काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गर्नेलाई स्पष्टीकरण सोध्ने भएको छ। समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार स्वीकृत नलिई पात्रो र भित्तेपात्रो प्रकाशन…
दमौली : नेकपा (एमाले) भिमाद नगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेद्वार छनोटका लागि मतदान गरेको छ। प्रमुख पदका लागि आठ जना आकांक्षी भएपछि भिमाद नगर कमिटीले आज मतदानमार्फत् दुई जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो। मतदानमार्फत् भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापा र दधिराज सुवेदी प्रमुख पदका उम्मेद्वारका लागि सिफारिस भएका छन्। थापाले ५७ र सुवेदीले…
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रियाका राजदूत क्याथरिना वाइजरले शिष्टाचार भेट गरेकी छन्। मन्त्रालयमा आज भएको भेटमा उनीहरूले दुई देशबिच रहिआएको आपसी सम्बन्ध र सहयोगका विविधि विषयमा विचारविमर्श गरे। भेटमा ऊर्जामन्त्री भुसालले पाटन सङ्ग्रहालय र केशर महलस्थित बगैँचाको जीर्णोद्धारमा अष्ट्रियाले पुर्याएको सहयोगप्रति त्यहाँको सरकारलाई धन्यवाद व्यक्त गरिन्। उनले वातावरण र साँस्कृतिक सम्पदा संरक्षण, खानेपानी एवं…
जाजरकोट : रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ। दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट बञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले प्राविधिकसहितको टोली आज पठाउने काम सुरु गरेको जनाएको…
जनकपुर : अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-४ बस्ने ३० बर्षीय इन्द्रेश कुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका-१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय लोटस भन्ने अभिषेक कुमार सिंह रहेको प्रहरीले जनाएको छ। हातहतियार बोकी ज ७ प ७९३२ नम्बरको पल्सर मोटरसाइकलमा रामानन्द चोकबाट प्रादेशिक…
पर्वत : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन्। समाजवादी प्रेस सङ्गठनले आज कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले नजिकिँदै गएको स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने विषयमा दुविधा नभएको जनाउँदै २०७४ सालको स्थानीय तह निर्वाचनले कुन दलको हैसियत कति छ भन्ने देखाएकाले गठबन्धनमा…
सर्लाही : भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ। भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारी प्रसाद काफ्ले जानकारी दिए। कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टी चिनी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए। कन्टेनरबाट बरामद…
काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताएका छन्। सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले वैष्णवी माताको जात्राको पूर्वसन्ध्यामा आज बिहान यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेण्डर विमोचन’ कार्यक्रममा एसएसपी गिरीले समाजमा हुने अपराध नियन्त्रणका लागि स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताएका हुन्। “समाजमा हुने…
भक्तपुर : भक्तपुरमा आजबाट बिस्का जात्रा सुरु हुँदैछ। टौमढीस्थित पाँचतले (ङातापोल) मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गर्दै जात्रा सुरु गरिन्छ। जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ। काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा…
मङ्गबारे : इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। चुलाचुली गाउँपालिका–३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। मर्निङ वाकमा निस्किएका रामबहादुरलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो। बिहानै हात्तीले आक्रमण गरेपछि उपचारका लागि उनलाई झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले…
चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन्। प्रज्ञा-स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको चर्चा गरेका हुन्। यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका…
हेटौँडा : स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिएका छन्। आज मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ स्थित भोजशिद्ध माविमा खोप अभियान सुरु गर्दै उनले खोप पूर्णरुपमा सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराउन आग्रह गरे। आजदेखि प्रारम्भ भएको अभियान देशैभर बैशाख १८ गतेसम्म…
सोलुखुम्बु : सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको ‘आइसफल डाक्टर’को टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो। सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अनुसार ६ ‘आइसफल डाक्टर’ अर्थात् हिउँमा बाटो बनाउने अनुभवी व्यक्तिले बाटोमा सङ्केत राख्ने, भर्याङ राख्ने, डोरी टाँग्नेलगायत काम गरिरहेका छन्। दोस्रो शिविरसम्मको बाटो खुलेसँगै आरोहीहरूलाई त्यहाँसम्म जान अनुमति…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबिच तालमेलको विषयमा कुरा भएको बताएका छन्। संचारकर्मीसँग कुराकानी गर्दै अघ्यक्ष दाहालले आज बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन्। 'मुख्य रुपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ। सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो,' दाहालले भने। अर्को एक फरक प्रसङ्गमा अध्यक्ष भरतपुर महानगरको नेतृत्वका बारेमा…
काठमाडौं : बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान गरेको छ। डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो। सो अवसरमा डा पुनसँग अन्तर्क्रिया समेत गरिएको थियो। कार्यक्रममा डा पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गरेका थिए। पुनले जनस्तर…
बलेवा : बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरा बजारमा गएराति एक सहकारीसहित सात घरमा चोरी भएको छ। सीवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो। कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद २० हजार रुपैयाँ चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताए। त्यस्तै, शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर…
जलेश्वर : महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैते छठ सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्वको अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ सम्पन्न भएको छ। चैते छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी,…
वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगरलाई कोभिड-१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ। नगरपालिकाले कोभिड खोप लगाउन लक्षित जनसङ्ख्याभन्दा बढीलाई पूर्ण मात्रा खोप लगाएपछि खोपयुक्त घोषणा गरिएको हो। प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीवार एक समारोहका बिच वीरेन्द्रनगरलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेका हुन्। सो अवसरमा उनले वीरेन्द्रनगरलाई पहिलोपटक कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगर घोषणाको दिनलाई कर्णालीका लागि ऐतिहासिक दिनका रूपमा…
नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत लिएका हतियार बुझाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको छ। स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गर्न भन्दै केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयानुसार हतियार चैत मसान्तभित्र बुझाउन सूचना जारी भएको छ। बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने उल्लेख छ।…
जलेश्वर : अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी आज साँझ महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा चैते छठ मनाइँदैछ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ मनाइँदैछ। छठ पर्व महोत्तरीको…