PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रचण्डले 'कू' गरेर सत्ता कब्जा गर्न खोजेको ओलीको आरोप, 'यो ‘कू’ को कुरा हो, फाटोतर्फको यात्राको ‘प्रस्ताव’ पनि हो'



प्रकाश भण्डारी

प्रचण्डले 'कू' गरेर सत्ता कब्जा गर्न खोजेको ओलीको आरोप, 'यो ‘कू’ को कुरा हो, फाटोतर्फको यात्राको ‘प्रस्ताव’ पनि हो'
फोटो : PMO

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सत्तापलट गर्न खोजेको आरोप लगाएका छन्।

मंसिर १३ गते उनले ५३ बुँदे प्रतिवेदन प्रचण्डको काउन्टरमा प्रस्तुत गरेकै दिन यस्तो बताएका हुन्। उक्त दिन ओलीले राखेको धारणा आज उनको सचिवालयले सार्वजनिक गरेको हो।

प्रचण्डले १९ बुँदे प्रस्ताव राखेपछि रुष्ट बनेका ओलीले आफूविरुद्ध आएको प्रस्ताव खारेजसमेत गरेको बताएका थिए। उनले यो शैलीले एकताको बाटो छाड्न खोजेको हो कि भनी प्रश्नसमेत प्रचण्डलाई गरेका छन्। भनेका छन्, ''बीचमा हतार किन गर्ने र? ‘कू’ को शैलीमा एकता–एकीकरणको बाटो छाडेर सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने? के यी कामहरूले हामीलाई एकताको बिन्दुमा पुर्‍याउँछन्?'

त्यसैगरी उनले बहुमत अल्पतको खेल खेलेर एङ्कता भाँड्ने प्रयासमेत गरेको आरोप लगाएका छन्। उनको धारणामा भनिएको छ, 'चैत २५ देखि ३० सम्म महाधिवेशन गरौं भनेर हामीले भनेका छौं, गछौं भनेका छौं र महाधिवेशन गरौं। लोकप्रियता त्यहाँ प्रकट हुन्छ नि! बहुमत को हो? अल्पमत को हो? त्यो गरे भइगो। तर, यसबीचमा जसरी एकता भाड्ने खालका प्रयासहरू भए, एकताका लागि गरिएको संगठनात्मक र संख्यात्मक प्रबन्धलाई लत्याएर ‘कू’ का प्रयासहरूको निम्ति दुरूपयोग गर्ने र एकता बिथोल्ने खालका अबाञ्छित प्रयासहरू भएका छन्।'

यस्ता प्रयासलाई उनले अवाञ्छित प्रयासको संज्ञासमेत दिएका छन्।  'यी अवाञ्छित प्रयासहरू कुनै पनि स्थितिमा सह्य र ग्राह्य हुँदैनन्। म फेरि पनि कमरेडहरूलाई स्पष्ट पार्न चाहन्छु, यी कुनै पनि हिसाबले सह्य, ग्राह्य र मान्य हुँदैनन्।'

ओलीको सार्वजनिक धारणामा उक्त दिन तीन पटक 'कू' प्रयोग गरिएको थियो।

लोकप्रियताको कुरा चुनावमा जाँचिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुचित तवरले सत्ता कब्जा गर्न खोजेको आरोपसमेत प्रचण्ड पक्षलाई लगाएका छन्। 'लोकप्रियताको पनि बहुतै कुरा चल्यो। ठीकै छ, भोलि चुनावहरू पनि आउँछन्, जनता र कार्यकर्ताले जाँचून हाम्रो लोकप्रियता, के भएको छ र? हेरौं। जाँचौंला। महाधिवेशनहरू, अधिवेशनहरू हुन्छन्, जाँचौंला। ठीक छ नि! बीचमा हतार किन गर्ने र? ‘कू’ को शैलीमा एकता–एकीकरणको बाटो छाडेर सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने? के यी कामहरूले हामीलाई एकताको बिन्दुमा पुर्‍याउँछन्?' उनले भनेका छन्।

पार्टी एकीकरणका बेला भएका सहमतिलाई सम्झना गराउँदै ओलीले यस्तो अवस्थामा बहुमत र अल्पमतको कुरा हुनै नसक्ने उल्लेख गरे। उनले प्रचण्डको प्रस्तावलाई पुन अस्वीकार गर्दै एकतातर्फ जानसमेत आग्रह गरेको सार्वजनिक मन्तव्यमा उल्लेख गरिएको छ। 'त्यसकारण फाटोतर्फको यात्राको ‘प्रस्ताव’ लाई अस्वीकार गर्दै म अझै पनि एकतातर्फ जाऔं भन्ने आग्रह साथीहरूलाई गर्न चाहन्छु। मैले भनेको छु, महाधिवेशनबाट नेतृत्वमा आई अरु साथीहरूले सञ्चालन गर्नुस्, मलाई इच्छा छैन र रहर छैन,' उनले भनेका छन्।

कातिक २८ मा प्रचण्डले ओलीमाथि आरोप लगाउँदै १९ बुँदे प्रस्ताव पेश गरेपछि ओलीले पनि मंसिर १३ को बैठकमा काउन्टर जवाफ प्रस्तुत गरेका हुन्।

यता प्रचण्डले भने सरकारलाई सच्चिन, सरकार र पार्टीबीच समन्वय गराउन आफूले सचिवालयमा प्रस्ताव प्रस्तुत गरेको स्पस्टीकरण दिए। तर ओलीलाई आलोचनाले नछोएको प्रचण्डको भनाई थियो।

'कहिलेकाहीँ मैले तपाईंलाई आलोचना गर्दा त्यसले छुँदै छोएन भने चिमोट्न र अलिकति घोच्न पर्ने हुन्छ। मेरो दृष्टिमा मैले तपाईंलाई यही घोच्न खोजेको पक्कै हो। तर अहिले सिध्याएकै हो भन्ने अर्थ तपाईंले लगाउनुभयो। र,अब सिद्धिसक्यो भनेजस्तो गर्नुभयो भने त्योचाहिँ फेरि सत्य हुँदैन,' ओलीको आलोचना गर्दै मंसिर १३ गते भनेका थिए।

अध्यक्षबीचको सहमतिमा अघि बढ्नुपर्ने ओलीको अडान, प्रचण्ड-नेपाल पक्ष भन्छ : बहुमतबाटै निकास

ओलीसँग कुनै सम्झौता नगर्ने प्रचण्डको अडान, प्रचण्ड पक्ष गलाउने ओली रणनीति यस्तो

बालुवाटारमा ओलीलाई प्रचण्डको जवाफ : चिमोटेको पक्कै हो तर सिध्याएको होइन

दुई अध्यक्षको पत्र दोहोरीमा वामदेव खुसी, व्यवस्थापन गर्न सिक्नुपर्ने भन्दै महासचिव पौडेललाई यस्तो पाठ

प्रचण्डलाई ओलीका आरोपै आरोप, ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छुको अर्थ के हो’?

ओलीले प्रचण्डलक्षित जवाफमा सम्झिएका 'एक्टर': माधव र उपेन्द्रसँग नरम, विमलेन्द्र र अयोधी यादवप्रति कटाक्ष

प्रचण्डमाथि ओलीका काउन्टर प्रश्नको वर्षा : महाधिवेशनबाट प्रतिस्पर्धा गर्न तयार हो?

प्रचण्डलाई ओलीको 'काउन्टर अट्याक', पढ्नुस् पूर्ण पाठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell