मनिला : फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको छ। फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको आँधीका कारण अरु कैयौ बेपत्ता भएका अधिकारीले जानकारी दिएका छन्। आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन्। उद्धारकर्मीले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेका छन्। सयौँ घरहरु ध्वस्त भएका छन् भने…
काठमाडौं : नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले अबको तीन साताभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्। शनिबार रिपोर्टर्स क्लबमा ज्ञवालीले तीन साताभित्र नयाँ सरकार गठन हुने बताए। उनले अब बन्ने सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेमा कुनै दुई मत नभएको स्पष्ट पारे । उनले भने,‘अब बन्ने सरकारको प्राथमिकता भनेको राष्ट्रियता बलियो बनाउने, सुशासन कायम गर्ने,…
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर बसपार्क नजिकको मिनिमार्केटमा शुक्रबार राति आगलागी हुँदा ११ पसल जलेर नष्ट भएका छन्। आगलागीबाट ४ करोड भन्दा बढीको क्षति भएको छ। राति ९ बजे सुरु भएको आगलागीवीरेन्द्रनगर नगरपालिकाको दमकलसहित स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।
रमेश लम्साल काठमाडौँ : हरेक वर्ष हिउँद लागेपछि नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताउँछ। यस पटक पनि प्राधिकरणलाई त्यस्तै भएको छ। गत वर्षदेखि देशव्यापी रुपमा नै विद्युत्भार कटौतीमुक्त गरिएको छ। तर त्यसलाई निरन्तरता दिन दैनिकजसो नै प्राधिकरणको उच्च नेतृत्वले पापड पेलिरहेको छ। प्राधिरकणका अनुसार हाल दैनिक विद्युत् माग एक हजार ३८५ मेगावाटको हाराहारीमा छ। केन्द्रीय प्रसारण लाइनमा…
अछाम : अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले रोपेको कालो धानको उत्पादन निकै राम्रो भएको छ। एक रोपनी खेतमा रोपेको कालो धानको उत्पादन आठ क्विन्टल भएको उनले बताए। यो वर्ष परीक्षणका लागि एक रोपनीमा कालो धान रोपेको भन्दै साउदले अब कालो धानको खेतीलाई थप बिस्तार गरिने बताए। यसलाई व्यावसायिक रूपमै अगाडि बढाउनका लागि अब १४ रोपनीमा कालो धान लगाउने सोच बनाएको उनको…
चरिकोट : स्थायी आवासका लागि तीन हजार ५६६ जना भूकम्पपीडितले मात्र सरकारले दिने तीन लाख रकमको सबै किस्ता बुझेको कोष तथा लेखा नियन्त्रक कार्यलय दोलखाले जनाएको छ। हालसम्म पहिलो किस्ता ५५ हजार ८१ र दोस्रो किस्ता १४ हजार ८०७ जनाले मात्रै बुझेका कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाका प्रमुख रमेश शिवाकोटीले बताए। तर पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाका…
काठमाडौं : कप्तान दीपेन्द्र सिंह ऐरी र प्रविण गुप्ताको अर्धशतक तथा योगेन्द्र सिंह कार्कीको ४ विकेट मद्दतमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग इपीएल मा पहिलो जित हात पारेको छ। दीपेन्द्र र प्रविण ब्याटिङमा जमेपछि चितवनले ललितपुरले दिएको १३१ रनको लक्ष्य १९.२ ओभरमा पूरा गर्दै ५ विकेटको जित हात पारेको हो। जितपछि समान ४ खेल खेलेका ललितपुर, काठमाडौं र चितवनको १…
प्रकाश सिलवाल काठमाडौँ : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको पहल सुरु भए पनि कुन वैचारिक सिद्धान्तका आधारमा एकीकृत पार्टी सञ्चालित हुने भन्नेमा खासै बहस भएको देखिँदैन। पार्टी एकताको लक्ष्यसहित चुनावी तालमेलका कारण निर्वाचनमा सफलता हासिल गरेको वाम गठबन्धनले नयाँ सरकार गठन र पार्टी एकताको गृहकार्य एकैसाथ गरिरहँदा वैचारिक विषय ठूलो विवादको विषय नबनेको देखिन्छ। माक्र्सवादी विचारको समान दर्शनमा रहेपनि…
काठमाडौं : चितवन टाइगर्सले ललितपुर प्याट्रिओट्सलाई ५ विकेटले हराउँदै पहिलो जित हात पारेपछि इपीएलको प्लेअफमा पुग्ने होड खुल्ला भएको छ। यसअघि लगातार तीन खेल हारेको चितवनको यो पहिलो जित हो। यता पहिलो खेलमा काठमाडौंलाई हराउँदै शानदार सुरुवात गरेको ललितपुरको भने यो लगातार तेस्रो हार हो। दुवै टोलीले अहिलेसमुम ४ खेल खेल्दा १ खेल मात्र जितेका छन्। यस्तै काठमाडौंले पनि ४…
पटना : विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित १५ जनालाई अदालतले भारतको चर्चित ‘चारा घोटाला’ काण्डमा दोषी भएको ठहर गरेको छ। पशुपालन विभागमा जनावारका लागि खरिद गरेको आहारामा फर्जी बिल पेश गरेको भन्दै मुख्यमन्त्री यादवसहित तीन जना पूर्वमन्त्री र कर्मचारीविरुद्ध सात विषयमा मुद्दा दर्ता गरिएको थियो। शनिबार भारतीय समयअनुसार अपरान्ह तीन बजे अदालतले मुद्दाको सुनुवाइ गरेको थियो। राँचीको सिबिआइ स्पेसल कोर्टमा भएको सुनुवाइको समयमा…
ललितपुर : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक, पुर्व राष्ट्रिय फुटबल टोलीका कप्तान राजुकाजी शाक्यलाई जावलाखेलस्थित फ्युचर स्टार्स हाई स्कुलले शनिबार सम्मान गरेको छ। विद्यालयको वार्षिक खेलकुद दिवसका अवसरमा शाक्यलाई नगद १० हजार ५ रुपैयाँ र सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो। ललितपुर महानगरपालिकाकी उपमेयर गिता सत्याल र स्कुलकी प्रिन्सिपल मञ्जु कार्की लामिछानेले संयुक्त रुपमा शाक्यलाई सम्मान गरे। विद्यालयले हरेक वर्ष…
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुसंग कुनै शासकिय स्वभाव नभएको दावी गरेका छन्। सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४औं जन्मोत्सवको अवसरमा बाँडेगाउँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफूमा कुनै कुराको दम्भ नभएको बताएका हुन्। अध्यक्ष ओलीले भने 'वास्तवमा म शासक हुने होइन सेवक हुने हो। गाई भैँसी चलाएर हुर्किएको मलाई दम्ब देखाउनु छैन। म हलिको छोरो हुँ।' कार्यक्रममा ओलीले…
काठमाडौं : नेपाली खेलाडी दिपेश धामी र शोभा गौचनको जोडी काठमाडौंमा भइरहेको योनेक्स सनराइज नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्सतर्फ शनिबार फाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको सेमिफाइनलमा दिपेश र शोभाको जोडीले मलसियाको एभेसगरन भसिगरन र दर्शनी भसिगरनको जोडीलाई २-१ को सेटमा पराजित गर्दै उपाधि यात्रा तय गरेको हो। दिपेश र शोभाले पहिलो सेट २१-१७ ले जित्दै १-० को…
काठमाडौं : अंशुमान रथको अर्धशतक तथा बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्दतमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा लगातार चौथो जित हात पारेको छ। शनिबार भएको खेलमा विराटनगरले भैरहवालाई ३५ रनले पराजित गरेको हो। विराटनगरको जितमा राथले ५७ रन बनाए भने बलिङमा अभिनास कर्णले ४ तथा बसन्त रेग्मीले ३ विकेट लिए। कीर्तिपुरस्थित टीयू मैदानमा १५० रनको लक्ष्य…
काठमाडौं : कप्तान दीपेन्द्र सिंह ऐरी र प्रविण गुप्ताको अर्धशतक तथा योगेन्द्र सिंह कार्कीको ४ विकेट मद्दतमा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग इपीएल मा पहिलो जित हात पारेको छ। दीपेन्द्र र प्रविण ब्याटिङमा जमेपछि चितवनले ललितपुरले दिएको १३१ रनको लक्ष्य १९.२ ओभरमा पूरा गर्दै ५ विकेटको जित हात पारेको हो। जितपछि समान ४ खेल खेलेका ललितपुर, काठमाडौं र चितवनको १…
स्पानिस ला लिगा अन्तर्गत बहुचर्चित एक क्लासिको मा बार्सिलोनाले रियल मड्रिडलाई उसैको मैदानमा ३-० ले पराजित गरेको छ। बार्सिलोनाका लागि लुइस सुवारेज, लियोनल मेसी र एलेक्स भिदालले गोल गरे। रियलको मैदान सान्टियागो वर्नावेउमा भएको खेलमा डानी कार्भाजलले सिधै रातो कार्ड पाएपछि रियल दोस्रो हाफमा दश खेलाडीमा झरेको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दवस्रो हाफमा दुई गोल गरेको हो।…
काठमाडौं : संरक्षकभूषण वज्राचार्य र मायांका राणाले १५औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको उपाधि जितेका छन्। शनिवार भएको यु–१८ सिंगल्स ब्वाइजमा संरक्षक र गर्ल्समा मायांका च्याम्पियन बनेका हुन्। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा संरक्षकले प्रणव खनाललाई ३–६, ६–३, ६–३ को सेटमा पराजित गरे। गर्ल्सको उपाधि भिडन्तमा मायांकाले प्रेरणा कोइरालालाई ६–२, ६–४ को सोझो सेटमा हराइन्। दुवै स्पर्धाका विजेताले…
काठमाडौं : गायिका मेलिना राईको नयाँ गीत ‘इन्द्रणीको..’ को भिडियो सार्वजनिक भएको छ। फरक दृश्यका साथ तयार पारिएको भिडियोमा निराजन प्रधान र निता ढुङ्गानाले अभिनय गरेका छन्। पछिल्लो समयकी पपुलर गायिका मेलिना राईको आफ्नै युट्युब च्यानलमार्फत भिडियो रिलिज गरिएको छ। इन्द्रेणी एल्बममा समावेश यस गीतमा दियालो सुशन माँझीको शब्द रहेको छ भने उत्तम जंग लिम्बुले संगीत भरेका छन् । फणिन्द्र…
काठमाडौं : कालीकोटमा प्रहरीको गोली प्रहारबाट मारिएका म्यादी प्रहरी विवेक ऐडिलाई शहिद घोषणा गर्न माग गर्दै कर्णालीका युवाहरुले काठमाडौंमा बिरोध प्रदर्शन गरेका छन्। कर्णालीबाट काठमाडौंमा आई विभिन्न पेशा व्यवसायमा आबद्ध युवाहरुले माइतीघरमण्डलामा हत्याको बिरोध गर्दै ऐडिलाई शहिद घोषणा गर्न माग गरेका हुन्। उनीहरुले घटनामा संलग्न प्रहरी अधिकारीमाथि कारबाहीको माग गर्दै नाराबाजीसमेत गरेका थिए। बिरोध कार्यक्रममा सहभागी कालीकोटका एमाले अध्यक्ष नेशनल शाहीले…
काठमाडौं : बृहत राष्ट्रिय खेलकुद भएको अर्को वर्ष गर्ने गरी सुरु गरिन लागेको राखेप च्याम्पियनसि भोलीबाट सुरु हुँदैछ। राष्ट्रिय खेलकुद परिषद्ले यस वर्षदेखि आयोजना गर्न लागेको राखेप च्याम्पियनसिपमा विभिन्न खेल समावेश गरी राष्ट्रिय प्रतियोगिता गर्ने तयारी गरिएको छ। च्याम्पियनसिपको औपचारिक उद्घाटन भोली आइतबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा एक समारोहबीच गर्नेछिन्। च्याम्पियनसिपमा कूल ४ हजार ८२…