PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने

    बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने

    काठमाडौं: सरकारले आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ। आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी अवको बजेट पेश गरेका छन्। बजेटले बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने व्यवस्था उल्लेख छ। कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेटले सबै स्थानीय तहमा स्नातक गरेका कृषि प्राविधिक र…

    विस्तृतमा पढ्नुस्

  • स्थानीयतह निर्वाचनमा पार्टी एक्लै लडेको होः राप्रपा अध्यक्ष लिङ्देन

    स्थानीयतह निर्वाचनमा पार्टी एक्लै लडेको होः राप्रपा अध्यक्ष लिङ्देन

    मोरङः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताएका छन्। मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिकरुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारे। अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले)ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती…

    विस्तृतमा पढ्नुस्

  • बिहानैदेखि काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा वर्षा

    बिहानैदेखि काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा वर्षा

    काठमाडौंः देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ  र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ  र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • लोमान्थाङमा सुरु भयो 'तिजी'

    लोमान्थाङमा सुरु भयो 'तिजी'

    मुस्ताङ : मुस्ताङको लोमान्थाङमा शुक्रवारदेखि ऐतिहासिक र सांस्कृतिक महत्वको ‘तिजी’ पर्व मनाउन सुरु भएको छ। लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पदम्सम्वा रिम्पोचेको तस्बिर अङ्कित ठूलो आकारको थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालेका हुन्। दुई तले घर बराबरको उचाइ भएको थाङ्का वर्षको एक दिनमात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ। लोमान्थाङ र लोघेकर…

    विस्तृतमा पढ्नुस्

  • सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोग गोदावरी नगरपालिकाका ५ जना विरुद्ध मुद्दा

    सडक निर्माणमा भ्रष्टाचार गरेको अभियोग गोदावरी नगरपालिकाका ५ जना विरुद्ध मुद्दा

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकामा विभिन्न १३ वटा सडक परियोजना निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सम्बन्धित अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गराइएको, वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी भ्रष्टाचार गरेको पाइएको छ। आयोगले गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट विरुद्ध सात लाख…

    विस्तृतमा पढ्नुस्

  • व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको निर्देशन

    व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको निर्देशन

    चितवन : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्न निर्देशन दिएका छन्। कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा उनले जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लाग्दा पार्टी र जनतालाई घाटा हुने बताए। उनले भने, ‘२०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो स्वार्थमा लागेर सेवा सुविधातर्फ मात्रै केन्द्रित भएको गुनासो…

    विस्तृतमा पढ्नुस्

  • निजी विद्यालयलाई १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थ मन्त्रालयलाई नेशनल प्याब्सनको आग्रह

    निजी विद्यालयलाई १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थ मन्त्रालयलाई नेशनल प्याब्सनको आग्रह

    काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)ले निजी विद्यालयलाई भौगोलिक क्षेत्रहरुका आधारमा १५ प्रतिशतभन्दा बढी कर नलगाउन अर्थ मन्त्रालयसँग आग्रह गरेको छ। नेशनल प्याब्सनले आज पत्रकार सम्मेलन गरी गाउँपालिकाका निजी विद्यालयमा अधिकतम पाँच प्रतिशत, नगरपालिकामा १० प्रतिशत, महानगर र उपमहानगरमा १५ प्रतिशत कर लगाउन आग्रह गरेको हो। हाल २५ प्रतिशत कर लगाइने गरिएको छ। पत्रकार सम्मेलनमा एनप्याब्सनका…

    विस्तृतमा पढ्नुस्

  • हिमपातले मनाङमा रोकियो यार्सागुम्बा सङ्कलन

    हिमपातले मनाङमा रोकियो यार्सागुम्बा सङ्कलन

    मनाङ : औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलन रोकिएको छ। हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा सङ्कलनका लागि खर्कमा पुगेका सङ्कलक फर्किएका हुन्। हिमपातले गर्दा यार्सागुम्बा सङ्कलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताए। 'मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा सङ्कलन गर्न नसकेर बेँसीतर्फ फर्र्किएका हौँ, ठेक्कामा काम गर्न यहाँ आएका हौँ', तामाङले भने। नार्फुको हुलाबाट लेकमा…

    विस्तृतमा पढ्नुस्

  • चितवनको इच्छाकामना गाउँपालिकामा असिनाले तरकारी र मकै बाली नष्ट

    चितवनको इच्छाकामना गाउँपालिकामा असिनाले तरकारी र मकै बाली नष्ट

    मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका-२ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पुर्‍याएको छ। बुधवार आएको असिनापानीले वडा नम्बर २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पुर्‍याएको हो। बिक्री गर्ने बेला भएको तकारी बाली असिनापानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन्। मायाटारका राजबहादुर प्रजाले आफ्नो बारीमा लगाएको एक लाख ५० हजार मूल्य बराबरको तरकारी…

    विस्तृतमा पढ्नुस्

  • महावीर पुनलाई म्याग्दी प्रवासी नेपाली संघ पोर्चुगलले गर्‍यो सम्मान

    महावीर पुनलाई म्याग्दी प्रवासी नेपाली संघ पोर्चुगलले गर्‍यो सम्मान

    लिस्बन : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ। युरोप भ्रमणमा रहेका डा पुनलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो। डा पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो। सो अवसरमा डा पुनसँग अन्तर्क्रियासमेत गरिएको थियो। कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • पालिका नेतृत्वमा कांग्रेसको वर्चश्व, वडामा चाहिँ एमाले बलियो

    पालिका नेतृत्वमा कांग्रेसको वर्चश्व, वडामा चाहिँ एमाले बलियो

    दाङ : दाङका पालिकामा कांग्रेसले वर्चस्व जमाएको छ, भने वडामा नेकपा (एमाले) अगाडि छ। दश स्थानीय तहमध्ये कांग्रेसले पाँच, नेकपा (माओवादी केन्द्र)ले तीन र एमालेले दुई स्थानीय तहमा जित हात पारेको छ। दाङका दुई उपमहानगरपालिकामा एमालेले जितेको छ। घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमा डीसी विजयी भएका छन्, भने तुलसीपुर उपमहानगरको नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी…

    विस्तृतमा पढ्नुस्

  • गएराति भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ज्यान गुमाउने दैलेख र कालीकोटाका

    गएराति भएको बस दुर्घटनामा ४ जनाको मृत्यु, ज्यान गुमाउने दैलेख र कालीकोटाका

    सुर्खेत : दैलेखमा बस दुर्घटनामा ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ। दैलेखको आठबिस नगरपालिका–२ सिस्नेमा बुधबार बस दुर्घटना भएको थियो। मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ का प्रेम सुनार र काशीराम पाण्डे, कालिकोटको पलता गाउँपालिका–३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक भुवनेश्वर शाहले जानकारी दिए। बसमा सवार अन्य व्यक्ति घाइते भएका छन्। घाइतेको…

    विस्तृतमा पढ्नुस्

  • अझै पाँच स्थानीय तहको नतिजा आउन बाँकी

    अझै पाँच स्थानीय तहको नतिजा आउन बाँकी

    काठमाडौँ स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ। बाजुराको बुढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन। निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित…

    विस्तृतमा पढ्नुस्

  • करोडौँको गाडी चढेर हिँडे बाटोका खाल्डा देखिँदैनन् : धरानका नवनिर्वाचित प्रमुख साम्पाङ

    करोडौँको गाडी चढेर हिँडे बाटोका खाल्डा देखिँदैनन् : धरानका नवनिर्वाचित प्रमुख साम्पाङ

    धरान : ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी भएका हर्कराज राई(साम्पाङ) ले उपमहानगरपालिकाको महँगो सवारी साधन प्रयोग नगरी जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका छन्। उनले सामाजिक सञ्चालबाट गाडी नचढ्ने बताएका…

    विस्तृतमा पढ्नुस्

  • पाँच सचिव सरुवा, कसलाई कहाँको जिम्मेवारी?

    पाँच सचिव सरुवा, कसलाई कहाँको जिम्मेवारी?

    काठमाडौं : सरकारले पाँच सचिवको सरुवा गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतकर्ता केन्द्रको प्रमुख अधिकृत पदमा सरुवा गरिएको बताए। त्यसैगरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा र प्रधामन्त्री तथा…

    विस्तृतमा पढ्नुस्

  • वडाध्यक्षका उम्मेदवारका छोराको शङ्कास्पद मृत्यु

    वडाध्यक्षका उम्मेदवारका छोराको शङ्कास्पद मृत्यु

    चरिकोट : दोलखाको गौरीशङ्कर गाउँपालिका-३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ। नेपाली कांग्रेसबाट वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो। मंगलवार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर आज बिहान मृतावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताए। घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख गङ्गा पौडेलले बताए। मृतक बस्नेतका बुबा…

    विस्तृतमा पढ्नुस्

  • सिरहाको गोलबजार नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

    सिरहाको गोलबजार नगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी

    लहान : सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका हुन्। श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त गरे। उपप्रमुखमा निर्वाचित साहले सात हजार ७०३ मत…

    विस्तृतमा पढ्नुस्

  • बाँकेमा पनि एमालेको बेहाल, पालिका त गुम्योगुम्यो, वडामा पनि खुम्चियो

    बाँकेमा पनि एमालेको बेहाल, पालिका त गुम्योगुम्यो, वडामा पनि खुम्चियो

    नेपालगञ्ज : स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन। २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१ वडामा मात्र सीमीत हुन पुगेको छ। उस्तै हालत राप्रपाको पनि छ। उसले नेपालगञ्जमा आफ्नो विरासत जोगाउन सकेन। निर्वाचनको सबै पालिकाको नतिजा सार्वजनिक हुँदा आठ पालिका रहेको जिल्लामा नेपाली कांग्रेसले सबैभन्दा बढी पालिका…

    विस्तृतमा पढ्नुस्

  • दीपक पासवानको हत्या अभियोगमा दुई युवक समातिए

    दीपक पासवानको हत्या अभियोगमा दुई युवक समातिए

    वीरगंज : एक युवकका घाँटी रेटी हत्या गरेको आरोपमा बाराबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २० का २० वर्षीय शेखनवि आलम र २१ वर्षीय शेख सलिम छन्। प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार उनीहरुलाई बारा जितपुर सिमरा–१० बस्डिल्वा बस्ने २५ वर्षीय दीपक पासवानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो। यही जेठ ६ गते…

    विस्तृतमा पढ्नुस्

  • लाइसेन्सको लागि परीक्षा दिने दिन आफै छान्न पाइने, यस्तो छ विभागको तयारी

    लाइसेन्सको लागि परीक्षा दिने दिन आफै छान्न पाइने, यस्तो छ विभागको तयारी

    काठमाडौं : चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा परीक्षा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको दिन र फारम भरेको केही दिनमा परीक्षा दिन पाउने व्यवस्था मिलाउने तयारी अघि बढाएको छ। चालक अनुमतिपत्रको परीक्षाका लागि सेवाग्राहीले आफ्नो अनुकूलको दिन छान्न सक्ने व्यवस्था मिलाउन लागिएको विभागले जनाएको छ। अहिले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell