PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

नेपाली भूमि मिचेको 'भ्रामक प्रचार' पछाडि कांग्रेस रहेको चिनियाँ आरोप, भारत र पश्चिमा शक्ति नेपाल-चीन सम्बन्ध बिगार्न लागेको दावी



पहिलोपोस्ट

नेपाली भूमि मिचेको 'भ्रामक प्रचार' पछाडि कांग्रेस रहेको चिनियाँ आरोप, भारत र पश्चिमा शक्ति नेपाल-चीन सम्बन्ध बिगार्न लागेको दावी

काठमाडौं : पछिल्लो केही समय यता हुम्लामा चीनले नेपाली भूमि मिचेर भवन बनाएको चर्चा चलिरहेको छ। चीनले भने यसलाई अस्वीकार गर्दै आएको छ। यसअघि चिनियाँ दूतावासले नेपाली भूमि अतिक्रमण नगरेको र त्यस सम्बन्धी नेपालले जाँच गर्न सक्ने बताएको थियो।

त्यसपछि, प्रमुख जिल्ला अधिकारीसहितको टोली सीमा अनुगमन गर्न पुग्यो। अतिक्रमण नभएको निष्कर्ष निकाल्यो। त्यसलाई चित्त नुबझेपछि नेपाली कांग्रेसका कर्णाली प्रदेशसभाका नेता जीवनराम शाहीसहितको टोली अनुगमन गर्न पुग्यो। उनीहरुले अतिक्रमण भएको निष्कर्ष निकाले।

नोभेम्बर २ मा दी टेलिग्राफले एक्सक्लुसिभ रिपोर्ट भन्दै चिनियाँ सेना नेपाली भूमिमा प्रवेश गरी नेपालको भूमि अतिक्रमण गरेको रिपोर्ट प्रकाशित गर्‍यो। अज्ञात स्रोतलाई उदृत गर्दै प्रकाशित रिपोर्टमा नेपालको लिमी र हिल्सा पिल्लर सारेको र सैन्य बेस क्याम निर्माण गरेको उल्लेख छ।

त्यसको भोलिपल्ट नोभेम्बर ३ मा चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ विनविनले रिपोर्ट आधारहिन भएको दाबी गरे।

रिपोर्टमा चीनले १५० हेक्टर नेपाली भूमि हडपेको उल्लेख छ। यसअघघि पनि गोरखा, रसुवा, सिन्धुपाल्चोक र संखुवासभामा पनि नेपाली भूमि हडेपेको दाबी गरिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले टेलिग्राफसँग प्रमाण मागेको तर उनीहरु झुट भएकाले दिन नसकेको जनाए। उनले त्यति भन्दै स्रोत भेरिफाइ गरेर मात्र लेख्न सुझाब दिँदै रिपोर्ट पूर्ण रुपमा झुटो भएको घोषणा गरे। 

त्यसको सातापछि नोभेम्बर ९ (सोमवार) चिनियाँ सरकारी मुखपत्र ग्लोवल टाइम्समा हु युवेइले भूमि अतिक्रमणसम्बन्धि विवादमा चीनलाई कसरी तानियो भनेर इन्साइड स्टोरी लेखेका छन्। 

नेपाली अधिकारीहरुले  अनुगमन गरी स्पष्ट पारिसकेको अवस्थामा पनि भूमि अतिक्रमणको हल्ला फैलाउन वैदेशिक शक्ति लागि परेको उल्लेख गरेका छन्। भारत परस्त शक्ति तथा चीन विरोधी पश्चिमा मिडियाहरुले चीनलाई बदनाम गर्न खोजेको उल्लेख ग्लोवल टाइम्सले जनाएको छ।

यस हल्लालाई दुवै देशका परराष्ट्र मन्त्रालयले खारेज गरिसकेको अवस्थामा पश्चिमा मिडियाले उचालिरहेको आरोपसमेत रिपोर्टमा लगाइएको छ। त्यति मात्र होइन रिपोर्टमा भारतसँग नेपाल र चीनको सीमा विवाद रहेको अवस्थामा क्षेत्रीय अस्थायीत्व कायम गर्ने शक्ति लागि परेको रिपोर्टमा भनिएको छ।

नेपाली भूमिमा परेको भनिएको भूमि चीन स्वशासित क्षेत्र तिब्बतको पुराङ काउन्टिमा पर्ने उल्लेख छ। नेपालको परराष्ट्र मन्त्रालयले पनि नेपाली भूमि अतिक्रमण नभएको बताउँदै आएको छ।

त्यस्तै ग्लोबल टाइम्समा नोभेम्बर १० (मंगलवार) अर्को रिपोर्ट प्रकाशित भएको छ। जसमा नेपाली कांग्रेससहित पश्चिमा शक्तिहरु यसमा लागेको उल्लेख छ।

'भारत परस्त नेपाली राजनीतिक दल नेपाली कांग्रेस नै यस हल्लाको पछाडिको प्रमुख संगठन हो,' रिपोर्टमा भनिएको छ। कर्णाली प्रदेशका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य तथा पूर्व नागरिक उड्यनमन्त्री जीवनबहादुर शाहीले चीनमाथि आक्षेप लगाउन सुरु गरेको र उनी अमेरिकामा एभिएसन स्कुलमा अध्ययन गरेकोसमेत रिपोर्टमा भनिएको छ।

उनलाई अमेरिकाको पक्षमा भारतको दिशा समातेर चीनमाथि आरोप लगाउने गरेको उल्लेख छ।

शाही नेतृत्वको टोली हुम्लामा अतिक्रमण भएको भनिएको स्थानको स्थलगत अध्ययनका लागि गएको थियो। त्यसैलाई आधार मानी भारतीय तथा पश्चिममा मिडियाहरुले चीन नेपालको सीमा विवादको हल्ला फैलाइएको रिपोर्टमा उल्लेख छ।

त्यस्तै रिपोर्टमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको भातृ संगठन हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष भन्दै कर्चन लामालाई उदृत गर्दै कांग्रेस नेता शाहीले सीमावर्ती गाउँमा तिब्बत विखण्डनकारीको झण्डा फैलाइरहेको आरोप समेत लगाएको छ।

भारत नेपालमा आफ्नो नियन्त्रण गुमाउँदै गएको अवस्थामा यस्ता हल्लाहरु फैलाउँदै गएको उल्लेख छ।    

हुम्लामा सीमा विवादबारे थप कभरेज:

हुम्ला सीमा विवाद : लिमीको चार हजार मिटर उचाईमा सशस्त्रको बीओपी स्थापना हुँदै

हुम्लाको सीमा क्षेत्रमा काँग्रेसको टोलीमाथि चीनतिरबाट आश्रुग्यास प्रहार!

हुम्ला सीमा विवाद: स्थलगत अध्ययन गरेर फर्कियो सिडिओको टोली, चिनियाँले भवन बनाएको भूमि नेपालमा पर्छ कि चीनमा?

हुम्ला सीमा विवाद : सांसदको नेतृत्वमा नेकपा र कांग्रेसको छुट्टाछुट्टै टोली स्थलगत अध्ययनमा

कांग्रेस संसदीय टोलीको निष्कर्ष : हुम्लामा भूमि मिचिएकै हो, अध्ययन प्रतिवेदन आज सार्वजनिक गरिने

नक्सा अनुसार भूमि चीनकै रहेछ, हुम्ला च्याप्टर क्लोज भयो : नाम्खा गाउँपालिका अध्यक्ष

सिंहदरबारमा बसेर सीमाको जग्गा यसैको हो भन्न मिल्दैन : हुम्लाका सांसद रंगमती शाही

'लाप्चामा पहिले सडक बनाउन दिने, अहिले भवन बनाएर चीनले दाबी गर्ने?' सर्वदलीय बैठकले माग्यो केन्द्रीय नापी टोली, यसो भन्छन् सीमाविद्

सशस्त्र र आर्मीले हुम्लामा यसरी फेला पार्‍यो हराएको पिल्लर, स्थलगत अध्ययन प्रतिवेदनमा के छ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell