेशसभाको आज बस्ने बैठकमा सभामुखको निर्वाचन र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यसूची रहेको छ। प्रदेशसभाको आज १ बजे बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र सभामुखका लागि उम्मेदवारी दिएका प्रस्तावित नामहरू निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। गत बुधवार मुख्यमन्त्री नियुक्त भएका यादवले शुक्रवार (पुस २९ गते) पद तथा गोपनीयताको…

    विस्तृतमा पढ्नुस्

  • लोकमार्ग नजोडिँदा ओझेलिएको लुकुम गाउँ अहिले एकाएक चर्चामा, बन्यो पर्यटकीय गन्तव्य

    लोकमार्ग नजोडिँदा ओझेलिएको लुकुम गाउँ अहिले एकाएक चर्चामा, बन्यो पर्यटकीय गन्तव्य

    डम्मर बुढामगर- ढोरपाटन : अग्लो पहाड। पहाडको फेदमा छ लुकुम गाउँ। बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो। छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ। एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो। जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो। लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त…

    विस्तृतमा पढ्नुस्

  • महिना दिनदेखि फार्मेसीबाट औषधि नपाउँदा समस्यामा परे जाजरकोटका बिरामी

    महिना दिनदेखि फार्मेसीबाट औषधि नपाउँदा समस्यामा परे जाजरकोटका बिरामी

    जाजरकोट : जिल्लाका स्वास्थ्य संस्थामा सेवा लिन आउने बिरामीहरूले औषधि नपाएको गुनासो गरेका छन्। चिकित्सकले जाँच गरेर पुर्जामा औषधिको नाम लेखी ‘फार्मेसी’मा जान सल्लाह दिने गरे पनि बिरामीले औषधि नपाउँदा हैरान भएर फर्कने गरेको छन्। विगत महिना दिनदेखि बिरामीले फार्मेसीबाट औषधि नपाएको गुनासो गर्दै आएका छन्। फार्मेसीमा औषधिका लागि पुर्जा लिएर बिरामीका आफन्तहरू आएपनि यहाँ औषधि नपाएपछि गाली मात्र खानुपरेको…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङ-भद्रपुरमा उडान थप, नेपाल एयरलाइन्स र सीता एयरले उडान गर्ने

    ताप्लेजुङ-भद्रपुरमा उडान थप, नेपाल एयरलाइन्स र सीता एयरले उडान गर्ने

    फुङ्लिङ : ताप्लेजुङमा सीता एयरले बुधवारदेखि काठमाडौं-ताप्लेजुङ-काठमाडौं र ताप्लेजुङ-भद्रपुर-ताप्लेजुङ उडान भर्ने भएको छ। ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो। सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ। सुकेटार विमानस्थलबाट साताको सोमवार, बुधवार र शुक्रवार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधवार भने दुईपटक उडान…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

    इनरुवा : सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धरान-३ पुरानो बजारमा सोमवार सिटी सफारी दुर्घटना हुँदा धरान-१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश १-०२-००३ह २६५५ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • पोखरा विमान दुर्घटना : शव काठमाडौं पठाइँदै

    पोखरा विमान दुर्घटना : शव काठमाडौं पठाइँदै

    पोखरा : आइतवार पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौं पठाउने तयारी गरिएको छ। शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमवारदेखि नै शव परीक्षण गर्न थालिएको छ। चिन्न नसकिने अवस्थाका, काठमाडौंसहित आसपासका,  विदेशी नागरिक एवं चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न नपाएपछि दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न नपाएपछि दिउँसोको टिकट बिहान सारेका थिए त्रिभुवनले

    पोखरा : प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौं पुगेका थिए। पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्ने कार्यक्रम थियो। प्रधानमन्त्रीको व्यस्तताका कारण आइतबार बिहान भेट्न सम्भव नभएपछि पौडेलले आफ्नो दिउँसो २ बजेको टिकट बिहान सारेर पोखराका लागि उडेका थिए। 'आइतबार बिहान प्रधानमन्त्रीसँगको भेट सम्भव नभएपछि सम्भवः माघे सङ्क्रान्तिमा परिवारसँग मनाउने योजनापछि…

    विस्तृतमा पढ्नुस्

  • पोखरा विमान दुर्घटना : २६ जनाको सनाखत, शव आफन्तको जिम्मा लगाइँदै

    पोखरा विमान दुर्घटना : २६ जनाको सनाखत, शव आफन्तको जिम्मा लगाइँदै

    पोखरा : आइतवार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये २६ जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ जनाको शव लगिएको र ती मध्ये हालसम्म २६ जनाको पहिचान खुलेको जानकारी दिए। पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए। बिहानैदेखि पोखराको मौसम प्रतिकूल भइरहेका कारण पनि खोजी…

    विस्तृतमा पढ्नुस्

  • २०२२ मा करिब १६ हजार विदेशी पर्यटकले घुमे अन्नपूर्ण पदमार्ग

    २०२२ मा करिब १६ हजार विदेशी पर्यटकले घुमे अन्नपूर्ण पदमार्ग

    लमजुङ : यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन्। ती मध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ। पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका दुई हजार १२ पर्यटक आएको बताइएको छ। यस केन्द्रका पर्यटन सहायक…

    विस्तृतमा पढ्नुस्

  • नवलपरासीमा अवैध रुपमा सञ्चालनमा रहेका थप छ क्रसर उद्योग गराइयो बन्द

    नवलपरासीमा अवैध रुपमा सञ्चालनमा रहेका थप छ क्रसर उद्योग गराइयो बन्द

    नवलपरासी : पछिल्लोपटक नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)मा अवैध रुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ। गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो। सोही पत्रअनुसार थप छ  क्रसर उद्योग बन्द भएका हुन्। गृहको परिपत्रको पालना गर्दे नियमविपरीत सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए। सुनवल नगरपालिका-११…

    विस्तृतमा पढ्नुस्

  • ‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

    ‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

    काठमाडौं : पोखरामा आज बिहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०:३३ बजे काठमाडौं विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिइसकेको बताए। 'मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ', उनले भने, 'विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै थारू समुदाय

    खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै थारू समुदाय

    काठमाडौं : थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन्। सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ। यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ। माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। राजधानीलगायत…

    विस्तृतमा पढ्नुस्

  • देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो, देशभर र भारतबाट समेत आएका छन् तिर्थालु

    देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो, देशभर र भारतबाट समेत आएका छन् तिर्थालु

    चितवन : पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ। शनिवार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान पनि भक्तजन देवघाट प्रवेश गरिरहेका छन्। दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ। विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसङ्क्रान्ति मेला यस वर्ष हुँदा देशभर र भारतबाट भक्तजन आएका हुन्। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell