तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ। माथिबाट पहिरो खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ। बिहान करिब ६ बजेदेखि पहिरो खसेर राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारीसाधन रोकिन पुगेको थियो। मुग्लिन, आँबुखैरेनी हुँदै गोरखा जाने सडकमा सवारी साधन पुनः…
महेन्द्रनगर : कञ्चनपुरको बेदकोट नगरपालिका-७ का ५५ वर्षीय लवदेव जोशी आज स्थानीय नहरमा मृतावस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जोशी मृतावस्थामा महाकाली सिँचाइको नहरमा भेटिएको बताए। ‘अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि राखिएको छ’, प्रहरी निरीक्षक बमले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ।’ मृतकका आफन्तले दिएको जानकारीअनुसार जोशी सोमवार साँझदेखि घर फर्किएका थिएनन्।
बनियानी : झापाको बिर्तामोड नगरपालिकास्थित बिर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन्। अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए। गौरादह-३ का बाँस्कोटा कार्यालय समयमा नउठेपछि गएर हेर्दा मृत फेला परेको पाइएको प्रहरीले जनाएको छ। ‘शरीरमा कुनै चोटपटक छैन’, प्रहरी निरीक्षक तिम्सिनाले…
नारायण अधिकारी- चितवन : उद्धार गरिएका बाघलाई देवनगर बरण्डाभार बन क्षेत्रमा राख्ने गरी तयारी अघि बढाइएको छ। चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै त्यहाँ उद्धार गर्नु परेका बाघलाई देवनगरमा निर्माणाधीन उद्धार केन्द्र व्यवस्थित गरेर राख्न लागिएको हो। समस्यामा परेका बाघको सङ्ख्या बढेपछि विकल्पको खोजी थालिएको हो। हाल निकुञ्जमा तीन वटा बाघ खोरमा रहेका छन्। सङ्ख्या थपिँदै जाँदा…
रामपुर : सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडकखण्ड अवरुद्ध भएको छ। अबिरल वर्षाले पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको हो। आज बिहानदेखि नै पहिराले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। आवश्यक पर्ने साधन तथा उपकरणको बन्दोबस्त भएपनि अहिले पानी परिरहेकाले पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ। लेदोसहितको पहिरो खसेर सडक बन्द हुँदा…
काठमाडौं : काठमाडौंको कोटेश्वरमा माइक्रोबस (जम्बो हाइस)को ठक्करबाट एक जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नजिक सडकमा कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै गरेको बा २ ख १२३१ नम्बरको माइक्रोबसले ठक्कर दिँदा स्याङ्जा थेङचुङगढी स्थायी घर भएका ५२ वर्षीय देउकुमार सेनको गए राति मृत्यु भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दुर्घटनामा गम्भीर…
काठमाडौं : पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार तीन हजार ३५८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार हाल २०८ जना सक्रिय सङ्क्रमित छन्। सो अवधिमा २० जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ४०९ पुगेको छ। सङ्क्रमितमध्ये…
काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो। प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो। विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा (एमाले) सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए।
काठमाडौं : प्रहरीले काठमाडौंको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौं महानगरपालिका-१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका-१४ का ३० वर्षीय राजु विकलाई शनिवाबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले…
काठमाडौं : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थामना भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नम्बर १, मधेश प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको र सुदूरपश्चिम भू-भागमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव छ। देशभरका पहाडी भू-भागका धेरै स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम…
पोखरा : शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा परेका छन्। वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरीचोक र म्याग्दीचोकका घर डुबानमा परेको सोही वडाका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए। यसैगरि पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्णरुपमा क्षति गरेको र थप १५ घर उच्च जोखिममा रहेको बताइन्छ। डुबान र…
इनरुवा : सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ६८ करोड ५८ लाख २३ हजार रुपैयाँको बजेट शुक्रवार प्रस्तुत गरेको छ। धरानको ११औँ नगरसभामा उपमहानगरका उपप्रमुख अईन्द्र विक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन्। कूल बजेटमध्ये चालुतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४४२ रुपैयाँ र पुँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ…
काठमाडौं : आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे जरिबाना लाग्ने भएको छ। काठमाडौं महानगरपालिकाले फोहोरको सहज व्यवस्थापनको लागि आगामी साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न लागेको हो। महानगरपालिकाले सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगर्नेलाई ५०० रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ। कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहोर सङ्कलनका क्रममा पृथकीकरण…
काठमाडौं : नेपाल टेलिकमले इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल घटाएको छ। कम्पनीले यही असार १ गतेदेखि लागू हुने गरी इन्टरनेट तथा इन्ट्रानेटको लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म घटाएको हो। इन्टरनेटको लिज लाइनअन्तर्गत एकदेखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर अब एक हजार ६०० रुपैयाँ मात्र कायम गरिएको छ। यसअघि दुई हजार रुपैयाँ शुल्क रहेकामा टेलिकमले ४०० रुपैयाँ घटाएको हो।…
जनकपुर : धनुषाको औरही गाउँपालिका-३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसके। दुई/तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उनी निरास भएर रित्तो हात घर फर्किए। ‘धानको बीउ छर्ने बेला मल पाउन सकिएको छैन’, उनले भने, ‘गहुँको याममा जसोतसो मल पाइएको थियो, अहिले त डिलर चहार्दाचहार्दै निरास बनेको छु।’ धानको याममा मल नपाएपछि कसरी खेती गर्ने भन्ने चिन्तामा डुबेको…
नेपालगञ्ज : उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ। कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै बिहीवार नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा उक्त आदेश जारी गरेको हो। रिट निवेदकको पक्षमा अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विकाश आचार्य, प्रभाकर भट्टराई, बलबहादुर…
वीरेन्द्रनगर : सुर्खेत-दैलेख सडक खण्डअन्तर्गत कपासे नजिकै बोलेरो जीप दुर्घटना भएको छ। वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किंदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथि मोडमा दुर्घटनामा परेको हो। बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेसीमलका प्रहरी नायब निरीक्षक विमल…
काठमाडौं : भोलिबाट पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले आज पत्रकार सम्मेलन गरी काठमाडौंमा खोप लगाउनका लागि तयारी पूरा भएको जनाएको हो। कार्यालयका प्रमुख वसन्त अधिकारीले भोलिदेखि यही असार १५ गतेसम्म काठमाडौंका एक लाख ९० हजार बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने जानकारी दिए। देशभरि ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको…
कञ्चनपुर : बेदकोट नगरपालिका-७ स्थित पूर्व-पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८०७७ नम्बरको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका-६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्यु भएको हो। सडक पार गर्ने क्रममा बसले जोशीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। सख्त घाइते भएकी…
खोटाङ : ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ। प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकैको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको हो। अभियानका क्रममा ज्याकराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपीसल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँसलगायत ५०० बिरुवा रोपिएको छ। गुरुयोजना तयार गरी अभियान थालिएको मझुवागढी संरक्षण…