पोखरा : प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २०औँ नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ। पोखरा महानगरपालिका-१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका छन्। सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउने…
काठमाडौं : नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउँदैछ। प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफ : द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो। आज मध्याह्न नेपाल आइपुग्ने ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने तयारी भएको पाटा नेपाल च्याप्टरले…
नारायण अधिकारी - चितवन : तेस्रो पर्यटकीय गन्तव्य चितवनमा निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्याभन्दा स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्या बढी हुने गरेको छ। भरतपुरमा रहेका ठूला अस्पतालमा बाहिरी जिल्लाबाट दैनिक उपचार गर्न आउने बिरामी र तिनका कुरुवाका कारण भरतपुर स्वास्थ्य पर्यटनको हब बन्दै गएको हो। सरकारी भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल…
उदयपुर : बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मङ्गलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नलाई पक्राउ गरी बुधवार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ। कविताको हत्यामा संलग्न रहेकामा बेलका–३ बस्ने १७ वर्षीया किशोरी र उनका ठूलाबुबाका छोरा भारत सिक्किम पैयु घर भई बेलाका बस्दै आएका १९ वर्षीय विनोद ढकाललाई जिल्ला…
लमजुङ : मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक ५०० रुपैयाँ भत्ता पाउने भएका छन्। पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन्। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, ‘पालिकामा स्थायी रुपमा बसोवास गर्ने एकल पुरुषलाई पालिकाको मंगलवार बसेको ९६औँ बैठकले गत फागुन महिनादेखि नै लागू हुने गरी सम्मान स्वरुप सामाजिक सुरक्षा…
काठमाडौं : धादिङको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङमाथि आक्रमण भएको छ। गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने बच्छलामा गाउँपालिका अध्यक्षमाथि आक्रमण भएको हो। स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस वडा अध्यक्षको टिकट सिफारिस गर्न छलफल भइरहेको समयमा कांग्रेसका प्रदेश क्षेत्रीय सभापतिसमेत रहेका तामाङमाथि आक्रमण भएको हो। कांग्रेसका कार्यकर्ता राजु पाख्रिनको समूहले आक्रमण गरेको अध्यक्ष तामाङले आरोप लगाएका छन्। पाख्रिन र अध्यक्ष…
काठमाडौं : संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो ड्राफ्टमा कार्यरत एक नेपाली शान्ति सैनिकको निधन भएको छ। ‘अप्रेसन बाली’का क्रममा मंगलवार घाइते भएका सुर्खेतका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालले जानकारी दिए। प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत…
खोटाङ : यही चैत्र २९ देखि बैशाख ४ गतेसम्म खोटाङका ५३ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको छ। दश स्थानीय तह रहेको जिल्लामा ७११ वटा खोप केन्द्र निर्धारण गरेर एकैसाथ १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको हो। टाइफाइड रोगको सङ्क्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको नीतिअनुसार जिल्लाका दशवटै स्थानीय तहमा…
ताप्लेजुङ : माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन्। मिक्वाखोला गाउँपालिका-२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए। नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए। घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। गए…
कञ्चनपुर : भीमदत्त नगरपालिका-५ शान्ति निकेतन चोकमा आज बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। ना ४ ख ४४६६ नम्बरको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार बजारबाट सामान खरिद गरी बुडालले सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको हो। मृतक महिला ब्रह्मदेव प्रहरी चौकीमा कार्यरत…
सिमकोट : हुम्लासहित कर्णाली प्रदेशका उच्च हिमाली जिल्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन। हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एयरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ लागेपछि विमानस्थलमा बिरामी तथा सर्वसाधारण र कर्मचारीलगायत यात्रु अलपत्र परेका छन्। हुम्लाको दक्षिण भेगका नागरिक गाडीमार्फत जिल्लाबाहिर जान सके पनि सर्केगाड, खार्पुनाथ, सिमकोट र उत्तरी नाम्खा गाउँपालिकाका…
रत्ननगर : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताएका छन्। प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘तपाईँहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन।’ स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने उल्लेख गर्दै उनले केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए। ‘स्थानीय आवश्यकताअनुसार लोकल एडजस्टमेन्टको कुरा हुन सक्ला, त्यो आज…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको छिमेकी मित्रराष्ट्र भारतको तीन दिने भ्रमण सकेर स्वदेश फर्केका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी आइतवार स्वदेश फर्केका हुन्। भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले नयाँदिल्लीको हैदरावाद हाउसमा आफ्ना समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गरेका थिए। उक्त अवसरमा प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल–भारत सम्बन्धका बहुआयामिक क्षेत्रहरूमा छलफल भएको परराष्ट्रमन्त्री डा नारायण…
महोत्तरी : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्धको खबरदारी जारी नै रहेको बताएका छन्। आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुने उनले बताए। बर्दिबास नगरपालिका-११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीले गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हरकतलाई ठेगान लगायौँ, यसपालिको आसन्न…
दमौली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालमा विकासका नाममा अनावश्यक खर्च गरिएको बताएका छन्। तनहुँको बन्दीपुर गाउँपालिका-२ स्थित सिमलटार खानेपानी आयोजनाको आज उद्घाटन गर्दै डा कोइरालाले देशका विभिन्न ठाउँमा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने नाममा अनावश्यक खर्च गरिएको भन्दै त्यसमा लगानी गर्ने पैसाले अस्पताल र विद्यालय बनाउनुपर्नेमा जोड दिए। ‘विकासका लागि पैसा छैन भन्छौँ, भ्यू टावरमा अनावश्यक…
कपिलवस्तु : इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आजदेखि सुरु भएको छ। राष्ट्रिय मदरसा सङ्घ नेपालले प्रेस विज्ञप्ति जारी गरी आजदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ। पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्तीको पश्चाताप गरी क्षमायाचना माग्ने चलन रहिआएको राष्ट्रिय मदरसा सङ्घ नेपालका महासचिव मौलाना मशहुद खाँ नेपालीले…
दमौली : तनहुँको भानु नगरपालिका-९ डुम्रीखर्कमा ट्र्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँकी २३ वर्षीया एलिना श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय भानुले जनाएको छ। ग १ त ५४४५ नम्बरको ट्र्याक्टरबाट खसेर घाइते उनको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए। गएराति दाउरा लिन गएका बेला ट्र्याक्टरबाट खसेर श्रेष्ठ घाइते…
रोल्पा : सशस्त्र द्वन्द्व तथा अन्य कारणले लामो समयसम्म बेपत्ता भई घर नफर्किएपछि बेपत्ता वा मृत्युको न्यायिक घोषणाका लागि जिल्लाका आफन्तहरु अदालत धाउन थालेका छन्। मुलुकी देवानी संहिता २०७४ मा बेपत्ता वा मृत्युको न्यायिक घोषणाको प्रावधान समावेश भएयता निवेदन दिन अदालत धाउनेको सङ्ख्या बढ्न थालेको हो। जिल्ला अदालतका नायब सुब्बा केशव श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७५/७६ मा बेपत्ता वा मृत्यु…
जलेश्वरः महोत्तरीको औरही नगरपालिका १ मा गएराति दुई छोराछोरीसहित आमाले पोखरीमा हाम फाल्दा दुवै छोराछोरीको डुबेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय विश्वजीत कर्णकी पत्नी २६ वर्षीया बन्दना कर्णले गएराति १० बजे गाउँमै रहेको महादेव मन्दिरको पोखरीमा आफ्ना चार वर्षीया छोरी विद्या र आठ महिनाको छोरा अध्यान्सुसहित हाम फालेकामा दुवै छोराछोरीको डुबेर मृत्यु…
भक्तपुरः चाँगुनारायण नगरपालिका ९ ताथलीको भिरालो जग्गामा चम्पा कुस्मा राईले गरेको अवैध जग्गा प्लटिङमा पर्खाल लगाउने क्रममा ढिस्कोले पुरेर मृत्यु भएका दुई मजदुरको शव २४ घण्टापछि उठाइएको छ। जग्गा प्लटिङ गर्ने चम्पा कुस्माको लापरबाहीका कारण भएको घटनामा परी काभ्रेपलाञ्चोक चौरी देउराली गाउँपालिका ३ घर भई भक्तपुर जगाती बस्ने ५० वर्षीय वर्षमान तामाङ र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ९ घर भई बनेपा…