PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • बाढीले क्षतविक्षत भएको कुलो निर्माण भएपछि रानीज्यूलोमा सुरु भयो रोपाइँ

    बाढीले क्षतविक्षत भएको कुलो निर्माण भएपछि रानीज्यूलोमा सुरु भयो रोपाइँ

    सुर्खेत : गत वर्ष आएको बाढीले क्षतविक्षत भएको कुलो निर्माण भएपछि तातोपानी गाउँपालिका-१ जुम्लाको रानीज्यूलोमा रोपाइँ सुरु भएको छ। गत कात्तिक १ गते परेको अविरल वर्षाका कारण आएको बाढीले जुम्ला तातोपानी, तिला र हिमामा ठूलो क्षति पुगेको थियो। अन्न भण्डारण गर्ने बेला आएको बाढीले यहाँका सयौँ किसानको धान, कोदो, मकै भटमास, सिमीलगायतका अन्न र स्याउबालीमा क्षति पुगेको थियो। भित्र्याउने बेलाको…

    विस्तृतमा पढ्नुस्

  • ‘चन्द्रागिरिमा साइकल ट्रेलको विकास र विस्तार गरिनेछ’

    ‘चन्द्रागिरिमा साइकल ट्रेलको विकास र विस्तार गरिनेछ’

    काठमाडौं : विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित मातातीर्थमा वृक्षरोपण गरिएको छ। चन्द्रागिरि राइडर्स क्लबद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले  वृक्षरोपणको शुभारम्भ गर्दै वातावरण संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिता दिने र नगरलाई हरियाली बनाउन वृक्षरोपणलाई अभियानका रुपमा सञ्चालन गरिने जानकारी दिए। उनले भने, ‘चन्द्रागिरिको थप पर्यटन प्रवर्द्धन गर्न साइकल ट्रेलको विकास र विस्तार गरिने…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्सले यात्रु ओसार्दा ...

    एम्बुलेन्सले यात्रु ओसार्दा ...

    पाल्पा: रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ। बा२झ १७४३ नम्बरको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो। प्रभासबाट रामपुरतर्फ चार यात्रु लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्ने क्रममा ट्राफिक कारबाहीमा परेको हो। भाडामा यात्रु बोकेको शङ्का लागेपछि सोधपुछ गर्दा एम्बुलेन्स कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए। पहिलोपटक रहेकाले एक…

    विस्तृतमा पढ्नुस्

  • हेटौँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा चालकको मृत्यु

    हेटौँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा चालकको मृत्यु

    हेटौँडा : पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा-३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ। आज दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा हेटौँडा-६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो। एकदिन अघि पनि सोही ठाउँ नजिक ट्र्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर-८ का ३१…

    विस्तृतमा पढ्नुस्

  • व्याँसको कार्यपालिका बैठक भारतीय भूमि भएर जानुपर्ने तिङ्करमै बस्ने, कार्यालय प्रमुखलाई निम्तो

    व्याँसको कार्यपालिका बैठक भारतीय भूमि भएर जानुपर्ने तिङ्करमै बस्ने, कार्यालय प्रमुखलाई निम्तो

    दार्चुला : व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले व्याँस गाउँकार्यपालिका बैठक तिङ्करमै राख्ने बताएका छन्। सदरमुकाम खलङ्गाका कार्यालय प्रमुखसँगको परिचयात्मक कार्यक्रममा उनले सबैभन्दा विकट मानिने व्याँस-१ को छाङ्ग्रु र तिङ्करमा कार्यपालिका बैठक राख्ने बताएका हुन्। ‘यो ठाउँमा अब कार्यपालिका बैठक राख्छु’, अध्यक्ष धामीले भने, ‘यो बैठकमा कार्यालय प्रमुखहरुलाई निम्तो हुन्छ, आइदिनुहोला।’ कार्यालय प्रमुख र सरोकारवालालाई छाङ्ग्रु र तिङ्करमा भारतीय भूमि भएर…

    विस्तृतमा पढ्नुस्

  • धान रोप्ने बेलामा मलको हाहाकार, किसानको पुकार : सरकार हामीलाई अरु हैन मल देऊ

    धान रोप्ने बेलामा मलको हाहाकार, किसानको पुकार : सरकार हामीलाई अरु हैन मल देऊ

    भक्तपुर : किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ। यसवर्ष जेठमै वर्षा सुरु भएकाले  कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन्। केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ। पैसा तिरेर पनि मल नपाउँदा किसान सरकारसँग आक्रोशित हुँदै आएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • शिक्षा क्षेत्रको लागि न्यून बजेट विनियोजन गरिएकोप्रति एनसीई नेपालद्वारा चिन्ता व्यक्त

    शिक्षा क्षेत्रको लागि न्यून बजेट विनियोजन गरिएकोप्रति एनसीई नेपालद्वारा चिन्ता व्यक्त

    काठमाडौं : शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा शिक्षा क्षेत्रलाई न्यून रकम विनियोजन गरिएकामा चिन्ता व्यक्त गरेको छ। शिक्षामा कार्यरत करिब ३०० गैरसरकारी संस्थाको सो सञ्जालका अध्यक्ष डिल्लीराम सुवेदीले आज विज्ञप्ति जारी गरी प्रस्तावित बजेट (करिब ११ प्रतिशत) नेपाल सरकारले विभिन्न मञ्चमा कूल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत शिक्षा क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • ‘कालीगण्डकी’माथि सय कविता : नदी भञ्जकहरुलाई एउटा यक्ष प्रश्न, के नदी सकिँदा तिमीहरुचाहिँ बाँच्छौ र ?

    ‘कालीगण्डकी’माथि सय कविता : नदी भञ्जकहरुलाई एउटा यक्ष प्रश्न, के नदी सकिँदा तिमीहरुचाहिँ बाँच्छौ र ?

    बागलुङ : मध्यनेपालको प्रमुख नदी प्रणाली कालीगण्डकी संरक्षणका पक्षमा थालिएको कविता शृङ्खला ‘नदी सप्तक’ एक सयौँ भागसम्म आइपुगेको छ। तेह्रथुमका कवि सरोज ओलीको ‘म कालीगण्डकी नागबेली बग्छु’ कवितासँगै ‘नदी सप्तक’ले शतक शृङ्खला पार गरेको हो।  ‘कालीगण्डकी बचाऔँ अभियान’ले पर्यावरणको मुद्दामा सर्जकहरुको एक्यबद्धता खोज्न गत वर्षदेखि कविता शृङ्खला सुरु गरेको थियो।  दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘कालीगण्डकी’ कविताबाट आरम्भ गरिएको उक्त शृङ्खलामा…

    विस्तृतमा पढ्नुस्

  • ऊर्जामन्त्री भुसालको आँखाको सफल शल्यक्रिया

    ऊर्जामन्त्री भुसालको आँखाको सफल शल्यक्रिया

    काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ। यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उनको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो। उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेका हुन्। चिकित्सकको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेकी छिन्।

    विस्तृतमा पढ्नुस्

  • तामाकोसी नदी किनारमा पूरै सडेको अवस्थामा फेला पर्‍यो पुरुषको शव

    तामाकोसी नदी किनारमा पूरै सडेको अवस्थामा फेला पर्‍यो पुरुषको शव

    चरिकोट : दोलखाको तामाकोसी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। तामाकोसी गाउँपालिका-५ किर्नेटारस्थित तामाकोसी नदि किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए। तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगी प्रहरीले अनुसन्धान गरी शव चरिकोटस्थित पशुपति चौलागाईँ स्मृति अस्पतालमा ल्याएर राखेको प्रहरी निरीक्षक केसीले जानकारी दिए। फेला परेको…

    विस्तृतमा पढ्नुस्

  • सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार

    सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार

    राजविराज : सप्तकोसी नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले आज उद्धार गरेको छ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित सप्तकोसीमा हाम फालेका झापाको कमल गाउँपालिका-५ का ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बूको उद्धार गरिएको प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिए। उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईँ नेतृत्वको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको हो।…

    विस्तृतमा पढ्नुस्

  • मध्यपहाडी राजमार्ग निर्माणको काम सन्तोषजनक नभएपछि ठेकेदारलाई सोधियो सात दिने स्पष्टीकरण

    मध्यपहाडी राजमार्ग निर्माणको काम सन्तोषजनक नभएपछि ठेकेदारलाई सोधियो सात दिने स्पष्टीकरण

    गलकोट : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया-बुर्तिबाङ खण्डमा अधुरो कालोपत्र भएको छ। निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ। मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतले निर्माण व्यवसायीका नाममा आज एक सूचना प्रकाशित गर्दै सात…

    विस्तृतमा पढ्नुस्

  • हरिजनको मृत्युबारे छानबिन गर्न समिति गठन

    हरिजनको मृत्युबारे छानबिन गर्न समिति गठन

    काठमाडौंः गृह मन्त्रालयले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कारागारभित्रका बन्दी सुन्दर हरिजनको आत्महत्या गरेको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। गृह मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षको अवधिमा पोखरा-जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना

    सात वर्षको अवधिमा पोखरा-जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना

    बेनी : पोखरा-जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परेका छन्। आइतवार पोखराबाट बिहान ९:५५ बजे उडेको २२ जना सवार तारा एयरको ९ एनएइटी ट्वीनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका-२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो। प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जहाज दुर्घटनामा परेको एक दिनपछि मात्रै हिमालको फेदीको सानुसरेमा जहाज ठोक्किएर दुर्घटना भएको घटनास्थल…

    विस्तृतमा पढ्नुस्

  • मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय

    मौसम सफा नभई उडान अनुमति नदिने प्राधिकरणको निर्णय

    काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ। तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्णय गरेको हो। मौसम खराबीले तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको प्राधिकरणले प्रारम्भिक निष्कर्ष निकालेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधान सेनापति शर्माले असार ४ गते लेबनान र सिरियास्थित मिसनको निरीक्षण भ्रमण गर्ने

    प्रधान सेनापति शर्माले असार ४ गते लेबनान र सिरियास्थित मिसनको निरीक्षण भ्रमण गर्ने

    काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी हासिल गर्ने उद्देश्यले विभिन्न मुलुकको भ्रमण गर्ने भएका छन्। उनले आगामी असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनान र सिरियास्थित मिसनको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको…

    विस्तृतमा पढ्नुस्

  • सप्तकोसी नगरपालिकामा फौजी किराको प्रकोप, मकैको बिरुवा नष्ट गर्न थालेपछि किसान चिन्तित

    सप्तकोसी नगरपालिकामा फौजी किराको प्रकोप, मकैको बिरुवा नष्ट गर्न थालेपछि किसान चिन्तित

    सप्तरी : सप्तकोसी नगरपालिकामा हुर्किंदै गरेको मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ। जिल्लाको उत्तर-पूर्वमा अवस्थित उक्त नगरपालिका क्षेत्रमा भर्खरै हुर्कंदै गरेका मकैका पात र बिरुवा फौजी किराले नष्ट गर्न थालेपछि कृषकहरु चिन्तित बनेका छन्। किसानहरुका अनुसार दुई हप्तादेखि मकैका बोट तथा बिरुवाको पातमा फौजी किराले नष्ट गर्न थालेको हो। सप्तकोसी-१० का विनोद पण्डितले भने, ‘किसानले लगाएका मकैका बिरुवाको पात सबै…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा अझै पुग्न सकेन पाठ्यपुस्तक, पठनपाठनमा समस्या

    बैतडीमा अझै पुग्न सकेन पाठ्यपुस्तक, पठनपाठनमा समस्या

    बैतडी : बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन। नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भइसक्दासमेत पाठ्यपुस्तक नपुगेका हुन्। यही जेठ १ गतेदेखि नै शैक्षिकसत्र सुरु भएकामा पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको सम्बद्ध  विद्यालयहरुले जनाएका छन्। नयाँ शैक्षिक सत्रसँगै विद्यालय खुले पनि जिल्लामा पाठ्यपुस्तकको अभावमा पठनपाठन सञ्चालन हुन नसकेको केदारनाथ आधारभूत विद्यालयका शिक्षक शङ्करराम ओडले बताए। एक/दुई दिनभित्रै जिल्लामा पाठ्यपुस्तक…

    विस्तृतमा पढ्नुस्

  • दश प्रकारका पाप कटाउन गङ्गा दशहरा स्नान आजदेखि सुरु

    दश प्रकारका पाप कटाउन गङ्गा दशहरा स्नान आजदेखि सुरु

    काठमाडौं : ज्येष्ठ शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म वाग्मतीलगायत देशभरका विभिन्न तीर्थमा लाग्ने गङ्गा दशहरा स्नान मेला आजदेखि सुरु भएको छ। गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित वाग्मतीमा शैलमती मिसिएर बनेको तीर्थ सिद्धगयाको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाइरहेका दुई झरनाको नजिकमा बिहानैदेखि स्नान गर्न भक्तजन भेला भएका छन्। वाग्मती र शैलमतीको सङ्गममा गङ्गा दशहरा स्नान गरी भगवान् शैलमतेश्वरको दर्शन गरेमा पापमोचन भई मुक्ति प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं: देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell