PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

य:सिं ढालिएपछि सकियो इन्द्रजात्रा : अन्तिम दिनमा महिलाले ताने रथ, राष्ट्रपति र पूर्व राजा पुगे कुमारी घर

य:सिं ढालिएपछि सकियो इन्द्रजात्रा : अन्तिम दिनमा महिलाले ताने रथ, राष्ट्रपति र पूर्व राजा पुगे कुमारी घर

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : हनुमानढोकाको काल भैरव अगाडी ठड्याइएको य:सिं ढालिएसँगै काठमाडौंमा ८ दिन लामो यँया: (इन्द्रजात्रा) सकिएको छ। नानिचा:या: (बीचको टोलमा रथयात्रा) पछि आज राति १०: ३६ को साइतमा य:सिं ढालेर टेकु दोभानमा लगेर विसर्जन गरेसँगै इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न भएको हो।

य:सिं ढालेपछि त्‍यसलाई हनुमानढोकाबाट मरु, चिकंमुग:,मजिपात, ह्युमत हुँदै टेकु दोभानमा लगेर विर्सजन गरिएको थियो।

य:सिं ढाल्नु अघि जीवित देवी कुमारीसँगै जीवित कुमार देवताहरु गणेश र  भैरवको रथयात्रा गरिएको थियो। शुक्रवार महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गरेका थिए। पहिला महिलाहरुले रथ तान्ने परम्परा नभएपनि गणतन्त्र आएपछि यो परम्परा सुरु भएको हो।

कुमारी घरबाट नरदेवी, भेडासीं, किलागल, इन्द्रचोक, मखन हुँदै फेरि कुमारी घर पुगेर रथ यात्रा समापन भएको थियो। कुमारी घर बाहिर  कुमारी, गणेश र भैरवको विशेष पूजा गरिएको थियो।

रथयात्रा समापनपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरस्थित कुमारी घर गई जिवित देवी कुमारीको दर्शन गरेकी थिइन्। राष्ट्रपति वसन्तपुरबाट फर्किएपछि पूर्व राजा ज्ञानेन्द्र शाह कुमारी घर पुगेका थिए। जिवित देवी कुमारीको दर्शन गर्न उनी कुमारी घर पुगेका थिए। पूर्व राजा शाह कुमारी घर पुगेको बेला राजतन्त्र समर्थकहरुको वसन्तपुरमा भिड लागेको थियो।

सम्बन्धित समाचार : वसन्तपुर पुगेर राष्ट्रपति भण्डारीद्वारा जिवित देवी कुमारीको दर्शन

इन्द्रजात्राको अन्तिम दिन : राष्ट्रपतिपछि पूर्व राजा ज्ञानेन्द्र पुगे कुमारी घर 

गुरुज्यूको पल्टन : अंग्रेजसँग युद्ध जितेको त्यो टुकडी जो अहिले बजाउँदैछ धिमे र भुस्या

एनिमेसन गर्ने हातमा खड्ग : ९ वर्षदेखि जो दैत्य बनेर युद्ध लडिरहेछन्

श्वेत भैरवको मुखबाट प्रसाद पिउन महिलाहरुबिच प्रतिस्पर्धा

इन्द्रजात्राको रात शहर यात्रामा निस्किने दागीं र बौमतको कथा

भक्तपुरमा इन्द्रजात्रा : पुलुकिसिलाई नगर परिक्रमा गराइँदै खुवाइयो धान, सेकाइयो आगो

स्वर्ग जाने दिन! यस्तो छ इन्द्र दहसँग इन्द्रजात्राको नाता

दृश्यमा जीवित देव गणेशको पहिलो रथयात्रा

बाबुराम भट्टराईको त्यो निर्णय जसले १३ वर्ष अघि आजकै दिन रोकिएको थियो इन्द्रजात्रा

 



ट्रेन्डिङ पोस्ट

Ncell