PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • नारायणगढ-बुटवल सडक विस्तारको प्रगति न्यून, २३ प्रतिशतमात्रै काम पूरा

    नारायणगढ-बुटवल सडक विस्तारको प्रगति न्यून, २३ प्रतिशतमात्रै काम पूरा

    नवलपुर : विस्तारका क्रममा रहेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल खण्डको काम २३ प्रतिशतमात्रै पूरा भएको छ। गत असारमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम ४८ महिना पूरा हुँदा पनि प्रगति न्यून छ। चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेड’का टिम लिडर क्वाङसिक पार्कका अनुसार कोभिड-१९, रुख कटान, बिजुलीका पोल, उपकरण परिचालनलगायतमा ढिलाइ हुँदा सडक विस्तारको काममा ढिलाइ भएको हो। ‘सुरुआती अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • मधेश प्रदेशमा कारबाहीमा परे एक लाख ४६ हजार सवारी साधन, कति उठ्यो राजस्व?

    मधेश प्रदेशमा कारबाहीमा परे एक लाख ४६ हजार सवारी साधन, कति उठ्यो राजस्व?

    वीरगंज : मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा एक लाख ४६ हजारभन्दा बढी सवारी साधान कारबाहीमा परेका छन्। सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले विभिन्न कसुरमा एक लाख ४६ हजार एक सय ८० वटा सवारी साधानमाथि कारबाही गरेको हो। सवारी साधानमाथिको कारबाहीबाट १० करोड ७७ लाख १५ हजार पाँच सय रुपैयाँ राजस्व…

    विस्तृतमा पढ्नुस्

  • दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस, ढिलाइ हुँदा गर्भवतीको बाटोमै मृत्यु

    दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस, ढिलाइ हुँदा गर्भवतीको बाटोमै मृत्यु

    बाजुरा : जिल्लाको बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ। जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भएपनि ढिलाइ भएकाले मृत्यु भएको हो। ‘चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ’, उनले भने, ‘ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी प्रवक्तामा डीआइजी पोषराज पोखरेल

    प्रहरी प्रवक्तामा डीआइजी पोषराज पोखरेल

    काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डीआइजी) पोषराज पोखरेललाई दिइएको छ। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायब महानिरीक्षक पोखरेललाई सोमवार केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन्। यसअघिका प्रवक्ता टेकप्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि प्रहरी नायब महानिरीक्षक पोखरेललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • सहकारी संस्थाका बचतकर्ताले करोडौँ बचत रकम फिर्ता मागेपछि...

    सहकारी संस्थाका बचतकर्ताले करोडौँ बचत रकम फिर्ता मागेपछि...

    खोटाङ : लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताले आफ्नो बचत रकम फिता गर्न माग गरेका छन्। सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको निधनपछि बन्द रहेको सस्थाले आफूहरूको सात करोड रुपैयाँ बढी बचत रकम फिर्ता नगरेको उनीहरुको भनाइ छ। आफूहरूको बचत रकम फिर्ता गर्न पटक-पटक माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरुले सङ्घर्ष समिति गठन समेत गरेका छन्। बचतकर्ता धनीराम नछुङले भने, ‘आफूहरूको बचत…

    विस्तृतमा पढ्नुस्

  • स्थापनाको ६० वर्षपछि कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिँदै

    स्थापनाको ६० वर्षपछि कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिँदै

    सुर्खेत : सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडा दुर्गम बस्ती बनेको छ। गोठीकाँडा वीरेन्द्रनगर नगरपालिका-१४ मा पर्छ। तत्कालीन समयमा औलो र घामबाट बच्न सुरक्षित ठानिने गोठीकाँडा आजभोलि असुरक्षित र दुर्गमजस्तै बनेको हो। त्यही गोठीकाँडामा सुर्खेतको सदरमुकाम हुँदा विसं २०१९ मा हालको प्रदेश अस्पताल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको थियो। उक्त स्वास्थ्य केन्द्र विसं २०२४ तिर सुर्खेत उपत्यकामा झर्‍यो। विसं २०२९ मा १५…

    विस्तृतमा पढ्नुस्

  • यती एयरलाइन्स दुर्घटनाः ६० जनाको शव परिवारलाई बुझाइयो

    यती एयरलाइन्स दुर्घटनाः ६० जनाको शव परिवारलाई बुझाइयो

    पोखराः पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ। यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ। “आजसम्म ७० जनाको शव पोष्टमार्टम भइसकेको र ६० जनाको शव (काठमाडौँ र पोखरा) बाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकेका छौँ”,  यती एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको…

    विस्तृतमा पढ्नुस्

  • पर्यटनमन्त्रीको निर्देशन : जहाज समयमै उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस्

    पर्यटनमन्त्रीको निर्देशन : जहाज समयमै उडाउनुहोस्, नेपाली समयको बदनाम नगर्नुहोस्

    काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन्। सोमवार वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एक सेकेन्डको पनि महत्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न निर्देशन दिएका हुन्। उनले निगमका जहाजहरुको दैनिक रिपोर्ट पनि पेस गर्न…

    विस्तृतमा पढ्नुस्

  • आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

    आज रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

    काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमवार रातिदेखि पश्चिमी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमवार मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा आज राति पानी पर्ने सम्भावना रहेको उल्लेख गरेको छ। सोमवार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डले भने : प्रदेशमा सांसद सङ्ख्याको १० प्रतिशत मात्र मन्त्री बन्न पाउने निर्णय भएको छ

    प्रधानमन्त्री प्रचण्डले भने : प्रदेशमा सांसद सङ्ख्याको १० प्रतिशत मात्र मन्त्री बन्न पाउने निर्णय भएको छ

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाउन र खर्चभार कटौती गर्न प्रस्ताव गरेको बताएका छन्। सोमवार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वको प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले सोहीअनुसार केही प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको बताए। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले भने, ‘प्रदेशहरू आफैँमा स्वायत्त भएको र कसरी काम गर्ने भन्ने विषय संविधानमा…

    विस्तृतमा पढ्नुस्

  • छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : कर्णालीका मुख्यमन्त्री शर्मा

    छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : कर्णालीका मुख्यमन्त्री शर्मा

    सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बिचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै उनले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जानकारी दिए। ‘अब आजभोलिसम्म हामी मन्त्रिपरिषद् विस्तारका साथै यसलाई पूर्णता दिन्छौँ’, उनले भने, ‘सत्तारुढ दलभित्र भएको सहमति कार्यान्वयनका सन्दर्भमा विमति छैन। मन्त्रालय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेट

    प्रधानमन्त्री प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री रावलबीच भेट

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उनीहरुबिच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रावल गत पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • रानी जमरा कुलरिया सिँचाइ आयोजना : ११ वर्षमा ३० प्रतिशत काम

    रानी जमरा कुलरिया सिँचाइ आयोजना : ११ वर्षमा ३० प्रतिशत काम

    टीकापुर : राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने सङ्केत देखिएपछि सरोकारवाला चिन्तित भएका छन्। टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिँचाइ आयोजनाबाट लाभान्वित हुनेहरु यतिखेर चिन्तामा छन्। मूल कुलाका पदाधिकारी र रानी जमरा कुलरिया गरी तीन वटै नदी प्रणाली उपभोक्ता समितिका पदाधिकारी, पत्रकार र आयोजनाका डिभिजनल इन्जिनियर प्रेम लासिवा भएको छलफलमा…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षदेखि किन प्रयोगमा छैन सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल?

    सात वर्षदेखि किन प्रयोगमा छैन सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल?

    सोलुखुम्बु : सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ। नेपालकै सबैभन्दा बढी विमानस्थल भएको जिल्लाका रुपमा परिचित सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका-२ स्थित सो विमानस्थल करिब सात वर्षदेखि उपयोगमा आउन सकेको छैन। राज्यको करोडौँ लगानीमा २०५२ सालमा निर्माण गरिएको विमानस्थलमा २०७२ सालपछि उडान तथा अवतरण ठप्प बनेको हो। लामो समय प्रयोगविहीन भएसँगै सो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ। करिब आधा…

    विस्तृतमा पढ्नुस्

  • कुस्ती खेलाडीको पीडा : पदक ल्याइन्छ तर खेल्ने हल छैन

    कुस्ती खेलाडीको पीडा : पदक ल्याइन्छ तर खेल्ने हल छैन

    महेन्द्रनगर : वृहत राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशबाटै उत्कृष्ठ नतिजा हासिल गरिरहेका कुस्ती खेलका खेलाडी एक दशकभन्दा बढी समयदेखि साँघुरो हलमा प्रशिक्षणरत छन्। केही समयअघि सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई महिला कुस्तीतर्फ कञ्चनपुरका खेलाडीले पाँच स्वर्ण दिलाएका थिए। पाँच स्वर्णसहित नौ पदक जितेका यहाँका खेलाडीले  विगत लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रहेको साँघुरो हलमा प्रशिक्षण गर्नुपरेको गुनासो बढेको…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, एक जना गम्भीर घाइते

    सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, एक जना गम्भीर घाइते

    कर्णाली : वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-७ सुर्खेतका २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ दैलेख निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका-५ दैलेख निवासी ३१ वर्षीय बबिन शाही, दैलेख गुराँस गाउँपालिका-३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरूको उपचारका क्रममा…

    विस्तृतमा पढ्नुस्

  • डेरीबाट मनग्ये आम्दानी गर्ने शारदा भन्छिन् : महिला परनिर्भर हुनुपर्छ भन्ने मानसिकता हटाउनैपर्छ

    डेरीबाट मनग्ये आम्दानी गर्ने शारदा भन्छिन् : महिला परनिर्भर हुनुपर्छ भन्ने मानसिकता हटाउनैपर्छ

    रेसुङ्गा : अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ। यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ। यस्तै, गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्किएकी छन् गुल्मीको रेसुङ्गा नगरपालिका-८ की शारदा भुसाल। उनी विसं २०६३ देखि न्यूमैत्री डेरी उद्योग सञ्चालन गरेर उदाहरणीय बनेकी छन्। उनी…

    विस्तृतमा पढ्नुस्

  • अत्यधिक चिसोका कारण खुम्बुमा जम्न थाल्यो पानी, दैनिकी कष्टकर बन्दै

    अत्यधिक चिसोका कारण खुम्बुमा जम्न थाल्यो पानी, दैनिकी कष्टकर बन्दै

    सोलुखुम्बु : अत्यधिक चिसोका कारण हिमाली जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पानी जम्न थालेको छ। यसले गर्दा पिउने पानी आपूर्तिमा समस्या भएको छ। चिसोका कारण पाइपमै पानी जम्न थालेको र दिउँसो घाम लाग्दासमेत जमेको पानी नपग्लिँदा खुम्बुवासीको दैनिकी कष्टकर बन्न थालेको स्थानीय दामु शेर्पाले बताए। उनका अनुसार खुम्बु क्षेत्रमा खानेतेलदेखि घरभित्र भरेर राखेको पानीसमेत जमेर ढिक्काजस्तै हुने गरेको छ। खुम्बु क्षेत्रका…

    विस्तृतमा पढ्नुस्

  • सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति भण्डारी

    सोनाम ल्होसार पर्वले सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबिच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन्। सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिँदै उनले सोनाम ल्होसार पर्वले सबै नेपालीबिचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने…

    विस्तृतमा पढ्नुस्

  • सभामुख घिमिरेले ११ बजेको लागि बोलाए सर्वदलीय बैठक

    सभामुख घिमिरेले ११ बजेको लागि बोलाए सर्वदलीय बैठक

    काठमाडौं : सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएका छन्। संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो। घिमिरे यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell