काठमाडौं : स्थानीय तहको निर्वाचनअन्तर्गत मधेश प्रदेशको एक मात्र महानगरपालिकाका पर्साको वीरगंज महानगरपालिकाको मतगणना सुरु भएको छ। वीरगंज महानगरपालिका-१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालयको ‘सी’ ब्लकमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए। वीरगञ्ज महानगरपालिकासहित अन्य तीन वटा नगरपालिका र १० वटा गाउँपालिका रहेका छन्। १४ वटा पालिकामध्ये हालसम्म सात वटा पालिकामा मात्र मतगणना सुरु भएको हो। वीरगंज…
मोरङ: मोरङ जिल्लामा रहेको १७ पालिकामा शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमध्ये ११ पालिकामा मतगणना सुरु भएको छ। मोरङको बेलबारी, उर्लाबारी, रङ्गेली, सुनवर्षी र लेटाङ नगरपालिकामा मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिए। यसैगरी जहदा, धनपालथान, ग्रामथान, कटहरी, कानेपोखरी र मिक्लाजुङमा पनि मतगणना सुरु भएको छ। विराटनगर महानगरपालिकाको मतगणना भने केहीबेरपछि सुरु गर्ने तयारी भइरहेको…
व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकोप्टर त्यसतर्फ प्रस्थान गरेको छ। जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु तिङ्करको मतपेटिका ल्याउन नेपाली सेनाको हेलिकोप्टर छाङ्गरु प्रस्थान गरेको हो। दुई मतदान केन्द्र रहेको वडा नं १ को मतपेटिका छाङ्गरुमा राखिएको छ। मतपेटिकालाई हेलिकोप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइने प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। नेपालतर्फ बाटो नभएकाले हेलिकोप्टरको प्रयोग गरेर…
काठमाडौं: काठमाडौं महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ। शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो। निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ। कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिरहेको र सोपश्चात् मतगणना सुरु गर्ने निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए। सुरुआती चरणमा एक ठाउँबाट गणना गर्ने तयारी गरिएको र केहीबेरमा गणनास्थल…
कञ्चनपुर: स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाको कार्य सुरु भएको छ। केहीमा आजदेखि मतगणनाको हुने भएको छ। लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ। लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयअनुसार जोशीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का फूलाराम चौधरीलाई ११५ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका छन्। नवनिर्वाचित वडाध्यक्ष…
म्याग्दी: मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्। चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा सोही पार्टीका छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन्। नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बताए। उनका अनुसार अध्यक्षमा नेकपा…
मनाङ: हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ। जिल्लाका चार पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो। सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको हो। नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचित भएका छन्। उनले १५८ मत पाएर निर्वाचित भए। उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाएका थिए। नार्पाभूमिमा कूल ४४८ मतमध्ये…
काठमाडौं : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ। आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका…
भारतमा २४ घण्टाको समयावधि अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमित भएपछि कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार जानकारी दिएको छ। विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो। यद्यपी गत मङ्गलबारबाट केही मात्रामा कमी देखिएको छ। चौविस घण्टाको…
बैतडीः बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दिपक विष्टले जानकारी दिए। भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
चितवन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्। मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भय रहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपिल गरे। अध्यक्ष दाहालले भने, 'उहाँले स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला भएको हो।' सञ्चारकर्मीको जिज्ञासामा उनले भने,…
म्याग्दीः जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन्। चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो। जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए। सबै मतगणनास्थलको निगरानी र दृष्य भण्डारणका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ। बेनी नगरपालिकाको मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको…
ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ दुम्जाका एक युवक मृतावस्थामा फेला परेका छन्। बुधवार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृतावस्थामा फेला परेका हुन्। जेसीबी अपरेटरका रुपमा काम गर्दै आएका उनी मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका थिए। बेलुकासम्म परिवारसँग सम्पर्क भए पनि समयमा घर नपुगेपछि खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला परेको स्थानीयले बताएका छन्। घटनाका सम्बन्धमा…
उदयपुर: उदयपुर जिल्लाको कटारी नगरपालिका–८ टोड्केपानीको खरबारीमा बुधबार बेलुकी घाँस काटेर घर फर्कने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। कटारी इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ६८ वर्षीय गङ्गामाया खत्री रहेकी छन । घाँसको भारी बोकेर बेलुकी ४ बजेतिर फर्कने क्रममा नजिकैको विद्युत् पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भुइँमा झरेको तारबाट विद्युत् प्रभाह भएकाले उनको करेन्ट लागेर…
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो। स्थानीयवासी चित्रबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताए। 'मतदान हुने अघिल्लो…
काठमाडौं : काठमाडौं महानगरपालिका-१४ कलङ्की चोकमा टिपरको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नम्बरको टिपरले बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेँशी नगरपालिका-२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो। उक्त दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उता ललितपुर महानगरपालिका-२४ घापाखेल बस्ने सिरहाका २६…
मनाङ : यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा बाह्य पर्यटकले प्रवेश पाउने भएका छन्। निश्चित समय तोकिएर नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रवेश खुला गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। पर्यटन बोर्डबाट भ्रमणको आधिकारिक अनुमतिपत्र लिएर आएका पर्यटकलाई मनाङमा प्रवेश दिइने प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले जानकारी दिए। पर्यटन…
कावासोती: नवलपरासी बर्दघाट सुस्तापूर्वको एउटा मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाइएको छ। मतदान केन्द्रमा मतदान अधिकृतसहित सबै कर्मचारी महिलामात्रै खटाइएको जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्माले बताए। शर्माका अनुसार कावासोती नगरपालिका–३ स्थित जीवनज्योति माविमा रहेको मतदान केन्द्र (ख)मा मतदान अधिकृतदेखि सहयोगीसम्म सबै कर्मचारी महिलामात्रै खटाइएको हो। उक्त मतदान केन्द्रमा खटाइएका पाँच महिला कर्मचारीमा एक जना घरेलु तथा साना उद्योग कार्यालयबाट…
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। निलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्याएर फर्कँदै गरेको ग२ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन…
चितवन: धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ। स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको हो। प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई राहतका लागि गृह मन्त्रालय लेखी पठाउने, शवको व्यवस्थापन गर्ने, अभियुक्तको यथाशीघ्र खोजी गर्ने र घटनापछि भएका क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको हो। यससँगै भरतपुर…