PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

यस्तो देखियो प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

यस्तो देखियो प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको शक्ति प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ। पुस ५ गते प्रधानमन्त्री केपी ‌ओलीले चालेको कदमविरुद्ध देशभरका १६५ निर्वाचन क्षेत्रमा काँग्रेसले प्रदर्शन गरेको हो।

सोही क्रममा भक्तपुरमा पनि काँग्रेसका नेता तथा कार्यकर्ताहरु सडकमा ओर्लिएर शक्ति प्रदर्शन गरेका छन्। भक्तपुरको क्षेत्र नम्बर २ स्थित शंखधर चोकमा काँग्रेस सभापति शेरबहादुर देउवा सम्बोधन गर्न पुगेका थिए। विरोध सभामै सम्बोधनको क्रममा सभापति देउवाले भने प्रतिनिधि सभाको विघटनको मुद्दा सर्वोच्च अदालतमा रहेकोले यसबारे बोल्नुपर्ने कुरा नरहेको बताए।

काँग्रेस पदाधिकारीले विभिन्न स्थानमा सम्बोधन गर्दै चुनावलाई अवसरका रुपमा लिन आग्रहसमेत गरेका थिए। प्रतिनिधि सभा विघटनको विरोधमा चर्को आवाज उठाए पनि काँग्रेसका नेताहरु प्रतिनिधि सभा पुनर्स्थापनाको विषयमा भने मौन रहे।

देउवाको निर्देशन : अदालतको विचारधीन केसमा हामी बोल्ने कुरा छैन
नेकपाका दुइटै समूह चुनावी तयारी लागिसके, कांग्रेस अल्मलिने कुरै छैन: नेता साउद
निर्वाचनका लागि तयार रहन काँग्रेस सहमहामन्त्री महतको निर्देशन, संसद विघटनको पक्षमा दिए अभिव्यक्ति

चुनाव अवसर हो, काँग्रेसलाई जिताउनुस् : महामन्त्री शशांक कोइराला
काँग्रेसको नेतृत्वमा संविधान जारी भएको हो, यसमाथिको प्रहार हामी सहेर बस्दैनौँ : प्रकाशमान सिंह
देशलाई अफगानिस्तान बन्नबाट जोगाउन अदालतले मात्र सक्छः काँग्रेस नेता रामचन्द्र पौडेल
राष्ट्रपति भण्डारीलाई रामवरण यादवसँग ट्युसन पढ्न विश्वप्रकाशको सुझाव, 'संसद विघटनको दोषी प्रचण्ड र माधव नेपाल पनि'
‘ओलीले राष्ट्रियसभामा पुर्‍याएर नारायणकाजीलाई हेपे, वामदेवलाई मादलको ताल बनाए’ : गगन थापा
काङ्ग्रेसले विराटनगरमा भन्यो : पुस ५ लाई कालो दिनका रूपमा मनाऔँ, सडक सङ्घर्ष जारी छ

 



ट्रेन्डिङ पोस्ट

Ncell