PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • आजको एमाले हुनुमा पुष्पलालको प्रेरणा : केपी शर्मा ओली

    आजको एमाले हुनुमा पुष्पलालको प्रेरणा : केपी शर्मा ओली

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाका संस्थापक महासचिव पुष्पलालले दिएको योगदानको प्रेरणा लिएर आज यस ठाउँमा आइपुगेको बताएका छन्। ४४ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पुष्पलालले देखाएको सत्कर्मकै कारण एमाले आज यस स्थानमा आइपुगेको बताए। पुष्पलालले पुर्‍याएको योगदानकै कारण आज सचेत सङ्गठित, विस्तृत परिवर्तनकारी सबैभन्दा सबल शक्तिका रुपमा एमाले…

    विस्तृतमा पढ्नुस्

  • किउलदेखि मेलम्चीसम्मै त्रास, रात्रि यात्रामा जोखिम

    किउलदेखि मेलम्चीसम्मै त्रास, रात्रि यात्रामा जोखिम

    सिन्धुपाल्चोक : लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ। गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ। गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ। मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन्। हेलम्बु…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले रोक्यो नारायणगढ-मुग्लिन सडक

    पहिरोले रोक्यो नारायणगढ-मुग्लिन सडक

    मुग्लिन : पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८:१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो। अहिले पहिरो पञ्छाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • ४८ दिनपछि धान खेतमा गाडिएको अवस्थामा भेटियो महिलाको शवः श्रीमान्,ससुरा र देवर समातिए

    ४८ दिनपछि धान खेतमा गाडिएको अवस्थामा भेटियो महिलाको शवः श्रीमान्,ससुरा र देवर समातिए

    मलङ्गवाःसर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेला परेको छ। शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो। महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको…

    विस्तृतमा पढ्नुस्

  • भारतीय गाडीले ठक्कर दिँदा दुई युवकको मृत्यु, सवारी चालक प्रहरी नियन्त्रणमा

    भारतीय गाडीले ठक्कर दिँदा दुई युवकको मृत्यु, सवारी चालक प्रहरी नियन्त्रणमा

    विराटनगर : मोरङको बुढीगङ्गा गाउँपालिका-२ गङ्गाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार भारतीय नम्बर प्लेटको ट्रेलरको ठक्करबाट मोरङको केराबारी गाउँपालिका-७ का २७ वर्षीय हर्क परियार र सोही स्थानका २१ वर्षीय भीमबहादुर राईको मृत्यु भएको छ। विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफआर ३८ एफ २२१० को ट्रेलर गाडीले…

    विस्तृतमा पढ्नुस्

  • कृषिमन्त्री यादव र भारतीय राजदूतबिच सरकारी तवरबाट रासायनिक मलको आपूर्तिबारे छलफल

    कृषिमन्त्री यादव र भारतीय राजदूतबिच सरकारी तवरबाट रासायनिक मलको आपूर्तिबारे छलफल

    काठमाडौं : कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटमा सरकारी तवरबाट रासायनिक मलको आपूर्ति, नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात र ऊखु तथा कफीको नयाँ जातको आयात तथा मानव संशाधन विकासका लागि अध्ययन गर्नेलगायत विविध विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्ष नेम्वाङ र पदाधिकारीबिच असहमति भएपछि एजेण्डामा प्रवेश नगरी एन्फा बैठक स्थगित

    अध्यक्ष नेम्वाङ र पदाधिकारीबिच असहमति भएपछि एजेण्डामा प्रवेश नगरी एन्फा बैठक स्थगित

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को दोस्रो कार्यसमिति बैठक एजेन्डामा प्रवेश नगरी पुनः स्थगित भएको छ। एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र अरू पदाधिकारीबिच असहमति भएपछि बैठक स्थगित गरिएको हो। यसअघि सोमवार बस्ने भनिएको उक्त बैठक एन्फा अध्यक्ष नेम्वाङ बिरामी भएको कारण स्थगित भएको थियो। एन्फा अध्यक्षले सबैलाई हाजिरी गरेर बैठक सञ्चालन हुने जानकारी दिएसँगै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त, सचेतकमा मीनबहादुर विश्वकर्मा

    कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव नियुक्त, सचेतकमा मीनबहादुर विश्वकर्मा

    काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन्। यादव पूर्व उपसभामुखसमेत हुन्। यसैगरी, सचेतकमा पूर्व मन्त्री मीनबहादुर विश्वकर्मालाई नियुक्त गरिएको नवनियुक्त प्रमुख सचेतक यादवले जानकारी दिइन्। कांग्रेस संसदीय दलको प्रमुख सचेतक एक वर्षदेखि रिक्त थियो। यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्री भएपछि सो पद रिक्त भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • म्याग्दीमा एक वर्षमा ट्राफिक कारबाहीबाट ६३ लाख राजस्व उठ्यो

    म्याग्दीमा एक वर्षमा ट्राफिक कारबाहीबाट ६३ लाख राजस्व उठ्यो

    म्याग्दीः म्याग्दीमा आर्थिक वर्ष २०७८/७९ मा  ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार ४५० सवारीसाधनका चालकलाई कारबाही गरेर  ६३ लाख ९१ हजार  रुपैयाँ राजस्व सङ्कलन भएको छ। प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व सङ्कलन गरिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायब निरीक्षक इन्द्रबहादुर नेपालीका अनुसार एक हजार…

    विस्तृतमा पढ्नुस्

  • अनलाइनबाट मतदाता नामावली संकलन थप पाँच जिल्लामा, कुन कुन थपिए?

    अनलाइनबाट मतदाता नामावली संकलन थप पाँच जिल्लामा, कुन कुन थपिए?

    काठमाडौंः निर्वाचन आयोगले काठमाडौँ उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था थप पाँच जिल्लामा विस्तार गरेको छ। आयोगले नमूनाका रूपमा सुरु गरेको सो कार्य मंगलबारदेखि काठमाडौँ, ललितपुर र भक्तपुरका अतिरिक्त काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा गरी थप पाँच जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था गरिएको आयोगका प्रवक्त शालिग्राम शर्मा पौडेलले जानकारी दिए। अनलाइनबाट फाराम भर्नेको हकमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोना बढ्न थालेपछि नवलपरासीमा अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

    कोरोना बढ्न थालेपछि नवलपरासीमा अनिवार्य मास्क लगाउन प्रशासनको आग्रह

    नवलपुर : पछिल्लो समय कोभिड-१९ को संक्रमण बढ्न थालेपछि यसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)ले अनिवार्य रुपमा मास्क लगाउन जिल्लावासीलाई आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा आइतवार जारी आदेशमा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क लगाउन आग्रह गरिएको छ। कोभिड-१९ को संक्रमण रोकथाम र उपचार व्यवस्था सम्बन्धमा आइतवार बसेको बैठकको सिफारिसका आधारमा जिल्लाका सरकारी तथा सार्वजनिक…

    विस्तृतमा पढ्नुस्

  • बाँके प्रहरीले फरार रहेका २ सय ८१ जना अभियुक्तलाई समात्यो

    बाँके प्रहरीले फरार रहेका २ सय ८१ जना अभियुक्तलाई समात्यो

    नेपालगञ्जः बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ। विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७८÷७९  मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ। पक्राउ परेका ज्यान मार्ने उद्योग, लागुऔषध कारोबारी, जर्बजस्ती करणी,…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न सरकारले चासो नदेखाएको एमालेको आरोप

    काठमाडौं उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न सरकारले चासो नदेखाएको एमालेको आरोप

    काठमाडौं : नेकपा (एमाले)ले सरकारले काठमाडौं उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले उपत्यकामा २८ जना हैजाका बिरामी पुष्टि भएपनि सरकारले हैजा नियन्त्रण गर्न कुनै पहल नगरेको आरोप लगाए। ‘हैजा जस्तो महामारी नियन्त्रणका लागि उपचार व्यवस्थापन र…

    विस्तृतमा पढ्नुस्

  • सत्ता साझेदार दलहरुको बैठकमा गभर्नरबारे छलफल, ‘गभर्नर नै एम अधिकारी भए राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’

    सत्ता साझेदार दलहरुको बैठकमा गभर्नरबारे छलफल, ‘गभर्नर नै एम अधिकारी भए राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’

    काठमाडौं : सत्ता साझेदार दलहरुको बैठकमा हालै विभिन्न सञ्चार माध्यममा नेकपा (एमाले)को अर्थ तथा योजना विभागको सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको विषयमा आएका समाचारबारे चर्चा भएको छ। सञ्चार माध्यममा आएका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भनी विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेका बेला बसेको सत्ता साझेदार दलहरुको बैठकमा यस विषयमा पनि कुराकानी…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षीय बालकको शव पोखरीमा डुबेको अवस्थामा भेटियो

    दुई वर्षीय बालकको शव पोखरीमा डुबेको अवस्थामा भेटियो

    जलेश्वरः महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो। बालक सार्थक घरबाट खेल्न भनी निस्केकामा अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले खोज्दै जाँदा उनी पोखरीमा डुबेको अवस्थामा फेला परेको…

    विस्तृतमा पढ्नुस्

  • अटोमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीनजना गोरुको मासुसहित पक्राउ

    अटोमा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेका तीनजना गोरुको मासुसहित पक्राउ

    चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका-५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका-१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका-११ का ३५ वर्षीय होम घिमिरे छन्। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ह ३९६९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा…

    विस्तृतमा पढ्नुस्

  • बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो, ‘यो याममा पर्यटकको इच्छा पूरा हुन्छ’

    बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो, ‘यो याममा पर्यटकको इच्छा पूरा हुन्छ’

    बाँके : अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ। बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन्। मंगलवार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी देखिन्थे। पाहुनाले निकुञ्ज सफारीका क्रममा बाघ देखेर फर्केका…

    विस्तृतमा पढ्नुस्

  • हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई त्रिभुवन विश्वविद्यालयले गर्‍यो कारबाही

    हुबहु प्रश्नपत्र बनाउने चार शिक्षकलाई त्रिभुवन विश्वविद्यालयले गर्‍यो कारबाही

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्रमा लापरबाही गर्ने चार शिक्षकलाई कारबाही गरेको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले प्रश्नपत्र हुबहु बनाउने शिक्षकलाई तीन वर्षसम्म त्रिविअन्तर्गतका कुनै पनि क्याम्पसमा पढाउन नपाउने र तीन वर्षसम्म कुनै पनि परीक्षामा संलग्न नगराउने गरी कारबाही गरिएको त्रिविद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। त्रिविले बीबीए छैटौँ सेमेस्टरअन्तर्गत असार २२ गते भएको ‘एमजीटी २०३ : अर्गनाइजेशनल बिहेभियर’ विषयको हुबहु…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा बैठकबाट पारित भए यी विधेयक

    राष्ट्रियसभा बैठकबाट पारित भए यी विधेयक

    काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले विभिन्न विधेयक पारित गरेको छ। बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘सामाजिक सुरक्षा विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको हो। बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए। गृहमन्त्री खाणले दलीय सहमतिमा नै यो विधेयक आएकाले पारित गर्न सांसदहरुलाई आग्रह गरे। उनले सामाजिक सुरक्षा भत्ता राज्यको दायित्व भएपनि यसलाई व्यवस्थित बनाउनु आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • बुटवलमा किशोरी मृत्यु प्रकरण : होटल सञ्चालकसहित दुई जना समातिए

    बुटवलमा किशोरी मृत्यु प्रकरण : होटल सञ्चालकसहित दुई जना समातिए

    रुपन्देही : बुटवल उपमहानरपालिका–२ की एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल–२० निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी अनुसन्धानका लागि होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्याललाई पनि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell