PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • कैलालीमा चुनावी माहोल: निर्वाचन गराउन झण्डै चार हजार कर्मचारी खटिँदै

    कैलालीमा चुनावी माहोल: निर्वाचन गराउन झण्डै चार हजार कर्मचारी खटिँदै

    कैलाली:आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ। आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ। ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी…

    विस्तृतमा पढ्नुस्

  • आखिरमा माटोकै जोडाईमा बन्यो जयवागेश्वरी मन्दिर, पुनर्निर्माण किन ढिलो?

    आखिरमा माटोकै जोडाईमा बन्यो जयवागेश्वरी मन्दिर, पुनर्निर्माण किन ढिलो?

    पूर्णप्रसाद मिश्र - काठमाडौँ : भूकम्पको सात वर्ष पूरा भएपछि पूर्णरुपमा क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिरको गजुर माटोको जोडाइबाट ठडिन लागेको छ। माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न जयवागेश्वरी सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताए। मन्दिरको गारो माटोबाट जोड्न साँखु र लुभुबाट माटो ल्याइएको थियो। पहेँलो र बलौटे माटो मिसाएर जोड्दा काम गर्न सहज…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा पनि हप्तामा दुई दिन बिदा?

    अस्पतालमा पनि हप्तामा दुई दिन बिदा?

    काठमाडौँ : सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई दिन सार्वजनिक बिदाअनुसार नै स्वास्थ्य संस्था (अस्पताल)मा पनि बिदा दिने तयारी गरेको हो। मन्त्रालयका डा रोशन पोखरेलले सरकारको निर्णयानुसार मन्त्रालयले पनि अस्पतालमा दुई दिन बिदा दिने जानकारी गराए। 'सरकारले गरेको…

    विस्तृतमा पढ्नुस्

  • भरुवा बन्दुकसहित पर्सामा एक जना पक्राउ

    भरुवा बन्दुकसहित पर्सामा एक जना पक्राउ

    वीरगंज : भरुवा बन्दुकसहित प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवाप्रसौनी-१ औराहाका २७ वर्षीय सल्टु महतो रहेका छन्। प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका-१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए। सखुवाप्रसौनी गाउँपालिका-१ औराहास्थित जङ्गल छेउ रहेको स्थानीय मंगल बहादुर ब्लोनको घर लक्षित गरी बिहीवार राति…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा आचारसंहिताविपरीत राखिएका प्रचार सामग्री हटाउँदै निर्वाचन कार्यालय

    भक्तपुरमा आचारसंहिताविपरीत राखिएका प्रचार सामग्री हटाउँदै निर्वाचन कार्यालय

    भक्तपुर : मध्यपुरथिमि नगरपालिका क्षेत्रमा निर्वाचन आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने काम सुरु गरिएको छ। नगरस्थित निर्वाचन अधिकृतको कार्यालयले नगर क्षेत्रको अनुगमन गर्दै जथाभावी राखिएका प्रचार सामग्री हटाउन थालेको जनाएको छ। विशेषगरी ठूला दलले आचारसंहिताविपरीत प्रचार सामग्री राख्ने गरेकाले सम्बन्धित पार्टीलाई त्यस्ता सामग्री हटाउन भनिएको र अटेर गरेकोले सुरक्षाकर्मीको टोलीद्वारा हटाउन थालिएको निर्वाचन अधिकृत मैया कँडेलले जानकारी दिइन्। उनका अनुसार नगरका…

    विस्तृतमा पढ्नुस्

  • गोली र सालकको खपटासहित पक्राउ

    गोली र सालकको खपटासहित पक्राउ

    काठमाडौँ: टेकुमा गोली र सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास घर भई हाल काठमाडौँको टेकु बस्ने ५७ वर्षीय मण्डल गिरी छन्। काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित कमलकुमार तोडीले सञ्चालन गरेको प्रिज्म ट्रेड लिङ्क गोदाम नजिकको कोठामा गोली र सालकको खपटासहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। उनीमाथि मुलुकी अपराध (संहिता), २०७४ को परिच्छेद–६…

    विस्तृतमा पढ्नुस्

  • सत्ता गठबन्धनले काठमाडौँमा आज चुनावी सभा गर्दै

    सत्ता गठबन्धनले काठमाडौँमा आज चुनावी सभा गर्दै

    काठमाडौं: पाँच दलीय सत्ता गठबन्धनले आज काठमाडौँमा संयुक्त चुनावी आमसभा गर्दैछ। आज दिउँसो १ बजे काठमाडौँको शान्तिबाटिकामा हुने सभामा गठबन्धनका शीर्षनेताले सम्बोधन गर्नेछन्। सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँ (सवुज)ले जानकारी दिए। यही वैशाख ३०…

    विस्तृतमा पढ्नुस्

  • झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासित गठबन्धन

    झापामा कतै कांग्रेस–एमाले मिले, कहीँ राप्रपासित गठबन्धन

    झापा: पन्ध्र पालिका रहेको झापाको दमक नगरपालिका, कचनकबल गाउँपालिका र कनकाई नगरपालिका पृथक चुनावी गठबन्धनका कारण चर्चामा छन्। कचनकबल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले)ले चुनावी गठबन्धन गरेका छन्। यसअघि पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यहाँ एक्लै चुनावी मैदानमा उत्रिएको छ। 'अन्यत्र प्रतिस्पर्धा गरिरहेका एमाले र कांग्रेसबीच यहाँ चुनावी तालमेल हुँदा आश्चर्य लाग्नु स्वाभाविक हो', प्रदेशसभा सदस्य…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा जिप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

    पाल्पामा जिप दुर्घटना : एकजनाको मृत्यु, दुई घाइते

    पाल्पा: पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नम्बरको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा निस्दी गाउँपालिका–४ का चालक…

    विस्तृतमा पढ्नुस्

  • वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्न : घण्टाघरको सुई कहिले घुम्छ ?

    वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्न  : घण्टाघरको सुई कहिले घुम्छ ?

    कर्णाली: सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन। यहाँ रहेका चारवटै घडीले १०:५० को समयमात्र देखाउँछन्। विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकालको पाँच वर्ष बिताउँदैछन्। उनीहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सकेनन्। यसपटकको स्थानीय तह निर्वाचनमा तिनै नेता र उम्मेदवारलाई मतदाताले सोध्ने गरेका छन्, 'घण्टाघरको सुई कहिले घुम्छ?' प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धतामा ठूल्ठूला आश्वासन देखाए पनि…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको ४८ घण्टा अगाडिदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गराउन आयोगले सरकारलाई लेखी पठाउने

    निर्वाचनको ४८ घण्टा अगाडिदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गराउन आयोगले सरकारलाई लेखी पठाउने

    काठमाडौं : निर्वाचन आयोगले मतदानको दिनको ४८ घण्टा अगाडिदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गर्न नेपाल सरकारलाई आग्रह गर्ने भएको छ। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदान नसकिँदासम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई लेखी पठाउने आयोगले जानकारी दिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलयात्रीको मृत्यु

    मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलयात्रीको मृत्यु

    सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ स्थित राजविराज-तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ। तिलाठीबाट राजविराजतर्फ आउँदै गरेको को १७ प ८५६३ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका-१ का ४३ वर्षीय सतिष कुमार यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ। परीक्षणका लागि शवलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङको एक घरमा आगलागी, १६ लाख बराबरको क्षति भएको अनुमान

    ताप्लेजुङको एक घरमा आगलागी, १६ लाख बराबरको क्षति भएको अनुमान

    फुङ्लिङ : ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-५ मा गए राति एक घरमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामन तथा दुई वटा बङ्गुर जलेर नष्ट भएको बताए। स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठाभाडामा…

    विस्तृतमा पढ्नुस्

  • रोल्पामा चुनावी सभा सकेर फर्किएका वडाध्यक्षका उम्मेदवार माथि आक्रमण

    रोल्पामा चुनावी सभा सकेर फर्किएका वडाध्यक्षका उम्मेदवार माथि आक्रमण

    रोल्पाः रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी),नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ।  झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत भएका छन्। तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो। डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिए। घाइते डाँगीलाई…

    विस्तृतमा पढ्नुस्

  • बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित

    बागीलाई सघाएको आरोपमा एमालेबाट आठ जना निष्काशित

    झापा: नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ। मेचीनगरमा एमालेको उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल उप्रेतीविरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहनेगरी कारबाही गरिएको पार्टीका नगर अध्यक्ष राजु पोखरेलले जानकारी दिए। उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरे एमालेको क्षेत्रीय कमिटीको संयोजक थिए। पार्टीबाट निष्काशित हुनेमा…

    विस्तृतमा पढ्नुस्

  • मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

    मेघ गर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं: हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ। उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ। पहाडी भू–भागका…

    विस्तृतमा पढ्नुस्

  • मतदाता शिक्षाको अभाव, यसकारण झुक्किन सक्छन् मतदाता

    मतदाता शिक्षाको अभाव, यसकारण झुक्किन सक्छन् मतदाता

    गलकोट : अहिले गाउँमा चुनावी माहोल छ। घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन्। आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन। उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन्। ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले जो कोही पनि झुक्किने अवस्था छ। स्थानीय निर्वाचनमा प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडासदस्य गरी सात…

    विस्तृतमा पढ्नुस्

  • शीर्ष नेताको चुनावी दौडधुप बढ्दै

    शीर्ष नेताको चुनावी दौडधुप बढ्दै

    काठमाडौं: स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेलधुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलाली…

    विस्तृतमा पढ्नुस्

  • बैंकिङ कसुरमा अदालतबाट २४ लाख ५९ हजार जरिबाना ठहर भएका सुवाल पक्राउ

    बैंकिङ कसुरमा अदालतबाट २४ लाख ५९ हजार जरिबाना ठहर भएका सुवाल पक्राउ

    काठमाडौं : नेपाल प्रहरीले उच्च अदालत पाटनबाट २४ लाख ५९ हजार ८२२ जरिबाना भएका एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उच्च अदालत पाटनले छ दिनको कैद सजाय र २४ लाख ५९ हजार ८२२ जरिबाना भएका भक्तपुर नगरपालिका-२ ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको हो। ब्यूरोका प्रहरी उपरीक्षक कमल थापाले उच्च अदालत पाटनको विसं २०७८…

    विस्तृतमा पढ्नुस्

  • भ्रातृ सङ्घ र संस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न कांग्रेसको आग्रह

    भ्रातृ सङ्घ र संस्थाका अधिवेशन निर्वाचनपछि आयोजना गर्न कांग्रेसको आग्रह

    काठमाडौं : नेपाली कांग्रेसले पार्टी निकट भ्रातृ सङ्घ र शुभेच्छुक संस्थाहरूलाई आफ्ना पूर्व निर्धारित अधिवेशन/महाधिवेशन हाललाई स्थगन गर्न अनुरोध गरेको छ। यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउन पार्टीका सम्पूर्ण साङ्गठनिक संरचना, भ्रातृ सङ्घ, शुभेच्छुक संस्थालगायत विदेशस्थित जनसम्पर्क समिति क्रियाशील रहेकाले निर्वाचनको अन्तिम परिणाम प्राप्त हुनेवित्तिकै अधिवेशन/महाधिवेशनको नयाँ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell