PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • बारको नेतृत्व चयनका लागि मतदान सम्पन्न, उपत्यकामा ७१ प्रतिशत मत खस्यो

    बारको नेतृत्व चयनका लागि मतदान सम्पन्न, उपत्यकामा ७१ प्रतिशत मत खस्यो

    काठमाडौँः नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिबार बिहानदेखि सुरु भएको मतदान सम्पन्न भएको छ। नेपाल बार एशोसिएशन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ। काठमाडौँ केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ। शनिबार बिहान ८०० बजेदेखि सुरु भएको अपराह्न ४०० बजेसम्म मतदानको…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर पढ्न ३४ हजार भन्दा धेरैको आवेदन

    डाक्टर पढ्न ३४ हजार भन्दा धेरैको आवेदन

    काठमाडौँ : चिकित्सा शिक्षा आयोगले सुरु गरेको स्नातक तहको एकीकृत एमबीबीएस प्रवेश परीक्षामा ३४ हजार ६ सय ६५ जनाले आवेदन दिएका छन्। तीन दिनसम्म चल्ने परीक्षाको पहिलो दिन १९ हजार ५ सय ८ जना सहभागी थिए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शुक्रवार भएको परीक्षाको निरीक्षण गर्दै परीक्षामा कुनै प्रश्न उठ्ने वातावरण सिर्जना नगर्न निर्देशन दिएका थिए। मन्त्री पौडेल नेपाली…

    विस्तृतमा पढ्नुस्

  • आज पनि हल्का वर्षा हुनसक्‍ने

    आज पनि हल्का वर्षा हुनसक्‍ने

    काठमाडौं : देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भारतको विहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • बारको मतदान सुरु

    बारको मतदान सुरु

    काठमाडौँ : नेपाल बार एसोसिएसनको २६औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान आठ बजेदेखि मतदान शुरु भएको छ। नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट एकसाथ मतदान प्रारम्भ भएको हो। मतदान अपराह्न ४ बजे सम्पन्न हुनेछ। बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको ताथलीमा जग्गा प्लटिङको पर्खाल लगाउँदा खसेको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

    भक्तपुरको ताथलीमा जग्गा प्लटिङको पर्खाल लगाउँदा खसेको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु

    भक्तपुरः चाँगुनारायण नगरपालिका ९ ताथलीमा भिरालो जग्गामा चम्पा कुस्माले गरेको प्लटिङमा पर्खाल लगाउने क्रममा झरेको ढिस्कोले पुरेर आज दुई मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका३ घर भई भक्तपुर बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ९ घरभई भक्तपुर बस्ने ३२ वर्षीय चतुरमान तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • रेल सञ्चालनको सम्पूर्ण तयारी पूरा : शनिवार देउवा र मोदीले उद्घाटन गर्ने 

    रेल सञ्चालनको सम्पूर्ण तयारी पूरा : शनिवार देउवा र मोदीले उद्घाटन गर्ने 

    सञ्चिता घिमिरे- काठमाडौं : धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार नयाँ दिल्लीबाट संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ। नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन सुरक्षामा खलल पुग्न सक्ने भन्दै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

    निर्वाचन सुरक्षामा खलल पुग्न सक्ने भन्दै इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

    चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेका हुन्। यही चैत्र मसान्तसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको हो। चैत्र १५ गते बसेको जिल्ला सुरक्षा समतिको बैठकको निर्णय…

    विस्तृतमा पढ्नुस्

  • पाँच दिनको अवधिमा स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन युवक पक्राउ

    पाँच दिनको अवधिमा स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन युवक पक्राउ

    जलेश्वर : विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाखसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतवार ५५ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका थिए भने बिहीवार ८ लाख रुपैयाँसहित थप एक युवक पक्राउ परे। जिल्लाको जलेश्वर-बर्दिबास सडकखण्डको औरहीमा गत आइतवार दिउँसो स्रोत नखुलेको ५५ लाख रुपैयाँसहित औरही नगरपालिका-२ चेपकट…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट पैदल यात्रुको मृत्यु, बस र चालक प्रहरी नियन्त्रणमा

    बसको ठक्करबाट पैदल यात्रुको मृत्यु, बस र चालक प्रहरी नियन्त्रणमा

    हेटौँडा : हेटौँडा उपमहानगरपालिका-१९ स्थित नेवारपानीमा आज बिहान बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेको नाम र वतन खुल्न सकेको छैन। वाग्मती प्रदेश ०३-००१ ख १३६५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय पुरुषको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन्।

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनापछि पार्किङ गरेर राखिएका दुई सवारीसाधनमा अज्ञात व्यक्तिले गरे आगजनी

    दुर्घटनापछि पार्किङ गरेर राखिएका दुई सवारीसाधनमा अज्ञात व्यक्तिले गरे आगजनी

    बेनी : बेनी-दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका-६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ। आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ। सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नम्बरको भ्यान र ध १ ज ७२६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए। उनका…

    विस्तृतमा पढ्नुस्

  • इँटा बोकेको ट्रकमा आगो लाग्यो

    इँटा बोकेको ट्रकमा आगो लाग्यो

    चितवन : भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो। ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो। आगलागीबाट ट्रक पूर्णरुपमा क्षति…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार बुढाथोकी र साह पुरस्कृत    

    पत्रकार बुढाथोकी र साह पुरस्कृत    

    मोरङ : नेपाल पत्रकार महासङ्घको स्थापना दिवसका उपलक्ष्यमा षष्टिका बस्नेत सूचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ यस वर्ष गजेन्द्र बुढाथोकी र देवनाराण साहलाई प्रदान गरिएको छ।  नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाबाट प्रदान गरिँदै आएको सूचनाको अधिकार पुरस्कारको राशि रु ५० हजार ५१ टक्सार म्यागजिनका प्रधान सम्पादक बुढाथोकीलाई र प्रोत्साहन पुरस्कारको राशि रु १५ हजार ५१ बाट कान्तिपुर दैनिकका जिल्ला संवाददाता साहलाई…

    विस्तृतमा पढ्नुस्

  • दाङमा बढे आर्थिक अनियमितताका उजुरी

    दाङमा बढे आर्थिक अनियमितताका उजुरी

    देउखुरी : दाङमा आर्थिक अनियमिततासम्बन्धी उजुरी बढेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ९४ उजुरी परेकामा चालु आवमा १२२ उजुरी परेका छन्। आर्थिक अनियमिततासम्बन्धी उजुरी बढ्दो क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख विजयराज पौडेलले जानकारी दिए। गत वर्ष २५ उजुरी तथा चालु आवमा ७१ उजुरी फर्छ्योट गरिएको उनले…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा ६९ प्रतिशतलाई कोरोनाविरुद्धको दोस्रो मात्राको खोप

    कर्णालीमा ६९ प्रतिशतलाई कोरोनाविरुद्धको दोस्रो मात्राको खोप

    सुर्खेत : कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन्। हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन्। निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिए। हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ।…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

    टिपरको ठक्करबाट दुई बालिकाको मृत्यु

    काठमाडौं : गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित मेलम्ची चोकमा टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ। स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेष्याको आज बिहान ८:३० बजे टिपरको ठक्करबाट मृत्यु भएको हो। घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएकामा उनीहरुको घटनास्थलमै  मृत्यु भएको प्रहरी वृत्त बौद्धले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि...

    सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि...

    काठमाडौँः देशको जेठो विश्वविद्यालयका कर्मचारी इमान्दार, लगनशील र कानून कार्यान्वयनमा अब्बल हुनुपर्छ। उनीहरुलाई आआफ्नो जिम्मेवारी सुम्पिइएको छ तर इतिहास बोकेको विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै गलत काम गरे भने त्यो सरासर गैरकानुनी मात्रै हुँदैन, अख्तियारको दुरुपयोगसमेत हुन्छ। यस्तै भएको छ जेठो विश्वविद्यालयको त्रिवि सेवा आयोगमा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको मुद्दाका आधारमा हेर्दा आयोगमा कार्यरत कर्मचारीले परीक्षामा…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनामा एमाले ढोरपाटन नगर कमिटी अध्यक्ष पौडेलको मृत्यु

    दुर्घटनामा एमाले ढोरपाटन नगर कमिटी अध्यक्ष पौडेलको मृत्यु

    बलेवाः बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारतर्फ आउँदै गरेको लु १ च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका -२ थारुखोलामा दुर्घटना भएको हो। दुर्घटनामा परी ढोरपाटन १ का ऋतुवर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको हो। पौडेल नेकपा (एमाले) ढोरपाटन नगर कमिटीका अध्यक्ष हुन्। दुर्घटनामा…

    विस्तृतमा पढ्नुस्

  • बैंकिङ कसुरमा दोषी ठहर काजी गुरुङ पक्राउ

    बैंकिङ कसुरमा दोषी ठहर काजी गुरुङ पक्राउ

    काठमाडौँः प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनले ४० लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका स्याङ्जा आँधीखोला गाउँपालिका ४ का ५२ वर्षीय काजी गुरुङलाई सोमबार सामाखुशीबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको २०७८ फागुन १ गतेको फैसलाअनुसार ६ दिन कैद सजाय र रु…

    विस्तृतमा पढ्नुस्

  • मौसम पूर्वानुमान : हावाहुरीसहित वर्षाको सम्भावना

    मौसम पूर्वानुमान : हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीको समेत सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित/चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। राति प्रदेश नम्बर १, वाग्मती…

    विस्तृतमा पढ्नुस्

  • अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प

    अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प

    किमाथाङ्का : सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी-पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ। प्रवेशमार्गको छ्याङकुटी-पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। अरुण तेस्रोको प्रवेशमार्ग छयाङकुटी-पुखुवा सडकखण्डको मुआब्जा नपाएपछि सात दिनदेखि अरुण तेस्रो आयोजना र प्रवेशमार्ग अवरुद्ध पारेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए। प्रवेशमार्ग छ्याङकुटी-पुखुवा सडकखण्डको मुआब्जा तीन वर्ष…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell