PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का

    राजस्व नबुझाउने १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का

    हेटौँडा : हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले लामो समयदेखि तोकिएको राजस्व दाखिला नगर्ने मकवानपुर जिल्लाका १३ व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कारबाही गरिएको जनाएको छ। लिखित तथा मौखिकरुपमा पटक-पटक राजस्व दाखिला गर्नका लागि ताकेता गर्दासमेत अटेर गरेपछि सम्बन्धित करदाता र व्यावसायिक फर्मको बैंक खाता रोक्का गरी कानुनी कारबाही अगाडि बढाइएको कार्यालय प्रमुख मोहलाल जिसीले जानकारी दिए। यसरी बैंक खाता रोक्का…

    विस्तृतमा पढ्नुस्

  • राजविराजका नगर प्रमुख यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर, कन्स्ट्रक्सन संचालक हुँदा भ्रष्टाचार गरेको आरोप

    राजविराजका नगर प्रमुख यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर, कन्स्ट्रक्सन संचालक हुँदा भ्रष्टाचार गरेको आरोप

    काठमाडौं : सप्तरीको राजविराज नगरपालिकाका नगर प्रमुख भीमराज यादवसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। राजविराजस्थित रंगशाला खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर प्रमुख यादवसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको आयोगले जनाएको छ। भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दफा ३६ बमोजिम मुद्दा दायर भए मुद्दाको किनारा नभएसम्म उनी…

    विस्तृतमा पढ्नुस्

  • किसानको गुनासोः मल नपाउँदा रोपाइँ गर्न समस्या भयो

    किसानको गुनासोः मल नपाउँदा रोपाइँ गर्न समस्या भयो

    सर्लाहीः असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताए। गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ। मल, सिँचाइ लगायतको समस्याका कारण धान रोपाइँमा ढिलाइ भएको…

    विस्तृतमा पढ्नुस्

  • फोहोरलाई मोहोरमा परिणत गर्दै गलकोट नगरपालिका : सञ्चालनमा आयो प्रशोधन केन्द्र

    फोहोरलाई मोहोरमा परिणत गर्दै गलकोट नगरपालिका : सञ्चालनमा आयो प्रशोधन केन्द्र

    गलकोट : स्थानीय तहहरुले फोहोर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहोर प्रशोधन गर्न थालेको छ। गलकोट विकसित शहर भएकाले यहाँ बस्तीको विकास तीव्र गतिमा भइरहे पनि फोहोर व्यवस्थापन गर्न हालसम्म कठिन हुँदै आएको थियो। नगरपालिकाले यस वर्षदेखि भने फोहोर प्रशोधन गरी मोहोरमा परिणत गर्न थालेको हो। बढ्दो सहरीकरणसँगै नगरपालिकामा फोहोर व्यवस्थापन चुनौतीको विषय बन्न थालेपछि उक्त…

    विस्तृतमा पढ्नुस्

  • साउनदेखि माथिल्लो दोर्दी ‘ए’ बाट बिजुली उत्पादन हुने आयोजनाको दावी

    साउनदेखि माथिल्लो दोर्दी ‘ए’ बाट बिजुली उत्पादन हुने आयोजनाको दावी

    लमजुङ : लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ। कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताउ। आयोजनाले पटक-पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै…

    विस्तृतमा पढ्नुस्

  • मौसम पूर्वानुमान : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

    मौसम पूर्वानुमान : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ। मनसुनी प्रणालीको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही देशको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिम प्रदेशको बजेट : संशोधन नभए पास हुन नदिने कांग्रेसको निर्णय

    सुदूरपश्चिम प्रदेशको बजेट : संशोधन नभए पास हुन नदिने कांग्रेसको निर्णय

    गोदावरी : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ। आज कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नगरे पारित हुन नदिने निर्णय गरेको हो। बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक भरत बहादुर खड्काले…

    विस्तृतमा पढ्नुस्

  • ‘नाइरोबी फ्लाई’ संक्रमण डरलाग्दो र भयानक रोग होइन : वरिष्ठ छाला रोग विशेषज्ञ डा ढकाल

    ‘नाइरोबी फ्लाई’ संक्रमण डरलाग्दो र भयानक रोग होइन : वरिष्ठ छाला रोग विशेषज्ञ डा ढकाल

    झापा : झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको संक्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ। हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो संक्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए। उनले यो समस्या भाइरल इन्फेक्सनजस्तो नभएको हुँदा हालसम्म झापामा कुनै…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको अन्तरिम आदेशपछि रोकियो चितवनमा लाइसेन्सको ‘ट्रायल’ दिने प्रक्रिया

    सर्वोच्चको अन्तरिम आदेशपछि रोकियो चितवनमा लाइसेन्सको ‘ट्रायल’ दिने प्रक्रिया

    काठमाडौं : चितवनबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धि हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन्। सर्वोच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धि प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धि काम रोकिएका हुन्। न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जारी गरेको उक्त आदेशमा भनिएको छ, ‘सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०६४ को व्यवस्था अनुकूलसमेत देखिन नआएको र…

    विस्तृतमा पढ्नुस्

  • निगमको कार्यकारी अध्यक्ष अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

    निगमको कार्यकारी अध्यक्ष अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

    काठमाडौंः सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ । निगम अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको हो। अधिकारी २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए। आदेशमा दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकका रूपमा कामकाज…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभाबाट पारित भए यी तीन विधेयक

    प्रतिनिधिसभाबाट पारित भए यी तीन विधेयक

    काठमाडौं : प्रतिनिधिसभाबाट तीन विधेयक पारित भएको छ। प्रतिनिधिसभाको आजको बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’,  ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धि केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ सर्वसम्मतिले पारित गरेको हो। बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, खानेपानीमन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’ र कानुन, न्याय तथा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकाका थप २ जनामा भेटियो हैजा

    काठमाडौं उपत्यकाका थप २ जनामा भेटियो हैजा

    काठमाडौं : काठमाडौं उपत्यकामा थप २ जनामा हैजा भेटिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गएराति थप २ जना हैजाका बिरामी भेटिएको बताए। ती दुवै जनाको अहिले उपचार भइरहेको छ। कागेश्वरी मनहरा नगरपालिकाका-६ का १२ वर्षीय बालक र काठमाडौं-१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उनले बताए। थप २ जनामा हैजा भेटिएसँगै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा उठे करका दर हेरफेरदेखि नागरिकता विधेयकसम्मका कुरा, कसले के भने?

    राष्ट्रियसभामा उठे करका दर हेरफेरदेखि नागरिकता विधेयकसम्मका कुरा, कसले के भने?

    काठमाडौं : नेकपा (एमाले)का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै संसद्मा फिर्ता ल्याएर पास गर्न माग गरे। राष्ट्रियसभाको आजको विशेष समयमा उनले उक्त विधेयक बनाउनका लागि दुई वर्षसम्म करोडौँको लगानी गरेर नागरिकता विधेयक फिर्ता गर्नु आपत्तिजनक भएको बताए। ‘नागरिकता विधेयक समितिबाट पास भएर राष्ट्रियसभामा पनि आउँछ भन्ने लागेको थियो’, उनले भने, ‘दुई वर्षसम्म करोडौँ लगानी…

    विस्तृतमा पढ्नुस्

  • महिलामाथि बढ्दै गएको हिंसा रोक्न कानुन बनाउनु परेको हो : गृहमन्त्री खाण

    महिलामाथि बढ्दै गएको हिंसा रोक्न कानुन बनाउनु परेको हो : गृहमन्त्री खाण

    काठमाडौंः राष्ट्रियसभाको आजको बैठकले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन्। उक्त विधेयकका विषयमा गृहमन्त्री खाणले महिला र बालबालिकामाथि हिंसा बढ्दै…

    विस्तृतमा पढ्नुस्

  • सेतीमा बगेर बेपत्ता भएका युवक अझै परेनन् फेला

    सेतीमा बगेर बेपत्ता भएका युवक अझै परेनन् फेला

    डोटी : डोटीको शिखर नगरपालिका-१० गहनानस्थित सेती नदीमा बगेर बेपत्ता भएका अमरगढी नगरपालिका-६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार अझै फेला परेका छैनन्। बुधवार दिउँसो डडेल्धुराबाट मलामी आएका उनी डोटीको गहनानस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए। नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि उनको अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • जलवायु परिवर्तनले महिलाको जीवन र पर्यटन क्षेत्रमा कस्तो असर पारिरहेको छ? प्रभावबारे सन्देश दिन सेफुक्सुण्डोको पदयात्रामा

    जलवायु परिवर्तनले महिलाको जीवन र पर्यटन क्षेत्रमा कस्तो असर पारिरहेको छ? प्रभावबारे सन्देश दिन सेफुक्सुण्डोको पदयात्रामा

    काठमाडौं : जलवायु परिवर्तनले महिलाका जनजीवन र पर्यटन क्षेत्रमा पारेको असरको ध्यानाकर्षण गराउने उद्देश्यले ६० जना महिलाको समूहले डोल्पाको विकट फुक्सुण्डो क्षेत्रमा पदयात्रा गर्ने भएका छन्। आगामी अक्टोबरमा सातै प्रदेशका जनप्रतिनिधिसहित विविध क्षेत्रका अगुवा महिलाको सहभागितामा कर्णालीको दूर्गम भेगको पदयात्रा हुने भएको हो। फाउण्डेशनले गत मार्च ८ मा सगरमाथाको कालापत्थरमा पदयात्रा आयोजना गरेको थियो। पदयात्रा घोषणा कार्यक्रममा संस्कृति, पर्यटन तथा…

    विस्तृतमा पढ्नुस्

  • मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका धेरै स्थानमा वर्षा हुने

    मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका धेरै स्थानमा वर्षा हुने

    काठमाडौं : मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशको धेरै स्थानमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका धेरै भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चका दुई महत्वपूर्ण फैसलाले हट्यो वर्षौँदेखिको प्रसारण लाइन निर्माणको अवरोध

    सर्वोच्चका दुई महत्वपूर्ण फैसलाले हट्यो वर्षौँदेखिको प्रसारण लाइन निर्माणको अवरोध

    काठमाडौं : सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा दुई वटा महत्वपूर्ण फैसला गरेको छ। विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगामी दिनका लागि समेत थप सहज बनाइदिएको छ। विकास निर्माणको काममा अवरोध गर्ने प्रवृत्ति पछिल्ला दिनमा मौलाएको छ। आयोजनाको क्षमताभन्दा पनि बढी माग गर्ने प्रवृत्ति बढ्दै जाँदा विकासकर्तालाई पनि समस्या…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षअघि बाढीले भत्काएको चचरीको पुल अझै बनेन, खोला तरेर जोखिमपूर्ण आवतजावत गर्न बाध्य स्थानीय

    तीन वर्षअघि बाढीले भत्काएको चचरीको पुल अझै बनेन, खोला तरेर जोखिमपूर्ण आवतजावत गर्न बाध्य स्थानीय

    काठमाडौं : तीन वर्षअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित कुनौलीलाई जोड्ने एकमात्र अस्थायी पुल (चचरी) बाढीले भत्काएपछि सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भइरहेको छ। सो पुल अझै बन्न नसक्दा सीमावर्ती भारतीय बजार कुनौलीमा किनमेल गर्न जान स्थानीयवासीलाई समस्या भएको हो। अहिले सर्वसाधारण खोला तरेर जोखिमपूर्ण आवतजावत गर्न बाध्य भएका छन्। स्थानीय र सीमावर्ती भारतीय बजारका बासिन्दाहरु मिलेर सहज आवतजावत गर्नका लागि उक्त…

    विस्तृतमा पढ्नुस्

  • रामेछाप बस दुर्घटना अपडेट : ‘ब्रेक फेल’ हुँदा दुर्घटना भयो

    रामेछाप बस दुर्घटना अपडेट : ‘ब्रेक फेल’ हुँदा दुर्घटना भयो

    नारायण ढुङ्गाना- काठमाडौं : रामेछापको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा ९ जनाले अकालमै ज्यान गुमाए। नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ। रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासी भिरबाट खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गयो। दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell