गलकोट : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिकामा ठाउँठाउँमा पहिरो खसेपछि कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको छ। जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए। सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरुमा जान समस्या…
कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका-१ मा पर्ने धानखोलामा पहिरोले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन्। प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्नेक्रममा पहिरोले बगाएको हो। भारतको सिद्धार्थनगर जिल्ला बस्ने १७ वर्षीय निखिल कौशाल र १८ वर्षीय सुरज सोनी बेपत्ता भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने खोलामा भारतीय नागरिक फोर्सबाट झरेर…
किमाथाङ्का : लगातारको वर्षासँगै आएको पहिरोले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध भएको छ। मकालु गाउँपालिका-३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो। उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए।…
काठमाडौं : बैतडीमा चार दिनका लागि विद्युत सेवा बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ गते सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत सेवा अवरुद्ध हुने भएको हो। विद्युत् सबस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो। 'जिल्लामा नयाँ विद्युत् सबस्टेशन राख्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने…
फुङ्लिङ : ताप्लेजुङमा आठवटा घर पहिरोले बगाएको छ भने गाउँ-गाउँमा जोखिम बढेको छ। निरन्तर वर्षा भएसँगै गएको पहिरोले आठ वटा घर बगाएको हो। गत बिहीवारयता जिल्लामा वर्षाका कारण बाढी-पहिरोले क्षति गर्न थालेको हो। जिल्ला विपद् व्यवस्थपन समितिका अनुसार सिरिजङ्गा गाउँपालिका-६ मामाङ्खे गाउँमा दुई र वडा नम्बर ७ खेवाङ गाउँमा एक गरी तीन घर पहिरोले बगाएको छ। ३५ घरपरिवार विस्थापित हुन…
काठमाडौं : दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा अल माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन्। उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन्।
मुग्लिन : नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना-६ चारकिलोमा बिहान ११:३५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
काठमाडौं : हाल देशका प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, मधेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १,…
लमजुङ : बेँसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ। शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो। खरखरे भीरमा ठुला–ठुला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताए। 'त्यहाँ ठूलो पहिरो विगतमा गएकाले…
काठमाडौं : पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको छ। स्वास्थ्य सेवा विभाग र नेपाल स्वास्थ्य पत्रकार मञ्चले आज आयोजना गरेको ‘कोभिड-१९ विरुद्धको भ्याक्सिन प्रवर्द्धन तथा रोकथाम नियन्त्रण’सम्बन्धि अन्तरक्रियामा परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जय महासेठले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेको बताए। सरकारले यही असार ९ गतेदेखि पाँचदेखि १२…
दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ रुवाखोलामा पुलबाट आज बिहान ४:३० बजे टिपर खस्दा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा म्याग्दे गाउँपालिका-६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मुग्लिनतर्फबाट आँबुखैरेनी आउँदै गरेको ग १ क ४४६९ नम्बरको मिनी टिपर पुलबाट अनियन्त्रित भई २०/२५ मिटर तल खस्दा घाइते दमैको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका…
धादिङ : धादिङको ईजारा र सिस्नेखोलामा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धादिङको निलकण्ठ नगरपालिका-३ ईजारामा बा १८ च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका-१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। दुर्घटनामा १७ जना घाइते भएका…
काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। विभागका अनुसार प्रदेश नम्बर १, मधेश, वाग्मती र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। उक्त प्रणालीको प्रभावले प्रदेश…
सुर्खेत : सुर्खेतमा शनिवारदेखि पेट्रोल अभाव भएको छ। सुर्खेतका पाँचवटा आयल स्टोरमा सोमवार अपराह्न २० हजार लिटर आपूर्ति भए पनि अझै सहज बनेको छैन। वीरेन्द्रनगरका शङ्खर, गङ्गामाला, नारायण, दीपमाला र बुलबुले पेट्रोल पम्पमा आपूर्ति भएको उक्त परिमाणको पेट्रोल सोमवार नै सकिएको छ। यहाँका पम्पमा आज बिहानैदेखि मोटरसाइकल, स्कुटर र अटोरिक्सा चालकको बाक्लो भीड लागेको छ। प्रहरीले इण्डियन आयल कर्पोरेशनद्वारा नयाँ…
झापा : मनसुन सक्रिय भएसँगै झापामा धान रोपाइँ सुरु भएको छ। रोपाइँसँगै किसानलाई चाहिने डीएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्ट ड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ। कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डीएपी मल विराटनगरबाट आउने बताए। उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नम्बर १ को कृषि मन्त्रालयले नै प्रमाणित गरेर सो…
झापा : अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका-६ का भक्तबहादुर राई चिन्तित बनेका छन्। एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन्। स्मार्ट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले ४७ लाख रुपैयाँको लागतमा मेचीनगर-८ स्थित मङ्गलचोकमा बङ्गुर पाल्नु सुरु गरेका थिए। फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बङ्गुरमध्ये ५८ बङ्गुर…
चितवनः चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्ने भएको छ। निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स-साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको हो। उनले…
दमौलीः तनहुँको भानु नगरपालिका -२ स्थित चुँदी खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ। चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो। मृत्यु हुनेमा भानु नगरपालिका -२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी…
दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डको सडक भासिएको ठाउँमा भित्ता काट्ने कामलाई निरन्तरता दिइएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पावर हाउस नजिक सडक भासिएको ठाउँमा कुनापट्टि भित्ता खन्ने कामलाई आज पनि निरन्तरता दिइएको हो। केही दिनदेखि परेको वर्षाका कारण शुक्रवार बिहान सडक भासिएपछि उक्त खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन हुँदै आएको छ। सडक डिभिजन कार्यालय दमौलीले अहिले साँझ…
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले सहरको विकाससँगै सभ्यता पनि जोगाउन आग्रह गरेका छन्। नेकपा (एमाले)का सांसद नवराज सिलवालले सहरको पूर्वाधार र विकास गर्दा त्यहाँका ऐतिहासिकता, साँस्कृतिक विविधता मौलिकता जोगाउन…