बार्सिलोनाका स्टार लियोनल मेसीले युरोपको क्लबमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन्। ला लिगा अन्तर्गत रियल मड्रिड विरुद्धको एल क्लासिकोमा गोल गर्दै मेसीले वायर्न म्युनिखका लेजेण्ड गर्ड मुलरले बनाएको कीर्तिमा तोडेका हुन्। मेसीले पेनाल्टीबाट गोल गरेको उक्त खेल बार्सिलोनाले ३-० ले जितेको थियो। उक्त गोलपछि मेसीले युरोपमा एकै क्लबबाट खेल्दै ५२६ गोल गरेका छन्। मेसीले बार्सिलोनाका लागि सबै खाले प्रतियोगिता…
लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा यस सिजन लगातार १७औँ खेल जितेको छ। लिग अन्तर्गत शनिबार भएको खेलमा एएफसी बर्नमायथलाई ४-० ले पराजित गर्दै सिटीले उक्त सफलता हात पारेको हो। यस सिजन १९ खेलसम्म अपराजित रहेको सिटीले एक खेल मा भने बराबरी खेलेको थियो। सिजनको दोस्रो खेलमा एभरटनसँग बराबरी खेलेयता सिटीले लगातार १७ खेल जितेको हो। घरेलु मैदान एतिहाड स्टेडियममा…
काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएलमा आज पनि दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको प्रतियोगितामा आज पोखरा राइनोज र काठमाडौं किंग्स-११ बीच पहिलो खेल हुनेछ। दुवै टोलीले अहिलेसम्म एक-एक खेल जितेका छन्। तीन खेल खेलेको काठमाडौंले लगातार दुई खेल हारेपछि बिहीबार पहिलो जित हात पारेको थियो। यता पहिलो खेलमा चितवनलाई १० विकेटले हराएको पोखरा दोस्रो खेलमा विराटनगर वारियर्ससँग पराजित…
काठमाडौँ: निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ। आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँट, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) निर्धारण गर्नेलगायतको काम पूरा भएकाले आज नतिजा सार्वजनिक गर्ने जानकारी…
रुकुम: रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको ट्याक्टर दुर्घटना हुँदा चालक बाँफिकोट–७ का २३ वर्षीय निमे कुसारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी ट्याक्टर साहु सोही ठाउँका ३५ वर्षीय तिले खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक…
वीरगञ्ज वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा बिहानै अज्ञात समूहले एक विद्यार्थीमाथि छुरा प्रहार गरेको छ। बिहान साढे ७ बजेको समयमा ५ जनाको अज्ञात समूहले बीबीएस प्रथम वर्षका विद्यार्थी रोशन यादवमाथि छुरा प्रहार गरेको हो। यादवको छाती र हातमा छुरा प्रहार गरी ज्यान लिने प्रयास भएको विद्यार्थी फोरमका नेता निखिल बर्णवालले जानकारी दिए। वीरगञ्ज १३ राधेमाई घर भएका घाइते विद्यार्थी यादवको नारायणी…
काठमाडौँ: जारी राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए। सरकार गठन र राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशमा दलबीच मतभेद भइरहेका बेला प्रधानमन्त्रीले विवाद सुल्झाउन राजनीतिक पहल सुरु गरेका हुन्। प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचन परिणामपछि पहिलो पटक प्रधानमन्त्री देउवाले पाँच राष्ट्रिय दलका प्रमुखलाई छलफलमा…
काठमाडौ : पूर्वाराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल आगामी साता मध्य तथा सुदूरपश्चिमको भ्रमणमा जाने भएका छन्। पूर्वराजाका सहयोगी फणिन्द्रराज पाठकले पूर्वराजदम्पति निजी भ्रमणका सिलसिलामा आगामी साता मध्य तथा सुदूरपश्चिमको भ्रमणमा जान लागेका जानकारी दिएका हुन्। उनले भने,‘ एकदम निजी भ्रमण हो। कति दिनसम्म भन्ने अहिले निर्णय भइसकेको छैन।’ केही समय अघि रिफ्रेसमेन्टको लागि भन्दै पूर्वराजा सपरिवार धुलिखेल गएका थिए।
विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अविलम्ब पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन्। विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा कोइरालाले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बसाउनका लागि बैठक आवश्यक रहेको स्पष्ट पारे। अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै कोइरालाले…
काठमाडौं: शुक्रबार नेपाली फिल्म 'ब्याड ब्वाय' मात्र रिलिज भयो। सिंगल स्क्रिनका केही हलमा मात्र लागेको फिल्म प्रचार प्रसार बिनै पर्दामा उत्रिएको हो। फिल्मलाई वरुण अधिकारीले निर्देशन गरेका हुन्। फिल्ममा जेश ढुङ्गाना, मनोज थापा, हरिष दहाल, सुमित्रा श्रेष्ठ, रञ्जु सिलवाल, रोशनी घिमिरे, बिरेश दहाल, नानिकाजि ढंगोल लगायत कलाकारहरूको अभिनय रहेको छ। एक्सन प्रधान फिल्म ब्याड ब्वाइमा माधब शर्माको कथा, राजुजङ थापाको…
काठमाडौं: प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाको लागि भर्ना गरिएका म्यादी प्रहरी आजबाट बिदा भएका छन्। ५५ दिनका लागि भर्ना भएका म्यादी प्रहरी ४५ हजार रुपैयाँभन्दा बढी रकम बुझेर घर फर्किएका हुन्। कतिपय जिल्लामा औपचारिक रुपमा बिदाई भएको छ। कतिपयमा सुविधा लिएर बिदा भएका छन्। सरकारले मंसिर १० र २१ गतेको निर्वाचनका लागि देशभर ९८ हजार २६८ जना म्यादी प्रहरी भर्ना…
काठमाडौं : काठमाडौं किंग्स-११ ले एभरेष्ट प्रिमियर लिग (इपीएल)मा तेस्रो हार बेहोरेको छ। शुक्रबार भएको खेलमा काठमाडौं पौखरा राइनोजसँग ६ विकेटले पराजित भएको हो। लो स्कोरिङ खेलमा ९९ रनको सामान्य लक्ष्य पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। ४ खेल खेलिसक्कदा ३ हार बेहोरेको काठमाडौंको प्लेअफ सम्भावना कमजोर बनेको छ। ललितपुर प्याट्रिओट्स र भैरहवा ग्लाडिएटर्ससँग समान ७ विकेटले…
काठमाडौं: हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल (बले) र हरिश निरौला (कक्रोज)को फिचरिङ रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक किरण भुजेलको 'माया मैसँग लाइदेउ न' बोलको गीती भिडियोमा देखिएका हुन्। उनीहरुलाई साथ दिएका छन् मोडल रक्षा श्रेष्ठ र जुना सुन्दासले। गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ। डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा (स्माइल)को संगीत…
काठमाडौँ : निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा माओवादी केन्द्र सँगको पार्टी एकतालगायत विषयमा छलफल गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि चुनावी समीक्षा, नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँगको एकता, राष्ट्रियसभा गठनलगायत विषयमा बैठकमा छलफल गरिने एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठक उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा बस्नेछ। सचिव ज्ञवालीले…
कान्दाहार : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा रहेको एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ। विस्फोटमा परी आठ जनाको मृत्यु हुनुको साथै ठूलो सङ्ख्यामा घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएको छ। बिहीबार राति तालिवान आतङ्ककारी समूहले अपहरण गरिएको सैनिक भ्यानमा विस्फोटक पदार्थ राखी विस्फोट गराएका थिए। प्रहरीका अनुसार सुरक्षा अधिकारीका विरुद्धको आक्रमणमा तालिवान आतङ्ककारी समूहले अपहरण गरेका सैनिक सवारी साधनको…
रमेश लम्साल काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा विद्युत् उत्पादनको तयारीमा रहेका तीनवटा आयोजना समस्यामा पर्ने भएका छन्। कूल ५७ मेगावाट क्षमताका तीन आयोजना आगामी चैतसम्म सम्पन्न हुने चरणमा छन्। प्राधिकरणले प्रसारण लाइन निर्माणको काममा चासो नदेखाएको र निर्माण व्यवसायीलाई प्रभावकारीरुपमा काम लगाउन नसक्दा विद्युत् खेर जाने अवस्था आएको भन्दै उद्यमीले गुनासो गरेका छन्। झापाको…
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले दलितको राजनीतिक अधिकार सुनिश्चित नभएसम्म आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार बलियो नहुने बताएका छन्। दलित सेवा संघले आज आयोजना कार्यक्रममा अध्यक्ष शर्माले राजनीतिक अधिकारलाई पनि अन्य अधिकारलाई सँगसँगै लैजानुपर्ने बताए। उनले दलितबर्ग राज्यको उच्च ओहदामा नपुगेसम्म उनको हक अधिकार स्थापित हुन कठिन हुने बताए। नेकपा माओवादी केन्द्रका नेता विश्वभक्त दुलालले पछिल्लो समय…
धादिङ : ग्यास सिलिण्डर विस्फोट हुँदा धादिङमा एउटा घर ध्वस्त भएको छ। विस्पफोटबाट गल्छी गाउँपालिका वडा नं ५ सिर्वानीमा बाबुराम तिमल्सिनाको घर ध्वस्त भएको हो। मानिस घर बाहिर भएकाबेला विस्फोट भएकाले मानवीय क्षति नभएको तर अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको वडा अध्यक्ष प्रेम तामाङले जानकारी दिए।रासस
काठमाडौँ : सिँचाइ मन्त्री सञ्जय गौतमले राष्ट्रियसभासम्बन्धी अध्यादेश सरकारले निर्वाचन हुनुअगावै विधिसम्मत रुपमा राष्ट्रपतिसमक्ष प्रस्तुत गरेकाले त्यसलाई पारित गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लबको साक्षात्कारमा गौतमले राष्ट्रियसभाको निर्वाचनपछि मात्रै संघीय संसद्ले पूर्णता पाउने भएकाले यसलाई राष्ट्रपतिले तत्काल स्वीकृत गर्नुपर्ने बताए। मन्त्री गौतमले समानुपातिक–समावेशी सिद्धान्तका आधारमा एकल संक्रमणीय व्यवस्थाअनुसार अध्यादेश ल्याइएको भन्दै राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकाले उनको भूमिकामा टिप्पणी…
काठमाडौं : हङकङका खेलाडी बाबर हायतले एभरेष्ट प्रिमियर लिग इपीएल मा शुक्रबार लगातार चार छक्का प्रहार गरेका छन्। विराटनगर वारियर्सबाट इपीएल खेलिरहेका हायतले चितवन टाइगर्स विरुद्ध एकै ओभरमा लगातार चार छक्का र एक चौका प्रहार गरे। चितवनका कप्तान दीपेन्द्र सिंह ऐरीले बलिङ गरेको १२औँ ओभरमा हायतले सुरुवाती ४ बलमा लगातार ४ छक्का प्रहार गरेका हुन्। त्यसपछि उनले एक चौका प्रहार…