किमाथाङ्का : सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ। प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन्। अरुण तेस्रोको प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा नपाएपछि सात दिनदेखि अरुण तेस्रो आयोजना र प्रवेशमार्ग अवरुद्ध पारेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताए। प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा तीन वर्ष…
सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन धनगढीमा सुरु भएको छ। ६ महिना पुग्न केही दिनमात्र बाँकी छँदा हिँउदे अधिवेशन प्रारम्भ भएको हो। अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रदेश सभामा छलफलका लागि कार्यसूची दिन नसकेकोलगायत कारण अधिवेशन ढिलो गरी सुरु भएको हो। अधिवेशनको प्रारम्भमा दिइएको विषेश समयमा नेपाली कांग्रेस संसदीय दलका नेता डा…
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रुपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गरेका छन्। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ विश्व सम्मेलन तथा महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै उनले विश्वभर छरिएर बसेका नेपालीको असङ्गठित पुँजी र प्रविधिलाई सङ्गठित बनाउन आवश्यक रहेको बताए। प्रधानमन्त्री देउवाले भने, “विश्वभर छरिएर…
मलङ्गवा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी…
फुङ्लिङ : ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा पर्यटकको आगमन सुरु भएको छ। कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको विस्तारै आगमन सुरु भएको हो। कोभिड-१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजङ्घा क्षेत्रमा विस्तारै पर्यटकको आगमन हुन थालेको छ। पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका-६ कञ्चनजङ्घा प्रवेशद्धार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए।…
केही बेरमा चीनद्वारा हस्तान्तरण हुँदै पोखरा विमानस्थाल पोखरा : चीन सरकारको ऋणमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ। चीन सरकारले नेपाललाई सो विमानस्थल हस्तान्तरण गर्ने कार्यक्रम छ। चिनियाँ विदेशमन्त्री वाङ यी हाल नेपाल भ्रमणमा छन्। उनको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त विमानस्थलको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए।…
ललितपुर : प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताएका छन्। ललितपुरको पाटनस्थित पुनःनिर्माण गरी बनाइएको भीमसेन मन्दिरको उद्घाटन गर्दै उनले तोकिएको समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक तयारी थालेको बताए। प्रधानमन्त्री देउवाले अहिलेको सरकारलाई तीनै तहको निर्वाचन गर्ने कार्यभारसमेत रहेको उल्लेख गर्दै भयरहित, स्वच्छ निर्वाचन गर्नु अहिलेको आवश्यकता र सरकारको दायित्वसमेत रहेको जनाए।…
काठमाडौः सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ। आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्वर गणका गणपति कमल तिमिल्सिनाले बताए। उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक क्रियाकलापको न्यूनीकरणका लागि सीमा क्षेत्रमा उच्च निगरानी थालिएको बताए। “मातहतका सबै युनिटलाई आवश्यकताअनुसार परिचालन गरी सबै सीमा…
इनरुवाः सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवश्यकता र औचित्यको आधारमा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने बताएका छन्। सुनसरीको सदरमुकाम इनरुवामा आज रासससँग कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा मात्र गठबन्धन हुने बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले धेरै ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने उल्लेख गर्दै जुन ठाउँमा आवश्यकता र औचित्य हुन्छ, त्यस ठाउँमा…
-कृष्ण दवाडी कास्कीः पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। चिनियाँ एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ। विमानस्थलको मुख्य निर्माण कार्य र यान्त्रिक जडानको काम सकिएपछि चिनियाँ निर्माण कम्पनी सीएएमसीइले हस्तान्तरण गर्ने भएको छ। चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री…
सिन्धुपाल्चोक : तातोपानी भन्सार नाकाबाट बिहीवार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ। सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो। बुधवार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले जानकारी दिए। रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ। सिल्क मार्केटले चीनबाट…
चितवन : चितवनमा २८९ नयाँ क्षयरोगी थपिएका छन्। जिल्लाका सात पालिकामा पुस मसान्तसम्मको तथ्यांकमा बिरामी थपिएका हुन्। हरेक चार-चार महिनामा तथ्याङ्क अद्यावधिक गर्ने गरिन्छ। कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा क्षयरोगका बिरामी रहेका छन्। भरतपुर महानगरमा १५३ जनामा क्षयरोग देखिएको हो। यस्तै, खैरहनीमा ३३, माडीमा २९, रत्ननगरमा ३२, राप्तीमा १८ र कालिका नगरपालिकामा १९ तथा…
जनकपुर : मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ। विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरेपनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको हो। मधेस प्रदेशका आठवटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन…
काठमाडौं : बैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिबाना र कैद सजाय तोकिएपछि फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरेको छ। उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिबाना र ७ दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौँडा घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ३८ वर्षका रगुन खड्केलाई पक्राउ गरिएको हो। उनले…
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सो प्रणालीको प्रभावले पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य भू-भागमा सामान्यतया सफा रहने…
जनकपुर: आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ। जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लागेका छन्। जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका…
मान्म : कालीकोटको खाडाँचक्र नगरपालिका-१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ। सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतवारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो। उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी/एड्स, क्षयरोग, कोभिड-१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए। ‘सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ’, उनले भने, ‘जिल्लामा पहिलेदेखि…
नवलपुर : नारायणी नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिका-१७ कुजौलीघाटस्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका-९ घर भई देवचुलीस्थित आफन्तको घरमा आएका १६ वर्षीय नवराज श्रेष्ठ आज बिहान बेपत्ता भएका हुन्। पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अज्ञात रहेका कारण उनको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब…
सिमकोट : हुम्लाको नाम्खा गाउँपालिकाका लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन्। चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरु चुनेका हुन्। वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन्। उनी नेपाली कांग्रेसका हुन्। त्यस्तै, सदस्यमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएको स्थानीयवासी कुन्जोक तामाङले…
काठमाडौं: हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो। यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ। यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो। साथै १२–१७ वर्ष…