नवीन लामिछाने- मनाङ : यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पनि भइसकेको छ। संविधानले दिएको महिला अधिकार र अवसर सत्तारुढ गठबन्धनका कारण खोसिएको भन्दै केही स्थानमा महिला रुष्ट भइरहेका बेला कतिपय स्थानमा भने महिला उम्मेदवार पाउनै मुस्किल छ। मनाङमा यस्तै भएको छ। मनाङमा महिलाका लागि नै तोकिएको संख्या पूर्तिसमेत हुन सकेन। मनाङमा…
काठमाडौंः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाको समय तालिकामा केही फेरबदल गरेको छ। बोर्डले आज सूचना प्रकाशित गरी आगामी जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षामा केही परिवर्तन गरेको जनाएको छ। सूचनामा कक्षा १२ को वार्षिक परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने उल्लेख छ। यसअघि बिहान ११ देखि अपराह्न २ बजेसम्म…
काठमाडौं : नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ। वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘राष्ट्रिय ढाकिएको भू-क्षेत्र अनुगम’ (नेशनल ल्याण्डकभर मोनिटरिङ सिष्टम) अनुसार भूमिलाई वन, कृषि, घाँसे मैदान, बुट्यान, सिमसार, हिउँ, हिमनदी, चट्टान, बगर, आवास र वनस्पतिरहित क्षेत्रमा विभाजन गरिएको छ। मन्त्रालयले गत चैत ७ गते स्वीकृत गरेको उक्त प्रणाली विश्व पृथ्वी दिवसका अवसरमा सार्वजनिक गरेको…
झापाः नेकपा (एमाले) झापाले १५ वटै पालिकाका आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख र उपप्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ। तीमध्ये सो पार्टीले दमक, विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ। दमकको प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल ,विर्तामोडको प्रमुखमा पवित्रा महतरालाई प्रमुख र नगेन्द्र सङ्ग्रौलालाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका जिल्ला कमिटी सचिव…
मोरङः यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी मोरङ जिल्लाका संवेदनशील मतदानस्थल तथा केन्द्रको जिल्ला सुरक्षा समितिले अनुगमन गरेको छ। पहाडी क्षेत्र तथा नेपाल–भारत सीमासँग जोडिएका पालिकाका संवेदनशील मतदानस्थलमा उक्त समितिले अनुगमन गरेको हो। जिल्लाका कतिपय मतदानस्थल भौगोलिक विकटता तथा सडकको पहुँचभन्दा टाढा रहेकाले त्यस्ता मतदानस्थल संवेदनशील देखिएको सुरक्षा समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए।…
– नारायण ढुङ्गाना काठमाडौँ : यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ। निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल…
काठमाडौं : बैशाख ९ गतेदेखि देशभर एकैसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ। कोरोना भाइरस संक्रमणका कारण २०७६ र २०७७ सालमा भौतिक रुपमा एसईई परीक्षा संचालन भएको थिएन। आन्तरिक मूल्याकंनको आधारमा नजिता प्रकाशन गरिएको थियो। कोरोना महामारी सुरु भएपछि पहिलोपटक भौतिक उपस्थितिमा नै भोलिबाट एसईई संचालन हुन लागेको हो। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। राष्ट्रिय…
काठमाडौँः सरकारले ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ। मुलुकका केही स्थानीय तहले पनि १२ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार सोलुखुम्बु,…
मोरङ : विराटनगर महानगरपालिका-७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमवार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ। विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेश कुमार चौधरीका अनुसार कुमार प्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको भएको छ। उक्त आगो विराटनगरका तीन र दुहवी नगरपालिकाको एक वारुणयन्त्र, प्रहरी र सर्वसाधारणको सहयोगमा बिहान २…
काठमाडौं : सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न/देख्न सकिने उनले बताए। अत्यधिक सक्रियताको समयमा…
काठमाडौं : निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा ल्याइने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याउने गरी काम भइरहेको जनाइएको छ। यसैगरी, मन्त्री आलेले कोरोना संक्रमण दर निकै कम…
नारायण अधिकारी- चितवन : चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ। प्रकृतिमा गिद्धको संख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो। सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो। अण्डा र गिद्ध ल्याएर सुरु गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा कोरलेर हुर्किएका छन्। चौध वर्षको अवधिमा सरकारको लगानीको तुलनामा प्रतिफल…
काठमाडौं : कोभिड-१९ को संक्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या दैनिक दुई हजार पुगेको छ। सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्यांक हेर्दा दैनिक लगभग दुई हजार विदेशी पर्यटक नेपाल आउने गरेको…
पूर्णप्रसाद मिश्र- काठमाडौं : काठमाडौं उपत्यकाका सडक, चोक र नदी किनारमा फोहोरको थुप्रो लाग्दा यहाँको सभ्यताको स्रोतका रूपमा स्थापित वाग्मतीलगायत नदीमा सिधै मिसिन थालेको छ। नदीमा सिधै फोहोर मिसिन थाले पनि वाग्मतीलगायत काठमाडौं उपत्यकाका नदी सफाइ अभियान भने जारी छ। सफाइ अभियानकर्मीले प्रत्येक हप्ता शनिवार बिहान स्वयंसेवा गर्दै सफाइ गर्छन्। सात दिनसम्म राजधानीका विभिन्न स्थानमा थुप्रिएको फोहोर भने नदीमा मिसिन्छ।…
काठमाडौं : अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ १५ गतेदेखि २४सै घण्टा सञ्चालनमा आउने भएका छन्। बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि नियामक नेपाल नागरिक उड्डययन प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)सहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका महानिर्देशक इञ्जिनीयर प्रदीप…
काठमाडौँः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही वैशाख ३ गते दिउँसो २ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।
तुलसीपुर : दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको संख्या शून्य भएको छ। अस्पतालका फोकल पर्सन दोर्ण वलीले भने, ‘एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा संक्रमितको संख्या शून्य अवस्थामा छ। अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ।’ अहिले सामान्य बिरामीलाई कोरोना अस्पतालमा राखेर उपचार गर्ने गरिएको उनले बताए। कुनै समय भरिभराउ भएर शय्या पाउन हानथाप नै हुने भन्दै…
कलैया : भरुवा बन्दुक पड्किएर गएराति बारामा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका-१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किँदा मगर घाइते भएका थिए। उनको उपचारका लागि वयोधा अस्पताल वीरगंज लगिएकामा उपचारकै क्रममामा…
बनियानीः भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा एक करोड रुपैयाँ बराबरको सामग्री बरामद गरेको छ। प्रहरीले मङ्गलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो। प्रहरीले बुधबार बिर्तामोडबाट भन्सार छलेर ल्याइएको कपडाको ठूलो रोल आठ थान, सानो रोल ३१ थान, मोटर…
सिमकोट : हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ। विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो। खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्र्याक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ। यसअघि टिपरमार्फत चङ्खेली गाउँपालिकाको सरिसल्ला हुँदै सर्केगाड गाउँपालिकाको सर्केगाड बजारसम्म पुर्याइएको खाद्यान्न…