उदयपुर : उदयपुरको पहाडी क्षेत्रस्थित चार गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन्। लिम्चुङबुङ, रौतामाई, उदयपुर गढी र ताप्ली गाउँपालिकामा गठबन्धनको प्यानलै निर्वाचित भएका हुन्। लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले एक हजार ८१८ मत प्राप्त गरी नेकपा (एमाले)का राजकुमार राईलाई ४४८ मतान्तरले पराजित गरे। यस्तै गठबन्धनका तर्फबाटै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राईले एमालेकी गीता कार्कीलाई…
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा तप्तबहादुर पौडेलले १० हजार ११२ र उपाध्यक्षमा मनिषासिंह थारुले १० हजार १३४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए। उनका अनुसार पौडेलका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का पट्टु थारुले ९ हजार २९२ र नेकपा (एमाले)का रामदास थारुले ९ हजार १४० मत प्राप्त…
सिन्धुली: घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका बीचमा स्थानीय तह निर्वाचनमा गठबन्धन भएको थियो। सोही गठबन्धनबाट कांग्रेसका जगतबहादुर भोलन पुनः अध्यक्षमा र माओवादीका शङ्करमान घलान उपाध्यक्षमा विजयी भएका हुन्। नवनिर्वाचित भोलनले दुई हजार १०२ र उपाध्यक्ष घलानले दुई हजार ९८३ मतले विजयी भएका हुन्। उनीहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का चतरमान लोले एक…
मुगु : मुगुका चारवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ्ग गाउँपालिकाको मत गणना सम्पन्न भएको छ। सो गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ क्याप्ने लामा विजयी भएका छन्। उनी एक हजार ५७१ मत प्राप्त गरी विजयी हुँदै गर्दा उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सोनाम छिरिङ लामाले एक हजार ४८१ मत प्राए। उपाध्यक्षमा एमालेबाट छिरिङ पुटी लामाले एक हजार ५६१ मत ल्याएर विजयी…
रोल्पा : रोल्पाको माडी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का अमरसिंह घर्तीमगरले तीन हजार ८३० मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय कुमार घर्ती मगरले तीन हजार ३७१ मत प्राप्त गरे। गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकै जय पुरी घर्ती मगर तीन हजार ९६६ मत प्राप्त गरी विजयी भइन्। उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्णबहादुर विकले तीन हजार ५० मत प्राप्त…
मान्म : कालीकोटका नौ स्थानीय तहमध्ये दुई वटा नगरपालिकाको मत परिमाण सार्वजनिक भएको छ। दुई नगरपालिकाको चुनावी नतिजाअनुसार खाँडाचक्र नगरपालिका स्वतन्त्र उम्मेदवार र तिलागुफा नगरपालिका नेपाली कांग्रेसका उम्मेदवार प्रमुख पदमा निर्वाचित भएका छन्। खाँडाचक्र नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका कमल बहादुर शाही नगर प्रमुखमा विजयी भएका हुन्। उनले २७९७ मत पाए भने उनका प्रतिस्पर्धी पूर्व नगर प्रमुख तथा एमालेका पार्टी जिल्ला…
ललितपुर : ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजन प्रसाद घिमिरे विजयी भएका छन्। अध्यक्षमा लामाले तीन हजार १०४ मत ल्याएर विजयी भएका हुन्। लामाका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङतानले दुई हजार ५०९ मत ल्याएका छन्। गाउँपालिकाका पाँच वडामध्ये दुईमा कांग्रेस, दुईमा माओवादी केन्द्र र एकमा एमालेका उम्मेदवार विजयी भएका…
खलङ्गा : जुम्लाको हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तहमध्ये अहिलेसम्म दुईवटा स्थानीय तहका अन्तिम मत परिमाण आएको छ। यहाँको सिंजा क्षेत्र पर्ने हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन्। हिमा गाउँपालिकामा लक्ष्मण बहादुर शाही विजयी भएका हुन्।…
दमौली : तनहुँको घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्। गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जित हासिल गरेको हो। गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा चार हजार ३३१ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका गङ्गा कुमालले तीन हजार ५५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिए। उपाध्यक्षमा एमालेकै राधादेवी…
काठमाडौं: ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ। पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ मत पाएका छन्। उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाएका छन्। महानगरपालिकामा २९ वडा रहेकामा…
इलाम: जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी भएका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन्। उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भए। एमालेका राईले तीन हजार ८१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले तीन हजार ४९५ मत पाएको निर्वाचन अधिकृत…
म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। सो पार्टीका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिए। भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले तीन हजार २८९, नेकपा माओवादी…
मार्तडी : बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार भरत बहादुर रोकाया र उपाध्यक्षमा कांग्रेसकै मैना जोशी विजयी भएको स्वामीकार्तिक खापर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार अध्यक्षमा रोकायाले दुई हजार ११ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चतुरभुज शाहीले एक हजार ७५७…
काठमाडौं : शनिबार बिहान २ बजेदेखि सुरु भएको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको मतगणना अझै जारी छ। मतगणना सुरु भएको ३४ घण्टा बितिसक्दा पनि तीन हजार १०० मतगणना गर्न सकिएको छैन। वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै शनिवार बिहान २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो। शनिबार बिहानदेखि गणना सुरु भएको १ नं वडाको…
वीरगञ्ज: पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले एक हजार ३६३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन्। उनका निकटतम प्रतिष्पर्धामा नेकपा (एमाले)का विजयकुमार सरावगीले ६५९ मत प्राप्त भएको छ। हाल वडा नं १, २, ३१ र ३२को मतगणना जारी छ। हालसम्म कूल तीन हजार ६७ मत मतगणना भएको छ। मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा…
नवलपुर: नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ। छ वटा वडा रहेको जिल्लाको बौँदीकाली गाउँपालिकामा तीन वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। बौँदीकालीको मत परिणाम सार्वजनिक भएको तीन वटा वडामध्ये दुई वडामा नेपाली कांग्रेसका उम्मेदवार प्यानलसहित विजयी भएका छन् भने एउटामा नेकपा (एमाले)का उम्मेदवारले जित निकालेका छन्। वडा नम्बर ६ बाट…
काठमाडौं: मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन्। उनले ९८८ मत प्राप्त गरी विजयी भएका हुन्। उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाश थापामगरले ८९४ मत प्राप्त गरे। वडासदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी भए। यसैगरी वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी भए। गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा मध्यपुरथिमि नगरपालिकाको प्रमुखको उम्मेदवार…
काठमाडौः यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा राजनीतिक दल, उम्मेदवार र अन्य पक्षको विवादका कारण स्थगन भएका ८५ मतदान केन्द्रमध्ये १९ केन्द्रमा आउँदो जेठ १, २ र ३ गतेका लागि नयाँ निर्वाचन मिति तय गरिएको छ। स्थगन भएकामध्ये १० मतदानस्थलमा पुनः मतदानको मिति तय भएको हो भने अन्य ३४ मतदानस्थलमा निर्णय हुन बाँकी छ। तीमध्ये प्रदेश नम्बर १…
भक्तपुर : भक्तपुरको चार नगरपालिकामध्ये तीन नगरमा नेपाली कांग्रेस र एक नगरमा नेपाल मजदूर किसान पार्टीले अग्रता लिएका छन्। नेकपा (एमाले)ले विजयी हासिल गर्दै आएको सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा कांग्रेसले र भक्तपुर नगरमा नेमकिपाले अग्रता लिएको हो। राति १ बजेदेखि मतगणना सुरु गरिएको सूर्यविनायक नगरको वडा नम्बर १ सिरुटारको मतगणनामा नगर प्रमुखमा कांग्रेसका निशान ढुङ्गेलले ४६३ मत ल्याउँदा एमालेका उम्मेदवार…
दिलकुमार लिम्बू- फुङ्लिङ : चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ याङमा मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका आइपुग्न तीन दिन लाग्ने भएको छ। वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हुँदै मतगणना स्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेपछि पैदल मार्ग हुँदै निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका पुर्याउन लागिएको हो। भौगोलिक हिसाबले अतिदुर्गम बस्ती…