PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

एमाले किचलो समाधानका लागि मध्यमार्गी प्रस्ताव, ४ महिना लामो विवादको लाग्ला त टुंगो?



प्रकाश भण्डारी

एमाले किचलो समाधानका लागि मध्यमार्गी प्रस्ताव, ४ महिना लामो विवादको लाग्ला त टुंगो?

काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि मध्यमार्गी सहमतिको प्रयास थालिएको छ। प्रतिनिधि सभा विघटन  र त्यसविरुद्धको हस्ताक्षर दुवै फिर्ता लिनुपर्ने अडानबाट मध्यमार्गी सहमतिको लागि वार्ता थालिएको हो। अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र विघटनविरुद्ध सर्वोच्च अदालतमा गरिएको एमालेका २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिएका थिए भने वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनालले विघटनको निर्णय फिर्ता लिनुपर्ने माग राखेका थिए।

दुबै समूहका अडानलाई राजनीतिक निर्णय मान्दै बिचबाट सहमति जुटाउने पहल भएको हो।

एमालको सोमवारको कार्यदलको बैठकमा औपचारिक रुपमा सहमतिको खाका नबने पनि यसअघि अनौपचारिक रुपमा भएको सहमतिको मस्यौदाका बारेमा छलफल भयको थियो। नेपाल-खनाल समूहबाट कार्यदलका संयोजक रहेका एमाले उपाध्यक्ष भीम रावलले अनौपचारिक रुपमा भएका पहलबारे छलफल भएको जानकारी दिए। 'हामी विवादका विषयमा औपचारिक रुपमा प्रवेश त गरेका छैनौ तर यसअघि भएका अनौपचारिक रुपमा सहमतिका लागि भएका प्रयासबारे छलफल गरेका छौ,' उनले भने।

यस्तै, कार्यदलका सदस्य गोकर्ण विष्टले पनि सहमतिका लागि छलफल भएको बताए। उनले विभिन्न प्रस्तावमाथि छलफल भए पनि ठोस निर्णयमा नपुगेको बताए। भने,'हामीले सहमतिका लागि छलफल नगरेका होइनौ। यसअघि अनौपचारिक रुपमा भएका वार्तबारे रिपोर्टीङ गर्ने काम भएको छ।'

विवाद समाधानका लागि एमालेको दुवै समूहका दोस्रो तहका नेताहरुले सहमतिका लागि अनौपचारिक रुपमा मस्यौदा बनाएका थिए। अदालतको फैसलाअघि दुवै विषयलाई राजनीतिक निर्णय मान्दै थाती राख्नुपर्ने र फैसलापछि समान धारणा बनाउनुपर्ने सहितको सहमतिको खाका तयार भएको थियो। तर, नेता नेपालले सहमतिका लागि कार्यदलको माग गरेपछि उक्त सहमति रोकिएको हो।

ओलीले शुक्रवार र शनिवार एमालेको केन्द्रीय कमिटी बैठक गरेर नेपाललाई हस्ताक्षर फिर्ताका लागि सोमावारसम्म अल्टिमेटम दिएका थिए। ओलीको उक्त कदमले सहमतिको वातावरण भाँडिएको थियो। ओली आफैले नेपाल निकट नेता रावललाइ आइतवार बालुवाटार बोलाएर छलफल गरेपछि एमालेको कार्यदल डेढ महिनापछि फेरि सक्रिय भएको छ। जेठ २ गते गठन भएको कार्यदलको बैठक जेठ ७ पछि बस्न नसकेकोमा सोमवार सिंहदरबारमा बसेको थियो।

उक्त बैठकले सहमतिका लागि सकारात्मक वातावरण निर्माण गरेको ओली समूहबाट कार्यदल संयोजक रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। उनले अनौपचारिक रुपमा भएको वार्तालाई कार्यदलले औपचारिकता दिने बताएका छन्। 'अनौपचारिक रुपमा सहमतिका लागि धेरै कामहरु भएक छन्। त्यसैलाई कार्यदलले अघि बढाउँछ। धेरैपछि कार्यदलको औपचारिक बैठक बसेको छ। यसले त अहिलेको विवाद समाधानमा महत्वपूर्ण भूमिका खेल्छ,' उनले भने

कार्यदलको मंगलवार १ बजे सिंहदरबारमा बस्ने बैठकले विवादको समाधानबारे औपचारिक रुपमा छलफल सुरु गर्ने छ। एमालेको विवाद फागुन २८ गते ओलीले नेपाल समूहका नेतालाई पदमुक्त गरेपछि सुरु भएको थियो। फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि ओलीले नेपाल समूहलाई बाइपास गरेर निर्णय गरेका थिए। ४ महिनाअघि सुरु भएको विवाद प्रतिनिधि सभा दोस्रो पटक विघटन भए पछि परिस्थिति झनै गिजोलिएको थियो।

सम्बन्धित कभरेज

ओली नसच्चिने, नेपाल नहच्किने : अब एमाले एकताको च्याप्टर क्लोज भएकै हो, के हुन्छ अल्टिमेटम नमाने?
ओलीले नेपाललाई दिन खोजेको सन्देश के? बालुवाटारको विश्लेषण, ‘माधव नेपालले नयाँ पार्टी बनाउँछन्’
४ महिनासम्म एमालेमा 'रडाको' मच्चाएर ओली किन फर्कँदै छन् जेठ २ तिर?
पाँच दलीय विपक्षी गठबन्धनको निरन्तरतामाथि प्रश्नैप्रश्न, बढी आशंका माधव नेपालमाथि
प्रधानमन्त्रीको अफर आए पनि माधव नेपालले गठबन्धनलाई धोका नदिने, ५ दलको दाबी : सेटिङ होइन संविधान अनुसार फैसला
एमाले विवादमा पनि अदालत निर्णायकः ओली-नेपाल एक हुने कि अलग, अदालतको फैसलाले लगाउला टुंगो?
माधव झलनाथ समूहका 'सफ्टलाइनर' नेतामाथि धमाधम ओलीको 'मोहनी मन्तर' : सफल भएका ३ केस
संकटमाथि ओलीको 'राज' : विपक्षीलाई तितरबितर पार्ने के छन् त अबका विकल्प?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell