काठमाडौं : ‘क्रिसमस इभ’लाई लक्षित गरेर प्रहरीले राजधानीमा सुरक्षा चेक कडा बनाउने जनाएको छ। रातिको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्ने र झै झगडा हुने अनुमानसहित प्रहरीले जाँच कडा बनाउनको जानकारी गराएको छ। काठमाडौंको ठमेल, दरबारमार्ग, न्युरोड लगायत स्थानमा गरी दुई हजार प्रहरी परिचालन हुने प्रहरीले जनाएको छ।
काठमाडौँ : नेपाल विद्यार्थी संघका नेताहरुले कांग्रेस निर्माणका लागि बलियो नेविसंघको आवश्यकता रहेको भन्दै नेपाली सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। नेपाल विद्यार्थी संघका उपाध्यक्ष उर्मिला थपलियाको नेतृत्वमा बालुवाटार गएको टोलीले आज सभापति देउवालाई भेटेर वर्तमान नेतृत्वले विधिविधानविपरीत काम गरेको भन्दै ध्यानाकर्षण गराएको हो। नेविसंघमा विवाद रहेको ११ जिल्लाको अधिवेशन अहिलेसम्म नगरेको, निर्वाचन हारेका व्यक्तिलाई मनोनित गरेको, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा…
चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताएका छन्। उद्योग संघ चितवनले आइतबार जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले भनेर पनि गर्न नपाइने स्थिति अब नरहने बताए। उनले भने, “अब बन्ने सरकारले भनेपछि त्यो लागू हुन्छ।” स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक आफ्नै नाममा आयोजना गरेको राखेप च्याम्पियनसिप–२०७४ को राष्ट्रपति विद्यादेवी भण्डारीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आइतबार विधिवत् उद्घाटन गरेकी छिन्। राष्ट्रपति भण्डारीले ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक विजेता पूर्व धावक जितबहादुर केसीलाई ओलम्पिक टर्च र दुई बाल खेलाडीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी उद्घाटन गरिन्। टर्च हस्तान्तरण लगत्तै केसीले उद्घाटन स्थलमै रहेको…
काठमाडौं : सर्वोच्च अदालतले पूँजीगत लाभकर विवादमा फसेको एनसेललार्इ लाभांश लैजान पाउने फैसला गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले लाभांश रोक्दा कम्पनीलार्इ अपुरणीय क्षति पुग्ने समेत देखिँदा सुविधा सन्तुलनको दृष्ट्रीबाट मुनासिफ नहुने भन्दै लाभांश लैजान दिने आदेश दिएको हो।सर्वोच्चले गत पुस ३ गतेनै एनसेलको पक्षमा अन्तरिम आदेश दिएको थियो। यो आदेशपछि एनसेलले यहाँ करिब ७२…
काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएल अन्तर्गत आज लिग चरणका दशौँ र ११औँ खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू इन्टरनेशनल मैदान हुने पहिलो खेलमा दुई अपराजित टिम विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्स भिड्नेछन्। पारस खड्काको कप्तानीमा रहेको विराटनगरले लगतार तीन खेल जित्दै प्लेअफमा स्थान बनाइसकेको छ। विराटनगरले ललितपुर प्याट्रिओट्स, पोखरा राइनोज र चितवन टाइगर्सलाई पराजित गरिसकेको छ। यता भैरहवाले पनि लगातार दुई…
प्रिमियर लिग अन्तर्गत गएराती भएको एक मात्र खेलमा आर्सनल र लिभरपुलले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। घरेलु मैदान एमिरेट्स स्टेडियममा २ गोलले पछि परेको अवस्थामा आर्सनलले ५ मिनेटको अन्तरमा तिन गोल गरेको थियो तर पनि जित हात पार्न सकेन। लिरपुलका लागि रोवर्टो फिर्मिनो बराबरी गोल फर्काए। त्यसअघि फिलिप काउटिन्होले २६औँ र मोहम्मद सलाहले ५२ मिनेटमा गोल गर्लै लिभरपुललाई…
स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा एथ्लेटिको मड्रिड स्पानयोलसँग १-० ले पराजित भएकव छ। निर्धारित समयभन्दा दुई मिनेट अघि गोल खाएपछि एथ्लेटिकोले सिजनको पहिलो हार बेहोरेको हो। स्यानयोललाई घरेलु मैदान ३ अंक दिलाउन ८८औँ मिनेटमा सर्जिओ गार्सियाले निर्णायक गोल गरे। जितपछि १७ खेलबाट २० अंक जोडेको स्पानयोल १४औँ स्थानमा उक्लेको छ। हारका बावजुत १७ खेलबाट ३६ अंक जोडेको एथ्लेटिको…
धनराज गुरुङ - प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसारको जनमत पाएन। आशातीत जनमत आफ्नो पक्षमा आएन भनेर कांग्रेस नेतृत्व आत्तिहाल्नुपर्ने अवस्था भने छैन। निर्वाचन परिणाम कमजोर कांग्रेसको गल्तीबाटै भएको हो। गल्तीहरुबाट पाठ सिकिन्छ। कांग्रेसको लागि यो अवसर हो। इतिहासले अवसरको रुपमा दिएको छ। हार व्यहोरे पनि यसबाट पाठ सिक्नुपर्छ। अवसरका रुपमा बदल्दै अघि बढ्नुपर्छ। अहिले पार्टीलाई सुदृढ…
काठमाडौ : काठमाडौको न्युरोडमा गएराति दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। बा ८४ प ११२ नम्बरको मोटरसाइकल र बा ७६ प ५१६ नम्बरको मोटरइकल आपसमा ठोक्किँदा ललितपुर जुवागलका मिकेन मर्हजन र काठमाडौ चाल्नाखेलका सुमन अधिकारी घाइते भएका हुन्। घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ। उनीहरु खतरामुक्त रहेका अस्पतालले जनाएको छ।…
धनगढी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको मुडाबजार सडकखण्डमा आज बिहान ना ६ ख १९९० नम्बरको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा सहचालक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार सडकबाट चिप्लिएर छेउको नालीमा ठोक्किएर भएको ट्रक दुर्घटनामा चालक दाङ लमहीका हरिप्रसाद चौधरीको घटनास्थलमै मृत्यु भएको हो। सहचालक लमही नगरपालिकाकै अनिल चौधरी गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ। …
अडिस अबाबा : दक्षिण सुडानमा सरकार र बिद्रोही समूहले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्। शान्ति सम्झौतासँगै चार वर्षदेखि दक्षिण सुडानमा भइरहेको गृहयुद्ध अन्त्य हुने भएको छ। हस्ताक्षर समारोहमा सहभागी अफ्रिकी संघका अधिकारीले सन् २०१३ को डिसेम्बरदेखि सुरु भएको डरलाग्दो गृहयुद्व अन्त्य भई यसै हप्तादेखि मेलमिलाप सुरु हुने बताएका थिए। शान्ति सम्झौतामा हस्ताक्षर भएकोमा सर्वत्र स्वागत गरिएपनि सम्झौताको पूर्ण र प्रभावकारी कार्यान्वयनमा जोड…
मड्रिड : स्पेनको क्याटलोनियाका अपदस्त नेता कार्ल पुज्डेमोनले वार्ताका लागि गरेको आग्रहलाई प्रधानमन्त्री मारिआनो राखोइले अस्विकार गरेका छन्। बिहीबार भएको निर्वाचनमा कार्ल समर्थीत पृथकतावादी पार्टीले अत्याधिक बहुमत ल्याएपछि स्पेन बाहिर भेटवार्ता गर्न उनले गरेको आग्रहलाई प्रधानमन्त्रीले अस्वीकार गरेका हुन्। वार्ताका लागि पुज्डमोनले गरेको आग्रहका बारेमा पत्रकारले सोधको प्रश्नमा प्रधानमन्त्री राजोइले भने, ‘निर्वाचन जितेको मध्ये म एक जनालाई मात्रै भेट्न सक्छु। उहाँ…
जुम्ला : जुम्लाका सबै दलले ६ नम्बर प्रदेशको राजधानी कर्णालीमा नै हुनुपर्ने निष्कर्ष निकालेका छन्। नेपाल पत्रकार महासंघ र नागरिक समाज जुम्लाको संयुक्त आयोजनामा भएको छलफलमा नेपालको संविधानले प्रदेश राजधानी तोक्ने आधार पहिचान र सामथ्र्य व्यवस्था गरेको भन्दै राजधानी कर्णाली नै हुने निष्कर्ष निकालिएको हो। कार्यक्रममा पूर्वसभासद् देवीलाल थापाले पहिचान र सामथ्र्यलाई आधार मानेर १०० पूर्णाङ्कमा दुवै जिल्लाको मापन गर्दा जुम्लाले…
काठमाडौं : पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा लगातार चौथो जित हात पारेको छ। अंशुमान रथको अर्धशतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा शनिबार भएको खेलमा विराटनगरले भैरहवालाई ३५ रनले पराजित गरेको हो। विराटनगरको जितमा राथले ५७ रन बनाए भने बलिङमा अभिनास कर्णले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिए। कीर्तिपुरस्थित टीयू मैदानमा १५० रनको लक्ष्य पछ्याएको…
काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नं २९ ले आज डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भएपनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए। निर्वाचन हुनुभन्दा दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका…
काठमाडौं : विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले एक जनाको मृत्यु र ६ भन्दा बढी म्यादी प्रहरी घाइते हुनेगरी कालीकोट सदुरमुकाममा शुक्रबार भएको घटनाको छानबिन गर्न माग गरेका छन्। मन्त्री शाहीले शनिबार विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन्। साथै उनले मृतकको परिवारलाई राहत तथा घाइतेहरुको उपचारको व्यवस्था गर्नसमेत सरकारसमक्ष माग गरेका छन्। ‘यही पुस ७ गते…
भैरहवा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभातर्फको समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन्। माओवादी केन्द्रले भैरहवामा उनकाे सम्मानमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले माग्नेबितिक्कै पार्टीमा छलफल गरी सांसदको टुंगो लगाउने बताए। ‘पत्रपत्रिकामा माओवादीका समानुपातिक सांसदको लिष्ट आएको रहेछ। तर, समानुपातिक सांसदबारे कुनै निर्णय भएको छैन’ अध्यक्ष प्रचण्डले भने,‘तपाईँहरु त्यसको भ्रममा नपर्नुहोला। निर्वाचन आयोगले माग्नेबित्तिकै…
नयाँदिल्ली : भारतको राजस्थान राज्यमा भएको बस दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको दुर्घटनामा परी अन्य १८ जना घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन्। उनीहरुका अनुसार राजस्थानको प्रान्तीय राजधानी जयपुरबाट १५० किलोमिटर टाढा पर्ने सवै मधोपुर जिल्लाको दुबी भन्ने ठाँउमा नदिमा खसेर बस दुर्घटना भएको हो। बनास नदीमा खसेको बसमा ५० जना यात्रु रहेका थिए। नदीको…
गोरखा : ‘गाग्री बोकेर पानी लिन जाँदा ठ्याक्कै डेढ घण्टा लाग्थ्यो, अहिले घरघरैका धारामा पानी आयो’ गोरखा भूकम्पले घर नजिकका पानीको मुहान सुकाएपछि काकाकुलजस्तै भएको सौरपानी अर्चले गाउँकी धनीमाया पनेरुले भनिन्, ‘गाउँमा पानीको सुविधा आएपछि नयाँ घर बनाउन सजिलो भयो भने करेसाबारीमा तरकारी लगाएका छौँ।’ गोरखाको सुलीकोट गाउँपालिका–४ सौरपानी अर्चले भैलाम गाउँका ४८ वटा घरमा अहिले छेलोखेले पानी पुगेको छ। पानी समस्याले…