वीरगंज : पर्साको वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा महानगरभित्रका मुख्य पेसा कृषि बनाएका किसानको सिचाइँको न्यूनतम विद्युत् महसुल महानगरपालिकाले बेर्होने भएको छ। आगामी आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम तथा बजेटमा मासिक रुपमा बढीमा ३० युनिटसम्म बिजुली खपत गर्ने उपभोक्ताको महसुल पनि महानगरपालिकाले नै तिर्ने वार्षिक नीति कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ। यसैगरी, वीरगंज महानगरलाई शैक्षिक ‘हब’को…
महेन्द्रनगर : विसं २०७४ भदौमा महाकाली नदीमा ४ लेनको पक्की पुलसँगै ६ लेनको पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु गरिएको थियो। महाकाली नदीमा ४ लेनको ८०० मिटर पक्की पुल छ। पारी दोधारातर्फ साढे ८०० मिटर ६ लेनको सडक बन्नाका साथै वारि भीमदत्तको तटीयक्षेत्र हुँदै उत्तर गड्डाचौकीसम्म पाँच किलोमिटर पहुँच मार्ग बन्ने भएपछि यस क्षेत्रमा विकासले मुहार पनि फेरेको छ। सुदूरपश्चिमकै…
बलेवा : वर्षासँगै खसेको पहिरोका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको बागलुङ-घोडाबाँधे खण्ड मंगलवार बिहान १०:३० देखि पुनः सञ्चालनमा आएको छ। स्काभेटरको प्रयोग गरेर सडकमा खसेका ढुङ्गा, माटो र रूखहरु पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो। पहिरोका कारण मध्यपहाडी लोकमार्ग गएरातिदेखि अवरूद्ध भएको थियो। मंगलवार बिहानै सडक डिभिजन कार्यालय र बागलुङ नगरपालिकाको सहकार्यमा स्काभेटर परिचालन गरेर सडक सञ्चालन गरिएको प्रहरी नायब…
काठमाडौं : काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए। ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो। योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन्। उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका-६ का ४ र ६ वर्षका बालकमा हैजा…
चितवन : जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ। आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ। यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ। कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उनको भनाइ छ। प्रयोगात्मक परीक्षाका लागि…
काठमाडौंः नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रटिलिटर नौ रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर पाँच रुपैयाँ भाउ बढाएको हो। मूल्य बढेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टीतेलको १७२ र हवाई इन्धनको मूल्य प्रतिलिटर १९० रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धन (बाह्य) र…
काठमाडौं : वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छन्। चितवनको पर्यटकीय नगरी सौराहामा गत बिहीवार हात्तीलाई वनभोज खुवाइएको विषयमा निजी क्षेत्रका पर्यटन व्यवसायीले विरोध जनाएपछि उनले हात्ती वनभोजका लागि एक रुपैयाँ पनि भुक्तानी नदिने स्पष्ट पारे। पर्यटन प्रवर्द्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले सरकारी हात्तीसार र निजी व्यवसायीले पालेका करिब…
रोल्पा : अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ। लुङ्ग्री-१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएको थियो। गत मंगलवार राति परेको अविरल वर्षापछि आएको बाढीले पुल बगाएको थियो। अहिलेसम्म पुल मर्मतसम्भार हुन नसक्दा स्थानीयलाई आवतजावतमा सास्ती भएको हो। सोही बाटो हुँदै लुङ्ग्रीका विभिन्न वडा र सदरमुकाम लिवाङ आवतजावत…
काठमाडौंः नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ संगठनले विश्वविद्यालयहरूमा तालाबन्दी गर्नु दूर्भाग्यपूर्ण भएको बताएका छन्। नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनद्वारा आयोजित ‘शिक्षा ऐन र उच्च शिक्षा नीतिः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उनले दल र सङ्गठनबाट विरोधका नाममा तालाबन्दीजस्ता विकृत क्रियाकलापन हुनु उचित नभएको धारणा राखे। उले सत्तारूढ दलनिकटकै सङ्गठनले पनि विश्वविद्यालयमा तालाबन्दी गरेको सन्दर्भ उल्लेख गर्दै…
काठमाडौं : न त छाक टर्ने, न त पेट भरिने। नखाए पनि हुने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ। स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो। कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ। अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने…
बुटवल : गृहमन्त्री बालकृष्ण खाणले वर्तमान पाँच दलीय गठबन्धन कुनै दल र नेताविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र वैदेशिक सम्बन्ध सन्तुलनका लागि भएको बताएका छन्। उनले वर्तमान सरकारले निर्वाचनमा भाग नलिएका दललाई समेत लोकतान्त्रिक धारमा ल्याउन सरकारले प्रयत्न गरिरहेको जानकारी दिए। नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ ले आज बुटवलमा आयोजना गरेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सम्मानमा…
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख डा. समीरकुमार अधिकारीले मनसुनजन्य प्राकृतिक विपद्सँगै खानेपानी प्रदूषण भई सरसफाइमा चुनौति थपिन गई हैजालगायत सङ्क्रामक रोग फैलिन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न देशभरका सबै अस्पतालाई निर्देशन दिएका हुन्। अहिलेसम्म काठमाडौँ उपत्यकामा हैजाका १७…
झापा : स्थानीय तह निर्वाचन भएको डेढ महिना बितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेदवारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ। जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी दुई हजार ८६३ जनाले उम्मेदवारी दर्ता गरेका थिए। जसमध्ये हालसम्म ५२० जनाले मात्र खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाएको कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेले बताए। उनले बैशाख…
काठमाडौं : राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिबाना गरेको छ। आयोगले रौतहटको राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बैंजु ठाकुरलाई १० हजार रुपैयाँ जरिबाना गरेको हो। राजपुर नगरपालिका-१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो। हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टाइनमा रहेका नागरिकको सङ्ख्या, प्रतिव्यक्ति कति खर्च भयो? क्वारेन्टाइनमा बस्ने व्यक्तिले…
जाजरकोटः डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज बिहान जिप दुर्घटना चालकको मृत्यु भएको छ। सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे १ च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए। चालक डाँगी डाँडीबागाका बासिन्दा भएको खुलेको छ।
बनेपाः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका -११ को अपाङ्ग बाल अस्पतालको कर्मचारी चढेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ३८ जना घाइते भएका छन्। कार्यालयबाट घरतर्फ फर्केने क्रममा बा १ क ५७४७ नम्बरको बस अस्पताल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए। उनका अनुसार दुर्घटनामा परी एक महिलाको निधन भएको छ। घाइतेमध्ये केहीलाई…
भोजपुर : वर्षातका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ। वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका छन्। यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ। दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातयात सेवा बन्द छ। सडक हिलाम्य बन्दा आवतजावत बन्द…
काठमाडौं : नारायणगढ-मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ। यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन्। डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन्। ती ठाउँमा यसवर्ष पनि…
बैतडी : बलात्कारको अभियोगमा एक वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका-१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्। एक २८ वर्षीया महिलालाई गत चैत १५ गते बलात्कार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो। पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। पीडित महिलाको स्वास्थ्य परीक्षण उजुरी दिएकै…
शुरबहादुर सिंह- सुर्खेत : आज असार १५ गते राष्ट्रिय धान दिवस तथा रोपाइँ देशभरझैँ कर्णालीमा पनि मनाइँदै छ। कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालयको संयोजनमा वीरेन्द्रनगर नगरपालिकाको मणिकापुर थारू बस्तीमा धान दिवस मनाउन थालिएको हो। यसलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ। जुम्लामा भने यसअघि जेठ १५ गते कालीमार्सी धान दिवस मनाइसकिएको…