PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

मिनि संसदमा ‘एसपीपी’माथि बहस : प्रधान सेनापतिलाई राखेर कारवाही गरेको जस्तो भयो, सुशिल कोइरालाले ‘गो अहेड’ भनेका थिए



पहिलोपोस्ट

मिनि संसदमा ‘एसपीपी’माथि बहस : प्रधान सेनापतिलाई राखेर कारवाही गरेको जस्तो भयो, सुशिल कोइरालाले ‘गो अहेड’ भनेका थिए

काठमाडौं : संसदको अन्तरार्ष्ट्रिय सम्बन्ध समितिमा आज अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे छलफल भयो। समितिले छलफलका लागि आज परराष्ट्र मन्त्री नारायण खड्का र प्रधान सेनपति प्रभुराम शर्मालाई बोलाएको थियो। छलफलका क्रममा खड्काले एसपीपीको विवाद अन्त्य भइसकेको बताएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्झौता नहुने भनेर प्रष्ट पारिसकेको उनले बताएका छन्। यस्तै, प्रधान सेनापति शर्माले आफूहरु यस्तो कुनै पनि सम्झौताको पक्षमा नरहेको जवाफ दिएका थिए।

छलफलका क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र एसपीपी जल्दोबल्दो विषय भएको उल्लेख गर्दै नेपालले यो विषयमा आफू नै ‘कन्फ्युज’मा परेको बताएका थिए। नेकपा एमालेका सांसद भीम रावले एसपीपी विवादबारे छानबिन समिति गठनको माग गरेका थिए।

समिति सभापति पवित्रा निरौलाले एसपीपी गम्भीर विषय भएको बताएकी थिइन्। प्रधानसेनापतिलाई बोलाएको बारे प्रश्न उठेपछि उनले आफूहरुले शर्मालाई कारवाहीका लागि नबोलाएको उनले स्पष्ट पारेकी थिइन्। उनले आधिकारिक धारणा माग्न मात्र प्रधानसेनापतिलाई बोलाएको बताएकी थिइन्। उनले असर ७ गते प्रधानमन्त्री देउवालाई समितिमा बोलाएको समेत जानकारी दिइन्। तर, देउवा भने अमेरिका भ्रमणको टुंगो नलागेकोले नआउने बताइएको छ।

‘परराष्ट्र नीति पार्टीको नीति होइन,’ उनले भनिन्, ‘ मन्त्रीबाट एसपिपिबारे प्रष्ट ढंगले संसदमा कुरा आएको थिएन। एउटा समिति बनाएर जाने हो को भन्ने कुरा छ। भ्रमणमा के हुन लागेको हो समितिले जानकारी पाए राम्रो।’

समितिको अर्को बैठक असार ५ गते बोलाइएको उनले जानकारी दिइन्। सुरुमा ७ गते प्रधानमन्त्रीलाई बोलाउने भनिए पनि उनी नआउने भएपछि ५ गतेलाई बैठक बोलाइएको हो।

आजको छलफलका क्रममा सांसदहरुले एसपीपी सम्झौता कसको पालामा सुरु भएको भनेर प्रश्न गरेका थिए। साथै, प्रधानमन्त्री र प्रधान सेनापतिको अमेरिका भ्रमणबारे पनि सवाल उठाएका थिए। उनीहरुले छानबिन समितिको माग पनि उठाएका थिए।

कसले के भने ?

इश्वर पोखरेल : समिति बन्नुपर्छ। यस्तो हो नि भनेर छडके कुरा गरिरहनु नै पर्दैन। त्यसबेला म रक्षा मन्त्री थिइन, जानकारी होस्। जंगी अड्डाबाट एसपीपीबारे जिज्ञासा राखेपछि त्यतिबेला सुशिल कोइरालाले नै सम्हालेको थियो र त्यसबेला गो अहेड भनिएको छ।

प्रकाशमान सिंह : संसदमा बोलेको कुराको प्रमाणिकरण छ छैन भन्ने कुरामा प्रश्न उठाउनु कति उचित होल? माधवकुमार नेपालले क्लियर पार्नुभएको छ, नेपालविरुद्ध कुनै सहमति हुदैन भन्नुभएको छ। चुनावमा जाँदाखेरि नै परराष्ट्र नीति परिवर्तन भएको छैन भने राष्ट्रविरुद्ध जान्छ भन्नु ठिक छैन। लुकिछिपि गर्ने कुरा आउदैन। कुनै डकुमेन्टमा शंका राख्ने काम गर्नु हुन्न।

संकटका बेलामा सरकारले आफ्नो क्षमता बढाउन सहयोग लिनुपर्‍यो। त्यो न्याचुरल प्रोसेस हो। सरकारले पनि आधिकारिक रुपमा संसदमा बोलिसकेपछि शंका गर्नेलाई त ठाँउ छ।

सुजाता कोइराला : चीन र अरु देश पनि आउँछन्। भारत र अमेरिकाको कुराले हल्लाखल्ला हुन थाल्यो। सेनापतिलाई राखेर कारवाही गरेजस्तो भयो। अन्तर्राष्ट्रिय रुपमा पनि राम्रो भएन सेनापतिलाई। के हाम्रो काम छैन, यसैमा छलफल गरिराख्ने? देशको हितलाई प्राथमिकता दिनु पर्छ त्यो कुरा हो। सानो सोच राखेर एक्सपोजर नभएको देश भएर बसिराख्ने?

नेपालमा अमेरिकी सेना आएर मात्र तालिम गर्ने होइन। चीनको पनि त आउँछ, हाम्रो सेना पनि जान्छ। युक्रेन बनाइदिन्छ भनेर किन डराउने? किन हाम्रो कन्फिडेन्स छैन?

लिलादेवी सिटौला : यहाँ भन्दा दैविक प्रकोपका बेला सहयोगका लागि पत्राचार गरेको कुरा छ। सहयोग र सहभागी भन्ने कुरा फरक हो। राष्ट्रको कुरा बलियो नबनाउने अहिले अमेरिकाको बारेमा खैलाबैला गर्ने। सबै हाम्रै देशका हुन तर किन पत्र लेख्नु भो? लिखत एउटा एउटा कुरा अर्को नगरौं। गल्ति सच्याउन सकिन्छ।

सरला देवि यादव : १० बुँदे सहमति आएको छ त्यसले शंका उब्जाको छ। एमसीसीका बेला ब्याख्यात्मक टिप्पणी गरेको थियो अहिले एसपीपी आयो। सेनापति र प्रधानमन्त्री अमेरिका जाँदै हुनुहुन्छ यसले शंका उब्जाएको छ। प्रधानमन्त्रीले पनि क्लियर गर्नु पर्छ। ७२ सालमा भूकम्पका बेला प्रधानमन्त्री को थियो त्यो क्लियर हुनुपर्छ।

मोहन बानिया : परराष्ट्र नीतिमा खुकुलो पन आयो भने क्षति हुन्छ। सरकारका सबै अंग गम्भीर हुन जरुरी छ। भारत चीनसँगको सम्बन्ध फरक हुनसक्छ अरु देशसँगको सोलोडोलो हुनुपर्छ। यसमा जेरि हालेजस्तो होइन एस वा नो हुनुपर्छ। एसपीपी खतरनाक विषय छ यो मुलुकको लागि। सैनिकले पनि ख्याल गर्नुपर्छ।

आज युक्रेन र रसियाको अवस्था के छ? सियो बनेर छिर्छ र मुसो बनेर निस्कन्छ साम्राज्यवादीहरु। आइपिएसका बारेमा भुलभुलैयामा राख्न खोजिएको छ। यसबारेमा छलफल गर्न जरुरी छ कि छैन? यो ख्याल ख्यालको विषय होइन। सन्धी सम्झौता गर्दा सिंहदरवारको टुप्पोमा गर्ने कुरा होइन राजनीतिक दलसँफग व्यापक छलफल गरिनु पर्छ। यो बेलामा प्रधानमन्त्रीको भारत भ्रमण उपयुक्त होइन। यो फुलि लगाएको बरु जावस।

राम कार्की : हामीले पत्राचार गरेका छौ कि छैन त्यो महत्वपूर्ण कुरा हो। हामीले संस्था बलियो बनाउन पर्छ। मेरो अनुरोध के छ भने दक्षिण एसियालाई लिएर मूल्यांकन गर्नुपर्‍यो। पहिला स्पष्ट रुपमा दुईवटा ध्रुव बन्दै छ। हामीलाई कुनै पनि ध्रुवमा जान जरुरी छैन। हाम्रो तटस्थतालाई कसरि बचाउ गर्छौ। डिल सबैसँग गर्नुपर्छ। हामीले हाम्रो एकतालाई जोगिने गरि काम गर्नुपर्छ। विज्ञको टिम बनाएर अहिलेको स्थिति के भन्ने अध्ययन होस्।

नारदमुनी राना : यो विषयलाई ढाकछोप गरेर ढाकछोप हुने कुरा होइन। कसको पालमा आयो, कुन ग्राउन्डमा आयो?

भदौ २४ गते, २०७२ मा यसको उठान भएको छ। नेपाल अनुशासनमा अन्त्यत कमजोर भएको मुलुक हो। सेनाले पनि गुमाएको छ। के नेपालाई अब भूराजनीतित द्वन्द्वमा लग्न लागेका हौं? परराष्ट्र मन्त्रीलाई सोध्न चाहन्छु हतार हतार किन रसिया र युक्रेन युद्धका बारेमा किन पक्ष विपक्षमा बोलेको? अझै गहिरिएर जाने हो भने भीम रावलले भनेजस्तै छानविन समिति चाहियो। हामी मञ्चबाट परराष्ट्र मन्त्रालयलाई ध्यानकर्षण गर्न चाहन्छु। स्वतन्त्र परराष्ट्र नीति अपनाएर जानुपर्छ। एसपीपीलाई टार्गेट गरेर प्रधानमन्त्रीको भ्रमण हो भने भने भ्रमण रोकिन पर्छ।

रेनुका गुरुङ : सेनाप्रति शंका गर्ने कुरा छैन। यहाँको परराष्ट्र मामिलामा परराष्ट्र मन्त्राल किन अनविज्ञ हो? नेपालको परराष्ट्र नीति नै सुरक्षा कवच हो। प्रधानमन्त्रीको भ्रमण किन हुन लागेको हो जानकारी चाहियो।

सुजिता शाक्य : यो कुन सरकारले गर्‍यो भन्ने कुरा किन बाँकी राख्ने। भ्रुण कसको पालामा भयो भन्ने कुरा महत्वपूर्ण होला। हिजोको पत्रले जुन कुरा ल्याएको छ त्यसको चिरफार गर्नुपर्छ। समिति बनाएर अघि बढनु पर्छ। यो शंका त्यतिकै आएको हो। हो, होइन भन्ने कुरा हिजो देखिनै भयो, तर राष्ट्रघातका कुरा आएको छ। एमसीसीको स्याडोमा एसपीपी कुरा आयो।

पुष्पा कुमारी कर्ण कायस्था : भ्रमण नेपालको हितमा हुन्छ भन्ने मान्यता राखेका छौं। अमेरिकाको रिपोर्ट जो भीम रावलले राख्नु भएको छ त्यो आपत्तिजनक छ। के भूकम्पका बेला अमेरिकाले मात्रै सहयोग गरेको थियो? कि अरु देशले पनि गरेका थिए?

पढ्नुस : एसपीपी च्याप्टर इन्ड भइसक्यो, प्रधानमन्त्रीले हुँदैन भनेपछि सकियो : परराष्ट्रमन्त्री खड्का

एसपीपीबारे प्रधान सेनापति शर्माको जवाफ : सेनाको लागि पनि यो मान्य छैन र यो आएको पनि छैन

एसपीपीबारे छलफलमा प्रदीप ज्ञवालीले उठाए बीआरआइको विषय, 'बीआरआइबारे सरकारको धारणा के हो?'

एसपीपी प्रकरण : छानबिन समिति गठन गर्न भीम रावलको माग

एसपीपीबारे माधव नेपालको प्रश्न : कुन सरकारको पालामा भएको हो, म नै 'कन्फ्युज'मा परें?

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई रोक्नुहुन्न : पुष्पा भुसाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell