PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • निकुञ्जले नियन्त्रणमा लियो मान्छे खाने बाघ

    निकुञ्जले नियन्त्रणमा लियो मान्छे खाने बाघ

    चितवन : चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ। पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक बनबाट बाघ नियन्त्रणमा लिइएको हो। निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार यही बैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन। थप शक्ति…

    विस्तृतमा पढ्नुस्

  • महेन्द्रनगरको एक होटलको कोठामा मृतावस्थामा फेला परे युवक

    महेन्द्रनगरको एक होटलको कोठामा मृतावस्थामा फेला परे युवक

    कञ्चनपुर : महेन्द्रनगरस्थित नाइन इलेभन होटलको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका-१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा मृतावस्थामा फेला परेका हुन्। पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्

  • घुम्न पोखरा आइपुगे टर्कीका अभिनेता दुज्यातान

    घुम्न पोखरा आइपुगे टर्कीका अभिनेता दुज्यातान

    कास्की : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा सोमवार काठमाडौं आएका टर्कीका अभिनेता इनगिन अल्टान दुज्यातान आज पोखरा आएका छन्। उनलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एसोसिएसन नेपाल (नाटा) का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रसंशकहरुले स्वागत गरे। कोरोनापछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्र प्रवर्द्धन गर्नाका साथै टर्कीका पर्यटक नेपाल भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध हुँदा हुम्लाको तल्लो क्षेत्र सञ्चारविहीन, इन्टरनेट नहुँदा बैंकको कारोबार ठप्प

    तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध हुँदा हुम्लाको तल्लो क्षेत्र सञ्चारविहीन, इन्टरनेट नहुँदा बैंकको कारोबार ठप्प

    सिमकोट : हुम्लाको तल्लो क्षेत्रमा करिब तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध छ। नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका छन्। सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट गर्ने सबै खालका कामकारबाही प्रभावित भएको बताइएको छ। टेलिफोन सेवा अवरुद्ध भएपछि कहाँ र कसरी अवरुद्ध भएको खबर हुन नसकेको गाउँपालिका स्रोतले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • मदिरा बिक्रीको लागि रसुवामा तोकियो समय सीमा, इजाजत प्राप्त व्यक्तिले मात्र बेच्न पाउने

    मदिरा बिक्रीको लागि रसुवामा तोकियो समय सीमा, इजाजत प्राप्त व्यक्तिले मात्र बेच्न पाउने

    रसुवा : यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षालाई केन्द्रित गरी नेपाल प्रहरीले मदिरा बिक्रीका लागि समय सीमा तोकेको छ। मादक पदार्थ सेवन गर्ने व्यक्तिबाट बढी होहल्ला हुने एवं झै-झगडाको सम्भावना बढ्न सक्ने विगतका घटनाक्रमले देखाएका कारण इजाजत प्राप्त व्यक्तिले मात्र मदिरा बिक्री गर्न पाउने व्यवस्था मिलाइएको छ। यसका लागि अनुगमन कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ। जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • चार महिनाको अवधिमा चितवनका ३१ पोल्ट्री फार्ममा देखियो बर्डफ्लु

    चार महिनाको अवधिमा चितवनका ३१ पोल्ट्री फार्ममा देखियो बर्डफ्लु

    चितवन : कुखुरा पालनको लागि राजधानीका रूपमा चिनिएको चितवनमा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ। माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो। अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिए। उनका…

    विस्तृतमा पढ्नुस्

  • मौसम पूर्वानुमान : पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, काठमाडौंको मौसम सफा

    मौसम पूर्वानुमान : पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना, काठमाडौंको मौसम सफा

    काठमाडौं : नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ को एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू-भागमा मौसम…

    विस्तृतमा पढ्नुस्

  • पाँच तलामाथिबाट खस्दा भक्तपुरमा एक महिलाको मृत्यु

    पाँच तलामाथिबाट खस्दा भक्तपुरमा एक महिलाको मृत्यु

    भक्तपुर : आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। भक्तपुर नगरपालिका-८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उनले बताए।

    विस्तृतमा पढ्नुस्

  • गोरखामा जन्ती बोकेको जीप दुर्घटना, तीन जनाको मृत्यु

    गोरखामा जन्ती बोकेको जीप दुर्घटना, तीन जनाको मृत्यु

    गोरखाः गोरखामा जन्ती बोकेको स्कार्पियो जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। चितवनबाट जन्ती लिएर आएको जीप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए। बा १४ च ७८१ नम्बरको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उनको भनाइ छ। दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन…

    विस्तृतमा पढ्नुस्

  • लगातारको वर्षाले किसान हर्षित, प्रचारप्रसार गर्न नपाउँदा उम्मेदवारलाई छटपटी

    लगातारको वर्षाले किसान हर्षित, प्रचारप्रसार गर्न नपाउँदा उम्मेदवारलाई छटपटी

    महोत्तरी : लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीय तह चुनाव प्रचारमा जुट्न नसक्दा उम्मेदवारलाई छटपटी भएको छ। चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन्। ‘खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ,’ बर्दिबास नगरपालिका-९ पशुपतिनगरका महेन्द्र महतोले भने। वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको उनले बताए। वर्षाले बर्खे धान र कोदोको धुले ब्याड राख्न सजिलो…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलामा अनुमतिबिनै यार्सागुम्बा सङ्कलन, कारबाही गर्ने संरक्षण क्षेत्र कार्यालयको चेतावनी

    दार्चुलामा अनुमतिबिनै यार्सागुम्बा सङ्कलन, कारबाही गर्ने संरक्षण क्षेत्र कार्यालयको चेतावनी

    दार्चुला : दुधिवन, अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा सङ्कलन गरिरहेका छन्। हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ। यस वर्ष यहाँका सङ्कलक बैशाख दोस्रो साता नै सङ्कलन क्षेत्रमा पुगेका व्यास गाउँपालिका-२ का नरेन्द्रसिह धामीले बताउनुभयो। अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • हावाहुरीले टावर भत्किँदा कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

    हावाहुरीले टावर भत्किँदा कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

    मान्म : कालीकोटमा शुक्रवार राति आएको हावाहुरीका कारण कालीकोटको टेलिफोन सेवा अवरुद्ध भएको छ। हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सेवा अवरुद्ध भएको हो। हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ। टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकासँग…

    विस्तृतमा पढ्नुस्

  • अनुसन्धानको घेरामा १५५६ वटा शङ्कास्पद कारोबार, सूक्ष्म अध्ययन गर्दै राष्ट्र बैंक

    अनुसन्धानको घेरामा १५५६ वटा शङ्कास्पद कारोबार, सूक्ष्म अध्ययन गर्दै राष्ट्र बैंक

    काठमाडौं : नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताएको छ। इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शङ्कास्पद कारोबारको प्रतिवेदन प्राप्त भएको जनाएको छ। उक्त अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने निकायमा पठाएको छ। यसैबिच, नेपाल राष्ट्र बैंकले उक्त अवधिसम्म…

    विस्तृतमा पढ्नुस्

  • श्रमिक दिवस : दैनिक मजदुरी गर्नेलाई हर्ष न बिस्मात, महँगी बढ्दा ज्याला नबढेको गर्छन् गुनासो

    श्रमिक दिवस : दैनिक मजदुरी गर्नेलाई हर्ष न बिस्मात, महँगी बढ्दा ज्याला नबढेको गर्छन् गुनासो

    सुशीला रेग्मी- रामपुर : पर्साको सखुवा प्रसौनी गाउँपालिका-३ स्थित कौवा बनका ४० वर्षीय जुलन माझीलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे केही जानकारी छैन। दैनिक मजदुरीमा व्यस्त रहने माझीलाई आइतवार पनि कामले फुर्सद छैन। उनी आइतवार पनि पाल्पाको रामपुरमा सडक निर्माणका काममा बिहानैदेखि खटिएका छन्। दश वर्षको उमेरदेखि उनले सडक, भवन तथा पुल, पुलेसा, सामान ओसारपसारजस्ता विभिन्न क्षेत्रमा मजदुरी गर्दै आएका छन्। यसरी…

    विस्तृतमा पढ्नुस्

  • बाघको आक्रमणबाट चितवनमा घाँस काट्न गएका एक पुरुषको मृत्यु

    बाघको आक्रमणबाट चितवनमा घाँस काट्न गएका एक पुरुषको मृत्यु

    चितवन : बाघको आक्रमणबाट पूर्वी चितवनमा एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका-१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक बनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो। दाहाललाई बिहान ८ बजे बाघले आक्रमण…

    विस्तृतमा पढ्नुस्

  • मेयरका उम्मेदवार पौडेललाई उम्मेदवारी फिर्ता लिन गृहमन्त्री खाणको आग्रह, पौडेलको जवाफ : मैले एक्लै निर्णय गर्ने होइन, मलाई गाह्रो छ

    मेयरका उम्मेदवार पौडेललाई उम्मेदवारी फिर्ता लिन गृहमन्त्री खाणको आग्रह, पौडेलको जवाफ : मैले एक्लै निर्णय गर्ने होइन, मलाई गाह्रो छ

    चितवन : गृहमन्त्री बालकृष्ण खाणले भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलसहित उनका प्रस्तावक र समर्थकलाई भेटका छन्। भेटका क्रममा मन्त्री खाणले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउन आग्रह गरेका हुन्। पौडेलसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री खाणले स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘पार्टीले विशेष परिस्थितिमा गठबन्धन गरेको छ। पार्टीले…

    विस्तृतमा पढ्नुस्

  • चितुवाको छालासहित वीरेन्द्रनगरको एक होटलबाट तीन जना पक्राउ

    चितुवाको छालासहित वीरेन्द्रनगरको एक होटलबाट तीन जना पक्राउ

    सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान अवैध चितुवाको छालासहित वीरेन्द्रनगर बजारबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१४ सुर्खेत दर्नाकोट गाउँका २३ वर्षीय अम्मर थापा, सोही गाउँ बस्ने ४० वर्षीय भरत बहादुर बुढा र वडा नम्बर १२ बस्ने ४० वर्षीय दलबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • नेपालगञ्ज र कोहलपुरमा एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिए सहोदर दाजुभाइ

    नेपालगञ्ज र कोहलपुरमा एकअर्काविरुद्ध प्रतिस्पर्धामा उत्रिए सहोदर दाजुभाइ

    नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन्। उपमहानगरपालिका-१ मा फरक-फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन्। सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन्। कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन्। उनी हाल तरुण दल बाँकेको सचिव हुन्। विनोदका…

    विस्तृतमा पढ्नुस्

  • गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार पुनः सुनुवाइ हुने

    गभर्नर अधिकारीको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार पुनः सुनुवाइ हुने

    काठमाडौँः सर्वोच्च अदालतमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट निवेदनमा आज सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ रहेको छ। अर्को सुनुवाइ बिहीबारका लागि राखिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। गर्भनर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • रसुवामा कांग्रेस र एमालेबाट एक/एक महिला वडा सदस्य निर्विरोध निर्वाचित

    रसुवामा कांग्रेस र एमालेबाट एक/एक महिला वडा सदस्य निर्विरोध निर्वाचित

    रसुवा : स्थानीय-तह निर्वाचन-२०७९ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। उक्त गाउँपालिका-२ र ५ मा दलित महिला सदस्यतर्फ एक/एक जनाको मात्र उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए। निर्विरोध निर्वाचित हुनेमा नेपाली कांग्रेसबाट वडा नम्बर २ का लक्ष्मी परियार तथा नेकपा (एमाले)बाट वडा नम्बर ५ का कान्छी लाटी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell