PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बैतडीमा कांग्रेस गाउँ/नगर अधिवेशन : दशवटै पालिकामा नयाँ नेतृत्व



बैतडीमा कांग्रेस गाउँ/नगर अधिवेशन : दशवटै पालिकामा नयाँ नेतृत्व

बैतडी : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बैतडीका १० वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ। यहाँका तीन पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको हो भने सातमा निर्वाचन भएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए।    
    
दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट नगरसभापतिमा भुवनराज भट्ट निर्वाचित भएका छन्। भट्टले १०४ र उनका प्रतिद्वन्द्वी गजेन्द्रसिंह रावलले ७९ मत पाए। उपसभापतिमा सुरजबहादुर चन्द र हरिराम टमाटा, सचिवमा गणेशसिंह थापा र श्यामबहादुर चन्द सहसचिवमा उत्तमराज जोशी र राजेन्द्रप्रसाद बडू विजयी भए।    
    
पुचौडी नगरपालिकाको नगरसभापतिमा गणेशबहादुर गडाल विजयी भए। गडालले ८४ र उनका प्रतिद्वन्द्वी जनकबहादुर विष्टले ५७ मत पाए। उपसभापतिमा ईश्वरदत्त भट्ट र वीरबहादुर महरा, सचिवमा राजप्रसाद जोशी र रितेशबहादुर बोहरा, सहसचिवमा दिलबहादुर साउद र सरोज बम विजयी भए।    
    
पाटन नगरपालिकाको नगरसभापतिमा मानबहादुर ऐर ९७ मत ल्याएर विजयी भए। उनका निकटतम् प्रतिद्धन्दी जयसिंह विष्टले ६८ मत प्राप्त गरे। उपसभापतिमा रमेश महरा र कृष्णबहादुर कुँवर, सचिवमा लवदेव जोशी र जगदीशसिंह विष्ट, सहसचिवमा कैलाशचन्द र कृष्णा पन्त विजयी भए।    
    
मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट ४९ मत ल्याएर विजयी भए। निकटतम् प्रतिद्धन्दी नरेस विष्टले ४६ मत पाउँदा अर्का प्रत्यासी लोकराज भट्टले ३८ मत प्राप्त गरे। यस्तै उपसभापतिमा भरतसिंह पुजारा र राजबहादुर चन्द, सचिवमा सुरेन्द्रप्रसाद भट्ट र अशोकसिंह विष्ट सहसचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोखरेल निर्वाचित भए।    
    
सिगास गाउँपालिकामा कर्णबहादुर ऐर ७४ मतसहित सभापतिमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी रामबहादुर धामीले ६७ मत पाए। उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद, सचिवमा टेकबहादुर चन्द र भानसिंह धामी, सहसचिवमा प्रकाश जोशी र गोविन्द अवस्थी विजयी भए।    
    
दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट ५३ मतसहित विजयी भए। उनका प्रतिद्वन्दी चन्द्रदेव भट्टले ५१ मत प्राप्त गरे। उपसभापतिमा आनसिंह विष्ट र कलकुते कार्की, सचिवमा दानबहादुर विष्ट र कर्कराज जोशी, सहसचिवमा जीतेन्द्र कार्की र सुशीला विष्ट विजयी भए।    
    
डिलाशैनी गाउँपालिकाको सभापतिमा ५५ मतसहित जयानन्द जोशी(जयराज) निर्वाचित भए। प्रतिद्वन्द्वी कृष्णकुमार धामीले ४७ मत ल्याए। उपसभापतिमा रामनाथ, शङ्कर विष्ट, सचिवमा मदननाथ, शङ्करदत्त पन्त, सहसचिवमा विक्रम कार्की, दिलानाथ विजयी भए। सुर्नया, डिलाशैनी र शिवनाथ गाउँपालिकामा भने सर्वसम्मतिबाट नेतृत्व चयन गरिएको छ।    
    
सुर्नया गाउँपालिकाको सभापतिमा प्रतापसिंह महरा, उपसभापतिमा करवीरसिंह ऐर र राजेन्द्र लुहार, सचिवमा सुन्दरसिंह विष्ट र उत्तमबहादुर चन्द, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा चयन भएका छन्।    
     
पञ्चेश्वर गाउँपालिकाको सभापतिमा रामबहादुर चन्द,उपसभापतिमा जमनसिंह साउद र धीरानबहादुर चन्द, सचिव गजेन्द्रबहादुर चन्द र टङ्कप्रसाद तिवारी, सहसचिव वीरेन्द्र सिहं भण्डारी र वीरबहादुर चन्दलाई चयन गरिएको छ। शिवनाथ गाउँपालिकाको सभापतिमा हीराचन्द, उपसभापतिमा जयसिंह साउद र लालसिंह साउद, सचिवमा केशवदत्त कलौनी, गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर, लक्ष्मणदत्त पन्त चयन भए। यहाँका सबै पालिकाका सदस्य भने सर्वसम्मतिबाट चुनिएका जिल्ला निर्वाचन समितिले जनाएको छ। रासस

सम्बन्धित समाचार

मकवानपुर कांग्रेसको १० वटै तहको गाउँ/नगर अधिवेशन सम्पन्न, कहाँ को चुनिए?

कांग्रेस पालिका अधिवेशन : रुपन्देहीका १६ वटै स्थानीय तहले पाए नयाँ नेतृत्व

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन, कुन तहमा कसको नेतृत्व?

कांग्रेस सिन्धुलीका ९ वटै स्थानीय तहको अधिवेशन सम्पन्न : ७ मा सर्वसम्मत, दुईमा निर्वाचन

डोटी कांग्रेसको गाँउ/नगर अधिवेशन सम्पन्न, नेतृत्वमा को - को?

नुवाकोट कांग्रेसको गाउँ/नगर अधिवेशन सम्पन्न : कुन तहको नेतृत्वमा को?

झापा कांग्रेसको १५ पालिकामा नेतृत्व चयन, कमलमा बराबर मत खसेपछि आधाआधा कार्यकाल

कांग्रेस गाउँ/नगर अधिवेशन : म्याग्दी र मुस्ताङमा नेतृत्व चयन

भक्तपुर कांग्रेसको चारवटै नगरमा देउवा क्याम्पको वर्चश्व

ताप्लेजुङका सबै पालिकामा कांग्रेसको नेतृत्व चयन

बैतडीमा कांग्रेस गाउँ/नगर अधिवेशन : दशवटै पालिकामा नयाँ नेतृत्व
कांग्रेस पाँचथरमा स्थानीय नेतृत्व : अधिकांश युवा र जनप्रतिनिधि
बाग्लुङमा कांग्रेस पालिका अधिवेशन : नेतृत्वमा महिला शून्य



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell